• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

मसानः जहाँबाट सुरु हुन्छ जीवनको नयाँ अध्याय

64x64
युवराज भट्टराई शनिबार, असार ११, २०७९  १२:२२
1140x725

वाराणाशी वा बनारस। नाम सुन्ना साथ मनमा के आउँछ?

धार्मिक अनुष्ठानले भरिएको शहर। भक्तहरूको प्रतिज्ञाको आवाज र हावामा धूपको सुगन्धले भरिएको शहर। गंगा नदीको शहर। दियो र बात्तीहरूले झिलिमिली शहर।

तर, निर्देशक निरज घेवनले बनारसको यो सुन्दरता मात्रै देखेनन्। उनले देखे सानो शहरमा अवस्थित समस्याहरू। जातीय र लैंगिक विभेदले सिर्जित परिस्थिति।

‘पोएटिक्स’मा दार्शनिक अरस्तुको दर्शन छ, ‘द मोर फेथफुल द आर्टिस्टिक इमिटेसन– द मोर फेथफुल द वर्क इज।’ अर्थात्, जीवतको सत्यतामा नै सिर्जनाको भव्यता देखिन्छ।

निरजको भव्यता प्रकट छ, ‘मसान’मा।

फिल्ममा बनारसको झिलिमिली मात्र नभइ समाजमा जरा गाडेको विभेद पनि छ। सम्पन्नताको चित्रण छ। असमानताले बास गरेको समाज पनि छ। दुई पाटा भएको सिक्काजस्तै, बनारसको चमकधमक र समाजबाट हराउन बाँकी पीडाको कथन छ मसानमा। घाटमा आगोसँगै जलिरहेका सपनाहरूको गन्धले धूपको सुगन्धित माहोललाई विकेन्द्रिकृत गरेको चित्रण छ।

जीवनको आकार मृत्यु र जन्मबीचको समयले लिन्छ। मृत्युअघि र जन्मपछि समाज, शहर, मान्छे, आफन्त, सरकारको प्रत्यक्ष प्रभाव हुन्छ।

सानो शहरको जीवन। संकुचित सोचहरूले घेरिएको अवस्था। सुस्त गतिमा बहिरहेको परिस्थिति। स्वतन्त्र भएर उड्ने चाहना राख्दा पखेटा काटिदिने सामाजिक मान्यताहरू। जातिवाद, लैंगिक विभेदले ग्रस्त माहोल। यिनै विषयहरूबाट भाग्न खोज्दा जंजिरमा थुनिदिने समाजको कथा छ फिल्ममा।

Ncell 2
Ncell 2
nimb
nimb

मसान स्वतन्त्रताको चाहना राख्ने र समाजको मान्यतामा बाँधिन नचाहने केही आत्माहरूको कथन हो। यी पात्रहरू समाजले निर्धारण गरिदिएको मान्यतामा भागदौड नगरी जीवन चलाउन चाहन्छन्। 

मसान सात वर्षअघि २४ जुनमा रिलिज भएको थियो। यो बलिउडले देखिरहेको फिल्म थिएन। भिडलाई सम्बोधन नगरेको यो फिल्मलाई ‘भिडबाहिरको’ भन्न सकिन्छ। यसमा सामाजिक अवस्थाको चित्रण, सरकारी कर्मचारीको व्यवहारदेखि प्रेममाथि बन्देज, विभेद, असमानताको कथा छ। लैंगिकताकै आधारमा महिलाले भोग्नुपर्ने पीडा छ। 

दुई समानान्तर कथा
‘मसान’ले दुई समानान्तर कथा भन्छ। एउटा कथाको सुरुवात दुःखबाट हुन्छ, अर्को कथाको सुरुवात मुर्दा जलिरहेको घाटबाट। विरोधाभास मान्नुपर्छ जीवनको अन्त्य हुने ठाउँबाट कथाको सुरुवात हुनु। 

देवी पाठक (ऋचा चड्डा अभिनिति) आफ्नो जीवनलाई स्वतन्त्र रुपमा जिउन चाहन्छिन्। भर्न चाहन्छिन् रहरका उडानहरू। तर, समाज महिलाहरू उडेको हेर्न चाहँदैन। कवियत्री कुन्ता शर्माको कविता ‘पोथी बास्नुहुँदैन’जस्तै महिलाहरू स्वतन्त्र हुनु भनेको समाजको विपरीत हो। स्वतन्त्र हुने अधिकार महिलालाई छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सानो शहरको कुनै एक कम्प्युटर कोचिङ सेन्टरमा प्रशिक्षकको रूपमा कार्यरत देवी आफ्नो विद्यार्थी पियुश अग्रवालसँग प्रेम सम्बन्धमा हुन्छिन्। विवाहित जोडीको रुपमा होटलमा गई उनीहरू एकअर्कासँग प्रेम साटिरहेका हुन्छन्। तर, प्रहरी आइपुग्छ। प्रहरी देवीको भिडियो खिचेर उनलाई ‘ब्ल्याकमेल’ गर्न थाल्छ।

