• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘स्पाइडर म्यान’लाई चीनमा प्रतिबन्ध, हलिउड किन चाहन्छ चिनियाँ बजार?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३१, २०७९  ०७:३०
1140x725

गएको डिसेम्बरमा रिलिज भएको फिल्म ‘स्पाइडर–म्यान– नो वे होम’का लागि फिल्मप्रेमीहरूमा गजबको ‘क्रेज’ देखियो।

यो फिल्मले बक्स अफिसमा करिब दुई अरब डलर अर्थात् दुई खर्ब ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। यसैका कारण कोरोना महामारीपछि फिल्म बजारमा देखिएको निराशाले आशाको बाटो देखाएको छ। तर, संसारभर रुचाइएको यो फिल्म चीनका दर्शकले हेर्न पाएनन्।

यो फिल्ममा त्यस्तो केही छैन, जसले चिनियाँ मूल्य र मान्यतालाई ठेस लाग्छ। फिल्ममा न चीनबारे देखाइएको छ, न चीन नै देखाइएको छ। उसो भए चीन सरकार र हलिउडबीच के चलिरहेको छ, जसले फिल्ममाथि नै प्रतिबन्ध लगाइयो?

यो प्रश्न बुझ्न इतिहासतिर फर्किनुपर्ने हुन्छ।

३० वर्षसम्म देखाइएको एउटेै हलिउड फिल्म
सन् १९४९ भन्दाअघि चीनको फिल्म उद्योग एकदमै सानो थियो। यसको सीमा चीनमा बनेका र केही हलिउड फिल्म वरिपरि मात्र थियो। तर, माओत्सेतुङ्गको उदय र कम्युनिष्ट सरकारको गठनपछि सबैथोक बदलियो।

सन् १९५१ देखि हलिउड र हङकङमा बनेका फिल्ममाथि चीनमा प्रदर्शन गर्न रोक लगाइयो। त्यसपछि, उनीहरूले नयाँ शैली अपनाए। चीनमा फिल्म देखाउने गाडी पूरै देशमा घुम्थ्यो। यसका माध्यमबाट किसान र मजदुरका कहानी देखाइन्थ्यो, जसमा कम्युनिष्ट पार्टीप्रति आफ्नो समर्पणको विषय देखाइन्थ्यो। 

चीनमा तीन दशकसम्म यस्तै फिल्म चलिरहे। ‘चाइनिज इन्काउन्टर विद ग्लोबल हलिउड’ पुस्तककी लेखिका वेन्डी सु भन्छिन्, ‘चीनमा हलिउड प्रतिबन्धित भएका ३० वर्ष सिर्फ एक अमेरिकी फिल्म देखाइयो। सायद नै कसैले उक्त फिल्मबारे सुनेका होलान्। त्यो फिल्म साल्ट अफ द अर्थ थियो।’ 

‘साल्ट अफ द अर्थ’ फिल्म न्यू मेक्सिकोका खानी श्रमिकको जीवनमा आधारित थियो। कम्युनिष्ट पार्टीसँगको कथित सम्बन्धलाई लिएर हलिउडले यो फिल्मका निर्मातालाई ‘कालोसूची’मा राखेको थियो। चीनका दर्शकसम्म यो फिल्म पुर्‍याउने एउटा मुख्य कारण यही थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९७६ मा अध्यक्ष माओको मृत्युपछि चीनको फिल्म उद्योगमा ‘टर्निङ प्वाइन्ट’ आयो। सरकारको प्रचार मेसिन मात्र भइरहेको फिल्म उद्योग अब तुलनात्मक रूपमा स्वतन्त्र भयो। तर, सरकारले गर्ने आर्थिक सहयोग बन्द भएपछि फिल्म उद्योगको अवस्था खस्किँदो थियो।

