• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमालेबाहेक अरु पार्टीहरु वामकित्तामा उभिएका छन् जस्तो लाग्दैन :  विष्णु रिमाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, साउन ५, २०७९  १९:४०
1140x725

नेकपा एमाले अहिले प्रतिपक्षका रुपमा आफ्नो उपस्थित बलियो बनाउँदै गइरहेको छ। राजनीतिदेखि जनजीविकाका मुद्दामा बोलिरहेका छ। अर्कातिर कुनै समयका सहकर्मी वाम दलहरुले नेपाली कांग्रेससँग हिमचिम बढाएर किनारामा पारेको विषयलाई पनि उछालिरहेको छ। उनीहरु वामको कित्ताबाटै पर पुगिसकेको एमालेको विश्लेषण छ। माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण र त्यसको सन्देशका साथै वाम एकता वा तालमेलका विषयमा एमाले उपमहासचिव विष्णु रिमालसँग गरिएको संवाद :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भर्खरै भारत भ्रमण सकेर आउनु भएको छ। उहाँको भ्रमणलाई लिएर एमाले वृत्तले  आलोचना गरेको देखिन्छ। नेपाली दलका नेतालाई भारतका ठूला दलका नेताले पत्याउनु त राम्रै होला नि?
प्रचण्डजीको बारेमा हामीले चर्चा गरेर उहाँको मूल्य बढाइदिनु पर्ने त्यति आवश्यक ठान्दिनँ। एउटा पार्टीको अध्यक्ष मात्र नभएर मुलुकको पूर्वप्रधानमन्त्री पनि हो। त्यस्तो व्यक्तिले कस्तो भ्रमणमा जान हुन्छ? कस्तोमा जान हुन्न, त्यसको चाहिँ समकक्षता के हो भन्ने कुरा आफैले बुझ्नुपर्ने हो। त्यो उहाँको पार्टीले पनि सोच्ने होला र उहाँ आफैंले पनि सोच्ने होला। उहाँ आफैंले नसोचेपछि हामीले धेरै टिकाटिप्पणी गरिरहनु पनि जरुरी हो जस्तो लाग्दैन। किनभने मान्छेहरुले आफ्नो ढंगले धारणा बनाएका छन् । 

आम सर्कल र बुद्धिजीवीमा के देखिन्छ भने मेरो देशको प्रधानमन्त्री भएको व्यक्ति,  एउटा पार्टीको नेतृत्व गरेको व्यक्तिले मुलुकको इज्जत राखोस् र आफ्नो पनि इज्जत राखोस् भन्ने हुन्छ। त्यो उहाँले राख्नुभयो, राख्नु भएन उहाँले नै जान्ने कुरा हो। हामीले चर्चा गरेर उहाँको धेरै महिमागान किन गर्नुपर्‍यो र?

bishnu11658410848.jpg

माओवादी केन्द्रका नेताहरुलाई बोलाएकोमा एमालेमा अलि-अलि इर्ष्या पनि हो कि? 
हामीले निवेदन हालेर बोलाउन पनि भनेका छैंनौं। बोलाइयोस् भन्ने अपेक्षा पनि गरेका छैनौं। हामी हाम्रो देशको राजनीति गर्ने हो। आफ्नो देशको राजनीति गर्नलाई, आफ्नो देश  सुधार गर्नलाई विदेशी पार्टीहरुको निमन्त्रणा चाहिन्छ,  त्यहाँ जानुपर्छ, जानुहुन्न भन्ने विषय नै भएन नि। शिष्टाचार भेटमा साथीहरु आउनु भयो होला। हामी पनि कुनै बेला गयौं होला।

पूर्वप्रधानमन्त्री दाहालको भ्रमणलाई एमालेले कसरी हेरेको छ त उसो भए?
हामी कसैगरी पनि हेर्दैनौं। बाहिर उठेका चर्चालाई तपाईंले जोड्न खोज्नुभएको हो भने केही समयअघि मित्रराष्ट्र चीनको रुलिङ पार्टीका विदेश विभाग प्रमुख आउनुभएको थियो। उहाँले लामै समय प्रचण्डजीलाई पनि भेट्नु भएको थियो। उहाँहरुसँग के विषयमा कुरा भयो, उहाँहरुले जान्ने कुरा हो। हामीसित भएको कुरा हामीलाई थाहा छ। त्यसपछि आकस्मिक रुपमा भारत भ्रमणमा जानुभयो। कारण थिए होलान्।  

