• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

विद्यार्थीले ११ कक्षामा दुईवटा मानविकी, तीनवटा विज्ञान विषय लिन्छु भन्छ भने खुरुक्क पढ्न दिनुपर्छ : विद्यानाथ कोइराला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, साउन १७, २०७९  ०९:२२
1140x725

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अघिल्लो हप्ता सार्वजनिक गर्‍यो। नतिजा सार्वजनिक भएसँगै अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि गुणस्तर खस्किएको चिन्ता र गुणस्तर बढाउन अपनाउनुपर्ने उपायहरूबारे चर्चा भइरहेको छ। जस्तो नतिजा सार्वजनिक भएको छ, त्यसको कारण के हो? अब विद्यार्थीले कस्ता विषय रोजेर आफ्नो अध्ययन अगाडि बढाउने? कस्ता शैक्षिक संस्था छान्ने? अभिभावकको भूमिका के हुने? जस्ता विषयमा नेपाल लाइभका लागि भूपेन्द्र शाह ठकुरीले शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालासँग गरेको कुराकानी:

एसईईको नतिजा अपेक्षा गरिएजस्तो नआएको चर्चा भइरहेको छ। यसलाई कसरी नियाल्नुभएको छ?
एसईईमा भनेजस्तो नतिजा नआउनुको सिधा कारण हो, शिक्षकले पढाएनन्। विद्यार्थीले पढेनन्। दुईवर्ष नपढे पनि पास हुन्छन् भन्ने सोच थियो। शिक्षकले पनि नपढाए हुन्छ भन्ने सोचे। विद्यार्थीहरुले पनि नपढे हुन्छ भन्ने मनसाय राखे। त्यसैकारण यसपटकको एसईई नतिजाले लक्ष्य हासिल गर्न सकेन।

विद्यार्थीहरुलाई ग्रेडिङ प्रणालीले पनि अलमल्याएको हो?
एसईईको ग्रेडिङ प्रणालीमा विद्यार्थीहरु अलमलिनुपर्ने कुनै कारण छैन। यो कुनै हाउगुजी होइन। ग्रेडिङ प्रणाली भनेको सामान्य खेतीवालाले गरिरहेको प्रणाली हो। जस्तै, खेतीवालाले फर्सीलाई फर्सीतिर र काक्रोलाई काँक्रोतिर राख्छ। साना-साना फर्सी एक ठाउँमा राख्छ। कुहिएका फर्सी अर्को ठाउँमा राख्छ। साना फर्सी र ठूला फर्सीको मूल्य फरक ढंगले राखेर बेच्छ। कुहिन थालेको फर्सी भैंसीलाई कुँडो बनाएर खुवाउँछ। ग्रेडिङ प्रणाली भनेको यस्तै हो।

ग्रेडिङले के फरक पार्‍यो त? यसलाई शिक्षकले उपयोग गर्न जानेनन् अर्थात चाहेनन्। राम्रो ग्रेडिङ भन्दियो भने टन्टै साफ भने जस्तो भयो। ग्रेडिङ गरेपछि त त्यही अनुसारको औषधि गर्नुपर्छ। जस्तो, स्याउकै उदाहरण लिऔँ। ठूला-ठूला स्याउ छन् भने त्यसलाई बंगलादेश पठाउनुपर्ला। अलि बिग्रेको स्याउ कालिकोटमै राख्नुपर्ला। त्योभन्दा अलि राम्रो स्याउलाई बर्दिया वा नेपालगञ्ज झार्नुपर्ला। किसानले गर्ने यही काम नै ग्रेडिङ हो। ग्रेडिङ अनुसार उपचारको व्यवस्था भएन होला। तर ग्रेडिङले असर पर्‍यो भन्नुचाहिँ शिक्षकलाई एउटा गतिलो बहाना मात्रै हो भन्ने लाग्छ। नत्र, ग्रेडिङ प्रणालीले विद्यार्थी र शिक्षकलाई असर पार्ने होइन।

