काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको खुद मुनाफा १६ दशमलब २६ प्रतिशतले बढेर २ करोड २९ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अर्थिक वर्ष २०७३/०७४ को यही अवधिमा संस्थाले २ करोड २३ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
कालिका माइक्रोक्रेडिटको खुद ब्याज आम्दानी ३० दशमलब ७८ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख ५६ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले ७ करोड १६ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ छ। आर्थिक वर्ष २०७३/०७४ को चौथो त्रैमाससम्ममा भने संस्थाले ८ करोड २५ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी पुर्याएको थियो।
संस्थाको निष्कृय कर्जा ०.१२ प्रतिशतले बढेर १.६४ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९९ पैसा (वार्षिक) र प्रतिसेयर ‘नेटवर्थ’ १ सय ५७ रुपैयाँ ३२ पैसा छ। मूल्य आम्दानी अनुपात ५२.०९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।