तपाईं मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले विदेशी मुलुकका विशेषगरी सरकारी ओहोदाका व्यक्तिहरुसँगको भेटघाटको चासो मुलुकले राख्नुपर्छ। राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटेको हो भन्ने हामीले सुनेका छौं। त्यसरी भेट्ने उहाँ आधिकारिक व्यक्ति हो कि होइन? त्यो सोध्ने हक हामी सबैलाई छ। म विष्णु रिमाल एमालेको उपमहासचिव हुँ। मैले मुलुकको तर्फबाट गएर कतै डिलिङ गर्न मिल्दैन। सरकारलाई  राष्ट्रका तर्फबाट  निश्चित कुरामा  'मोनोपोली' गर्ने अधिकार हुन्छ। 

प्रधानमन्त्रीले राष्ट्रको तर्फबाट गएर सन्धि-सम्झौता गर्न पाउनुहुन्छ। त्यसको परीक्षण प्रतिनिधि सभा, राष्ट्रिय सभा (संघीय संसद)ले गर्छ र जनताले प्रश्न उठाउँछन्। त्यसप्रति जवाफदेही भएर आउनुपर्छ। तर रुलिङ पार्टीमा रहेका नेता वा कार्यकर्ताले त्यो हैसियत प्राप्त गर्छन् कि गर्दैनन्?

Ncell 2
Ncell 2

त्यसका लागि प्रधानमन्त्रीको विशेष दूत भएर गएको हुनुपर्‍यो। मलाई लाग्छ प्रचण्डजी शेरबहादुरजीको विशेष दूत भएर जानुभएको हैन। उहाँ आफ्नै पार्टीको अध्यक्षको हैसियतमा जानुभएको हो। सुरक्षा सल्लाहकारसँग उहाँकाे के कुरा भयो ? त्यो अधिकार उहाँलाई के रह्यो ? कि हेल्लो-हाइमात्र गरेर आउनु भएको हो भने समाचार बनाउनु परेन। उहाँले केही खास कुरा गरेको हो भने उहाँलाई त्यो अधिकार कसले दियो ? अधिकार प्राप्त त हुन सक्दैन नि?  पूर्वप्रधानमन्त्री पनि त अधिकार प्राप्त व्यक्ति हुँदैन । 

परराष्ट्रमन्त्रीसँग भेटेको कुरा सुनेका छौं। हामीले घरमा भेट्नुभयो कि मन्त्रालयमा भेट्नुभयो। प्रोटोकल मिलाउनु भयो कि मिलाउनु भएन?  हाम्रो मुलुको इज्जत जानेगरी भेट्नुभयो कि इज्जत जानेगरी भेट्नुभयो?

भारतका बहालवाला प्रधानमन्त्री (नरेन्द्र मोदी)ज्यूले हाम्रो देशको भूतपूर्व प्रधानमन्त्रीलाइै भेट्नुभयो कि भेट्नु भएन। नभेटेकोमा के लागेको छ भनेर कसैले सोध्ने थिएन नि। उहाँ आफैं बयान दिन थाल्नुभयो- मलाई तनाव छैन। भेटेको भए पनि त्यही एउटा फोटो खिचेर आइन्थ्यो। त्यो उचाइका नेताले गर्ने व्यवहार र दिने जवाफ भएन कि भन्ने लागेको छ।

bishnu21658410878.jpg

एउटा भाष्य निर्माण भएको छ- विदेशी नेताहरु आउँदा-जाँदा नेपाली राजनीतिमा हलचल हुन्छ। नेपाली राजनीतिमा कहिलेकाहीँ शुभेच्छा राख्ने र कहिले दबाब दिने पनि गर्छन्। केही दिनअघि आएर फर्किएका चीनका नेताले वामपन्थी पार्टी एक ठाउँ आउने शुभेच्छा राखे राखेनन्?
बिजेपीका मान्छे आएर नेपालमा भेट्यो भने हिन्दुत्व बढ्ने अनि चीनको पार्टी नेपाल आउँदा कम्युनिष्ट पार्टी हलक्क बढ्ने भन्ने जस्तो भाष्य पनि गलत हो। त्यसलाई त्यसरी पनि लिनुहुँदैन। अहिले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको मन्त्री नेपालमा आउनु भएको हाम्रो देशको सत्ता गठबन्धनको सबभन्दा ठूलो पार्टीको निम्तामा आउनुभएको रहेछ।  हामीले आएपछि थाहा पायौं। हामीलाई भेट्दा नेपाली कांग्रेसको निम्तामा आएको भन्नु भएको थियो। उहाँले भेटघाटको सुरुवात नै कांग्रेसबाट गर्नुभयो। उहाँले परराष्ट्रमन्त्री,  हाम्रो विदेश विभागको प्रमुखलाई भेट्नुभयो। उहाँले हाम्रो प्रधानमन्त्रीलाई भेट्नुभयो।

