काठमाडौं– मेगा बैंक नेपालले चिनियाँ साझेदार भित्राउने भएको छ।
बैंकको ८औं बार्षिकोत्सवमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले सोमबार
चिनियाँ लगानीकर्तालाई रणनीतिक साझेदारका रुपमा भित्राउन लागिएको जानकारी दिएका हुन्।
उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा चीनले बिशेष चासो दिएको छ। पूर्वाधार लगायतका क्षेत्रमा चिनियाँहरुले बढाईरहेको लगानीलाई मध्यनजर गर्दै हाम्रो बैंकले रणनीतिक साझेदारका रुपमा चिनियाँ साझेदार भित्राउनेबारे छलफलमा रहेका छौं। अबको केही समयमा त्यसको नजिता आउँछ।’
साथै शाहले सेयर ब्रोकरको काम गर्नका लागि कम्पनी स्थापनाको तयारी भएको जानकारी दिए। नेपाल राष्ट्र बैंकले बैंकलाई पनि सेयर ब्रोकरको अनुमतिपत्र (लाईसेन्स) दिने भएपछि बैंकले सहायक कम्पनी खोल्ने लागेको हो।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित बन्न सफल भएको बताइन्।
बैंकले आर्थिक वर्ष २०७४÷०७५ सम्ममा ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै ग्राहकको संख्या पाँच लाख रहेको छ।
हाल बैंकले १ सय १ शाखा, १४ वटा एक्टेनशन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटिएम बाट ग्राहकलाई सेवा दिदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।