• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आकाशे पानी संकलन गर्नु भनेको बैंकमा पैसा राखेजस्तै हो : प्रकाश अमात्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  ०७:५३
1140x725

काठमाडौंको क्वाछें केलटोलमा जन्मिएका प्रकाश अमात्य पछिल्लो समयमा वातावरण, खानेपानी र सरसफाइको क्षेत्रमा परिचित नाम हो। वातावरण व्यवस्थापन, माइक्रोबायोलोजी र बिजनेस म्यानेजमेन्ट विषयमा उच्च शिक्षा हासिल गरेका अमात्य वातावरण, खानेपानी र सरसफाइ क्षेत्रका समस्याको दिगो समाधानको क्षेत्रमा काम गर्दै आएका छन्। उनै अमात्यसँग नेपाल लाइभका लागि पुष्पा केसीले आकाशे पानी संकलन र ढुङ्गेधारा तथा पानीको रिचार्जबारे गरेको कुराकानीः

काठमाडौंमा पानी रिर्चाज सुुरू गर्नुु भएको छ। यो कस्तो अभियान हो? 
विशेष गरि काठमाडौंमा जनसंख्यासँगै भवन निर्माण र अन्य संरचनाहरु बन्ने प्रक्रिया बढिरहेको छ।यसले प्रत्यक्ष रुपमा पानीलाई प्रभाव पारिरहेको छ। खोलानाला, खेती योग्य ठाँउ कंक्रिट नै कंक्रिटले भरिएको छ। काठमाडौं एउटा कंक्रिटमय जंगल भइसक्यो। बस्तिको विकास तिव्र गतिमा भएको छ यसले गर्दा यहाँ खानेपानीको व्यवस्थापन निकै नै कमजोर र समस्याग्रस्त हुँदै गएको छ। त्यसैले राज्यले धाराबाट पानी घर घरमा पुर्‍याउन सक्ने अवस्था छैन। यो हुँदा घरै पिच्छे इनार खनाउने, पम्प राख्ने क्रम बढ्दै गइरहेको छ।

यो तीस/पैतिस वर्षको दौरानमा ती इनारहरुमा पनि पानीको मात्रा कम हुँदै गएको छ। पानी सुक्नेमात्र होइन पानीको गुणस्तर पनि खस्कदैँ गएको छ। त्यसैले अहिलेको संरचनालाई हामीले अझ बिग्रिन नदिई कायम राख्नका लागि काम गर्नुपर्ने भएको छ। अहिले पनि ती इनारहरुमा पानी आइरहेको भए पनि पहिलाभन्दा कम भएको छ। त्यसलाई स्वीकार गरेर मनसुनको समय जुन समयमा लगातार चार देखि पाँच महिना पानी पर्छ त्यो पानीलाई सदुपयोग गर्न थाल्नुपर्छ। आकाशे पानी संकलन गर्ने र जमिनहरु रिर्चाज गर्न उत्प्रेरित गर्ने केही अभियानहरु भने काठमाडौंमा हामीले सुरु गरेका छौं। 

अहिले पानीको समस्या बढ्दै गएको छ। जमिनको पानी सुकेर गएको छ। अर्कोतर्फ इनारको पानीमा पनि आइरन मात्रा बढी रहेको छ। यो समस्या समाधान गर्न आकाशे पानी संकलन कतिको उपयुक्त हुन्छ?

एउटा कुरा के बुझ्न आवश्यक छ भने आकाशे पानी पनि पानीको एउटा मुख्य स्रोत हो। पानीको चक्रलाई हेर्ने हो भने आकाशबाट पानी परेपछि मात्रै खोलानाला कुवा, पधेरा, पोखरी लगायतका ठाउँमा पानी उपलब्ध हुन्छ। यो पानीलाई हिजोको दिनमा प्राकृतिकरुपमा जमिनमा विसर्जित भएर रिचार्ज भएर मात्र हामीले प्रयोग गर्ने हो। तर, अहिले यो कार्य कम हुँदै गएको छ। खोला, पोखरी मासिइसकेको छन्।

