• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

गीत लेख्दा आफूलाई युवावयमा फर्काएर अन्तरसंवाद गर्छु: दिनेश थपलिया

64x64
नेपाल लाइभ शनिबार, असार ११, २०७९  ०७:१९
1140x725

'मायालु तिमी कता छौ?' धेरैले सुनेको, हेरेको र अझ कतिले यसको तालमा ताल मिलाएको गीत हो। युट्युबमा दुई करोड ८८ लाखभन्दा बढी पटक हेरिसकिएको यो गीतको दोस्रो भागसमेत करोड बढीले हेरिसकेका छन्। यो गीतका गीतकार हुन् दिनेश थपलिया। प्रमुख निर्वाचन आयुक्तसमेत रहेका थपलियाकै नेतृत्वमा भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।

यसअघि उनको परिचय नेपाल सरकारको सचिवका रुपमा थियो। उनकै शब्दमा यी परिचयहरु म्यादी हुन् र भूतपूर्व हुँदै जान्छन्। स्थायी परिचय भने उनी गीतकार हुन्, जसका प्रेमभावका १८० भन्दा बढी, तथा जनचेतना र देशभक्तिका पनि त्यत्तिकै गीत छन्। तीन वटा गीति एल्बम सार्वजनिक भएका छन्। 

धेरैले सुनेका गीतमा 'घरमा कोही नहुँदा', ‘माछीले खाने खोलीको लेउ’, ‘पानी कुवाको’, ‘अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै’, ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’, ‘मलाई आमाले दिएको चौबन्दी चोली’, ‘तिम्रो आँखामा आँखा जुधाई’, ‘छेकेर माया छेकिन्न’, ‘जताजता पिरतीको बाटो’लगायत छन्। नेपाल लाइभको अनौपचारिक संवाद शृंखला एक घुम्ती, एक पात्रमा यसपल्ट थपलियासँग डिबी खड्काले गरेको संवाद:

तपाईंलाई प्रमुख निर्वाचन आयुक्तका रुपमा धेरैले चिन्छन्। त्यो भन्दा धेरैले तपाईंको गीत सुनेका होलान्। गीतकारका रुपमा परिचय बनाउन कसरी सुरु भयो?
अहिले म जुन पदमा छु, त्यसमा चर्चित छु भन्ने नै लाग्दैन। दुनियाँमा सबै कुरा अस्थायी छन्। स्थायी छन् भने ती सिर्जना मात्र छन्। मान्छेले सिर्जनालाई होइन, सिर्जनाले मान्छेलाई चिनाउँछ। सानोमा रेडियोमा गीत सुन्थेँ। अहिले सम्झिन्छु, त्यो बेला रेडियो नेपालमा मात्र गीत रेकर्डिङ हुन्थ्यो होला। नारायण गोपाल, तारादेवीका गीत रेकर्डिङ्ग भएको मिति सोद्दा थाहा होला तर, त्यतिबेला सञ्चारमन्त्री को थियो भन्दा कसैलाई थाहा हुँदैन।

म आफनै उदाहरण दिन्छु, म रेडियो नेपालको अध्यक्ष भएको बेलामा मेरै गीत बज्थ्यो। सबैले फलानो यो गीतको गीतकार भन्थे तर, त्यही व्यक्ति रेडियो नेपालको अध्यक्ष भनेर कसैले चिनेनन्। सिर्जना कहिल्यै भूतपूर्व हुँदैन, अभूतपूर्व हुन्छ। यो चीरस्थायी हुन्छ।

मेरो विद्यालयमा गुरुहरुको प्रेरणा र घरपरिवारको वातावरणले म यतातिर लालायित भएँ। विशेषतः विद्यालयमा हुने साप्ताहिक कार्यक्रममा आफूले गर्ने प्रतिश्पर्धा यस्तै गीत/कवितामा हुन्थ्यो।घरपरिवारको परिवेश र रेडियो नेपालका गीत सुन्दै गर्दा गीत पनि लेख्न सकिन्छ भन्ने लाग्यो। जसकारण सामान्य गीत लेख्न सुरु गरेको हुँ। गीत लेख्न थालेको स्कुले जीवनदेखि नै हो। तर, बाहिर आउन निकै लामो समय लाग्यो। मेरा गीत डायरीबाट बाहिर आएको आठ-दश वर्ष मात्रै भयो। 