अर्को कुरा, नपढ्दा पनि नम्बर हालिदिने स्थितिचाहिँ घातक हो। त्यो शिक्षकले गर्‍यौं। विद्यार्थीले पनि नपढ्दा हुन्छ भन्ने सन्देश बोक्यो। त्यो पनि घातक हो। अभिभावकमा नपढाए पनि हुने रहेछ भन्ने कुराको असर देखापर्‍यो। अहिले देखियो नि, ३५ नम्बर नल्याए पनि विद्यार्थीहरु खुरुखुरु पास भए। ३५ भनेको ३० नम्बर हो। ३० भनेको ५ नम्बर हो। यसको अर्थ, ३५ नम्बर आएन, ३० ले पास हुने भयो। ५ नम्बर भनेको शिक्षकले २५ नम्बर हालिदिएको छ। त्यो भनेको पनि ५ नम्बर हो। ५ नम्बर ल्याउन नसक्ने मान्छे भनेको त फेलै हो नि त, होइन र? त्यसैले नतिजाचाहिँ एकदमै कमजोर भएको हो।

विद्यार्थीले मेरो क्षमता यो छ, म यसमा अगाडि बढ्न चाहन्छु भन्ने हो। क्षमता छैन भने, मचाहिँ पढिखान्न, गरिखान्छु भन्ने हो। गरिखाने कुरामा अघि बढ्ने हो

यसपटक एसईईको नतिजा राम्रो नआउनुमा कोरोना महामारीलाई दोष लगाउने गरिएको छ नि?
शिक्षकहरुले कोरोनालाई दोष लगाए। सरकारले पनि कोरोनाकै कुराकानी गर्‍यो। त्यो फट्याइँ हो। फट्याइँ किन भन्छु भने जागिर खाइसकेपछि कोरोनाले यस्तो र उस्तो रिजल्ट भयो भन्न पाइन्छ र? जागिर खाइसकेपछि के कसरी समाधान गर्ने भन्ने पो बुद्धि चाहिन्छ। हलो जोत्न गइसकेपछि तपाईंको बारीमा घाँस रहेछ, बारी सम्म परेको रहेछ, जोत्न सक्दिँन भनेर पन्छिन मिलेन नि त। ढुंगा वा घाँसपात भएको बारी छ भने कसरी जोत्ने, सानसाना फोगटा छ भने कसरी जोत्ने भन्ने कुरा त हली भइसकेपछि मैले जान्नुपर्‍यो नि त। त्यस किसिमले शिक्षकलाई तयार पार्न सकिएन। शिक्षकलाई त्यो कुरा न राजनीतिक दलले जिम्मा लगाउन जान्यो। न सरकारका कर्मचारीहरुले गरे। न शिक्षक महासंघहरुले गरे। त्यो समस्या हो। विद्यार्थी कमजोर भएको भनेको शिक्षकले काम गर्न नसकेर हो। मैले बुझ्ने त्यसरी नै हो।

गुणस्तर बढाउन कसले के गर्नु पर्ला?
विद्यार्थी ग्रेडिङ भए, विद्यार्थीको हालत थाहा भयो। अघि मैले किसानले गर्ने ग्रेडिङको कुरा गरेँ नि। कुनचाहिँ ग्रेडको आलुलाई के गर्ने? कुनचाहिँ ग्रेडको स्याउलाई के गर्ने? कुनचाहिँ ग्रेडको फर्सीलाई के गर्ने? उसले ग्रेडिङ गरेपछि त्यही अनुसारको व्यवहार गर्छ। शिक्षकले पनि त्यही गर्नुपर्छ। त्यो भनेको राम्रो विद्यार्थीलाई 'स्याबास! तिमीहरु अब्बल भयौ' भन्नुपर्‍यो। अलिकति कमजोर विद्यार्थीलाई 'ल, त्यसलाई सघाइदेऊ' भन्नुपर्यो । त्योभन्दा पनि कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा दिएर हुन्छ कि, ट्युसन पढाएर हुन्छ कि, के गरेर हुन्छ, उसको स्तर बढाउनुपर्छ। त्योभन्दा पनि कमजोर विद्यार्थी छ भने उसलाई 'गरिखाने बाटो' मा लगाउने हो। उसको विशेष सिप केही छ कि? त्यो पालिकासँग समन्वय गरेर काममा लगाउन पनि सकिन्छ।

