• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

भाइ राप्रपा बनाउने हो भने वैकल्पिक राजनीतिको नेतृत्व गर्नुको अर्थ छैन: मिलन पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १०, २०७९  २०:०३
1140x725

कुनै समय नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता छ भनि युवाहरूको समूहले माइतीघर मण्डलादेखि बालुवाटारसम्म अभियान चलाए। नेपाल खुल्लै छ, इनअफ इज इनअफ र सरकार पारदर्शी होऊ भन्दै नारा लगाए। यही नाराकाबीचमा विवेकशील नेपाली पार्टीको जन्म भयो।

उनीहरूले प्रतिनिधि सभा निर्वाचनदेखि स्थानीय निर्वाचनसम्म भाग लिए। २०७४ सालको निर्वाचनमा उनीहरूले काठमाडौ महानगरमा राम्रै मत समेत प्राप्त गरे। उक्त पार्टीसँग साझा पार्टीको एकता भएर साझा विवेकशील पार्टीको निर्माण भयो। यो विभाजित हुँदै फेरि एक भए। यसरी फरक राजनीतिक अभ्यासका रूपमा शुरूवात भएको पार्टी अहिले छिन्नभिन्न भएको छ। पछिल्लो पटक २०७८ साउनमा रवीन्द्र मिश्रले विचार भन्दा माथि भन्ने दस्तावेज सार्वजनिक गरेपछि यो पार्टीभित्र चरम विवाद देखियो। यही दस्तावेजका कारण अधिकांश नेता कार्यकर्ता पार्टीबाट अलग भए। संयोजक मिलन पाण्डलाई मिश्रले कारबाही गरे। अन्य कतिपयमाथि पनि कारबाही गरियो। तर पछिल्लो पटक  वैशाख ३० गते स्थानीय तह निर्वाचनमा पार्टीको अवस्था खस्कदो रूपमा मत पाएपछि मिश्रले पार्टी अध्यक्षबाट राजनीनामा दिएको घोषणा गरे। यो सँगै अहिले विवेकशील साझा पार्टीको भविष्यलाई लिएर अनेक प्रश्न उठ्ने गरेको छ। अझै पनि वैकल्पिक राजनीतिक दलको भविष्य रहेको तर्क गरिरहँदा आगामी निर्वाचनका लागि यही अभियानसँग जोडिएका रञ्जु दर्शना र पुकार बम लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। यही अभियानसँग जोडिएका व्यक्ति हुन् मिलन पाण्डे। उनी आफूलाई राजनीतिक अनि सामाजिक अभियन्ता भन्न रूचाउँछन्। उनीसँग वैकल्पिक राजनीति र विवेकशीलको भविष्य तथा स्वतन्त्र सांसदहरूको अवस्था बारेमा नेपाल लाइभले गरेको कुराकानी:


युवाले नेपाल बन्द होइन खुला राख्नुपर्छ भनेर सुरू भएको आन्दोलनदेखि युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ भन्नेसम्मको कुरा उठाउनु भयो। तपाईंहरूले वैकल्पिक राजनीतिको झिल्को बाल्नु भयो। तर यो लामो समयसम्म चल्नेगरी किन बलेन?
तपाईंले भनेका कुराहरू सही नै छन्। हामीले परालमै भए पनि झिल्को बालेका थियौं। यस मानेमा खुशी लाग्छ। यो रोकिएको छैन, फैलिएको छ। पछिल्लो समय यो फरक शैलीमा गयो होला। बालेन शाह, सुमन सायमी र रवि लामिछानेसम्म आइपुग्दा हामीले सुरू गरेको अभियानकै देन हो। यसरी अहिले राजनीतिमा हाम फाल्न कुनै न कुनै रूपमा विवेकशील साझा वा उज्ज्वल थापाको हात रहेको छ। उहाँहरूमात्र होइन त्यसको पछाडि रहेका हजारौं युवाहरूको पनि हात छ। क्रेडिट कुनै न कुनै रूपमा उज्ज्वल थापालाई नै लान्छ। हामी यस मानेमा सफल पनि भएका छौं। राजनीति सुरू गर्दा अब मुल राजनीतिक दल भनिएका नेपाली कांग्रेस र एमालेको विकल्पको खोजी हुनुपर्छ। यो एक दशकलाई हेर्ने हो भने हामी सफल भएका छौं। अहिले कांग्रेस र एमालेभित्र विकल्पको खोजी त्यही भित्रका नेताहरूले पनि खोज्न थालेका छन्। यसको विउ रोप्ने काम त हामीले गरेका हौं नि। यो राजनीतिले भएन भनेर कांग्रेस एमालेभित्रै नेता र कार्यकर्ताहरूले भन्न थालेका छन् नि। नेपालमा कम्युनिष्ट र कांग्रेसको विकल्प हुन्छ र खोजिनुपर्छ भनेर हामीले सुरु गर्‍यौं पछि बाबुराम भट्टराई पनि आउनु भयो। उहाँले लामो समयसम्म  टिकाउन सक्नु भएन। त्यसपछि रवीन्द्र मिश्र आउनु भयो। त्यसपछि पनि विभिन्न पात्रहरू आउनु भयो । अहिले रवि लामिछाने आउनु भएको छ। आउनेक्रम त जारी नै भएकाले म चाँही खुशी छु। हामीले जे हिजो राजनीतिक रूपमा भनेका थियौं अहिले त्यसको खोजीमा आउन थाल्नु भएको छ। रवि लामिछानेले जे भन्नु भयो त्यो हामीले २०७० सालमै भनेका थियौं। त्यसैले हाम्रो राजनीति सही थियो भन्ने कुरा विस्तारै पुष्टि हुँदै गएको छ। यो राजनीति अब अघि बढ्छ र टिक्छ भन्ने नै हो। यो अब पक्कै पनि अघि बढ्छ। नयाँ आउनु भएकाहरूलाई सहकार्य गर्दै यो वैकल्पिक राजनीतिक शक्ति बन्ने कुरालाई लिएर जाने हो। 

विवेकशील नेपाली हुँदै विवेकशील साझासम्म आइपुग्दा यो दलको पहिचान सकिने स्थितिमा देखिन्छ भन्ने टिप्पणी हुने गरेको छ। तपाईं आफैं पनि बाहिरिनु भयो, अनि मिश्र पनि बाहिरिनु भयो। अरूहरू पनि उक्त अभियान र दलमा देखिँदैनन्। उज्ज्वल अस्ताएसँगै यो दल पनि अस्ताएको हो? 
नेपालीहरू संस्कृतिमा विश्वास गर्छन्। त्यसैले पनि घरको मुली मरेपछि दशा लाग्छ भने झै देखिएको छ। रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्तावेज ल्याउनु भयो। यसले विवाद भयो। हाम्रो जुन उद्देश्य र अजेण्डाहरू थिए ती छाँयामा परे। यो सकिएको होइन, उत्तराचढाव हो। यो राजनीतिक यात्रा हो। हामीले वैचारिक विमतीलाई हेन्डिलिङ गर्न सकेनौं। हामीले यो एक वर्षमा राम्रो गर्‍यौं कि गरेनौं भनेर समीक्षा १० वर्षपछि गर्दा राम्रो होला। अहिलेको यो प्वाइन्टले विवेकशील पार्टीलाई कहाँ पुर्‍यायो त्यही समयमा समीक्षा गर्दा उपयुक्त होला। तत्कालीन समयमा हामी फरक पार्टी र नाम पनि हुन सकौंला। यो एकप्रकारको राजनीति यात्रा हो। मुख्य कुरा वैचारिक विमतीलाई हामीले हेन्डिल गर्न सकेनौं। 

