• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एकीकृत समाजवादी गठबन्धनसँगको साइनोबारे प्रष्ट हुनुपर्‍यो, सम्बन्ध त पुनर्गठित हुन सक्छन् : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार १३, २०७९  २०:१५
1140x725

केही महिना यता वामपन्थी पार्टीहरुबीच पुनः गठबन्धन र एकताको चर्चा चलिरहेको छ। के त्यसको सम्भावना छ? एमालेले संसद्‌मा खेलिरहेको भूमिका प्रभावकारी भइरहेको छ कि छैन? कतिपय मुद्दामा एमालेले प्रहार गरेको झटारो किन एमालेतिरै फर्कियो? स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जित र प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणाको लहर देखिएको छ। यसलाई एमालेले कसरी बुझेको छ? यिनै विषयहरुमा केन्द्रित भएर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नेपाल लाइभले गरेको कुराकानीः

फेरि वाम एकताको चर्चा भइरहेको छ। सम्भावना देख्नुहुन्छ?
अहिले वाम एकताको कुरा मान्छेहरु 'कन्फ्युज्ड' भएर उठाइरहेका छन्। राष्ट्रिय राजनीतिमा दुईटा पोल छ। एउटा नेकपा एमालेले नेतृत्व गरेको, अर्को नेपाली कांग्रेसले गरेको छ। नेकपा एमालेले नेतृत्व गरेको पोल सफल बनाउन जो-जो सक्रिय छन्, ती वामपन्थी हुन्। एमालेलाई भत्काउन र बिगार्न जो कोसिस गर्छ, प्रकारान्तरले तिनिहरु नेपाली कांग्रेसलाई बलियो बनाउँछन्। त्यसकारले वाम एकताको कुरा गर्दा नेकपा एमालेले नेतृत्व गरेको राजनीतिक पोलका वरिपरि गोलबन्द हुनु र त्यसलाई सुदृढ गर्नु मुख्य कुरा हो।

अहिले मान्छेहरु अत्यन्त सरल र सहज ढंगले वाम एकता भन्छन्, कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकार, वामपन्थी सरकार ढालेर वामपन्थीको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसलाई नेतृत्व गराउनेहरु वामपन्थी हुन्छन् कि हुँदैनन्? हुन् कि होइनन्? वामपन्थीले नेतृत्व गरेको सरकार ढालेर गैरवामपन्थी नेपाली कांग्रेस, जो संसद्‌मा समेत कमजोर छ, उसलाई नेतृत्व बुझाउनेहरु कसरी वामपन्थी हुन्? अहिले वामपन्थी एकताको कुरा गर्नेले भावनात्मक ढंगले मात्रै सोचिरहेका छन्, यहाँको एउटा कटु यथार्थमा पुगेर सोचिरहेका छैनन्।

यतिबेला वाम एकताको कुरा प्रिय कुरा हो, तर राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित छ। त्यस्तो अवस्थामा कसले नेतृत्व गरेको ध्रुवका पक्षमा उभिन्छौं। त्यस आधारमा वाम एकता वा तालमेलको कुरा बुझ्न सकिन्छ। जहाँसम्म अहिलेको कुरा छ, अहिले विषयमा आधारित भएर कोही नजिक वा टाढा होला। तर वाम एकता भनेर ज-जसलाई परिकल्पना गरेर तिनीहरु मिल्नुपर्छ, मिल्दिए हुन्थ्यो ठानेर कुरा गर्दैछन्, म त्यो सम्भव देख्दिनँ। यतिबेला नेकपा एमालेले नेतृत्व गरेको पोलमा गोलबन्द हुनेहरु वामपन्थी हुन्। कांग्रेसलाई नेता मानेर त्यसको वरिपरि गोलबन्द हुनेहरु कसरी वामपन्थी हुन सक्छन्?

एक्लै लड्दा त स्थानीय तहकै अवस्था दोहोरिने देखिन्छ। तपाईंहरु भित्रैका मान्छे अब एमाले जोगाउन वाम एकता जरुरी छ भनेर बोल्न थाल्नुभएको छ नि?
अहिले परिणाम बाहिरी रुपमा हेर्दा मान्छेहरुले त्यस्तो निष्कर्ष निकालेका छन्। यो स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन, कतिपय ठाउँमा त ६ दलीय गठबन्धन बनाएर एमाले एकतिर, अर्कोतिर  गठन्बन्धन थियो। त्यस्तो अवस्थामा पनि एमालेले जनप्रिय मत प्राप्त गरेको छ। निर्वाचन आयोगको तथ्यांक हेर्दा भइहाल्छ। अहिले पनि जनताको लोकप्रिय मत प्राप्त गर्ने पार्टी भनेको नेकपा एमाले हो। हो, कतिपय सिट गठबन्धन भएका कारणले जित्न सकेनौं। यो आफ्नो ठाउँमा छ।