पानी रिचार्जका लागि सोस्ने जमिनहरुमा कंक्रिटका घरहरु बनेका छन्। कसैले पनि घर बनाउँदा परेको पानी छतमा नै जम्मा गरेर राख्ने संरचना बनाउँदैन। जमिनमा खसाल्ने नै हो। यसरी झार्दा त्यो पानीलाई जमिनमा रिचार्ज गरेर राखियो भने हाम्रो जमिनमा पानीको क्षमतालाई बढाउन सकिन्छ। त्यसैले अब कि त राज्यले पाइपको माध्यमबाट पानी पुर्‍याउन सक्नु पर्‍यो होइन भने जमिनको पानी उपभोग गर्नलाई रिचार्ज गराउनै पर्छ। यसलाई सामान्य रुपमा हामीले बुझ्नु पर्दा आकाशे पानी रिचार्ज गर्नु, संकलन गर्नु भनेको बैंकमा पैसा राखेको जस्तो हो। मनसुनको तीन/चार महिना प्रशस्त पानी पर्ने भएकाले त्यसबाट मौकाको फाइदा उठाउनुपर्छ। बेलामा बैंकमा पैसा राखेजस्तो पानी पनि जमिनमा रिचार्ज गरेर राख्ने अनि सुख्या समयमा त्यहि पानीलाई हामीले प्रयोग गर्न सक्छौं। 

काठमाडौंमा ठाउँ अभाव छ। यस्तो पानी कहाँ र कसरी संकलन गर्नेे भन्ने अप्ठारो पनि छ। काठमाडौ‌ जस्ता शहरहरुमा आकाशे पानीलाई कसरी संकलन गर्ने ? के कस्ता विधिहरुले गर्न सकिन्छ? 
यसका लागि सहज भनेको छतछतमा पानी संकलन विधि हो। यो पहिल्यैदेखि अभ्यास पनि हुँदै आएको छ। यो कुनै नयाँ इन्जिनियरिङ वा नयाँ खालको प्रविधि पनि होइन। हिजोको दिनमा वर्षात्को समयमा छतमा परेको पानीलाई कपडाहरु धुनको लागि प्रयोग गरिने गरिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको आधुनिक समयमा त्यो पानीलाई गटर अथवा डुँढको माध्यमा पाइपबाट लगेर जम्मा गर्न सकिन्छ। त्यसको गुणस्तरका लागि फिल्टरको व्यवस्था गरेर यसलाई खाने पानीको रुपमा व्यवस्थापन गर्न सकिन्छ।  त्यसैले अब यो विधि गर्ने हो भने हरेकको घरमा पानीको अभाव हुने छैन। हामीले घरमा पानीको ट्याङ्की राखेका छौं, हामीले यसमा चर्काे शुल्क तिरेर ट्यांकरबाट पानी हालिरहेका छौं। घरमा आएको पानी खेर फालेर हामी किनिरहेका छौं। त्यही ट्यांकीमा आकाशे पानी संकलन गर्ने हो भने यसरी किन्ने पैसा पनि बचत हुन्छ। आकाशे पानीको प्रविधि र सिस्टममा हामीले लगानी गर्ने हो भने त्यसबाट अझ पैसा कमाउन सक्छौं। 

आकाशे पानी संकलनका लागि एउटा व्यक्तिले सक्छ कि सक्दैन? कति खर्च लाग्छ?
एकदमै सामान्य घर बनाउँदै गर्दा नै यो प्रविधि म राख्छु, आकाशे पानी म संकलन गर्छु भनेर योजना बनाउने हो भने यो शून्य लागतमा पनि गर्न सकिन्छ। किन भन्दा छतमा जम्मा हुने पानी आखिर तल जमिनसम्म त ल्याउनै पर्‍यो। किन भन्दा छतमा पानी जम्मा गरेर राख्ने कुरा त हुँदैन। छतको पानीलाई ब्यवस्थापन गर्ने पाइपको माध्यमबाट हो। त्यसैले आकाशे पानी संकलन गरेर राख्ने स्थान पनि बनाउने हो भने कुनै अर्को खर्च आवश्यक पर्दैन। त्यो छतबाट आएको पाइपलाई ढलमा राख्ने भन्दा संकलन गर्ने एउटा ट्याङकी बनाएर राख्दा हुन्छ। हरेक घरमा पानीका लागि अलग्गै ट्यंकी बनाएकै हुन्छ। यो आकाशे पानी संकलनका लागि भनेर बनाइएको त होइन तर, उपयोग त गर्न सकियो।  सामान्यतया साढे दुई आना/ तीन आनाको घरमा सात हजारदेखि दश हजार लिटरको ट्यांकी बनाइएको हुन्छ। यसमा काठमाडौ उपत्यका जस्ता शहरमा ट्यांकरबाट पानी नकिनिकर घरको गुजारा त चल्दैन। हो यसलाई गर्ने खर्च आकाशले पानी संकलनलाई गरे त भइहाल्छ। 

