• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

घर व्यवस्थित बनाउने महिला हुन्, काठमाडौंलाई पनि व्यवस्थित बनाउन सक्छौं : सिर्जना सिंह [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ आइतबार, वैशाख १८, २०७९  १८:४०
1140x725

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको परिणामबारे धेरैलाई चासो छ। यस महानगरलाई प्रमुख राजनीतिक दलहरूले पनि महत्त्व दिएका छन्। यहाँ नेकपा (एमाले)ले केशव स्थापित, नेपाली कांग्रेसले सिर्जना सिंह र विवेकशील साझा पार्टीले समीक्षा बाँस्कोटालाई मेयरको उम्मेदवार बनाएका छन्। कांग्रेसकी सिंह सत्ता गठबन्धन दलहरूको साझा उम्मेदवार पनि हुन्। उनै सिर्जना सिंहसँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंश :

सिर्जना भाउजू हुनुहुन्थ्यो। अब काठमाडौंको मेयरको उम्मेदवार भएपछि ‘दिदी’ बन्नुभएको छ। कस्तो अनुभव भइरहेको छ? 
मलाई पहिलेदेखि नै सबैले भाउजू भन्नुहुन्थ्यो। अहिले पार्टीले मेयरको उम्मेदवार बनाएपछि मलाई धेरैले ‘भाउजू मात्रै भनेको तपाईं दिदी हुनुहुँदो रहेछ’ भनिरहेका छन्। मैले यसलाई सहज रुपमा लिएको छु।

पहिले प्रकाशमान सिंहको सहयोगीका रूपमा हुनुहुन्थ्यो। आफैं उम्मेदवार बन्दा कस्तो महसुस भइरहेको छ?
मैले प्रकाशमानलाई सहयोग मात्रै गरिरहेको जुन आरोप छ, त्यो कदापी होइन। म निरन्तर पार्टीमा लागिरहेको थिएँ। २०३३ सालदेखि निरन्तर कांग्रेसको सदस्यता लिएको हुँ। तर, कुनै पद लिएको थिइनँ। पार्टीको आन्दोलन र चुनावमा जहिले पनि सक्रिय थिएँ। नेपाल महिला संघको सल्लाहाकार भएर आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको थिएँ। सामाजिक क्षेत्रमा पनि काम सक्रिय थिएँ। अहिले सोचिरहेको छु, पद नलिएर गल्ती गरेकी रहेछु। 

हाम्रो समाज कस्तो छ भने इन्जिनियरको श्रीमती भएपछि ‘आहा कस्तो राम्रो जोडी’ भन्ने। डाक्टरको श्रीमती भए पनि त्यसै भन्ने। तर, नेताको श्रीमती नेता भएको नरुचाउने रहेछ। मेरो जस्तो राजनीतिक पृष्ठभूमि भए पनि मानिसहरुलाई मन नपर्ने रहेछ। अब मेरो सासू ससुरा सबै राजनीतिमा हुनुहुन्थ्यो। त्यो बेला म चुप लागेर बसेको थिएँ। अहिले राजनीतिक परिवारले सबै पाएको जस्तो सोच मानिसहरुमा देखिएको छ। म पछाडि बसेँ भनेर मैले राजनीति छोडेको थिइनँ।

अहिले राजनीतिमा आउनुलाई संयोग मान्ने कि मनको कुनामा भएको हुट्हुटी? 
तपाईंले जे भन्नुभयो, त्यो गलत छ। कति वर्षपछि आयो भन्ने कुरा नै होइन। म राजनीति गरिरहेकै थिएँ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघमा स्वास्थ्य शिविरको संयोजक भएर १४/१५ वर्ष काम गरेँ, जतिबेला मगंलादेवी सिंह महिला संघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो। उहाँको निधन भइसकेपछि मैले त्यो दिनदेखि आजसम्म सल्लाहकार भएर बसिरहेको छु। यो पनि मेरो सक्रियाता नै हो। अहिले पार्टीले मलाई काठमाडौं मेयरको रूपमा प्रस्तुत गरेको छ, यसलाई एकदमै सहज रूपमा लिएको छु।