‘मायालु तिमी कता छौ’ युट्युबमै करोडौंले हेरेका छन्। किशोरावस्थाकाले बढी रुचाएका यी गीतको सिर्जना कसरी भयो?
गीत सिर्जना गर्दैगर्दा पहिला लगाब चाहिन्छ। त्यसपछि सिर्जनशीलता, अध्ययन र विषयवस्तुप्रतिको बुझाइ आवश्यक हुन्छ। यसैगरी, अनुभूत गरेका विषयलाई आकार दिने चेत पनि चाहिन्छ। गीत, कविता, निबन्ध लेख्दा, पढ्दा वा अन्य कुनै काम गर्दा सम्पूर्ण रुपमा समाहित हुनुपर्छ। गीत र कविता म लेख्छु भनेर बसेर लेखिँदैन। कतिपय दिनमा आज गीत लेख्ने वा सिर्जना गर्ने भनेर बस्यो ठ्याक्कै आउँदैन। कहिलेकाहीँ यत्तिकै भावनामा गीत आइदिन्छन्। यो मन, चेतना र चिन्तनलाई जसरी निर्देशित गरियो, त्यसरी बन्छ। जस्तै मायाप्रेम साथी–दोस्तीमा अभ्यस्त भइन्छ, त्यो बेला मायाप्रेमका गीत सिर्जना हुन्छन्। जब राष्ट्र, राष्ट्रियता र मुलुकप्रतिको प्रेमको भावना आउँछ। गीतसंगीतकका पारखीले रुचाउने खालका गीतहरु लेख्ने क्रममा यो गीत सिर्जिएको हो। 

‘दरर–दरर दर्क्यो पानी दरर’ चाहिँ तपाईं सिंहदरबारबाट निस्किदै गर्दा भिजिरहेकी एक  युवा–युवतीलाई देखेर सिर्जिएको भनेको सुनेको। सत्य हो?
सत्य हो। म सिंहदरबारबाट गाडीमा बाहिर निस्किँदै थिए। पानी परिराखेको थियो। त्यही बेला भिजिरहेका केही युवायुवतीले देखें। त्यहीँ संवाद पनि सुनें। त्यहीँ लेखें:

Ncell 2
Ncell 2
nimb
nimb

दरर दरर दर्क्यो पानी दरर
भिजेँ म त  निथ्रुक्कै  मुटु काम्यो थरर
ओत लाग्ने ठाउँ छैन लौन कता जाउँ
मायालु तिमी कता छौ, मायालु तिमी कता छौ

अगाडिका यी चार लाइन त्यहीँ लेखें। घर पुगें, पानी पनि रोकियो। गीत पूरा गरें। एक वर्षपछि राजनराज शिवाकोटिसँग मेरो भेट भयो। राजनजी आफैं गायक, संगीतकार, गीतकार पनि हो। कुराकानीमा यो कुरा सुनाएँ। खुशी हुनुभयो। उहाँले गीत पाउँ न त भन्नुभयो। तपाईंको फिल पनि नमर्ने, युवापुस्तालाई पनि मन पर्ने तरिकाले संयोजन गरौं भन्नुभयो। त्यसपछि, ‘मायालु तिमी कता छौ’ भन्ने लाइन माथि तानियो। त्यसरी संगीत गरिदिनुभयो। केही सुनेर, देखेर त्यसलाई भावनात्मक तरिकाले शब्दमा बुनेर कालान्तरमा गीत हुने गर्छन्। 

