गएको डिसेम्बरमा रिलिज भएको फिल्म ‘स्पाइडर–म्यान– नो वे होम’का लागि फिल्मप्रेमीहरूमा गजबको ‘क्रेज’ देखियो।
यो फिल्मले बक्स अफिसमा करिब दुई अरब डलर अर्थात् दुई खर्ब ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। यसैका कारण कोरोना महामारीपछि फिल्म बजारमा देखिएको निराशाले आशाको बाटो देखाएको छ। तर, संसारभर रुचाइएको यो फिल्म चीनका दर्शकले हेर्न पाएनन्।
यो फिल्ममा त्यस्तो केही छैन, जसले चिनियाँ मूल्य र मान्यतालाई ठेस लाग्छ। फिल्ममा न चीनबारे देखाइएको छ, न चीन नै देखाइएको छ। उसो भए चीन सरकार र हलिउडबीच के चलिरहेको छ, जसले फिल्ममाथि नै प्रतिबन्ध लगाइयो?
यो प्रश्न बुझ्न इतिहासतिर फर्किनुपर्ने हुन्छ।
३० वर्षसम्म देखाइएको एउटेै हलिउड फिल्म
सन् १९४९ भन्दाअघि चीनको फिल्म उद्योग एकदमै सानो थियो। यसको सीमा चीनमा बनेका र केही हलिउड फिल्म वरिपरि मात्र थियो। तर, माओत्सेतुङ्गको उदय र कम्युनिष्ट सरकारको गठनपछि सबैथोक बदलियो।
सन् १९५१ देखि हलिउड र हङकङमा बनेका फिल्ममाथि चीनमा प्रदर्शन गर्न रोक लगाइयो। त्यसपछि, उनीहरूले नयाँ शैली अपनाए। चीनमा फिल्म देखाउने गाडी पूरै देशमा घुम्थ्यो। यसका माध्यमबाट किसान र मजदुरका कहानी देखाइन्थ्यो, जसमा कम्युनिष्ट पार्टीप्रति आफ्नो समर्पणको विषय देखाइन्थ्यो।
चीनमा तीन दशकसम्म यस्तै फिल्म चलिरहे। ‘चाइनिज इन्काउन्टर विद ग्लोबल हलिउड’ पुस्तककी लेखिका वेन्डी सु भन्छिन्, ‘चीनमा हलिउड प्रतिबन्धित भएका ३० वर्ष सिर्फ एक अमेरिकी फिल्म देखाइयो। सायद नै कसैले उक्त फिल्मबारे सुनेका होलान्। त्यो फिल्म साल्ट अफ द अर्थ थियो।’
‘साल्ट अफ द अर्थ’ फिल्म न्यू मेक्सिकोका खानी श्रमिकको जीवनमा आधारित थियो। कम्युनिष्ट पार्टीसँगको कथित सम्बन्धलाई लिएर हलिउडले यो फिल्मका निर्मातालाई ‘कालोसूची’मा राखेको थियो। चीनका दर्शकसम्म यो फिल्म पुर्याउने एउटा मुख्य कारण यही थियो।
सन् १९७६ मा अध्यक्ष माओको मृत्युपछि चीनको फिल्म उद्योगमा ‘टर्निङ प्वाइन्ट’ आयो। सरकारको प्रचार मेसिन मात्र भइरहेको फिल्म उद्योग अब तुलनात्मक रूपमा स्वतन्त्र भयो। तर, सरकारले गर्ने आर्थिक सहयोग बन्द भएपछि फिल्म उद्योगको अवस्था खस्किँदो थियो।
चीनका निर्मार्तासँग फिल्म बनाउने पैसा थिएन। त्यसैले केही अधिकारी एउटा नयाँ सुझाव दिए। वेन्डी सु भन्छिन्, ‘उनीहरूले सरकारको फिल्म ब्यूरोलाई हलिउडका हिट फिल्म किन्ने सुझाव दिएका थिए। चिनियाँहरुले पनि ती फिल्म मन पराए। ती थिएटर जाँदा आउने पैसाबाट हामी चीनमा फिल्म बनाउन सक्छौँ भनेका थिए। हलिउडका फिल्म चीन ल्याउने विचार यहीँबाट भित्रिएको हो।’