तपाईंले गएको चैत २ मा ‘काठमाडौंमा महिला मेयर चाहिन्छ’ भनेर ट्विट गर्नुभएको थियो। के त्यो आफ्नै भित्री आकांक्षाको सार्वजनीकरण थियो?
थिएन। म लामो समयदेखि महिला आन्दोलन र सशक्तीकरणमा लागिरहेको थिएँ। २०४९ सालमा पीएल सिंह मेयर हुँदा मैले काठमाडौं परिवर्तन भएको देखेको थिएँ। त्यसयता भएका निर्वाचनमा पुरुष नै मेयर बन्नुभयो, तर केही सुधार भएको देखिएन। २०/२५ वर्षदेखि काठमाडौंमा फोहोरको थुप्रो जस्ताको त्यस्तै छ। धुलोधुवाँ, फोहारमैला र प्रदूषण व्याप्त छ। नदीनाला फोहोर हुँदै गएको छ। जसरी महिलाले घरलाई व्यवस्थित बनाएर सफासुग्घर राख्न सक्छन्, त्यसरी नै काठमाडौंलाई पनि व्यवस्थित बनाउन सक्छन्। महिला मेयर भएर केही गर्न सकिन्छ की भनेर मैले भनेको हो। महिला आएपछि व्यवस्थित काम हुन्छ भनेर लेखेको हुँ। त्यो दिनसम्म मैले आफू नै उम्मेदवार हुन्छु भनेर सोचेको थिइनँ।

परिवारवादका कारण तपाईंलाई उम्मेदवार बनाइएको आरोप छ। श्रीमान् प्रकाशमान सिंह ‘रिटायर्ड’ हुने अवस्था बनेपछि तपाईंबाट राजनीति गर्न खोजेको आरोप छ नी?
मेरो श्रीमान् रिटायर्ड हुनु भएको छैन, हुँदा पनि हुनुहुँदैन। त्यसैले यो टिप्पणी गलत हो। म गणेशमान र मंगलादेवी सिंहको बुहारी हो। प्रकाशमान सिंहको श्रीमती हो। म यो हुनुमा गर्व गर्छु। जसले यो देशमा रैतीलाई नागरिक बनाउन योगदान गर्‍यो, म त्यो परिवारको अंश हो।  

nimb
nimb
Ncell 2
Ncell 2

मंगलादेवी सिंहलाई हेर्नुस्, उहाँ आफैं बडाकाजीको नातिनी बुहारी हुनुहुन्थ्यो। उहाँलाई घरमा के कमी थियो भन्नुस् त? तर, उहाँले आफ्नो श्रीमान जेलमा भएको अवस्थामा घरमा भएका पाँच जना साना छोराछोरी छाडेर महिलाहरूको लागि जेल जानु भयो। महिलाहरूलाई आरक्षण चाहिन्छ, महिलाहरूलाई सम्पत्तिमा अधिकार चाहिन्छ भनेर आफ्नो सम्पूर्ण जीवन बिताउनु भयो। त्यस्तो महिलाको बुहारी हुँदा म गर्व गर्छु।

तर, मेरो पृष्ठभूमि आफ्नै छ। मैले प्रकाशमान, मंगलादेवी र गणेशमान सिंहलाई चिनेको थिइनँ, नाम मात्र सुनेको थिएँ। म ९ कक्षामा पढ्दा २०३३ सालमै कांग्रेसको सदस्यता लिइसकेको व्यक्ति हुँ। २०३६ सालमा जनमतसंग्रहको बेला गोरखामा बहुदल प्रचार प्रसार समिति हाँकेको हुँ। २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निभाएँ। यो त मैले कतिपय अखबारमा लेखेकै छु। तर, मलाई आरोप लगाउनेहरूले नेताको बुहारीको रूपमा मात्रै देख्नुभएको छ। म त भन्छु, उहाँहरुको आफ्नो केही पृष्ठभूमि नभएका कारणले मलाई आरोप लगाउनु भएको हो।  