चीनका निर्मार्तासँग फिल्म बनाउने पैसा थिएन। त्यसैले केही अधिकारी एउटा नयाँ सुझाव दिए। वेन्डी सु भन्छिन्, ‘उनीहरूले सरकारको फिल्म ब्यूरोलाई हलिउडका हिट फिल्म किन्ने सुझाव दिएका थिए। चिनियाँहरुले पनि ती फिल्म मन पराए। ती थिएटर जाँदा आउने पैसाबाट हामी चीनमा फिल्म बनाउन सक्छौँ भनेका थिए। हलिउडका फिल्म चीन ल्याउने विचार यहीँबाट भित्रिएको हो।’

सन् १९९४ मा चीनमा हलिउडको ब्लकबस्टर फिल्म ‘द फ्युजिटिभ’ रिलिज भयो। यो यस्ता एक व्यक्तिको कहानी हो, जो आफ्नो पत्नीको हत्याको आरोपबाट घेरिएका छन् र आरोप गलत सावित गर्ने प्रयासमा छन्। यो फिल्मले चिनियाँमा गजबको छाप छाड्यो। चीनमा फिल्मप्रेमीका लागि नयाँ ढोका खुल्यो। 

तर, चीनले प्रत्येक वर्ष हलिउडका केवल १० फिल्म मात्र प्रदर्शन गर्ने निर्णय गरेको थियो। चीनले आफ्नो शासन व्यवस्था (कम्युनिष्ट व्यवस्था) लाई चुनौती नदिने प्रकारका फिल्मलाई मात्र प्रवेश अनुमति दिन्थ्यो।

तीन फिल्म, जसले गराए ‘ब्रेकअप’
सन् १९९७ मा हलिउडका तीन फिल्म रिलिज भए। यिनै फिल्मले चीन र हलिउडको सम्बन्ध ‘ब्रेकअप’ गरिदिए। यीमध्ये दुई फिल्म ‘सेभेन इयर्स इन तिब्बत’ र ‘कुन्डुन’मा तिब्बतका धार्मिक नेता दलाई लामाको विषय समेटिएको थियो। अर्को फिल्म ‘रेड कर्नर’मा चीनको कानुनी प्रणालीको कमजोरी देखाइएको थियो।

यी फिल्मको कथाले चीन यति आक्रामक भयो कि, फिल्म बनाउने तीन वटा स्टुडियोमाथि प्रतिबन्ध नै लगाइयो। तीन ठूला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई अचानक चीनबाट बाहिर जाने बाटो देखाइयो। त्यसपछि चीनमा हलिउड ‘ब्याकफुट’ मा आयो।

यी फिल्मको कथाले चीन यति आक्रामक भयो कि, फिल्म बनाउने तीन वटा स्टुडियोमाथि प्रतिबन्ध नै लगाइयो। तीन ठूला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई अचानक चीनबाट बाहिर जाने बाटो देखाइयो। त्यसपछि चीनमा हलिउड ‘ब्याकफुट’ मा आयो।

साउदर्न क्यालिफोर्निया युनिभर्सिटीका प्राध्यापक स्टेलिनी रोजन भन्छन, ‘ती दिनमा हलिउडका लागि चीनको फिल्म बजार त्यति ठूलो होइन, तर चीनले सुरुआतमा नै आफ्नो शक्ति देखायो। उसले हलिउडका सबै स्टुडियोलाई बतायो कि आफूविरुद्ध बनाएका फिल्म चीनमा देखाउन पाइने छैन। उसले त्यस्ता फिल्मलाई मात्र नभएर सबै फिल्ममाथि रोक लगाइदियो।’

हलिउडका लागि चीनको फिल्मबजार सानो भए पनि महत्त्वपूर्ण थियो। त्यसैले डिज्नीको बोस माइकल आइजनर र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले चीनलाई मनाउने योजना बनाए। यसपछि हलिउडका तीनै स्टुडियोलाई चीनमा अनुमति मिल्यो। तर, स्थिति बदलिन थालेको थियो।