तपाईंले लेखेका धेरै गीत युवाहरुमाझ लोकप्रिय छन्। के ती गीत युवावयमा लेखिएर अहिले रेकर्ड भइरहेका हुन्?
सबै त्यस्तो होइन। केही चाहिँ २०३८-३९ सालमा लेखिएका गीतहरु छन्। तिनलाई अहिले परिस्कृत गरेर गाइएको हो। 'तिनी' भन्ने गीत त्योबेला कुनै युवतीप्रति आकर्षित भएर फुरेको व्याख्या हुन सक्थ्यो। पछि, गीत गाउने बेला मैले श्रीमतीप्रति समर्पित गरें। पहिला लेखेका गीतहरुलाई मैले अहिले नयाँपन दिएको छु। थिम र शब्द त्यही बेलाका हुन्। तिनलाई परिमार्जित गरेको छु। कति पुराना गीत जस्ताका त्यस्तै गाइएका छन्। 

अहिले पनि फुर्सदिलो भएको बेला गीत लेख्छु। म संखुवासभाको मान्छे हुँ। मेरो जन्मभूमिलाई लिएर सातवटा जति गीत बनाउने क्रममा छु। त्यहाँ पनि युवायुवती र मायाप्रेमका शब्द जोडिएका छन्। युवाले रुचाउने शब्द अहिले पनि लेख्न सक्छु। लेख्दा आफूलाई युवा अवस्थामा राखेर अन्तरसंवाद गर्न सक्नुपर्छ। आफूलाई युवा नै परिभाषित गरेपछि अर्थात् त्यही ढंगले प्रस्तुत गरेपछि सिर्जना गर्न सकिन्छ। युवाले रुचाउने गीत युवाअवस्थामा मात्रै नभएर अहिले पनि लेखेको छु। 

Xtrem

Xtrem

‘घरमा कोही नहुँदा’ पहिलेको परिमार्जित कि अहिले लेखिएको गीत हो? 
यो गीत लकडाउनको समयमा लेखिएको हो। त्यो समयमा मैले ‘घरमा कोही नहुँदा’ मात्रै होइन, ‘छेकेर माया छेकिन्न’, ‘पहिलोपल्ट भेट हुँदा’लगायत गीत लेखें। यी गीत सुन्दा २० वर्षको युवाले लेखे जस्तो लाग्छ भन्नुहुन्छ धेरैले।  तर, मैले लकडाउनको  फुर्सद सदुपयोग गरेको हुँ। 

तपाईं कुनबेला गीत लेख्नुहुन्छ? भावना मनमा आएको बेला टिपेर राखेर पछि पूरा गर्नुहुन्छ कि एकै बसाइमा सकिन्छ?
समय त चाहिन्छ नै। एकदमै व्यस्त भएको बेला लेख्न सकिन्न। जस्तो कि स्थानीय तहको निर्वाचनमा लगभग साढे दुई महिना त्यतै केन्द्रित भयो। नेपाल सरकारको सचिव नै रहँदा पनि व्यस्तता थियो। समयले मलाई मात्र निर्देशित गर्ने होइन, मैले पनि समयलाई निर्देशित गराउन सक्छु। यसरी पनि समयको व्यवस्थापन गर्न सकिन्छ। जतिसुकै व्यस्त भए पनि एकाध समय निकालेर गीतका भावनामा रम्न सके तनाव पीडा सबै कम हुन्छ। योजस्तो आनन्द मलाई अरु केहीमा लाग्दैन।मेरो बानी के छ भने राति १० बजेपछि गीत सुन्छु। सकेसम्म सुत्दाखेरी आनन्दायी गीत सुनेरै सुत्ने बानी छ। घरमा रेडियो बजेकै हुन्छ प्राय:। तीन चारवटा गीत सुनेर सुत्ने बानी छ। बिहानको समय एक–दुइटा राष्ट्रिय गीत सुन्छु। त्यसपछि समाचार सुन्ने र पढ्ने गरिन्छ। मनमा आएका कुरा टिपेर राख्छु। फुर्सद वा गीत लेख्न मन लागेको समयमा ती टिपोटलाई गीतका रुपमा संयोजन गर्छु। मेरो कुनै घोषित समय छैन।