अवस्था यही रह्यो भने त प्रदेश सभा र प्रतिनिधि सभामा पनि गठबन्धन हुने देखिन्छ नि?
हामीले भनेको छौं- सक्छौ एक्लै आऊ। सक्दैनौ तालमेल गरेर आऊ। जम्मा मतमा ४१/४२ प्रतिशत मत हामीले प्राप्त गरेका छौं। यत्रो गठबन्धन विरुद्ध एउटा पार्टीले त्यति मत ल्याउनु भनेको सिंगो जनसमर्थन प्रकट भएको हो। जहाँसम्म स्थानीय तालमेलको कुरा छ, त्यो यसअघि पनि भएको छ। फेरि पनि हुन सक्छन्।

स्थानीय तहको निर्वाचनमा सिट संख्या घटे पनि लोकप्रिय मत ल्याइयो भनेर चित्त बुझाउनुभयो। आगामी प्रतिनिधि सभाको निर्वाचनमा पनि लोकप्रिय मत ल्याएर चित्त बुझाउने कि सिट संख्या बढाउनेतिर लाग्ने?
हामी सिट संख्या बढाउँछौं। कसरी-कसरी बढाउँछौं, हामी अहिल्यै भन्‍दैनौं। हामी प्रदेश र प्रतिनिधि सभामा सिट संख्या बढाउँछौं। स्थानीय तहको निर्वाचनमा हाम्रा केही स्वभाविक कमजोरीहरु पनि प्रकट भएका छन्। केही असफलता प्रकट भएका छन्। व्यवस्थित गर्न नसिकएका केही समस्या देखिएका छन्। त्यसलाई सुधारेर जान्छौं। देशव्यापी रुपमा प्रशिक्षण गर्छौं। स्थानीय तहको निर्वाचनको समीक्षा पनि तलैबाट व्यवस्थित ढंगले गर्छौं। यही बीचमा हाम्रो सरकारका बेला हामीले गरेका काम पनि जनतालाई बताउँछौं।

nimb
nimb
Ncell 2
Ncell 2

एकीकृत समाजवादीका तर्फबाट एक-दुईवटा शर्त एमालेले पूरा गरेमा संवाद गर्न सकिने कोणबाट कुरा आइरहेका छन्। मुद्दा फिर्ता गर्ने र राजनीतिक दलका रुपमा स्वीकार्नुपर्ने उनीहरुको शर्त मान्न एमाले तयार छ?
यसमा मुद्दा फिर्ताको कुरो होइन। प्रारम्भमै भनेको थिएँ, वामपन्थीको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा पुर्‍याउने, अनि वामपन्थी भनिरहने? यो नै भ्रमपूर्ण कुरा हो।  सबैभन्‍दा पहिले त गठबन्धनसँगको साइनोबारे प्रष्ट हुनुपर्‍यो। त्यो प्रष्ट नभइकन त कुरा नै अघि बढ्न सक्दैन। उनीहरुले गठबन्धनबारे के समीक्षा गर्छन्? त्यो पहिलो कुरा हो। विगतका कुराका विषयमा त पछि छलफल गर्न सकिने कुरा भयो, स्थायी शत्रु र मित्र हुन सक्दैन। सम्बन्धहरु निरन्तर पुनर्गठित हुन्छन्। यतिबेला वामपन्थी सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा पुर्‍याउने काममा जुन महत्त्वपूर्ण भूमिका खेल्ने पक्षले आफ्नो कामका बारेमा के निष्कर्ष निकालेका छन्? त्यसको टुंगो नलागी संवाद कसरी अगाडि बढ्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ लाई राजनीतिक उथलपुथलको संकेत गर्नुभएको थियो। त्यो टर्‍यो कि सम्भावना छ?
असार १७ के प्रसंग र सन्दर्भमा भन्नुभयो, त्यो पार्टी अध्यक्षलाई नै थाहा होला। यो कुनै हिसाबकिताब र गणितबाट हुने कुरा होइन। विभिन्न प्रसंग चलेका बेला 'बाइ दि वे' भनिएको हुन सक्छ। मलाई सबै कुरा थाहा भएन। यो गठबन्धन लोकतन्त्रको विरोधमा छ, आर्थिक विकास र समृद्धिका विरुद्धमा छ र राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विरुद्धमा छ। सामाजिक सद्भाव खलबल्याउने काम गर्छ। देश बनाउने सपनालाई मुर्छित बनाउने काम गर्छ। त्यसकारण यो गठबन्धन देशको हितमा छैन। जो गठबन्धन बनाउन उद्धत रहे, तिनीहरु आत्मसमीक्षा गर्नुपर्छ। 

