काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा खुद नाफा ३० दशमलब २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। सिटिजन्स बैंकले खुद मुनाफा १ अर्ब ४० करोड ८४ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८ करोड १६ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो।
सिटिजन्सले खुद ब्याज आम्दानी १८ दशमलब ७६ प्रतिशतले बढाएर २ अर्ब ८ करोड ६७ लाख २६ हजार रुपैयाँ कमाउन सफल भएको छ। यता बैंकको सञ्चालन नाफा ६३ दशमलब ८१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुगेको छ। सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ।
बैंककले प्रोभिजनमा २५ करोड ८५ लाख ९२ हजार रुपैयाँ राखेको छ। भने ४६ करोड ४१ लाख ५५ हजार रुपैयाँ ‘राइट ब्याक’ गर्न सफल भएको छ। बैंकले ६१ अर्ब ३९ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकले खराब कर्जा अनुपात २ दशमलब ०२ प्रतिशतबाट घटाएर १ दशमलब २५ प्रतिशतमा सीमित राखेको छ। ‘रिजर्भ’मा भने २ अर्ब ७६ करोड ८० लाख ९३ हजार रुपैयाँ मात्र जम्मा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।