स्टेनली रोजन भन्छन्, ‘त्यस बेला चीनका अखबार हलिउड फिल्मको समीक्षा गर्थे। सेभिङ प्राइभेट रायन, टाइटनिक, स्टार वार्सजस्ता फिल्मले चीनमा सफलता हासिल गरेका थिए। तर, पत्रिकाहरुले लेखिरहेका थिए कि हलिउडले पश्चिमाको सोचलाई प्रतिबिम्बित गर्छ। यदि, तिनीहरू रसियन फिल्म बनाउँछन् भने त्यहाँ प्रशस्त जासुसहरु हुन्छन्। यदि, अफ्रिकामाथि बनाउँछन् भने त्यहाँ असरल्ल धेरै मानिस देखाइन्छ।’ 

यसका बावजूद चीनमा हलिउड फिल्मको संख्या लगातार बढिरहेको थियो। सन् २००१ मा चीनमा हलिउड फिल्मको संख्या १० बाट २० पुग्यो। २०१२ मा ३४ बनाइयो। चीनबाट हलिउडमा हुने कमाइ पनि १० बाट बढेर २५ प्रतिशत पुगेको छ।

तर, केही समयपछि यो तथ्य बाहिर आयो कि चीनका दर्शकमा अमेरिकी फिल्मप्रतिको मोह घटिरहेको छ। स्टेनली यसको पछि धेरै कारण भएको बताउँछन्। प्रमुख कारण भनेको चीनका मानिस आफ्नै फिल्म बनाइरहेका छन्। बजेट पनि निकै ठूलो छ। ‘अब चीनका दर्शक हलिउडका फिल्म देखेर पहिलाजस्तो अचम्मित हुन छाडेका छन्,’ उनी भन्छन्।

अब चिनियाँ बजार विशेष भयो
न्यूयोर्कस्थित संगठन ‘पेन अमेरिका’का अनुसन्धान निर्देशन जेम्स टाइगर भन्छन्, ‘जब म यस मुद्दामाथि अनुसन्धान गरिरहेको थिएँ, तब मलाई एक व्यक्तिले भने कि आधा विषय चीनको सेन्सरसिपसँग जोडिएको छ र अर्को आधाको कारण चाहिँ अमेरिकाको पुँजीवाद।’

जेम्स भन्छन् कि चीनका दर्शकसम्म पुग्न हलिउड कुनै प्रकारको सम्झौता गरिरहेको छ। उनका अनुसार सन् २०२० मा चीनको बक्स अफिस दुनियामा सबसे ठूलो भएको छ र चीनसम्म पहुँच पाउनु भनेको हलिउडको आर्थिक ‘भाग्य’ बन्ने या बिग्रने हुनसक्छ।

उनका अनुसार ठ्याक्कै भन्न मुस्किल छ कि हलिउड चीनका दर्शकका लागि कहानी तयार गरिरहेका छन् वा चिनियाँ सेन्सरका आधारमा विवाद उठाउने खालका दृश्य पछि हटाउन गइरहेका छन्।

सन् २०१४ मा यसको छोटो झलक देखिएको थियो। सोनीका प्रतिनिधिको इमेल ह्याक गरिएको थियो। यसपछि ‘पिक्सल्स’ नामको ‘साइन्स फिक्सन’ कमेडीबारे गरिएको कुराकानी राखिएको थियो। यो फिल्ममा ताजमहल र वासिंगटनको केही स्मारकमा एलियन हमला देखाइएको छ। चीनसम्म पनि त्यस हमलाको ‘रेन्ज’ पुग्न सक्थ्यो। सोनीले यस दृश्यलाई हटाएका थिए। यो दृश्यका कारण सेन्सर पास हुन समस्या पर्न सक्ने कारणले नै हटाइएको जेम्स बताउँछन्।

यो परिवर्तनको सुरुवात थियो। अहिले दुनियाँको सबैभन्दा उत्कृष्ट फिल्म केन्द्र आफ्नो कथामाथि चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार केन्द्रको अनुमति लिन्छ। जेम्सका अनुसार यस प्रक्रियाबाट फिल्मको कथामा केही राजनीतिक सन्देश पनि राख्न सकिन्छ।

रहस्यमा स्माइडर म्यानमाथिको प्रतिबन्ध
भर्जिनिया युनिभर्सिटीका एसोसिएट प्रोफेसर आयन कोकस भन्छन्, ‘ठूलो बजेटका ब्लाकबस्टर फिल्म चिनमा सफल भए अमेरिकी बक्स अफिसमा कमाइ दुई गुणा बनाउन सक्छ।’