अहिले एमालेलाई संसद्‌मा हेर्दा निकै आक्रोशित देखिन्छ। एमालेले प्रतिपक्षमा पुगेर आफ्नो क्षमता प्रदर्शन गरेको हो?
नेकपा एमाले संसद्‌मा शालीन ढंगले कुरा राख्छ र दृढताका साथ राख्छ। यो कुरा बुझ्नुहोला। हामीले कुनै इरिटेसनमा आएर त्यत्तिकै पराजित मानसिकताका कारणले गरेको होइन। बरु केचाहिँ भन्नुभएको भए म स्वभाविक मान्थेँ भने, एमालेले प्रमुख प्रतिपक्षी भएर जसरी सशक्त भूमिका खेल्नुपर्थ्यो, महंगीको बेलामा, एसपीपीको बेलामा, जसरी कुरा आउनुपर्थ्यो। त्यो आएन। राज्यको तर्फबाट गैरजिम्मेवार भएर जसरी काम भइरहेका छन्, त्यसको बारेमा एमाले सशक्त ढंगले प्रस्तुत हुन सकेन। एमालेले प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी भएन भन्दाचाहिँ हाम्रा कहाँ कहाँ कमजोरी भए भन्न सकिन्थ्यो। हामी दृढतापूर्वक आफ्नो कुरा भन्छौँ। अनुशासित र शालीन ढंगले भन्छौँ।

प्रमुख प्रतिपक्षी दलको रुपमा जे मुद्दा उठाइरहनुभएको छ, कतिपय झटारोचाहिँ फिर्ता हुने गरेका छन् नि?
झटारो फिर्ता भएको होइन। निश्चित गन्तव्यसम्म कुराहरु जान्छन्। त्यसपछि सधैं एकैनासको कुरा हुन सक्दैन। जस्तै, 'गैरसांसद'लाई सांसदको रुपमा उपस्थितिको कुरा उठाइयो।...

त्यो मात्रै होइन, एमसीसी, एसपीपी लगायतका धेरै विषय छन् नि?
तपाईंले धेरै कुरा एकै ठाउँमा पोको पार्नुभयो। त्यो मिलेन। एमसीसीमा त हामी औपचारिक रुपले प्रक्रियामा संलग्न हुनै पाएनौँ। संलग्न हुन पाएको भए हाम्रो कुरा राख्थ्यौँ। एसपीपीको बारेमा संसद्‌मा हाम्रो कुरा राख्यौँ। एसपीपी एमालेको पालामा भयो भने जसरी प्रधानमन्त्री र प्रचण्डले अनुत्तरदायी ढंगले बोल्नुभयो, त्यसको मैले नै प्रतिवाद गरेँ। हिम्मत छ भने कसको पालामा के भयो भन्ने ल्याऊ भनेको थिएँ।

हिजो २०१५ को भूकम्पका बेलामा विभिन्न देशका सुरक्षा निकायले आएर सहयोग गरेको थियो। नेपाली सेनाले समन्वय गरेको थियो। त्यस्तो बेलामा अमेरिकाको तर्फबाट आएको एसपीपी 'डिजास्टर' र क्षमता अभिवृद्धिका लागि भन्ने कुरामा केन्द्रित थियो। सेनाले पनि भूकम्पबाट पीडित जनताका लागि आवश्यक छ भनेर अगाडि सरकारको स्वीकृतितमा पत्र पठाएको थियो। पछिल्लो समयमा जब एसपीपी आइपीएसको अंग हो भनेर आइसकेपछि हामीले त्यसमा छलफल गरेर एकीकृत धारणा बनाउनुपर्छ भनेर परराष्ट्र सचिवको संयोजकत्वमा कार्यदल बनायौँ। अब पत्रचार पनि परराष्ट्र मन्त्रालय मार्फत हुनुपर्छ भनेर परराष्ट्र सचिवलाई जिम्मेवारी दिएका थियौँ।