घटनाले लिएको मोडले देवीको जीवन विपरीत गतितर्फ बहन थाल्छ। होटलमा प्रहरीको रेडपछि देवीको प्रेमी आफूलाई बाथरुममा लक गरेर आत्महत्या गर्छ। प्रहरी सबै घटनाको दोष देवीलाई देखाएर ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा जेल पठाउने षड्यन्त्रको निर्माण गर्छ। त्यसबाट जोगिन देवीका बुबालाई तीन लाख रुपैयाँ घुस माग्छ।

विद्याधर पाठक (सञ्जय मिश्रा अभिनित) आफ्नी छोरीसँग भएको घटनाले विक्षिप्त हुन्छन्। देवी आफ्नो जागिर गुमाउँछिन्। विभिन्न ठाउँमा जागिरको खोजीमा निस्किन्छिन्। तर, आफ्नो प्रेम र त्यसपछिका घटना सार्वजनिक भएपछि उनले काम पाउनु असम्भवजस्तो भएको छ। 

बरु, उनीमाथि थप लाञ्छना लाग्छन्। बुबासँगको संवादमा देवी भन्छिन्, ‘ठूलो शहरमा भएको भए यी कुराहरूको मतलब हुँदैन थियो।’

समाजले महिलाको प्रेम र चाहनालाई कसरी कुण्ठित बनाउन चाहन्छ, देवीको जीवनले देखाउँछ। बुबा विद्याधर आफ्नी छोरीमाथि प्रहरीले गरेको व्यवहारको विपक्षमा उभिन सक्दैनन्। देवी इच्छा विपरीत सरकारी जागिर गर्न थाल्छिन्।

समानान्तर गतिमा दीपक कुमार (विक्की कौशल अभिनित)को जीवन चलिरहेको छ। डोम समुदायका भएका कारण विभेदको गहिरो खाडलमा डुबेको विक्की शिक्षित छ। तर, समाज व्यक्तिको शिक्षा वा उसको मिहेनत हेर्दैन, उसको जात हेर्छ। 

अछुतको छोरा भएकै कारण शिक्षित भए पनि दीपक गंगाको घाटमा लास जलाउने काम गर्न बाध्य हुन्छ। मुर्दाको शरीरसँगै उसका सपनाहरू जलिरहन्छन्। मुर्दा जलाउनु र क्रियाकर्म गर्नु उसको दिनचर्या हुन्छ। दीपकलाई भने यस कामका लागि इच्छा हुँदैन, तर विकल्प पनि देख्दैन। समाज उसलाई यस जञ्जालबाट उम्किने मौका दिँदैन।

विभेदले थिचिएका विक्की समाजले निर्धारण गरेको उच्च जातकी शालु गुप्ता (स्वेता त्रिपाठी)सँग प्रेम सम्बन्धमा हुन्छन्। हिन्दू कथित उच्च जातकी शालु र कथित तल्लो जातको दीपकबीचको प्रेमलाई समाजले अस्विकार गर्नु स्वभाविक हुनजान्छ। 

बेलाबखत शालु दीपकलाई उसको काम र जातबारे सोधिरहन्छिन्। उसको बस्ने ठाउँबारे सोधिरहन्छिन्। तर, दीपक त्यो सबै भन्न डराउँछ। रिसाउँछ। त्यो रिस शालुलाई गुमाउनु पर्छ कि भन्ने त्रासको हुन्छ। अलाहबादको भ्रमणबाट फर्किएपछि जब दीपक आफ्नो यथार्थ भन्छ। आफू मुर्दा जलाउने कामबारे भन्छ। शालु यी यथार्थसाग आपत्ति जनाउँदिनन्, तर तर भागेर विवाह गर्ने प्रस्तावमा जवाफ पनि दिन्नन्।