सन् २०२० मा दुनियाभरिमा हलिउड फिल्मका सर्वाधिक दर्शकमा चीनले अमेरिकालाई पछाडि छाडिदिएको थियो। यहाँ ध्यान दिनुपर्छ कि, हलिउडमा ग्लामरको चकाचौँधको पछाडि यस्ता व्यक्ति छन्, जसमाथि लगानीकर्ताले विभिन्न किसिमबाट पैसा कमाउन दबाब सिर्जना गर्छन्।

आयन कोकस भन्छन्, ‘डिज्नी जस्ता कम्पनी आफ्ना फिल्मका कारण चीनको बजारमा पस्ने कोशिश गरिरहेका छन्। उनीहरूको उद्देश्य केवल फिल्मबाट कमाउने मात्र हुँदैन। उनीहरू यस्ता बौद्धिक सम्पदा पनि तयार गर्न चाहन्छन्, जसले चिनियाँ बजारमा ठाउँ बनाउन सक्छन्। जसको प्रयोग सामान बेच्ने, थिम पार्क तयार गर्ने, भिडियो गेम्स, कपडा र खेलौनाजस्ता दोस्रा उत्पादन बेच्ने काममा हुन्छ।’

तर, चीनको सेन्सरका विषयमा निश्चित गरेर केही बताउन सकिँदैन। 

गत वर्ष मार्वलका सुपर हिरो फिल्म ‘शाङ चि एन्ड द लेजेन्ड अफ द टेन रिंग्स’ रिलिज भएको थियो। यो फिल्मलाई चीनमा प्रदर्शनको अनुमति भएन। यसको प्रमुख कारण फिल्मका प्रमुख कलाकारले अतीतमा चिनियाँ प्रशासनको आलोचना गरेको बताइएको थियो।

स्पाइडर–म्यानको पछिल्लो श्रृङ्खला ‘नो वे होम’मा रोक लगाउनुको कारण पनि यस्तो सामान्य कारण भएको बताइएको छ। हलिउड यस विषयमा अनुमान गर्न सकिरहेको छैन कि चीनले के विषय वा दृश्यमाथि आपत्ति जनाउन सक्छ।

आयन कोकस भन्छन्, ‘यो चुनौती नयाँ हो। यस्तो हुँदैन नि कि अब कोही सुपरहिरो फिल्म बनाउँदैनन्। यो लगातार चल्ने खिचातानी हो, जहाँ स्टुडियोका लागि महत्त्वपूर्ण चाहिँ आफ्नो फिल्म चीनमा कसरी हेरिन्छ भन्ने हुन्छ। यस्तो अवस्थामा स्टुडियोलाई आफूले बनाइरहेको फिल्मको संभावित प्रभाव विचार गर्नुपर्ने हुन्छ।’
तर, चीनले ‘स्पाइडर म्यान’माथि प्रतिबन्ध किन लगायो भन्ने प्रश्न अहम् छ। संक्षेपमा जवाफ हुन्छ कि, यसकारण अमेरिकाको छवि एक गौरवशाली र शक्तिशाली देशको बन्छ भने चीनलाई त्यो सह्यै हुँदैन। 

दोस्रो कुरा, चीन सरकार देशको विचारधारा बढाउनेवाला चिनियाँ फिल्म देखाउन चाहन्छ। अब प्रश्न यो पनि हो कि, यदि हलिउड चीनको दर्शकको पछि लाग्छ भने फिल्मको कहानीमा कति असर पर्ला?

विज्ञ जेम्स टाइगरका अनुसार यदि कोई लेखक यातना शिविरको कहानी बताउन चाहन्छ भने उसले सायदै अनुमति मिल्छ, किनकि फिल्म चीनमा देखाउन सकिने छैन। किनभने, अहिले पनि चीनमा त्यसको प्रयोग छ।बीबीसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको भयावह क्षति : ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको भयावह क्षति : ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए शुक्रबार, असोज २, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज २, २०८३
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्