जहाँसम्म गैरसांसद्को कुरा छ, त्यसमा हाम्रो राजनीतिक अडान कायमै छ। सर्वोच्चमा मुद्दा छ, त्यो टुंगो लागेको छैन। वास्तवमा अहिलेका सभामुखज्यूले अनुत्तरदायी ढंगले काम गरिरहुनभएको छ। कुनै दलका सांसदलाई कारबाही गरेको चिठी लैजाँदा ढोकैमा गएर लिने। अनि हामीले दिएको चिठीमा हप्तौँसम्म मतलब नराखेर एमालेलाई औपचारिक ढंगले विभाजन गर्ने अपराधपूर्ण योजनाका साथ सभामुख संलग्न हुनुभयो। त्यसप्रति हाम्रो आपत्ति हो। वास्तवमा गैरसांसदलाई सांसदको रुपमा राख्नुहुँदैन। उहाँहरुले छुट्टै पार्टी बनाउने हो भने बनाउनुस् न। त्यो संसदीय हैसियतका राखिएको छ। त्यसप्रति हाम्रो आपत्ति हो। अब यसबीचमा स्थानीय तहको निर्वाचन भएपछि एउटा स्थिति आएको छ। हाम्रो राजनीतिक अडान कायमै छ। ती अडानमा हामी कायमै छौँ। हामीले संसद्‌भित्र आफ्नो कुरा अर्कै प्रक्रियाबाट राख्न प्रारम्भ गरेका हौँ।

अघिल्लो निर्वाचन भएको पाँच वर्ष पूरा हुन लाग्यो, अर्को निर्वाचन हुने बेला भइसक्यो। त्यतिबेला वामपन्थी गठबन्धनले गर्दा आम मानिसमा उत्साह थियो। तर यसबीचमा राजनीति गिजोलियो। यसका लागि एमालेले कति प्रतिशत हिस्सा लिन्छ?
मैले यति प्रतिशत भन्दिनँ। समग्रमा यस बीचमा जे–जे राजनीतिक अभ्यास भए। त्यसको समीक्षा गरिनुपर्छ। कहिलेकाहीँ राम्रो मनसायले गरिएका कामहरुको पनि तरिका, समय र ढंग राम्रो नपुग्दा पनि राम्रो परिणाम आउँदैन। हामीले मुलुकमा राजनीतिक अस्थिरता भयो, त्यसलाई हटाउनुपर्छ, त्यसका लागि प्रगतिशील वामपन्थी राजनीतिक शक्तिहरु एक ठाउँमा हुनुपर्छ भन्ने सोचेर २०७४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले र माओवादीको बीचमा समझदारी गरेको हो। साझा घोषणापत्र र साझा उम्मेदवार तयार गरेर निर्वाचनमा गएका हौँ। निर्वाचनपछि पार्टी एकता पनि गर्छौँ भनेर भन्यौँ।

निर्वाचन परिणाम आएपछि सरकार बन्यो। दुई वर्ष हलचल गर्नलाई संविधानले नै दिँदैनथ्यो। त्यो बित्नासाथ कतिपय ब्रोडसिट पत्रिकाले सम्पादकीयमै दुई वर्ष बित्यो, के हेरेर बसेका छौँ भाइ हो? जे–जे गर्ने हो, अब थाले हुन्छ भन्ने खालको लेखे। त्यो कहीँ राजनीतिक अभिप्रेरणाकै आधारमा यो सबै भएको थियो। वास्तवमा हामीले जे सोचेर एकता गरेका थियौँ, त्यो राम्रो ढंगले पाक्नै पाएको रहेनछ।

अध्यक्षद्वयले साढे दुई वर्ष, साढे दुई वर्ष सरकार चलाउने भनेर सहमति गरिदिनाले तपाईंहरुलाई पनि समस्या आएको होला?
त्यस्तो पनि होइन। कुन अध्यक्षले देखाउन सक्नुहुन्छ, देखाउनुहोला, तर साढे दुई वर्ष भनेर कहाँ कबोल गरिएको छ? त्यसपछि पुष्पकमल दाहालले निकालेको वक्तव्य हेर्नुहोला, ओलीले पाँचै वर्ष चलाउने भन्नुभएको छ। दुईवटा पार्टी मिल्दा विचार, संगठन र नेतृत्वको बारेमा छिनोफानो हुनुपर्थ्यो, त्यो भएको रहेनछ। अन्तरविरोधमा खेल्न पल्किएकाहरुले दुई पार्टी एक हुँदा पनि अन्तरविरोध प्रचुर मात्रामा देखिन्छन्, त्यसैमा खेलेर आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ भन्ने योजना राखेका रहेछन् भन्ने देखियो। प्रचण्ड एकतालाई सार्थक निष्कर्षमा पुर्‍याउने भन्दापनि कब्जा गर्ने ध्याउन्नमा लाग्नुभयो। जसले गर्दा पवित्र उद्देश्यका साथ अगाडि बढाइएको एकताले साकार रुप लिन सकेन।