सन् १९९४ मा चीनमा हलिउडको ब्लकबस्टर फिल्म ‘द फ्युजिटिभ’ रिलिज भयो। यो यस्ता एक व्यक्तिको कहानी हो, जो आफ्नो पत्नीको हत्याको आरोपबाट घेरिएका छन् र आरोप गलत सावित गर्ने प्रयासमा छन्। यो फिल्मले चिनियाँमा गजबको छाप छाड्यो। चीनमा फिल्मप्रेमीका लागि नयाँ ढोका खुल्यो।
तर, चीनले प्रत्येक वर्ष हलिउडका केवल १० फिल्म मात्र प्रदर्शन गर्ने निर्णय गरेको थियो। चीनले आफ्नो शासन व्यवस्था (कम्युनिष्ट व्यवस्था) लाई चुनौती नदिने प्रकारका फिल्मलाई मात्र प्रवेश अनुमति दिन्थ्यो।
तीन फिल्म, जसले गराए ‘ब्रेकअप’
सन् १९९७ मा हलिउडका तीन फिल्म रिलिज भए। यिनै फिल्मले चीन र हलिउडको सम्बन्ध ‘ब्रेकअप’ गरिदिए। यीमध्ये दुई फिल्म ‘सेभेन इयर्स इन तिब्बत’ र ‘कुन्डुन’मा तिब्बतका धार्मिक नेता दलाई लामाको विषय समेटिएको थियो। अर्को फिल्म ‘रेड कर्नर’मा चीनको कानुनी प्रणालीको कमजोरी देखाइएको थियो।
यी फिल्मको कथाले चीन यति आक्रामक भयो कि, फिल्म बनाउने तीन वटा स्टुडियोमाथि प्रतिबन्ध नै लगाइयो। तीन ठूला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई अचानक चीनबाट बाहिर जाने बाटो देखाइयो। त्यसपछि चीनमा हलिउड ‘ब्याकफुट’ मा आयो।
यी फिल्मको कथाले चीन यति आक्रामक भयो कि, फिल्म बनाउने तीन वटा स्टुडियोमाथि प्रतिबन्ध नै लगाइयो। तीन ठूला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई अचानक चीनबाट बाहिर जाने बाटो देखाइयो। त्यसपछि चीनमा हलिउड ‘ब्याकफुट’ मा आयो।
साउदर्न क्यालिफोर्निया युनिभर्सिटीका प्राध्यापक स्टेलिनी रोजन भन्छन, ‘ती दिनमा हलिउडका लागि चीनको फिल्म बजार त्यति ठूलो होइन, तर चीनले सुरुआतमा नै आफ्नो शक्ति देखायो। उसले हलिउडका सबै स्टुडियोलाई बतायो कि आफूविरुद्ध बनाएका फिल्म चीनमा देखाउन पाइने छैन। उसले त्यस्ता फिल्मलाई मात्र नभएर सबै फिल्ममाथि रोक लगाइदियो।’
हलिउडका लागि चीनको फिल्मबजार सानो भए पनि महत्त्वपूर्ण थियो। त्यसैले डिज्नीको बोस माइकल आइजनर र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले चीनलाई मनाउने योजना बनाए। यसपछि हलिउडका तीनै स्टुडियोलाई चीनमा अनुमति मिल्यो। तर, स्थिति बदलिन थालेको थियो।