तपाईंलाई संगीत क्षेत्रमा रुचि केले जगायो? 
गीत मलाई थोरै शब्दबाट धेरै लेख्न सकिने विधा जस्तो लाग्छ। १० पेजको निबन्धभन्दा १० शब्दको कविताले धेरै कुरा बोल्न सक्छ। गीत र कविता आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो। म गीतसँगै कविता पनि लेख्छु। संख्यात्मक रुपमा गीत धेरै छन्। मेरा कविता विभिन्न समयमा विभिन्न ठाउँबाट प्रकाशन भएका छन्। 

स्कुल जीवनमा मैले जित्ने भनेकै हिज्जे, हाजिरी जवाफ, कविताहरु नै हुन्थे। गीत सुन्ने र साहित्यिक किताब पढ्ने रुचि थियो। अहिले पनि बजारमा आएका नयाँ उपन्यास, कवितासंग्रह, आख्यानहरु पनि समयले भ्याएसम्म अध्ययन गर्छु। कुनै पुस्तक पढिरहँदा पनि लेखकको फिल आउँछ। यस्तै–यस्तै कुराले मलाई संगीततिर डोर्‍यायो। अझै करिब डेढसय गीतहरु डायरीमा थिए। तीमध्ये धेरै जागरण ल्याउने खालका गीतहरु छन्। यसलाई बजारमा ल्याइदिने मान्छे चाहिन्छ। सरोज वलीले गीत हेरेपछि म उत्पादन गर्छु, लगानी गर्छु भन्नुभयो। संगीतकार दीपक शर्मा, बसन्त सापकोटा, राजनराज शिवाकोटीलगायत अरु पनि श्रष्टाले प्रेमपूर्वक मिठो तरिकाले संगीत भर्न सहयोग गर्नुभयो। मेरा गीत बजारमा ल्याउनुपर्छ भनेर झक्झकाउने संगीतकर्मीको कारण बजारमा आएका हुन्। 

गायक/गायिका पनि चुजी हुनुहुन्छ। म पनि चलेको स्थापित कलाकारलाई नै ध्यानमा राख्छु। मेरा गीत गाउने सबै कलाकारले निकै उत्साहपूर्वक गाएका छन्। कोही पनि मोलमोलाई नगरिकन गाउनुभएको छ। पछिल्लो समय मैले गीत सुनिन्छ भनेर लेखेको हो। हेरिन्छ वा देखिन्छ भनेर होइन। तर, म अब यस्तो युगमा आइपुगें, गीत सुनिन्छ मात्र होइन, हेरिन्छ र देखिन्छ। लेखेको कुरालाई सुन्ने, देख्ने र हेर्न बनाउनका लागि धेरैको मेहनत छ।

आफ्नै गीत बजिरहेको होस्। त्यसबारे कुरा भइरहेको होस्। तर, तपाईंले लेखेको उनीहरुलाई जानकारी नहोस्। त्यस्तो अवस्था महसुस गर्न पाउनुभएको छ?
धेरपल्ट नजिकबाट नियाल्ने मौका पाएको छु। कहिलेकाहिँ बिहे पार्टी भोजमा गएको हुन्छु। मेरै गीत बजेको हुन्छ। मान्छेहरु झुम्मिएका हुन्छन्। त्यो देख्दा आनन्द आउँछ। मलाई चिन्ने पनि त्यहीँ हुन्छन्। पिकनिक वा गाडीतिर बजेको हुन्छ, त्यसले उत्साह नै दिन्छ। तर, कहिलेकाहिँ के लाग्छ भने रेडियो टीभीतिर गीत बज्छ। रेडियोमा बजाउँदा फलानो गीतकार कलाकार को भनेर नाम उच्चारण गर्दा त्यति समय खर्च हुँदैन। लेख्नेको पनि नाम उच्चारण गरिदिए राम्रो हुन्छ। 