यो घटना महत्त्वपूर्ण तत्कालीन कालखण्डमा हुनसक्ने हुन्छ। विवेकशीलको विचार थियो कि थिएन भन्ने अहिले देखियो नि। रञ्जु दर्शना, पुकार बम र मिलन पाण्डेको विचार त रहेछन नि। हाम्रो यो बीचमा धेरै प्रशिक्षण भएको छ। हामीले विचारभन्दा माथि देश भन्ने जुन बन्द प्रशिक्षणमा लिन पायौं यो राम्रै कुरा होइन नि। आफूलाई थप परिपक्व बनाउन सबैलाई यो एक वर्ष लगानी भयो भन्ने हो। हाम्रो विगतको कार्यक्रम प्ले कार्ड लिएर सडकमा उभिएको मात्र थियो। व्यवस्था होइन अव अवस्था परिर्वतन हामीले भन्दै आएका थियौं। अहिले मूख्य राजनीतिक दलका गगन थापा र विश्वप्रकाश शर्माले पनि भन्न थाल्नु भएको छ। यो पक्षमा हामी अगाडि रहेछौं। हामी एकजुट भएर अघि बढ्न सकेनौं होला। तर हाम्रो यो परीक्षण थियो, यो इमान्दारितापूर्वक गरिएको एक्सेपेरिमेन्ट थियो। हामी असफल भयौं।  

अहिले १ वर्षलाई मात्र हेरेर टिप्पणी गर्न मिल्दैन। हामी १० वर्षअघि प्ले कार्ड लिएर नेपाल खुल्लै छ भनेर निस्कदा वैकल्पिक राजनीतिको सुरूवात त भयो नि। जसको जगमा अहिले काठमाडौ महानगरमा बालेन शाह र सुनिता डगोलजस्ता युवाले नेतृत्व पाएका छन्। रञ्जु दर्शनाको उम्मेदवारी र उज्ज्वल थापाको त्यो हिम्मतका कारण नै अहिलेको नतिजा आएको हो। २१ वर्षको एउटा व्यक्तिलाई नयाँ आएको पार्टीले देखाएको साहास प्रशंसायोग्य नै हो नि। कोरोनाकालमा पुकार बलले अक्सिजन सिलिन्डर बोक्नेदेखि इन अफ इज इन अफको अभियान चर्चित नै छ। त्यस्तै सरकार पारदर्शी हुनुपर्छ भनेर १२ दिनसम्म अनसन बसेको कुरा पनि हाम्रै हो। 

स्वतन्त्र उम्मेदवार जसले विचार प्रष्ट पारेको छैन, उसले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएर सांसद भएर केही गर्न सक्छ भन्ने लाग्दैन। नगर वा पालिकाको निर्वाचन भए अलग कुरा थियो। तर, यो संसद् फरक कुरा हो

विकेकशीलले विगतका वर्षमा १० वटा काम मध्ये सात वटाकाम राम्रो गरेको छ, तर ३ वटा चै सफल भएन रे भन्दैमा यो पार्टी नै सकियो वा असफल भयो भनेर टिप्पणी गर्न उपयुक्त हुँदैन। हाम्रो मूल्यांकन हेर्दा हामी डिक्सटिङसनमा पास भएका छौं। स्वतन्त्र उम्मेदवारीको कुरा आफ्नो आफ्नो अधिकार हो। मलाईं चाँही स्वतन्त्र उम्मेदवारीमा विश्वास र इन्ट्रस्ट छैन। म सांसद केका लागि चुन्दै छु भन्ने निश्चित कुरा छन्।  कानुन बनाउने, सरकार गठन गर्ने , संविधान संशोधनसम्म सांसदको भूमिका हुन्छ। हामीले गण्डकी प्रदेशमा देख्यौं एक जना सांसदले सरकार गिराउने कि सफल पार्ने भूमिका खेल्न सक्ने रहेछ। त्यस्तै जनमत संग्रहमा लग्ने र देशका लागि नीति बनाउने कुरामा पनि सांसदले भूमिका खेल्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वतन्त्र उम्मेदवार जसले विचार प्रष्ट पारेको छैन, उसले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएर सांसद भएर केही गर्न सक्छ भन्ने लाग्दैन। नगर वा पालिकाको निर्वाचन भए अलग कुरा थियो। तर, यो संसद् फरक कुरा हो। दलको खराब उम्मेदबार भन्दा राम्रो स्वतन्त्रलाई भोट नै नहाल्ने भन्ने मेरो होइन। दलीय प्रणालीमा स्वतन्त्र उम्मेवारी संकेतमात्र हो समाधान होइन। सकेसम्म संस्थालाई पनि अघि बढाउनुपर्छ। अन्तरिमकालमा स्वतन्त्र उम्मेदवार थ्रेटको रूपमा होला तर दीर्घकालिन समाधान होइन। रहरमा कसैले गरेको हो भने यो ६ महिना टिक्छ कि टिक्दैन। 