स्टेनली रोजन भन्छन्, ‘त्यस बेला चीनका अखबार हलिउड फिल्मको समीक्षा गर्थे। सेभिङ प्राइभेट रायन, टाइटनिक, स्टार वार्सजस्ता फिल्मले चीनमा सफलता हासिल गरेका थिए। तर, पत्रिकाहरुले लेखिरहेका थिए कि हलिउडले पश्चिमाको सोचलाई प्रतिबिम्बित गर्छ। यदि, तिनीहरू रसियन फिल्म बनाउँछन् भने त्यहाँ प्रशस्त जासुसहरु हुन्छन्। यदि, अफ्रिकामाथि बनाउँछन् भने त्यहाँ असरल्ल धेरै मानिस देखाइन्छ।’
यसका बावजूद चीनमा हलिउड फिल्मको संख्या लगातार बढिरहेको थियो। सन् २००१ मा चीनमा हलिउड फिल्मको संख्या १० बाट २० पुग्यो। २०१२ मा ३४ बनाइयो। चीनबाट हलिउडमा हुने कमाइ पनि १० बाट बढेर २५ प्रतिशत पुगेको छ।
तर, केही समयपछि यो तथ्य बाहिर आयो कि चीनका दर्शकमा अमेरिकी फिल्मप्रतिको मोह घटिरहेको छ। स्टेनली यसको पछि धेरै कारण भएको बताउँछन्। प्रमुख कारण भनेको चीनका मानिस आफ्नै फिल्म बनाइरहेका छन्। बजेट पनि निकै ठूलो छ। ‘अब चीनका दर्शक हलिउडका फिल्म देखेर पहिलाजस्तो अचम्मित हुन छाडेका छन्,’ उनी भन्छन्।
अब चिनियाँ बजार विशेष भयो
न्यूयोर्कस्थित संगठन ‘पेन अमेरिका’का अनुसन्धान निर्देशन जेम्स टाइगर भन्छन्, ‘जब म यस मुद्दामाथि अनुसन्धान गरिरहेको थिएँ, तब मलाई एक व्यक्तिले भने कि आधा विषय चीनको सेन्सरसिपसँग जोडिएको छ र अर्को आधाको कारण चाहिँ अमेरिकाको पुँजीवाद।’
जेम्स भन्छन् कि चीनका दर्शकसम्म पुग्न हलिउड कुनै प्रकारको सम्झौता गरिरहेको छ। उनका अनुसार सन् २०२० मा चीनको बक्स अफिस दुनियामा सबसे ठूलो भएको छ र चीनसम्म पहुँच पाउनु भनेको हलिउडको आर्थिक ‘भाग्य’ बन्ने या बिग्रने हुनसक्छ।
उनका अनुसार ठ्याक्कै भन्न मुस्किल छ कि हलिउड चीनका दर्शकका लागि कहानी तयार गरिरहेका छन् वा चिनियाँ सेन्सरका आधारमा विवाद उठाउने खालका दृश्य पछि हटाउन गइरहेका छन्।
सन् २०१४ मा यसको छोटो झलक देखिएको थियो। सोनीका प्रतिनिधिको इमेल ह्याक गरिएको थियो। यसपछि ‘पिक्सल्स’ नामको ‘साइन्स फिक्सन’ कमेडीबारे गरिएको कुराकानी राखिएको थियो। यो फिल्ममा ताजमहल र वासिंगटनको केही स्मारकमा एलियन हमला देखाइएको छ। चीनसम्म पनि त्यस हमलाको ‘रेन्ज’ पुग्न सक्थ्यो। सोनीले यस दृश्यलाई हटाएका थिए। यो दृश्यका कारण सेन्सर पास हुन समस्या पर्न सक्ने कारणले नै हटाइएको जेम्स बताउँछन्।
यो परिवर्तनको सुरुवात थियो। अहिले दुनियाँको सबैभन्दा उत्कृष्ट फिल्म केन्द्र आफ्नो कथामाथि चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार केन्द्रको अनुमति लिन्छ। जेम्सका अनुसार यस प्रक्रियाबाट फिल्मको कथामा केही राजनीतिक सन्देश पनि राख्न सकिन्छ।
रहस्यमा स्माइडर म्यानमाथिको प्रतिबन्ध