बीपीको संग्रहालयमा भेटिसकेपछि प्रचण्डजीलगायत रुलिङ पार्टीका धेरै जनालाई भेटिसकेपछि मात्रै प्रतिपक्षी पार्टीका नेतालाई भेट्न आउनु भयो। यद्पि हाम्रो पार्टी र चिनियाँ पार्टीबीच भाइचाराको सम्बन्ध छ। हामी वैचारिक हिसाबले कम्युनिष्ट पार्टीका मान्छे हौं र एउटा आदर्शमा हामी एकै ठाउँमा छौं। यसमा लुकाउनुपर्ने वा छिपाउनुपर्ने कुनै कुरा छैन। चीनको व्यवस्था एक खालको छ। कम्युनिष्ट पार्टी भए नि त्यहाँचाहिँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोगात्मक प्रणाली र कम्युनिष्ट नेतृत्वको पार्टीको नेतृत्वमा सम्पूर्ण राज्य सत्ताविधि उहाँहरुले अपनाउनु हुन्छ। 

संविधानमा रहेका दलहरुबीच प्रतिस्पर्धा गरेर बहुपार्टी प्रतिस्पर्धाको प्रणालीमा हामी छौं। उहाँहरु र हाम्रो भिन्नता प्रणालीमै छ। उहाँहरु समाजवादको धेरै नजिक पुग्नुभएको छ।  शक्तिशाली मुलुकमा पर्नु हुन्छ । हामीहरु समाजवादउन्मुख भन्छौं र कमजोर मुलुकमा पर्छौं। हाम्रोबीचमा यही भिन्नता छ। हाम्रो र चिनियाँ कम्युनिष्ट पार्टीबीच वैचारिक सम्बन्ध छ। भातृत्वपूर्ण सम्बन्ध छ। 

कांग्रेससँग भातृत्व नभए मित्रतामात्रै होला। दुई मित्रहरुसँग हुने औपचारिक कुरामात्रै होला। कम्युनिष्ट पार्टीका नेताहरुसँग कम्युनिष्ट कुरा हुने होला। हामी मार्क्सवादकाे कुरा पनि गर्छौं। चीनले मार्क्सवादको प्रयोग कसरी गरेको छ। उहाँहरुसँग प्रश्न पनि गर्छौं। उहाँहरुले प्रतिरक्षा गरेको कुरामा हामी हाम्रो असहमति छ भने असहमति राख्छौं। हामी नेपाली हौं। हामी कसैको दासत्व स्वीकार गर्दैनौं। तपाईंले एउटा सामान्य श्रमिकलाई पनि हप्काई दप्काई गरेपछि 'तेरो मात्र काम छ। हलो जोतेर खान्छु' भन्छ। हाम्रो नेपाली चरित्र त्यस्तो हो । त्यसकारणले एमालेजस्तो कम्युनिष्ट पार्टीमा कसैले निर्देशन गर्ने, कसैले भनेर मिल्ने, कसैले भनेर फुट्ने हुँदैन। अरुले के गर्छन् म जिम्मा लिन सक्दिनँ।  हाम्रो सन्दर्भमा भने स्वतन्त्र,  सार्वभौम मुलुकका स्वतन्त्र सार्वभौम पार्टी हौं। हामी सबै कुरा खुला राख्छौं र दृढतापूर्वक राख्छौं। 

तपाईंहरुबीच जति तीतो-पीरो भए पनि वाममोर्चा वा वाम गठबन्धन  वा वाम एकताको विषयमा चर्चा चलिरहेकै छ। सम्भावना देख्नुहुन्छ ? 
यसमा म आफ्नै अध्यक्षको कुरा सापट लिएर भन्न चाहन्छु- नेपालमा नेकपा एमालेबाहेकका वामपन्थी पार्टीहरु अरु कोही छन् भने एकता हुनुपर्छ। त्यसैले शासन गर्नु उपयुक्त कुरा हो। तर अहिले हामीबाहेक अरु पार्टीहरु वामकित्तामा उभिरहेका छन् जस्तो लाग्दैन।