रञ्जु दर्शना र पुकार बमको हकमा पनि मेरो यही टिप्पणी हो भने रवीन्द्र मिश्रको हकमा पनि यही हो। मलाईं पार्टीले कारबाही गरेको छ। तर निर्वाचन आयोगमा मेरै नेतृत्वमा छ। अब निर्वाचनमा भाग लिन पर्दा स्वतन्त्र उठ्नुपर्ने हुन्छ। यसो भन्दैमा मेरो दल र विचार हुँदैन भन्ने हुँदैन। त्यो एक प्रकारको अवस्थामात्र हो, अन्तत: उ कुनै दल र विचारको हुन्छ।

विवेकशील साझालाई अब तपाईंले नेतृत्व लिएर प्रतिनिधि सभा र प्रदेश सभामा जानुहुन्छ कि हुँदैन? 

रवीन्द्र मिश्रले पार्टीका फरक दस्तावेज ल्याएपछि अधिकांश साथीहरूले पार्टी छोड्नु भयो। गोपी हमालदेखि महेश भण्डारी लगायतले छोड्नु भयो। यसले पार्टी एकताको मूल मर्म बोकेका साथीहरू केन्द्रीय सदस्यमा कमी भयो। अहिले पनि केन्द्रीय समितिमा रवीन्द्र मिश्रको विचारलाई सर्मथन गर्ने छ। यसलाई म नेतृत्व दिन सक्दिन। जुन विचारमा म सहमत छैन, त्यहाँ मैले नेतृत्व गर्न सक्दिन। अब जहाँबाट विवाद सुरू भएको थियो, त्यहीबाट थालनी गर्नुपर्ने मेरो कुरा हो। हामीले जुन पार्टी बनाउने भनेर सपना देखेका थियौं त्यहाँ जाने हो भने म नेतृत्व गर्न तयार छु। नेतृत्वमात्र होन साधारण सदस्य भएर पनि बस्न तयार छु। तर, नयाँ राप्रपा बनाउने हो भने म यसको नेतृत्वमा वा पार्टीमा रहनुको अर्थ हुँदैन। कांग्रेस र कम्युनिष्ट पनि भत्केका छन्।  म वैकल्पिक राजनीति नेपालमा सम्भव छ भनेर आएको मानिस हुँ। त्यसैले मूल धारमा हामीले विकल्प भनेको पार्टीजस्तो हुन सक्दैनौं। एउटा निर्वाचन वा अवस्थाले म आत्तिने मानिस होइन। आउने निर्वाचनमा जे उद्देश्यले खोलेका हौं त्यसमा हिँड्छ भने यसलाई राष्ट्रिय पार्टी बनाउन म तयार छु। यदि होइन भाइ राप्रपा वा अन्य भेरियन्ट बनाउने हो भने नेतृत्व लिनुको अर्थ छैन। यसो नहुने हो भने फरक रूपमा यो मुभमेन्ट अघि बढ्छ र विवेकशील साझा सकिन्छ। 