तपाईं  संगीतको नियमित श्रोता हुनुहुँदो रहेछ। तपाईंका रोजाइमा कस्ता गीत पर्छन्? 
यो समय सन्दर्भसँग जोडिन्छ। म मेलोडियस टाइपका गीत धेरै सुन्छु। गीतमा व्यापकता मनपर्छ। विषयवस्तुको व्यापकता भनेको होइन, समय सन्दर्भ र कालजयसम्म त्यसको अर्थ लागिराख्नुपर्छ। मेरा केही गीतको समय छिटै पो सकिन्छ कि भन्ने डर पनि लाग्छ। प्राय:जसो मायापिरतीका भावना भएका मन छुने गीत सुन्छु। बिहान राष्ट्रप्रेमका गीत सुन्छु। आफूले पनि राष्ट्रप्रेमको एउटा गीति एल्बम निकालेको छु। 

तपाईंलाई प्रिय लाग्ने गायक वा गायिका को हुनुहुन्छ? 
अहिले गीतको प्याटर्न फरक हुँदै आएको छ। मैले भने पनि सबैले भने पनि नारायण गोपालका गीत कतिपटक सुनेँ भनेर अनुमान गर्न सकिएला र? तारादेवी अरुणा लामाका गीत कति सुनें, सुनें। हाम्रो पालामा उहाँहरुकै गीत थियो। तर, अहिलेको सन्दर्भमा एउटाको नाम लिएँ भने चाहिँ बाँकीप्रति अन्याय हुनसक्‍छ। अहिले पनि अञ्जु पन्तका गीत ५० पटक सुने पनि अझै सुनौं–सुनौं लाग्छन्। अहिलेको उदयीमान गायिका रचना रिमाल र अन्यका गीत पनि मन पर्छन्। गायक साथीहरुमा राजेश पायल राईका ऊ जमाना र यो जमानामा सुन्दा पनि उस्तै राम्रा लाग्छन्। मलाई सबैका गीत मनपर्छन्। फरक समय र परिस्थिति मात्रै हो। 

कठोर हुनुपर्ने ब्युरोक्र्याट र भावुक हुनुपर्ने सर्जक। कहिलेकाहिँ यी दुई स्वभावको अन्तरघुलन हुन्छ कि नाइँ? 
त्यस्तो कहिलेकाहीँ हुन्छ। एउटा उदाहरण सुनाउँछु। म स्थानीय विकास अधिकारी थिएँ चितवनमा। त्योबेला कविता गीत लेख्थेँ। मेरा एउटा कविता कान्तिपुरको नेपाल म्याग्जिनमा दिइराखेको थिएँ, छापिएछ। आइतबार निस्किन्थ्यो। भोलि कि पर्सिपल्ट २०-२२ जनाको मलाई फोन आयो। त्यहाँ मेरो फोटो थियो। कविताको शीर्षक ‘मृत्युलाई सलाम’ भन्ने थियो। यो कविता तपाईंले नै लेखेको हो भनेर सोध्नुभयो धेरै साथीले। मेरो एउटा गीतको एल्बम् निस्किसकेको थियो। 

एकचोटी सरोज वलीले आफू र इन्दिरा जोशीले गाउने एउटा प्रेमगीत लेखिदिन भन्नुभयो। मैले उहाँलाई जिस्क्याएँ, ‘तपाईंले भनेर लेख्ने हो त? मैले जे लेखेको छु, त्यही गाउनुहोस्।' त्यसपछि मैले एउटा गीत लेख्ने कोशिश गरें। पाँच-सात दिनमा गीत तयार भयो। त्यो गीत थियो– तिमीलाई देखेपछि आइ लब यु भन्न मन लाग्यो। मैले लेखेको थाहा पाउनेहरुले ‘यो उमेरमा यस्ता गीत कसरी लेखको’ भनेर शंकासमेत व्यक्त गरे।  

काम, निर्णय र वार्ताको समयमा हुनुपर्ने कठोरता मसँग छ। गीत लेख्दा हुनुपर्ने भावुकता र रोमान्टिक फिलिङ्स भएको मान्छे पनि हुँ। मान्छे एकै हुँ, ती परिस्थिति मात्र फरक हुन्। परिवेशअनुसार फरक दायित्व निभाउनुपर्छ। म जुन काममा कठोर हुन्छु, त्यहाँ मलाई नियम, कानुन, संविधानले त्यस्तो बनाएको हो।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्