केही वामघटकले कांग्रेससँग सहकार्य गरेका कारण तपाईं यो कुरा त भन्दै हुनुहुन्न नि ? 
हैन, कि कांग्रेस पार्टीलाई नै वामपन्थी पार्टी मान्नुपर्‍यो। त्यसो भएमा समस्या भएन। कि कांग्रेस पार्टी र त्यहाँ रहेका आफूलाई वाम पार्टी भन्नेहरुको नीति, सिद्धान्त, लक्ष्य एउटै हो भनेर जानुपर्‍यो।

प्रश्न त एमाले माथि पनि त उठ्ला नि। २०५५ सालमा एमाले गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकारमा गयो। २०७२ सालमा सुशील कोइरालाको नेतृत्वको सरकारसँग पनि सहकार्य गरेकै थियो? 
सन्दर्भ फरक होला नि त। त्यो बेला संविधान बनाउने कुरा थियो। संविधान बनाउनका लागि सम्झौता नै थियो। त्यो  बेला एमाले र कांग्रेसमात्र हैन, सबै दल एकै ठाउँमा थियौं। कुनै दल बाहिर थिएन। कसलाई राष्ट्रपति बनाउने? कसलाई उपराष्ट्रपति बनाउने? कसलाई सभामुख, कसलाई उपसभामुख बनाउने? ती सन्दर्भ र यो सन्दर्भ एउटै होइन नि। २०७४ सालको चुनावपछि त हामी कित्ताबन्दी भएर चुनाव लड्या हैन र?  त्यो बेला संविधान बनाउने एउटै सूत्रमा हामी दौडेका हौं।

त्यो बेला कांग्रेससँग हाम्रो धेरै कुरा मिल्थ्यो। खासगरी जातीयताको सवालमा कांग्रेसले राख्ने दृष्टिकोण र हामीले राख्ने दृष्टिकोणमा भिन्नता थिएन। बरु कम्युनिष्ट पार्टी माओवादी र कम्युनिष्ट पार्टी एमालेका बीच फरक मत थियो। यसमा हामीले विषयगत जानुपर्छ । हिजो तँ पनि सँगै बसेर भात खाएको थिइस्, तेरो पनि जात गयो नि भन्ने मिल्दैन क्या राजनीतिमा! त्यस्ता कुरा गरेपछि हामी गलत ठाउँमा पुग्छौं। 

०७४ सालमा हामी दुई मियो बनेर चुनाव लड्यौं। हामीले  वामलोकतान्त्रिक तालमेल गर्छौं भन्यौं। त्यो तालमेलमा प्रचण्डजी पनि मिसिनुभयो। कांग्रेस हुन नसकेका हृदयेश त्रिपाठीजस्ता साथी पनि मिसिनुभयो। हृदयेश त्रिपाठी आज पनि कांग्रेस हुनु त भएको छैन नि। हाम्रो घोषणापत्रमा प्रचण्डजीलगायत चुनाव लड्यौं। लक्ष्य पनि एउटै पार्टी बनाउने भन्ने राख्यौ र एउटै पार्टी पनि बनायौं । टिकाएनन्। त्यसभित्र अर्कै कथा छन्। कांग्रेसले आफ्नै कुरा गर्दै गयो। अहिले त साथीहरुले यो घोषणापत्र देखाएर त्यता मिसिनु भएको हो। भन्नलाई म वामपन्थी भनेर भन्नुभयो। चुनाव लड्नलाई कागज देखाउनु भयो। मत वाम नामबाट प्राप्त गर्नुभयो। 

अहिले प्रचण्डजी को जुन हैसियत छ नि। त्यो कांग्रेसलाई देखाएर आएको हैन नि त। त्यो त कम्युनिष्ट पार्टीलाई देखाएर आएको मत हो। माधव नेपालजीहरु त एमालेबाटै जानुभएको हो। सूर्य चुनाव चिन्ह देखाएरै ल्याएको मत हो। अहिले रुखमुनि गएर बसिदिनु भयो। अब उहाँहरुले भन्नुपर्‍यो- रुख, हँसिया हथाैडा र सूर्य चिन्ह उस्तै हो भनेर। त्यो त उहाँहरु भन्नुहुन्न। 