त्यसलाई आकाशे पानी संकलनको लागि भएको भएको खर्च भन्न भएन। छतमा जम्मा भएको पानीलाई पाइपमा जोड्न कति खर्च लाग्छ। सामान्य एउटा फिल्टर र प्लम्बिङ्ग खर्च पाँच/दश हजार गरे पुगिहाल्छ। यति खर्चले वर्षको दुई लाख भन्दा माथि आम्दानी गर्न सकिन्छ। यहाँ भन्दा राम्रो उपाय के होला। यसको वातावरणीय पक्ष पनि रहेको छ। कति स्थानहरुमा भारी वर्षा भयो कति ठाउँमा वर्षाका कारण डुवान भयो भन्ने आइरहेको छ। यसरी पानी संकलन गर्दा डुबान लगायतका समस्या समाधानमा सहयोग पुग्छ। यसुरी डुबान हुने स्थानमा घर भएका धनीहरुले आफ्नो ठाउँमा मात्र रिचार्ज गरिदिए अहिलेको जस्तो भयावह अवस्था आउँदैन। यो खालको विनाशलाई रोक्नको लागि, शहरमा हुने वर्षायाममा आउने  क्षणिक बाढी  रोक्नका लागि पनि अब पानीलाई रिचार्ज गर्ने प्रविधिमा जानै पर्छ।यो रिचार्ज अभियान अन्तर्गत गर्न सकिन्छ। आकाशे पानीलाई संकलन गरेर गरेर दैनिक जिवनमा सदुपयोग गर्न सकिन्छ। 

शहरी क्षेत्रमा बाक्लै घरहरु बनेका छन्, त्यस्तो स्थानमा यो प्रविधि सम्भव छ कि छैन? त्यस्तै आकाशे पानी जमिनमुनीको ट्यांकीमा राख्दैमा कसरी रिचार्ज हुन्छ? 
बनिसकेको घरहरुमा यो विधि अप्ठारो हुन्छ होला तर, निर्माण गर्ने सोचमा रहेका मानिशहरुले आकाशे पानी संकलनको योजनासहित घर बनाउन सक्नुहुन्छ। पहिलानै बनाउनु भएकाहरुले केही सामान्य खर्च गरेर छतमा जम्मा हुने पानीलाई जमिनमुनीको ट्यांकीमा ल्याउन सकिन्छ।  छतबाट आउने पानीलाई दुई इन्चको पाइपबाट सिधै तल जमिनमा ल्याएर त्यहा एउटा ग्राबेलको फिल्टर वा बालुवाको फिल्टरबाट पास गरेर त्यसलाई इनारमा रिचार्ज गर्ने विधि सहज हुन्छ। मुख्य कुरा जहा इच्छा त्यहाँ उपाय भने जस्तौ उपायहरु हुन्छन्। यो कुनै ठूलै विज्ञान होइन, एकजना व्यवहारिक पलम्बरले गर्न सक्छन्। यसलाई उपयोग नै गर्न चाहने हो भने जसले पनि गर्न सक्छ। अहिले काठमाडौं उपत्यकामा इनार नभएको अथवा बोरिङ नभएको घरै छैन। त्यसैले हाम्रो प्राथमिकता के हुन्छ भने इनारको पानी  गुणस्तरीय छैन भने शौचालयमा प्रयोग गर्ने। ट्याङकरको पानी पिउन पकाउन प्रयोग गर्ने खालको परिपाटी रहेको छ। 

