• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

बाबुको खोजीमा बिनाठेगाना निस्किएका दिदीभाइको यात्रा

64x64
युवराज भट्टराई शनिबार, वैशाख १०, २०७९  १२:३९
1140x725

काठमाडौं– ‘त्यहाँ सुरुवातमा एकदमै लथालिङ्ग थियो। त्यसपछि प्रकाशको एउटा किरण देखियो। त्यो किरण अँध्यारोबाट छुट्टिएको थियो। त्यसपछि समुन्द्र, नदी, खोला, ताल र हिमालहरूबाट पृथ्वी बन्यो। अनि मात्र फूल र रुखहरू, जनावर र पन्छीहरू बने।’

पाँच वर्षिया एलेक्जेन्डर (मिकालिस जेके अभिनित)लाई दिदी भौला (तानिया पालैओलोगोउ अभिनित)ले पटकपटक सुनाइरहने कथा हो यो। उनीहरूतर्फ पदचापहरू आइरहेका छन्। तर, अहिले सपाट अँध्यारो छ। ढोका विस्तारै खुल्छ। दुई केटाकेटी भएको कोठामा प्रकाशको सानो किरणले चिहाउँछ। भौला र एलेक्जेन्डर निदाएको नाटक गरिदिन्छन्।

यो एउटा यात्राको कथा हो। तुवाँलोले ढाकिएका सडकहरूमा हिँडिरहेका दुई दिदीभाइको कथा। तर, यो यात्राको गन्तव्यसम्म पुग्दाका दृश्यहरूमा मान्छेभित्रका अराजकता र त्यसका सामुन्ने काव्यात्मक संघर्ष गरिरहेकाहरू भेटिन्छन्। थियो एंगलोपोलसको सन् १९८८ को फिल्म ‘टोपियो स्टिन ओमिच्ली’ (ल्याडस्केच इन द मिस्ट) मा काव्यिक धरातल सबैतिर ओतपोत भएको छ।

हामीलाई समय बितिरहेको थाहा छ। तर, हामी आफूसँग संसारभरिको समय भएजस्तो गर्छौं। हाम्रा सामुन्ने यात्रा गरिरहेका दुई बालक र बालिका यो अराजक संसारमा लथालिङ्ग हुन सक्छन्। हामी वास्ता गर्दैनौं। हामी अर्थात्, मानिसहरू।

निर्देशक एंगलोपोलसले दुई बालबालिकाको यात्रामार्फत तत्कालीन ग्रिकको राजनीतिदेखि मानिसभित्रको मावनताको अभावका विषयलाई काव्यात्मक दृष्टिमा प्रस्तुत गरेका छन्। दृश्यभाषाको माध्यमबाट पोखिएका कविताका हरफहरूले कथालाई साधारण मान्छेको कथा बताएका छन्।

जीवनका अनुपस्थित पात्रहरूको प्रस्तुति
सर्जकको सिर्जनामा जीवनको प्रसंग आउनु स्वभाविक हो। निर्देशक एंगलोपोलसको जीवनमा घटेका घटनाहरूबाट फिल्म प्रभावित भएको छ। निर्देशकको जीवनमा भएका अनुपस्थित पात्र र दुर्घटित घटनाहरूलाई सिनेमामा दर्शकले पाउँछन्। 

बाल्यकालमै एंगलोपोलसका बुबालाई ग्रिसबाट पक्राउ गरिएको थियो। जर्मनीबाट ग्रिस स्वतन्त्र भएपछि पनि उनलाई पक्राउ गरेर निर्वासित गरियो। यो घटनाको प्रभाव उनको जीवनमा अन्त्यन्तै धेरै प¥यो। उनले आफ्नो फिल्म ट्राइलोजीमा बुबाको गिरफ्तारी र निर्वासनलाई उतारेका छन्।

प्रस्तुत फिल्म उनले निर्माण गरेको ‘ट्राइलोजीअफ साइलेन्स’ नाममा निर्देशन भएको तेस्रो फिल्म थियो। यसअघि सन् १९८४ मा ‘भोयेज टु क्याथेरा’ र १९८६ मा ‘द बिकिपर’ बनिसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको सुरुवात ग्रिसको राजधानी एथेन्सबाट हुन्छ। भौला र एलेक्जेन्डर आमासँग हुर्किरहेका छन्। मातृत्वको छहारीमा हुर्किएका उनीहरूको जीवनमा बुबाको उपस्थिति छैन। बुबालाई खोज्न निस्किएका उनीहरूको यात्रा एथेन्सबाट सुरु हुन्छ। भन्नेहरूले उनीहरूलाई बुबा जर्मनीमा भएको बताएका छन्। तर, स्वयं खोजीमा निस्किएका यात्रीहरूलाई थाहा हुँदैन बुबाको ठेगाना। 

भौला र एलेक्जेन्डर यात्रामा हण्डर खान्छन्। एथेन्स रेलवे स्टेसनबाट बिनाटिकट सुरु हुन्छ उनीहरूको यात्रा। तर, उनीहरूलाई ट्रेनबाट निकालिन्छ र आफन्तको जिम्मा लगाइन्छ। तिनै आफन्तले उनीहरूलाई बुबाको सत्यता बताउँछन्। 