अभिभावकको भूमिका के हुनु पर्छ?
अभिभावकले मेरो छोराछोरीले यो गर्नसक्छ भनेर त्यतैतिर लैजानुपर्छ। त्योभन्दा बढी अभिभावकले गर्न सक्दैन।

nimb
nimb
Ncell 2
Ncell 2

विद्यार्थीले के गर्ने?
विद्यार्थीले मेरो क्षमता यो छ, म यसमा अगाडि बढ्न चाहन्छु भन्ने हो। क्षमता छैन भने, मचाहिँ पढिखान्न, गरिखान्छु भन्ने हो। गरिखाने कुरामा अघि बढ्ने हो। सरकारले चाहिँ गरिखाने जुन तरिका छ, त्यसलाई कसरी अगाडि बढाउने भन्ने हो। त्यो सरकार भनेको स्थानीय सरकार हो। माध्यमिक तहसम्मको स्कुल उसको मातहतमा हो भने त्यही सरकार अग्रसर हुन जरुरी छ।

कक्षा ११ मा भर्ना हुँदा दुई वटा कोर्षमा मानविकी लिन्छौं, तीन वटा कोर्षमा विज्ञानको लिन्छु र एउटा कोर्ष अरु नै लिन्छु भनेर विद्यार्थीले भन्छ भने खुरुक्क पढ्न दिनुपर्छ

एसईईलाई किन यति धेरै महत्त्वले हेरिन्छ?
एसईईका बारेमा हामीले १० कक्षालाई १२ कक्षा बनाएको र स्कुल माथि लगेको हो कि? क्याम्पसको आईए लेबललाई तल झारेको हो? भन्नेबारेमा सोच्नपर्ने हुन्छ। सरकारको भाषामा स्कुल माथि लगेको हो। स्कुल माथि लगेको हो भने ११ र १२ कक्षा स्कुल लेभल नै हो। उच्च माध्यमिक शिक्षामा यहाँ भर्ना हुन पाइन्छ भनेर लेख्न पाइँदैन। यहाँ व्यवस्थापनको पढाइ हुन्छ, यहाँ मानविकी पढाइ हुन्छ, विज्ञानको पढाइ हुन्छ भनेर भन्न मिल्दैन। विद्यार्थी मानविकीमा भर्ना होस् कि व्यवस्थापनमा भर्ना होस्, ऊ कक्षा ११ मै भर्ना हुने हो।

त्यसले गर्दा कक्षा ११ मा भर्ना हुँदा दुई वटा कोर्षमा मानविकी लिन्छौं, तीन वटा कोर्षमा विज्ञानको लिन्छु र एउटा कोर्ष अरु नै लिन्छु भनेर विद्यार्थीले भन्छ भने खुरुक्क पढ्न दिनुपर्छ। त्यो दिने किसिमको बुद्धि हाम्रो बजारमा भएका स्कुलहरुमा, उच्च माध्यमिक चलाउनेहरुमा , ११-१२ कक्षा चलाउनेहरुमा छैन। किनभने उनीहरुले क्याम्पस तल आएको बुझेका छन्। त्यसैले विशिष्टीकृत चाहिन्छ। स्कुल माथि गएपछि सामान्यीकरण हुन्छ। क्याम्पस तल आएपछि विशिष्टीकृत हुन्छ। हाम्रो बजारले कक्षा ११-१२ पढ्ने हिसाबले माध्यमिक चलाएको हो भन्ने बुझिन्छ। सरकारले चाहिँ स्कुल माथि गएको हो भन्ने बुझ्यो। अब यी दुई वटाको बुझाइलाई जोड्न सकिन्न।