वातावरण मैत्री शौचालयहरुमा पनि यो विधि प्रयोग गर्न सकिन्छ भन्नु भएको छ। तपाईंले यस्तो प्रयोग भएको कतै पाउनु भएको छ? 
अहिले हामीले आधुनिक शौचालय निर्माण गरिरहेका छौं। शौचालय डिजाइन गर्दा नै यसलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्छ। शौचायलयहरु हामीले डिजाइन गर्दा केही कुरामा ध्यान दिन जरुरी छ। महिला,अपाङ्गता भएका व्यक्ति र अर्काे पानी हो। हरेक सार्वजनिक शौचायलयहरुमा आकाशे पानी संकलन गर्ने प्रविधि जोड्ने हो भने पानीको अन्य स्रोतको आवश्यकता नै पर्दैन। किनभने शौचालय सरसफाई गर्नदेखि प्रयोग गर्नसम्म यही पानीलाई उपभोग गर्न सकिन्छ। सामान्य अवस्थामा मासिक पच्चिस हजार रुपैयाँ सम्मको पानी यस्ता शौचालयहरुलाई खर्च गर्नु परिरहेको हुन्छ। अब पच्चिस हजार रुपैयाँँ खर्च गरेर सार्वजनिक शौचालय चलाउन सकिँदैन। प्रयोगकर्ताले दिने भनेको पाँच/दश रुपैयाँँ हो, त्यो सम्भब नहुने हुँदा हामीले यो आधुनिक शौचालय तयारी गर्दा आकाशे पानी प्रविधिलाई त्यहाँ अनिवार्य रुपमा राख्नुपर्छ। 

पानी भएको समयमा नियमित स्रोतको पानी प्रयोग गर्ने अनि सुख्यायाममा वर्षातको समयमा जम्मा गरेको पानी प्रयोग गर्दा सधै पानीको अभाव हुँदैन। पानी पनि जमिनमुनि रिचार्ज भइरहन्छ। पैसाको पनि बचत हुन्छ। प्रयोग गरेको असि प्रतिशत पानी रिसाइकल गरेर त्यो पानीलाई फेरिप्रयोगमा ल्याउन सकिन्छ। 

काठमाडौंमा मेलम्चीको पानी अब हिउँदको समयमा मात्र आउने देखिएको छ। वर्षाको समयमा पानी ल्याउन बन्द गरिएकाले अब विकल्प खोजी हुनुपर्ने कुरा उठ्न थालेको अवस्था छ। यस्तो अवस्थामा आकाशे पानीलाई संल्कलन र रिचार्ज गरेर काठमाडौको पानीको अभाव समाधान गर्ने सम्भावना कति छ? 
यदि काठमाडौं उपत्यकामा भएका घरका छतहरुमा हामीले सबै ठाउँहरुमा आकाशे पानी संकलन गर्ने सयन्त्र जडान गर्ने हो भने मेलम्चीबाट ल्याउने पानीभन्दा पनि बढी आकाशे पानी संकलन गर्न सकिन्छ। तर, मेलम्चीको पानी चाहिने/नचाहिने त्यो सरकारको कुरा हो। हिजो जुन प्राकृतिक विपत्तिले गर्दा मेलम्ची बन्द भयो त्यो घटना फेरि पनि हुन्न सक्छ।  त्यसैले विकल्पको तयारी पनि गर्न पर्छ। मेलम्चीको पानीमा पनि आकाशे पानीको एक अशं त छ। वर्षात् नहुने हो भने मेलम्चीमा पनि पानी कम हुन्छ। त्यसैले मेलम्चीको पानी सँगसँगै हामीले घरघरमा पानीको रिचार्ज सिस्टम नजोडिकन अबको दिनमा पानी सहज रुपमा पाउन सम्भव छैन। आकाशे पानी एउटा उपभोग गर्नमात्र नभई जमिनलाई सिंचित गर्नका लागि पनि प्रयोगमा ल्याउन सकिन्छ।