विश्वभरि नै महिलालाई राजनीतिमा सक्रिय हुन धेरै समस्या भएको बताइन्छ। समाजले अहिले पनि महिलालाई नेतृत्वमा स्वीकार्न मुस्किल भएको अवस्था छ। तपाईंले कस्ता चुनौती अनुभव गर्नु भएको छ? 
मेरो घरमा कुनै समस्या छैन। श्रीमानले कहिल्यै रोक्नु भएन। मेरो सासू ससुराले महिला नेतृत्वमा जानुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो। महिला र पुरुष नभन्ने परिवार हो मेरो। तर, नेपाली समाजमा त्यस्तो छैन। त्यसैले म चुप लागेर बसेको हो। अहिले हाम्रो पार्टीले महिलालाई अगाडि बढाउने भनेर नै मलाई काठमाडौं महानगरको मेयरमा अघि सारेको हो। अरु कुनै पार्टीले महिलालाई अगाडि ल्याएका छैनन्। अरु पार्टीले ठूलो कुरा र भाषण मात्र गर्ने गरेको देखियो।

गठबन्धनले गर्दा देशभर महिला प्रतिनिधित्व कम भएको छ। यसरी उम्मेदवार उठाउँदा महिलाको अधिकार खोसियो नि? 
यो मैले टिप्पणी गर्न मिल्ने विषय होइन। यो सरकार नै गठबन्धनको भएकाले यसका आफ्नै बाध्यता होलान्। उम्मेदवार उठाउँदा पुरुष मात्र भए भने त्यो विषय पार्टीहरूले जान्ने कुरा हो। काठमाडौंको कुरा गर्दा पार्टीले महानगरको प्रमुखमा नै विश्वास गरेर महिलाहरूको सम्मान गरेको छ।

तपाईंले काठमाडौंका महिलाहरूको मुद्दा उठाउँदै आउनु भएको छ। कस्तो छ काठमाडौंमा महिलाहरूको अवस्था?
म ३६ वर्षदेखि काठमाडौं बस्दै आएको छु। यहाँको स्थानीयको बुहारी हुँ। यहाँका स्थानीय महिलाको जग्गा सबै बिक्री भइसकेको छ। भएको एउटा जग्गामा घर बनाउनु भएको छ, तर त्यो पनि २०७२ सालको भुकम्पले चर्काएको छ। घर टेको लाएर राखिएको छ। न बनाउन सक्नुहुन्छ, न कोही डेरा बस्न आउँछन्। श्रमिकहरु बस्न आउँछन्, तर उनीहरुले धेरै पैसा दिन सक्दैनन्। उनीहरुका लागि मैले ‘गृहणी प्याकेज’ ल्याउने छु। हामी महिला दिवस भन्छौँ, तर ठूला होटलमा मात्र कार्यक्रम गरिन्छ। अब यसको अन्त्य गर्ने सुरुवात मैले गर्नेछु।

महिलाको मात्र होइन, पुरुषहरूको पनि उस्तै दुःख छ। यो महानगर कांग्रेसको मात्र हैन, सबैको हो भन्ने बनाउँछु। काठमाडौमा बेरोजगारी छ। युवाहरूलाई उद्यमी बनाउन जरुरी छ। यहाँ मूर्तिकलादेखि नृत्य र अन्य सांस्कृतिक रूपमा उद्यम गर्ने ठाउँ छ। यसलाई अन्तर्राष्ट्रिय रूपमा लैजान सकिने सम्भावना छ। मेरो ध्यान खेलकुदमा पनि छ।

काठमाडौमा पीएल सिंहबाहेक अरुले काम गर्न नसकेको बताउनुभयो। काम गर्न नसक्नुको कारण के हो? 
मैले देखेको कुरा सार्वजनिक रूपमा भनेको हुँ। म पनि यही महानगरबासी हो। अरु महानगरबासीले पनि यो कुरा अनुभूत गर्नु भएको छ। यहाँ निःशुल्क पानीदेखि सडकका खाल्डासम्म जनतासँग जोडिएका समस्या धेरै छन्। 