भर्जिनिया युनिभर्सिटीका एसोसिएट प्रोफेसर आयन कोकस भन्छन्, ‘ठूलो बजेटका ब्लाकबस्टर फिल्म चिनमा सफल भए अमेरिकी बक्स अफिसमा कमाइ दुई गुणा बनाउन सक्छ।’
सन् २०२० मा दुनियाभरिमा हलिउड फिल्मका सर्वाधिक दर्शकमा चीनले अमेरिकालाई पछाडि छाडिदिएको थियो। यहाँ ध्यान दिनुपर्छ कि, हलिउडमा ग्लामरको चकाचौँधको पछाडि यस्ता व्यक्ति छन्, जसमाथि लगानीकर्ताले विभिन्न किसिमबाट पैसा कमाउन दबाब सिर्जना गर्छन्।
आयन कोकस भन्छन्, ‘डिज्नी जस्ता कम्पनी आफ्ना फिल्मका कारण चीनको बजारमा पस्ने कोशिश गरिरहेका छन्। उनीहरूको उद्देश्य केवल फिल्मबाट कमाउने मात्र हुँदैन। उनीहरू यस्ता बौद्धिक सम्पदा पनि तयार गर्न चाहन्छन्, जसले चिनियाँ बजारमा ठाउँ बनाउन सक्छन्। जसको प्रयोग सामान बेच्ने, थिम पार्क तयार गर्ने, भिडियो गेम्स, कपडा र खेलौनाजस्ता दोस्रा उत्पादन बेच्ने काममा हुन्छ।’
तर, चीनको सेन्सरका विषयमा निश्चित गरेर केही बताउन सकिँदैन।
गत वर्ष मार्वलका सुपर हिरो फिल्म ‘शाङ चि एन्ड द लेजेन्ड अफ द टेन रिंग्स’ रिलिज भएको थियो। यो फिल्मलाई चीनमा प्रदर्शनको अनुमति भएन। यसको प्रमुख कारण फिल्मका प्रमुख कलाकारले अतीतमा चिनियाँ प्रशासनको आलोचना गरेको बताइएको थियो।
स्पाइडर–म्यानको पछिल्लो श्रृङ्खला ‘नो वे होम’मा रोक लगाउनुको कारण पनि यस्तो सामान्य कारण भएको बताइएको छ। हलिउड यस विषयमा अनुमान गर्न सकिरहेको छैन कि चीनले के विषय वा दृश्यमाथि आपत्ति जनाउन सक्छ।
आयन कोकस भन्छन्, ‘यो चुनौती नयाँ हो। यस्तो हुँदैन नि कि अब कोही सुपरहिरो फिल्म बनाउँदैनन्। यो लगातार चल्ने खिचातानी हो, जहाँ स्टुडियोका लागि महत्त्वपूर्ण चाहिँ आफ्नो फिल्म चीनमा कसरी हेरिन्छ भन्ने हुन्छ। यस्तो अवस्थामा स्टुडियोलाई आफूले बनाइरहेको फिल्मको संभावित प्रभाव विचार गर्नुपर्ने हुन्छ।’
तर, चीनले ‘स्पाइडर म्यान’माथि प्रतिबन्ध किन लगायो भन्ने प्रश्न अहम् छ। संक्षेपमा जवाफ हुन्छ कि, यसकारण अमेरिकाको छवि एक गौरवशाली र शक्तिशाली देशको बन्छ भने चीनलाई त्यो सह्यै हुँदैन।
दोस्रो कुरा, चीन सरकार देशको विचारधारा बढाउनेवाला चिनियाँ फिल्म देखाउन चाहन्छ। अब प्रश्न यो पनि हो कि, यदि हलिउड चीनको दर्शकको पछि लाग्छ भने फिल्मको कहानीमा कति असर पर्ला?
विज्ञ जेम्स टाइगरका अनुसार यदि कोई लेखक यातना शिविरको कहानी बताउन चाहन्छ भने उसले सायदै अनुमति मिल्छ, किनकि फिल्म चीनमा देखाउन सकिने छैन। किनभने, अहिले पनि चीनमा त्यसको प्रयोग छ।बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।