एउटा अध्ययनले के देखाएको छ भने, काठमाडौं उपत्याकामा हरेक वर्ष एकदेखि डेढ मिटर जमिनमा पानीको सतह घटिरहेको छ। यो तथ्यांकलाई आधार मान्ने हो भने कुनै पनि दिन काठमाडौं भासिन सक्छ। किनभने पानी सुख्खा भएपछि जमिन खोक्रो हुन्छ त्यसैले पनि हामीले पानीलाई रिचार्ज गर्नु जरुरि छ। पानी प्राप्त गर्नको मात्र होइन प्राकृतिक रुपमा वातावरण सन्तुलन गर्नका लागि पनि पानीको ब्यालेन्स गर्न जरुरी छ। यसका लागि पानीको रिचार्ज गर्न जरुरी छ। एकोहोरो पानी निकालेर मात्र हुँदैन। निकाल्ने र भर्ने काम हुनु पर्छ।घरको ढलमा आकाशे पानी राख्ने अनि यसलाई रिचार्ज नगर्ने हो भने जलवायु परिवर्तनको जुन असर छ त्यसलाई कम गर्न सकिँदैन। इकोसिस्टम बचाउनका लागि पनि यो महत्वपूर्ण छ। 

हामीले परेको पानीलाई बगाएर बंगालतिर मात्र पठाउने हो भने जमिन सुख्खा हुन्छ। हामीले जमिनमुनिबाट पानी निकालिरहने र परेको पानीलाई पनि ढलबाट सोझै खोला हुँदै बंगालको खाडीमा पठाउँदा हाम्रो जमिनमा भएको पानीको मात्रा सकिन्छ र खोक्रो बन्छ। यही कारणले काठमाडौंका ढुङ्गेधाराहरु सुकेका हुन्। अहिले यी धाराहरुलाई कसरी ब्युँताउन सकिन्छ भनेर बहस सुरु भएको छ। यो राम्रो सुरुवात पनि हो। 

अब यो पोखरी र ढुङ्गे धाराको संरचना पनि बुुझन जरुरी  छ। पोखरी बनाए त किन ढुङ्गेधारा आवश्यक भन्ने पनि होला। तर यी दुवैको प्रयोजन फरक फरक छ। पोखरी पानी रिचार्जका लागि हो भने ढुङ्गेधारा खाने पानीका लागि हो। त्यस्तै वर्खायाममा आउने भेल रोक्नका लागि पनि पोखरी बनाउने अभ्यास हो। 

काठमाडौंमा रानीपोखरी र ललितपुरमा सतापाताल पोखरी लगायतका यस्ता थुप्रै पोखरी छन्।  जहाँ वर्षात बेलामा आएको पानीलाई पोखरीमा संकलन गरेर जमिन भित्रको एउटा सिस्टमबाट रिचार्ज गर्न मद्दत गर्छ।  भक्तपुरमा सिद्ध पोखरीहरु देख्न सक्छौं। त्यस्तै यस्ता पोखरीहरुको अरु पनि उपयोग हुन सक्छन्। कुनै मानविय विपत्ति जस्तै आगलागी भयो भने दमकल बोलाउने र पानीको स्रोत वर्षाको पानी जम्मा गरेको पोखरीहरु हुनसक्छन्।

त्यस्तै सुन्धाराको ढुङ्गेधारा किन सुक्यो भनेर हेर्दा छेउमै रहेको काठमाडौं महल निर्माण गर्दा ध्यान नपुग्नु नै हो। त्यो भवन बनाउँदा त्यसको जुन एउटा पानी आउने मुहान अझ भनौं त्यसको पाइप लाइन सिस्टम बिग्रियो। उनीहरुले यसलाई मर्मत वा संरक्षण गर्ने तिर ध्यान दिएनन् खालि भवन ठड्याउनेतिर मात्र ध्यान दिए। यसले गर्दा उक्त ढुङ्गेधाराका पानी आउने लाइन नै बन्द भयो अनि यो धारा सुक्यो।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्