• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

नेपालको राजनीति मौसमी पाराले चल्दैन : मुमाराम खनाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १०, २०७९  १८:२५
1140x725

जब निर्वाचन नजिकिन्छ। नयाँ दल खोल्ने, दर्ता गर्ने लहर चलिहाल्छ। धेरैले आफूलाई परम्परागत दलभन्दा भिन्न देखाउने कोशिस गर्छन्। आफूलाई वैकल्पिक राजनीतिक धार घोषणा गर्छन्। जब चुनावमा होमिन्छन्, त्यसले उनीहरुको हैसियत ऐनाजस्तै छर्लंग बनाइरहेको हुन्छ। विगतमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै तामझामका साथ घोषणा गरिएका दलहरु अहिले तुहिँदै गएको अवस्था छ। नयाँ दलहरु खोल्ने क्रम र तिनले परम्परागत दलहरु पार्नसक्ने चुनौतीको सेरोफेरोमा रहेर नेपाल लाइभका लागि ईश्वर बरालले राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरेको संवादः

निर्वाचन नजिकिँदै गर्दा निर्वाचनकेन्द्रित स्वतन्त्र उम्मेदवारी दिने तथा नयाँ पार्टी गठन गर्ने कार्य बढेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा तथा नयाँ पार्टी निर्माणले परम्परागत पार्टीहरुलाई कस्तो असर गर्छ वा चुनौती दिन्छ?
गणितीय हिसाबले चुनौती हुन्छ जस्तो लाग्दैन। तर, आगामी दिनको राजनीतिका हिसाबले परम्परागत तथा चल्तीका अहिलेका राष्ट्रिय दलहरूमा एक प्रकारले आममानिसको जुन विश्वास थियो, संविधान जारी भएपछि त्यो धरातलचाहिँ गुमाएको पक्कै हो। त्यसकारण स्वाभाविक रुपमा अहिलेका दलभन्दा हामीले पो केही राम्रो गर्न सक्छौं भन्ने विश्वाससहित आउनु राम्रो हो। ७०–७५ वर्षको इतिहास बोकेका परम्परागत दलहरुले सेवा प्रवाहदेखि जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेपछि राजनीति गर्ने रहर पनि आएको छ। केही मानिस विशेषगरी युवामा गएको सन्देश एक प्रकारले सकारात्मक नै हो। 

पछिल्लो ६–७ वर्षमा बाबुराम भट्टराईदेखि रविन्द्र मिश्रसम्मले जस्ता प्रयोग र उद्घोष गरेका थिए, ती सबै कि शिथिल भए, कि बिलाएर गएको देखिन्छ। हल्लाखल्ला र चर्चाका साथ आएका ती दलको अवस्था त यस्तो छ भने, अब आउने दल वा स्वतन्त्र उम्मेदवार टिक्न सक्लान्?
नयाँ दल बनाउँदा व्यक्तिले आफूलाई केन्द्रमा राखेर सञ्चालन भएका छन्। उनीहरुमा आफूलाई निर्विकल्प नेता र अरुलाई आफूसँग जोडिन आहुवान गर्ने परिपाटी रहेको छ। अब यस्तो व्यक्तिकेन्द्रित तरिकाले पार्टी बन्दैन। हामी लोकतान्त्रिक अभ्यास भएन भन्छौं। अहिलेका दलहरूमा अन्तरपार्टी लोकतन्त्र छैन। दलका नेता निरंकुश भए भनेर भनिरहेका छौं। तर, बाबुराम भट्टराई, रविन्द्र मिश्रदेखि रमेश खरेललगायत अहिले बन्न लागेका पार्टीहरुमा पनि यस्तै अभ्यास रहेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

वृहत्तर रुपमा राष्ट्रका समस्या के हुन्? कस्तो विचार ग्रहण गर्नेभन्दा पनि आफू नेता बन्ने र अरुलाई जोडिन आउ भन्ने सरल सूत्रबाट राजनीति गर्न खोजिएको छ। यसले कतै पुर्‍याउँदैन र यिनीहरु एउटा व्यक्तिलाई पार्टी चाहिएर अघि बढ्दा असफल भएका छन्। पार्टी त जनताका लागि हो नि। त्यतापट्टि ध्यान नगएकाले पनि नयाँ आउने र बिलाउने गरेको दृष्टान्त रहेको हो। यसरी व्यक्तिको आवश्यकताले पार्टी बन्दैन। आन्दोलनको आवश्यकताले पार्टी बन्ने हो। समाजमा कुनै न कुनै आन्दोलन सुशुप्त छन्। तिनलाई समातेर राजनीतिको उठान गर्नु पर्छ। अहिलेको समस्या भनेकै सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र लोकतन्त्रिक पद्धति स्थापना आदिमा छन्। अनि यस्तो विषयलाई छाडेर संघीयता, धर्म निरपेक्षताजस्ता विषयले ठूलो जनसमुदायलाई उद्वेलित गर्दैन। त्यसकारण वर्तमान अवस्थाका समस्यालाई केन्द्रमा राखेर राजनीतिक दल निर्माण हुन जरुरी छ। अहिले व्यक्तिलाई केन्द्रमा राखेर दल निर्माण भईरहेका छन्, त्यो त असफल भईहाल्छ नि। 