कांग्रेसको विचार त स्पष्ट छ। ऊ यथास्थितिवादी पार्टी हो। कम्युनिष्ट पार्टीमा लागेका प्रचण्डजीकै सुन्नुभएको छ। क्रान्ति पूरा भएको छैन भन्नुहुन्छ। क्रान्ति ल्याउने हो भन्छ। क्रान्ति रुखलाई काँधमा राखेर ल्याउने भन्छ। त्यो कसरी पत्याउने होला?  अप्ठेराे त्यहाँनेर परेको हो।

तपाईंले विचारको राजनीतिको कुरा गर्नु भयो। अहिलेको नेपालका वामपन्थी पार्टीहरुलाई विचारको हाइसन्चो छ। एमालेलाई पनि मदन भण्डारीको जबजको विचार दिएपछि समयसान्दर्भिक कुरा पनि ल्याउन परेको छैन हैन त?
अन्यथा नमान्नुहोस्, कुराचाहिँ काट्न मिल्दैन। यसमा तपाईंले एमालेको डकुमेन्ट पढ्नुभएको छैन भन्ने लाग्यो। नेपालको कुनचाहिँ पार्टीले विचारको छुट्टै महाधिवेशन, निर्वाचनको छुट्टै राजनीति गरेको देख्नुभएको छ। एउटा पार्टी मलाई देखाउनुहोस् त? गोदावरीमा त्यत्रो ६ हजार मान्छे जम्मा पारेर पास गर्‍यौ। त्यो हामीले ०४९ सालमा पास गरेको जनताको बहुदलीय जनवाद कागजबाहेक पृथक छैन र?  त्यो भन्दा पर छ। त्यहाँ उठेका सबै प्रश्नको जवाफ दिइएको छैन र?  होला त्यसमा हामीलाई चित्त नबुझेको होला। हाम्रा साथीहरुलाई पनि चित्त नबुझेको हुनसक्ला।

त्यसकारण एमाले र अरु पार्टीबीच फरक छ। यतिचाहिँ यहाँहरुले बुझिदिनु भए सबैभन्दा राम्रो हुन्थ्यो। वामपन्थीमा पनि एमाले एक पार्टी हो। एमालेमा मलाई यो पार्टी पनि छाड्न पाउनुहुन्छ । बहुदलमा त्यो छुट पनि हुन्छ। तर एमाले पार्टी र अरु वामपन्थी पार्टीमा भिन्नता छ। एमाले रियलिस्टिक राजनीति गर्छ। एमाले अहिले समाजवादउन्मुख बाटोमा जान खोज्दैछ। एमाले समाजवादको आधार बनाउँदैछ। समाजवादको आधार बनाउनका लागि कांग्रेसको ओत लाग्नु हुँदैन पनि भन्छ। आफ्नै नेतृत्वमा अघि बढ्नु पर्छ पनि भन्छ। यतिचाहिँ कुरा बुझ्नु पर्छ हामीले।

उसोभए के नेपाली कांग्रेससँग तालमेल गरेका वामपन्थी पार्टी त्यहाँबाट निस्केपछि एकता सम्भव छ? 
यसमा त अझै स्पष्ट हुँदा हुन्छ। हामी त्यहाँ गयौं, कुन रिसले गयौं, कुन आवेगले गयौं? ठीकै छ त्यो समीक्षाको विषय हुँदै गर्ला। प्रहरीले अपराधीलाई केरकार गरेजस्तो किन गर्थ्याैं र? साथीहरुले यो बाटोबाट भनिएको समाजवादमा पुगिँदैन भनेर त्यो  छोडेर आउनुहुन्छ भनेपछि सम्भावना छ। सम्भावना छैन भनेर भन्दैनौं। 