कालान्तरमा कथाले त्यो माड लिन्छ, जसले दीपकको जीवनलाई पनि क्षतविक्षत बनाइदिन्छ। 

यता, देवीका बुबा विद्याधर प्रहरीलाई तिर्नुपर्ने पैसाको आर्जन गर्न आफ्नो पसलमा काम गर्ने जोन्टा (निखिल शानी अभिनित) लाई नदीमा सामान खोज्न जाने प्रतियोगितामा भाग लिन लगाउँछन्। तर, जोन्टा नदिमा डुब्छ। उपचारका लागि अस्पताल लगिन्छ। त्यहाँ उसले आफूले भेटाएको औँठी विद्याधरलाई दिन्छ।

त्यो औँठी अरु कसैको नभएर शालुको हुन्छ, जुन दीपकले नदीमा फ्याँकिदिएको हुन्छ। औंठी बेचेर छोरीलाई प्रहरीको ‘चंगुल’बाट बाहिर निकाल्छन् विद्याधरले।
फिल्मको अन्त्य दीपक र देवी शहरबाट बाहिरिएसँगै हुन्छ। दीपक अलाहबादमा रेलवेको इञ्जिनियर हुन्छ। देवी शहर छाडेर जान्छिन्।

समाजमा रहेको तहगत विभेदको प्रस्तुतीकरण फिल्ममा छ। विभेद जातीय वा लैंगिक वा आर्थिक होस्, मसानले सम्बोधन गर्छ। समाजले तल्लो तप्का भनेर परिभाषित गरिदिएको असमानताको चित्रण सिनेमामा भेटिन्छ। र, त्यो विभेदबाट बाहिर उम्किन खोज्नेहरूको संघर्ष पनि।

साथीभाइसँग गंगाको किनारमा बसेर मदिरा पिइरहेको बेला दीपकले बोलेको संवाद छ, ‘ये दुःख काहे खत्तम नही होता बे!’ अर्थात्, यो दुःख किन सकिदैंन!

यो प्रश्नको जवाफ मसानभित्रै भेटिन्छ। असमानता र विभेदले भरिएको समाजभित्रै भेटिन्छ।

मसान एक ‘कर्थासिस’
साहित्यको भाषामा ‘कर्थासिस’को अर्थ हुन्छ संकुचित भएका भावनालाई कुनै पात्रमार्फत प्रस्तुत गर्नु। फिल्ममा कर्थासिस पात्रको कुनै भावना दर्शकलाई प्रस्तुत गर्नुको अर्थमा परिभाषित हुन्छ।

मुख्यगरी फिल्म लेखन (स्क्रिन राइटिङ)कै क्रममा कर्थासिसको प्रयोग गरिन्छ। थिएटरबाट सुरु भएको यो शब्दको प्रयोग कालान्तरमा सिनेमाको विश्लेषणमा पनि प्रयोग भइरहेको छ। ‘ट्राजेडी’मा झन् यसको महत्त्व र प्रयोग अत्याधिक रुपमा भएको पाइन्छ। 

मसानका प्रमुख पात्रहरूको मनोचिन्तन कर्थासिसले भरिएको छ। देवी आफूभित्र भएको स्वतन्त्रताको चाहनालाई दर्शकसम्म पुर्‍याउन संवाददेखि विभिन्न भावनात्मक प्रष्फुटनको सहारा लिन्छिन्। सानो शहरको सानो सोच र विभेदबाट उम्किने उनको चाहनालाई उनले गरेका क्रियाकलापबाट दर्शकले महसुस गर्न सक्छन्। प्रेममा समेत बन्देज लगाउने समाजप्रतिको उनको आक्रोश र प्रेमप्रतिको उनको चाहना फिल्ममा सशक्त रूपमा प्रस्तुत छ।

यता दीपक आफूले गरिरहेको काम र बाँचिरहेको जीवनबाट मुक्तिको चाहना राख्छ। इञ्जिनियरिङको पढाइ गरिरहेको उसँग समाजको विभेदबाट उम्किने चाहना हुन्छ। शिक्षित भए पनि समाजले त्यसको वास्ता राख्दैन। दीपकका बुबा पनि आफ्नो छोराले आफ्नो पुस्तादेखि चलिआएको परम्पराको काम नगरोस् भन्ने चाहन्छन्। तर, समाजको मान्यता भने ‘डोम’ भएपछि लास जलाउने नै काम गर्नुपर्छ भन्ने छ।

सामाजिक विभेदको विपक्षमा उभिएर दीपक आफ्नो प्रेमलाई पूर्णता दिने चाहना राख्छ। नियतिको खेलले त्यसमा सफलता नभए पनि ऊ आफ्ना भावनाहरूलाई सशक्त रुपमा प्रस्तुत गर्छ। अन्ततः आफू त्यो विभेदको माहोलबाट उम्किएर कथित उच्च जातले मात्रै गर्ने गरिएको काम आफूले गर्ने सोचमा पुग्छ।