तपाईंले चाहेको महानगर कस्तो हो? 
अहिले काठमाडौं महानगर एकदम असुरक्षित छ। मेरो पहिलो अजेण्डा सुरक्षित महानगर बनाउने हो। यहाँ राति उज्यालो चाहिएको छ। काठमाडौं भनेको पहिलादेखि नै व्यापारिक केन्द्र हो। त्यसैले यसलाई रातदिन खोल्ने बनाउनुपर्छ। यहाँ ठूलाठूला भवन बनेका छन्। ठूला भवन नबनाउने भन्ने होइन, व्यवस्थित गर्नुपर्छ। विकास योजनाबद्ध हुनुपर्छ। ठूला घर भएर मात्र हुँदैन। 

काठमाडौं पर्यटकीय क्षेत्र पनि हो। तर, पर्यटकहरू किन काठमाडौंमा रोकिन चाहेका छैनन्? उनीहरू काठमाडौंबाहिर ट्रेकिङ जोनमा मात्र जान किन हतारिन थाले? काठमाडौं विश्वसम्पदा सूचीमा रहेको शहर भए पनि पर्यटक किन रोकिएनन् भन्ने अब खोजी गर्नुपर्छ। यसको लागि काठमाडौंलाई सफा र व्यवस्थित बनाउने नै हो। पर्यटकका लागि लोभलाग्दो संरचना निर्माणमा जोड दिनु नै महानगरको विकास हो। यसलाई सफा राख्न पनि जरुरी छ। मेरो पहिलो प्राथमिकता काठमाडौंलाई सफा शहर बनाउने नै हो। मैले यसका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्छु।

सार्वजनिक यातायातमा धेरै समस्या देखिएको छ। फोहोर व्यवस्थापन हुन सकेको छैन। यसमा तपाईंको योजना के छन्? 
काठमाडौंमा देखिएका सबैभन्दा ठूला समस्या यी दुईवटा नै हुन्। गर्न चाहे यी तत्कालै समाधान हुने विषय पनि हुन्। फोहोर त ठूलो चिज नै हैन। यसलाई कुहिने र नकुहिने छुट्याएर घरबाटै व्यवस्थापन गर्न सकिन्छ। यहाँ यातायात व्यवस्थापनको कुरा कहिल्यै हुन सकेन। काठमाडौंमा एकै पटक सबै मानिस निस्कन परेको छ, सडक विस्तार गर्ने ठाउँ छैन। म घर भत्काउने पक्षमा छैन। ट्राफिक व्यवस्थापन गर्ने हो। विद्यालय खोल्नेदेखि अन्य कुरा मिलाउन सकिन्छ।

काठमाडौंका नदी फोहोर छन्। यसको व्यवस्थापन गर्ने तपाईंका योजना के छन्? 
काठमाडौंका नदीहरूसँग म पनि परिचित छु। म विवाह गरेर आएपछि गणेशमान बुवाले आफूहरू विद्यालयबाट फर्किएर बागमतीमा पौडी खेल्न जाने गरेको प्रायः सुनाउनुहुन्थ्यो। गर्मीमा दैनिक विष्णुमतीमा पौडी खेल्नुहुन्थयो रे। महानगरभित्र र बाहिर पर्ने खोलाहरु व्यवस्थापनका लागि सबै नगरहरूसँग समन्वय गरेर काम गर्छु। काठमाडौँ महानगरको क्षेत्रमा पर्ने त महानगरले निश्चित योजना नै बनाएर काम गर्छ।

मेयरका लागि तपाईंको प्रतिस्पर्धा कोसँग हुनेछ? 
जब म उम्मेदवार भएँ, सबै उत्साहित भएको पाएको छु। म पार्टीमा पद नलिए पनि निरन्तर सक्रिय छु। मैले भेटेका सबैले हामी जिताउछौँ भन्नु भएको छ, त्यसैले म ढुक्क छु। मैले कसैलाई प्रतिस्पर्धी भनेर तोक्दिनँ। यो लोकतान्त्रिक अभ्यास हो। म आफैँ यो अधिकार दिलाउन संर्घष गरेको मानिस हो।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्