नयाँ भनिएका दलहरू जनताबाट अनुमोदित नभएको पृष्ठभूमिमा परम्परागत पार्टीहरूले त्यस्तो उल्लेख्य चुनौती महसुस गरेर आफूलाई परिवर्तन गर्लान् त?
अपवादबाहेक चुनावको मुखैमा पार्टी बनाउने चलन असफल भएर गएका छन्। उदाहरणका लागि रविन्द्र मिश्रले जनतालाई आफूतिर आकर्षित गर्न सकिन्छ भन्ने जुन बालसुलभ हठका साथ केन्द्रित हुनुभयो, त्यो असफल भएर गयो। उहाँ एकदमै व्यक्तिकेन्द्रित हुनु भयो। यद्यपि, वैकल्पिक राजनीतिक दलका लागि पर्याप्त आधार छन्। तर, शक्तिको रुपमा आउन सकेका छैनन्। जनतालाई उद्देश्यगत रुपमा प्रस्ट पार्नुपर्‍यो। अनि पो नयाँ शक्ति भनेर पत्याउने अवस्थाको निर्माण हुन्छ। यस्ता शक्ति निर्माण नभइन्जेल परम्परागत पार्टीहरूले त्यति चुनौती महसुस नर्गलान्। तर व्यक्तिगत रुपमा बालेन, हर्क साम्पाङहरुको उदय भएको छ। तिनीहरु कति सफल, कति असफल भोलिका दिनमा थाहा होला। यसले के पुष्टि गर्छ भने बलियो वैकल्पिक शक्तिको आवश्यकता रहेको छ। 

मुख्य पार्टीका दोस्रो तहका नेताहरुबाट स्वतन्त्र तथा नयाँ पार्टीहरूप्रति तिखा आलोचना भइरहेका छन्। के यिनीहरुले आफूलाई सुधार्नेभन्दा पनि अरुलाई निषेध गर्न खोजेका हुन्?
मुख्य पार्टीका दोस्रो तहका नेताहरु  नालायक छन्। ती पार्टीका पहिलो पुस्ताले आफूलाई अनुकूल हुने पार्टी निर्माण गरेका छन्। र, दोस्रो पुस्ताका नेताहरुमा आफूलाई लाभ लिन पहिलो पुस्ताका नेताको नांंगो सेवा गर्नुपर्ने अवस्था रहेको छ। त्यसले गर्दा तिनले जे पनि बोल्छन्। ‘बा’ हरुको प्रशंसा गर्नलाई असहिष्णु भएर प्रस्तुत हुन्छन्। विशेषगरी यो प्रचलन कम्युनिष्ट पार्टीमा रहेको छ। यस्तो एमाले, माओवादीमा देखिन्छ। लोकतान्त्रिक पार्टीहरुमा अपवादबाहेक यस्तो देखिन्न। 

अन्त्यमा, निर्वाचनको मुखमा दल बनाएर वा स्वतन्त्र रुपमा उम्मेदवारी दिने, प्रचार गर्ने तर निर्वाचनपछि फेरि अर्को निर्वाचन नआउन्जेल गुमनाम हुने जुन सिलसिला देखिएको छ। यस्तो पाराले परिवर्तन ल्याउला?
नेपाली समाजको राजनीति, नेपाली समाज, र अहिलेका राजनीतिक दलहरूको इतिहासलाई नबुझीकन एउटा ‘सेन्टिमेन्ट’ बाट चुनावबाट प्रचार गरिहाल्ने र रमाएर बस्ने जमात ‘मौसमी’ नै हो। विशेषगरी यो जमात काठमाडौंकेन्द्रित छ। तर नेपालको राजनीति यस्तो ‘मौसमी’ पाराले चल्दैन। अहिलेका मुख्य दलको हाँगा विगत ७० वर्षबाट बनेर आएका हुन। यिनको प्रभाव व्यापक छ। त्यस्तै काठमाडौं वा सहरकेन्द्रित जमातले नेपालको विविधता र यसका जटिलता नबुझी होमिन्छन्।  यो तरिकाले परिवर्तन सम्भव हुन्न। 

अर्को मुख्य कुरा के छ भने, काठमाडौंले अन्त्यमा उछाल्ने कामचाहिँ गर्छ। तर राजनीतिक दलको उत्पति र सुरुवातचाहिँ गाउँबाट वा भनौं बाहिरबाट भएको छ। यसका लागि अहिलेका मुख्य पार्टीहरुको राजनीतिक इतिहास हेरेपुग्छ। त्यसैले काठमाडौंकेन्द्रित मनोगत आग्रहले पार्टी बनेको छैन र मलाई विश्वास पनि छैन। 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्