अहिले स्वतन्त्र उम्मेदवारहरुले दिइरहेको चुनौतीलाई तपाईंहरुले कसरी लिनुभएको छ?
स्वतन्त्रलाई म चुनौती ठान्दिनँ। वास्तवमा स्वभाविक ढंगले देखापरेको 'फेनोमेना' हो। यसलाई अन्यथा लिनुहुँदैन। जो कसैले राम्रो काम गर्नुहुन्छ, राम्रो विचार ल्याउनुहुन्छ, राम्रो गतिविधिका साथ अगाडि बढाउनुहुन्छ भने हामी गुण दोषका आधारमा दृष्टिकोण बनाउँछौँ। राम्रो कुरालाई सम्मान गर्छौँ। स्वतन्त्रका नाममा जो साथीहरु आउनुभएको छ, विश्वासको मत पाउनुभएको छ, यसलाई सकारात्मक रुपमा लिन्छौँ। उहाँहरुले राम्रो काम गर्नुहोस्, शुभकामना भन्न चाहन्छु। तर दलीय प्रणालीमा दललाई बेवास्ता गरेर, दलहरु केही होइनन्, केही गर्न सक्दैनन् भने हामी नै सबैथोक हौँ भनियो भने राजनीतिक प्रणाली नै अर्को ठाउँमा पुग्नुपर्छ। यो कुरा उहाँहरुले सोच्नुभएको छ कि छैन भनेर जिज्ञासा राख्न चाहन्छु। 

अहिले देखापरेको राजनीतिक दलहरुको भूमिका, गतिविधिमा रहेको समस्याको 'बाइप्रोडक्ट' पनि हो यो। राजनीतिक दल र तिनका नेताहरुको कार्य सम्पादनमा देखा परेका कमिकमजोरीको 'बाइप्रोडक्ट' पनि हो। अब राजनीतिक दलहरुले आफ्नो विचार र व्यवहारमा रहेका कमि कमजोरीलाई रिभ्यू पनि गर्नुपर्छ। अर्कोतिर स्वतन्त्र रुपमा आएका साथीहरुले राम्रो काम गर्न सक्नुहोस्, मेरो शुभकामना पनि छ। हाम्रो साथ समर्थन हुन्छ। तर दलीय प्रणालीलाई कमजोर बनाउने कुनै पनि कुरा हुन्छन् भने हामी स्वीकार गर्न सक्दैनौँ। यसमा सबैको ध्यान जानुपर्छ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहर प्रतिनिधि सभा र प्रदेश सभामा पनि देखिएला जस्तो छ। तपाईंकै निर्वाचन क्षेत्रमा पनि त्यो सम्भावना देखिँदैछ। तपाईंले व्यक्तिगत रुपमा चाहिँ चुनौती ठान्नुभएको छ कि छैन?
म चुनौतीको रुपमा लिन्नँ। किनभने, यो दलीय प्रतिस्पर्धामा, प्रतिस्पर्धाको राजनीतिमा मापदण्ड पुगेका हरकोहीले म श्रेष्ठ छु भनेर दाबी गर्न सक्छन्। त्यो अधिकारलाई सम्मान गर्नुपर्छ। मेरो निर्वाचन क्षेत्रबाट जो–जो साथीहरु उम्मेदवार बन्न चाहनुभएको छ, म सम्मान गर्छु। त्यो योग्यता र क्षमता देखाएर श्रेष्ठता हासिल गर्ने प्रणालीलाई स्वीकार गरेपछि अन्यथा टिप्पणी गर्नु हुँदैन। मेरा विचार, काम, गतिविधि र समग्र भूमिका जनताले देखेका छन्। कमि कमजोरी पनि देखेका छन्। यी सबैको कुरामा जनतामा उभिएर प्रस्तुत हुन सक्नुपर्छ भन्ने ठान्छु। र, मैले गरेका काम र विचारहरु लुकाइरहनु पर्दैन। जनताले सबल कुरा देख्नुभएको छ। कमजोरी पनि होलान्। म जनतासँग दुवै कुरामा साक्षात्कार गर्न तयार छु।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्