प्रचण्ड ठाउँ-ठाउँमा गएर यहाँ नेपालमा मात्र भनेको हैन, सिमाना पारीका साथीहरुसँग पनि कुनै आश्चर्यजनक घटना नहुनेगरी प्रदेश सभा र प्रतिनिधि सभाको बैठक लड्ने योजना बनाएर आएका छौं भन्नुहुन्छ। त्यो भनिरहेको बेलामा हामीचाहिँ हैन-हैन, गठबन्धन छोडेर आएको बेलामा एकता बन्छ, मोर्चा बन्छ। तालमेल बन्छ भन्नु त अनावश्यक कुरा हो जस्तो लाग्छ। कि उहाँले एयरपोर्टजस्ताे पव्लिक ठाउँमा बोलेका कुरा अर्कै हो, गर्ने कुरा अर्कै छ भनेर आउनुपर्‍यो। त्यसोभए त कहिलेकाहीँ भनेको होला भनेर मान्नुपर्ला। साथीहरु तामा-तुलसी लिएर भाकल गरिरहनु भएको छ। पारि पनि भनिसक्यौं,  यता पनि भनिसक्यौं हाम्रो गठबन्धन छँदैछ भनेर भनिरहँदा मलाईचाहिँ एकताको कुरा किन गर्नु भनेर लागेको हो।

अब प्रदेश र संघको निर्वाचन पनि आउँदैछ। तपाईंहरु कसैसँग तालमेल गरेर अघि बढ्नुहुन्छ कि एक्लै?
एमालेले पार्टी बनाउँदा, पञ्चायतकालमै पञ्चायत पल्टाउने, समाजवादी व्यवस्था ल्याउने भन्ने कुरा अरु-अरु पनि पार्टी खुल्छन्, ती पार्टीहरु मिसाएर उनीहरु पनि हामीलाई सहयोग गर्छन् भनेर गरेको हैन। एक्लै हुँदा होस् या पाँच जना हुँदा या सबै साथीहरु जेलमा पर्दाखेरि पनि एमाले आफ्नो बुतामा हिँड्छ। परिवर्तन गर्छ भनेर हिँडेको हो। २०४६ र २०६३ को आन्दोलमा शान्तिपूर्ण नेतृत्व एमालेले गरेको हो। अहिले पनि एमालेसँग त्यो ल्याकत छ। एमालेविरुद्ध स्थानीय तहको निर्वाचनजस्तो अहिले पनि घेराबन्दी छँदैछ। रहोस् न त यो घेराबन्दी, एमाले फूल तागतमा लड्छ।

७५३ पालिकामध्ये, ३११ पालिकामा हाम्रो ४१.८ भोट आएको छ। त्यो भोट अहिले पनि आउनेवाला छ। त्यसमा कति भोट थप्दा हामी जित्छौं होला भन्ने हाम्रो आधार त्यो पनि हो। ३०७ वटा पालिकामा ३८ प्रतिशत भोट छ। उहाँहरु सबै मिलेर जानु भयो भने पनि हामी शून्य हुँदैनौं। मात्र हामी कमजोर देखिएको भनेको १३५ पालिकामा मात्र हो। त्यो पालिकामा कांग्रेसले कोहीसँग नमिलेर चुनाव लड्यौं नि हैन। उसले उक्लै लडेर जितेको भनेको त्यतिमात्र हो। त्यसमा उसको बढी भोट आउला। हाम्रो लक्ष्य भनेको अहिले ५० लाख भोट कटाउँछौं।

स्थानीय निर्वाचनमा धेरै पपुलर भोटको अर्थ छैन। ठीक छ साथीहरुले च्याँखे थापेर हराउने भनेको प्रतिनिधि सभामा पनि त होला नि त ! सबैमा हामी शून्य पनि हुँदैनौं होला। सबै मिलेर  चुनाव लड्ने भनेकै एमाले शक्तिशाली छ भन्ने हो। हामी सबैभन्दा कमजोर आँकलन गरेको भए पनि हामी एक नम्बर पार्टी बन्छौं। यदि हामी एक नम्बर पार्टी बन्दैनौं थियौं भने शेरबहादुरजी र प्रचण्डजीलाई हिसाब-किताब गरी बस्नै पर्दैन थियो। 

एमाले आफ्नो गतिमा छ। एमाले पूर्ण तयारीका साथ चुनाव लड्छ। आफ्नो पूरा शक्ति परिचालित गर्छ। एमालेले बहुमत ल्याउँछ। म यतिचाहिँ स्पष्ट पार्न सक्छु। 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा पाइने
मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा पाइने मंगलबार, चैत १७, २०८२
मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मंगलबार, चैत १७, २०८२
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसङ्घ मंगलबार, चैत १७, २०८२
एमालेको सचिवालय बैठक जारी मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्