यदि स्कुल माथि गएको हो भने, जे पढे पनि हुन्छ। जता पढे पनि हुन्छ। त्यसैले विज्ञानमा भर्ना भएँ भनेर पनि भन्न पाइँदैन। विज्ञानमा गयो तर उसलाई 'म्यानेजमेन्ट' को चार वटा विषय पढ्छुभन्दा पढाउनुपर्छ। नपढाएर सुख पाइँदैन। किनभने पैसा लिएको हुन्छ। स्कुलमा त्यो व्यवस्था छैन भने उसले खुलामा पढ्ने कि? अर्को स्कुलमा पढ्ने कि? त्यसको पैसाचाहिँ जुन स्कुलमा भर्ना भयो, त्यही स्कुलले तिर्नुपर्छ। त्यो हिसाब मान्ने हो भने ११ कक्षालाई मान्ने हो। अहिलेको पाठ्यक्रमले खोज्ने भनेको त्यहि हो।

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई के पढ्न सुझाव दिनुहुन्छ?
पाठ्यक्रम अनुसार शिक्षक र बजार चलेको छैन। उच्च माध्यमिकका जति पनि छन्, ती निजीका छन्। निजीका मान्छेहरुले सरकारलाई टेर्दैनन्। क्याम्पस चलाएको भने विशिष्टीकृतको रुपमा बुझ्नुपर्छ। १२ कक्षा पास भएपछि विश्वविद्यालयले तपाईंले व्यवस्थापन, मानविकी पढेको रहेछ नि, निजीमा पढेको रहेछ नि भन्न पाइँदैन। विश्वविद्यालयले भन्ने भनेको तपाईंले जे पढ्ने हो, पढ्नुहोस्। तपाईंको यो कोर्ष पास गर्न सक्नुभयो भने राम्रो भयो, नत्र तपाईंले यो विषयलाई प्राथमिकता दिएर यो कोर्ष पढ्नुपर्छ भन्नुपर्छ। ऊ विज्ञान पढेर गएको भए पनि व्यवस्थापनमा भर्ना हुन पाउनुपर्छ। व्यवस्थापन पढेर गएको हो भने पनि विज्ञानतर्फ भर्ना हुन पाउनुपर्छ। सामाजिक पढेको भए पनि भर्ना हुन पाउनुपर्छ। नपुगेको कोर्ष उसले कहीँबाट पढ्छ। विद्यार्थीहरुले जुन क्षेत्र पनि पढ्न सक्छन्। पढेकै क्षेत्रमा जागिर पाइन्छ भन्ने जरुरी पनि छैन।

विद्यार्थीलाई मेरो सुझाव छ, जे विषय रहर लाग्छ, पढ। साइन्सका सबै कोर्ष पढ्न मन लागेको छ भने पनि अभिभावकसँग सल्लाह गर। किनभने पैसा त बाबुआमाले नै तिर्नपर्छ। बाबुआमासँग पैसा छैन भने निहुँ खोज्न पनि पाइएन। कि आफूले कमाउनुपर्यो। कि छात्रवृत्ति पाउनुपर्‍यो। त्यसैले आफूले चाहेको र रहर लागेको विषय पढ्न पाइएन भने अभिभावकसँग विकल्पसहित भन्नुपर्छ। यही पढ्नुपर्छ भन्ने केही छैन। किनभने बजारको भाषामा विषय हुन्छ। विद्यार्थीको भाषामा उसलाई रहर लागेको विषय पढ्न पाउनु उसको अधिकार हो। अब विद्यार्थीको रहरलाई प्राथमिकता दिने कि? साहुजीहरुले खोलेको स्कुललाई प्राथमिकता दिने? यत्ति हो लडाइँ। साहुजीले खोलेको स्कुल भनेको ११-१२ कक्षामा पढाइ हुने व्यवस्थापन, मानविकी, विज्ञान पढाइ हुन्छ। त्यो भनेको सरकारको भाषामा गल्ती कुराकानी हो।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्