तपाईंहरूको शुरूवात र रवी लामिछानेको शुरूवात मिलेको देखिन्छ। रवीको जस्तै सुरूमा तपाईं पनि राष्ट्रिय झण्डा लिएर आउनु भएको थियो। निलो रङको संयोजन देखि रवी लामीछाने र उज्ज्वल थापा दुवै अमेरिकाबाट फेर्केर आउनु भएको छ। लगभग रूप मिल्छ। रूप त्यहि लिएर उहाँ आउनु भएको छ। यस्ते स्थितिमा तपाईंहरूले भन्दै आउनु भएको चिज उहाँले नेतृत्व लिन लाग्नु भएको छ। उहाँलाई सहयोग गर्नु हुन्छ? हुन्न? 
हुन्छ। किन हुन्छ भने उहाँको जुन ‘स्टेटमेन्ट’ सुनेको छु त्यो बुँदाहरू हामीले २०७० बाट भन्दै आएका हौं। विवेकशील नेपालका पुराना पत्रहरू हेर्नु हुन्छ भने त्यहाँ हामीले ति कुरा सबै उल्लेख गरेका छौं। मेरो अध्यक्षतामा भएका वैठकका निर्णयहरू हेर्नु होस्। त्यसकारण हामीले सर्मथन नगर्ने भन्ने सवाल नै हुँदैन। तर हाम्रा कमजारीबाट सिक्नलाई आग्रह गर्छु। व्यक्तिवादी नबनेर, टिमर्वकबाट काम गर्नलाई सिक्न आग्रह गर्छु। 

नेपालको राजनीतिमा वैकल्पिक पार्टीहरू पानीका फोका जस्ता आउने फुटिहाल्ने भइरहेको छ। यो परिपक्व नहुनुको कारण के होला?
उद्देश्य के बोकेर आउने भन्ने सवाल हो। चुनावको सन्निकट पार्टी दर्ता गरेर चुनाव जितेर देश उल्ट्याउँछु भनेर आएको छ, तर नतिजा प्राप्त गरेन भने त पानीको फोकै भयो। हाम्रो कुरा गर्नु हुन्छ भने हामी त बीस वर्ष लगानी गर्छौं भनेर आएका हौं। योजना लिएर आएका हौं। हामी त पानीका फोका होइनौं नी। अहिले पार्टीमा उदार–चढाव आएको छ। त्यो त स्ववाभिक प्रकृया हो। हामी उत्कृष्ठ पानी थिएनौं र सकिएका पनि छैनौं। त्यसैले उद्देश्य निर्वाचन बोकेर आयो भने पानीको फोको हुन सक्ला, तर हामी जस्तो स्पष्ट लक्ष्य लिएर आएका त सफल भइहाल्छ नी।

नेपालमा वैकल्पिक शक्तिको आवश्यकता रहेको छ भन्ने स्पष्ट देखियो। जसका लागि वैशाखको स्थानीय तहको निर्वाचनलाई हेरे पुग्छ। त्यस्तै यदी भारतमा हेर्ने हो भने केजरीवालको पार्टी ‘आप’ ले आफूलाई जसरी विस्तार गरिरहेको छ त्यसको पाठ यहाँ सिक्न किन सकिएन? हाम्रो कार्यदक्षता कम भएर हो? वा वैकल्पिक शक्तिको आवश्यकता बारे सूचित गर्न नसकेर हो?यसको २ वटा कारण छन्। पहिलो कारण राजनीतिक काल खण्ड हो। जस्तो केजरीवालको पार्टीका नेताहरूले मार्ग परिर्वतन गरेका छैनन् र आवश्यकता पनि छैन, जस्तो हाम्रोमा रह्यो। उनीहरू संविधानमा प्रस्ट छन्। किनकी उनीहरूको संविधान ७० वर्ष लामो छ। हाम्रोमा त्यसैका वरिपरी बहस छ। मतलब हामी संस्थाको स्थायित्व वरिपरी बहसमा छौं। 

दोस्रो, राजनीति गर्न आएका वैकल्पिक पार्टीहरूले ‘टेक अफ’ लिन सकेनन्। जसको लागि हामीले रञ्जु र बालेनलाई हेर्न सक्छौं। रञ्जुले हारिन्, उनी छायाँमा परिन्। बालेनले जिते उनले अब ‘टेक अफ’ लिन सक्छन्। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्