मसानमा प्रस्तुत कर्थासिस ‘मेलोड्रामाटिक कर्थासिस’ हो। सिनेमाको मुख्य कलाकारलाई कुनै किसिमको परिस्थितिबाट लगेर उसको मानसिक अवस्थालाई असर गर्ने माहोल निर्माण गर्नु यसको विशेषता हो। जसकारण भावना सशक्त रूपमा प्रष्फुटन हुन्छन्।

मसानमा निर्देशक निरजले कर्थासिसको प्रयोगबाट पात्रले गर्ने आगामी काम र चाल्ने कदमलाई दर्शकसँग जोडिने बनाएका छन्। मानसिक अवस्थाको चित्रणदेखि विभेदसँग पात्रहरूले गरिरहेको संघर्षको कथाले दर्शकलाई पनि उनीहरूले भोगिरहेको नियति र परिस्थितिको आभास गराउँछ।

‘मिज–अन–सिन’ र मसान
सिनेमामा निश्चित वस्तु र पात्रसँगै खिचाइलाई कुन अवस्थामा प्रस्तुत गर्ने भन्ने विषय ‘मिज–अन–सिन’मा पर्छ। फ्रेन्च भाषाको यो वाक्यांशको शाब्दिक अर्थ ‘प्लेसिङ अन स्टेज’, अर्थात् मञ्चमा देखाउनु भन्ने हुन्छ। थिएटरमा प्रयोग भइरहेको यो शब्द सिनेमामा भने लेखिएको विषय दृश्यमा देखाउनका निम्ति प्रयोग हुन्छ।

‘मिज–अन–सिन’मा सिनेमामा दृश्य प्रस्तुत गर्न आवश्यक सबैजसो कुरा पर्छन्। पात्र अवस्थित वातावरणको सेटिङ, प्रकाशको दिशादेखि प्रयोग भएको अवस्था, पात्र रहेको अवस्थादेखि रङको संयोजन। यी सबैले सिनेमाको ‘मुड’ निर्माण गर्न सहयोग गर्छन्।

निरजको मसान कुनै पुस्तकजस्तै लाग्छ। मन्द गतिमा बहिरहेको पुस्तकको कहानीजस्तै मसानको दृश्यभाषाले दर्शकको आँखालाई सहजता दिन्छन्। 

बनारसको पृष्ठभूमि नै सिनेमामा किन राखियो? कलाकारहरू घाटकै किनारमा बसेर किन जीवन र दुःखको कुरा गरिरहे? सामुन्ने पात्रहरूले जीवनमा दुःख कहिल्यै नसकिने कुरा गरिरहँदा पृष्ठभूमिमा भने किन झकिझकाउ बनारसको परिदृश्य देखियो? यी सबै कुराहरू ‘मिज–अन–सिन’कै परिणाम हुन्।

फिल्म कविताजस्तै लाग्छ, सुमधुर तर सशक्त। अध्यात्ममा ‘पवित्र स्थान’को रूपमा अवस्थित वराणाशीमा विभेदको अवस्था चित्रण गरिनु यसको ‘खासियत’ हो। पात्रहरूको जीवनका दुर्घटनाहरूलाई जुन रुपमा दृश्यांकन गरिएको छ, त्यो फिल्ममा ‘मिज–अन–सिन’कै कारण देखिएको छ।

सिनेमामा प्रस्तुत मधुर र धुमिल प्रकाश तथा रङको संयोजनले दुःख र पीडाको चित्रण गरेको छ। विभेदमा पनि निर्देशकले यही किसिमको रङको संयोजन गरेका छन्। ‘वार्म’ र उज्यालो कलरले दीपक र शालुबीच अंकुराइरहेको प्रेम सम्बन्धका दृश्यहरूमा प्रयोग भएका छन्।

फिल्मका निर्देशक निरजले आफूले कुनै बाहिरियाको आँखाबाट नभएर बनारसकै आँखाबाट फिल्मको कथा देखाउन खोजेको बताएका थिए। स्क्रोल इनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरो ध्यान फिल्मको यो कथा भित्री आँखाबाट भन्नु थियो।’

त्यसैले त मसान बनारसको कथा भए पनि चर्चामा रहेको बनारसका मन्दिर र झकिझकाउबाट नभइ घाट र पीडाबाट सुरु हुन्छ। मसानले बनारसको त्यो कथा भन्छ, जुन स्वयः बनारसकै पात्रहरूले महसुस गरेका छन्।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्