तर, सत्य भौला र एलेक्जेण्डरले चाहेको जस्तो हुँदैन। उनीहरूकी आमाले दुई दिदीभाइका बुबा फरक–फरक भएको बताउँछिन्। उनीहरू यो सत्य मान्न तयार हुँदैनन्। बरु आफ्नो यात्रालाई निरन्तरता दिन्छन्। 

यात्रामा ओरेस्टिस (स्ट्राटोस जोर्जोग्लोउ अभिनित) भेटिन्छ। ठाउँठाउँमा यात्रा गरेर नाटक देखाउने टोलीको ओरेस्टिस उनीहरूलाई आफूसँग यात्रा गराउँछ। तर, ओरिस्टिससँगको यात्रा अस्थाई हो। यात्रा त बुबालाई खोजेपछि मात्रै अन्त्य हुन्छ।

यात्रामा उनीहरू सफल हुन्छन वा हुँदैनन? फिल्मको अन्त्यले भन्छ। दर्शकका निम्ति यो अन्त्य अपेक्षाकृत छैन। दर्शकलाई बिझाउने सत्यको उद्घाटन गर्दै निर्देशक एंगलोपोलसले फिल्मलाई अन्त्य गरेका छन्। 

दुई दिदीभाइको यो यात्राले बदलिरहेको राजनीतिक अवस्था र मानव जातिको अमानवीय गुणलाई पनि प्रस्तुत गरेको छ। फिल्ममा भएका उपाख्यानहरूले कथालाई सम्पूर्णता मात्रै दिँदैनन्, जीवनका प्रत्येक पलको सौन्दर्यलाई प्रस्तुत गर्छन्। भौला र एलेक्सजेन्डरले यात्राका क्रममा पाएका दुःख र सुख अस्थाई हुन्छन्। अस्थाई कुराहरूले दिलाएको सन्तुष्टिमा स्थायित्व खोज्न दिदीभाइ संघर्ष गरिरहन्छन्।

भौला र एलेक्जेण्डरको जीवनमा धेरै कुरा अनुपस्थित हुन्छन्। सिनेमाको सुरुवातबाटै उनीहरूका बुबा अनुपस्थित हुन्छन्। आमा सुरुवातको एक दृश्यमा सांकेतिक रुपमा देखिन्छिन्। त्यसपछि उनको पनि उपस्थिति हुँदैन। यात्राका क्रममा भेटिएको ओरेस्टिस पनि अस्थाई हुन्छ।

ओरिस्टिससँगको भेटमा उनीहरू मध्यरातमा शहरको सडकमा रुमल्लिरहेका हुन्छन्। बाटोमा भेटिएको एक रिलमा ओरिस्टिस आफूले रुख देखिरहेको बताउँछ। तर, भौला र एलेक्सजेण्डरको दृष्टिमा त्यो पर्दैन। निर्देशकले रुखलाई अभिभावकको छहारीको रुपमा प्रस्तुत गरेका छन्। रुखको अनुपस्थितिलाई दिदीभाईको गन्तव्यसँग पनि सम्बन्धित भएर प्रस्तुत गरिएको छ।

फिल्ममा भएका पात्रमध्ये भौला र एलेक्जेण्डरको दृष्टिकोणमा कुनै विषय पनि पूर्णता हुँदैन। एक दृश्यमा नदीबाट निकालिरहेको एउटा ठूलो हात (मूर्ति)मा एउटा औँला हराएको हुन्छ। त्यो चोरी औँला हुन्छ, जसबाट कसैलाई संकेत वा आदेश दिइन्छ। दिदीभाइको जीवनमा संकेत गर्ने वा आदेश दिने व्यक्तिको अभाव भएको पक्षलाई निर्देशकले यो बिम्बमार्फत प्रस्तुत गरेका छन्।

फिल्ममा अनुपस्थित देखाइएका पात्र र वस्तुहरूले ग्रिक संस्कृतिलाई सम्बोधन गर्छन्। छोराछोरीले बुबालाई कहिल्यै भेट्न त पाउँदैनन् नै, आफ्नो घर पनि फर्किन पाउँदैनन्। उनीहरू कल्पनामा मात्रै बुबासँग संवाद गर्छन्, बुबाको प्रेममा रमाउँछन्। 

यौनिक दुर्व्यवहारको उत्कृष्ट प्रस्तुति
भौलामाथि भएको यौनिक दुर्व्यवहार फिल्मको सबैभन्दा शक्तिशाली दृश्य हो। यौन हिंसालाई काव्यिक र सुक्ष्म रूपमा शक्तिशाली ढंगले प्रस्तुत गर्न निर्देशक एंगलोपोलस सक्षम छन्।

भौला र एलेक्जेण्डर सडकमा भेटिएका गाडी चालकहरूसँग लिफ्ट माग्दै यात्रा गरिरहेका हुन्छन्। जर्मनीसम्मको उनीहरूको यात्रा लामो छ। यही क्रममा एक ट्रक ड्राइभर (भेस्सिलिस कोशोभोस अभिनित)सँग उनीहरू सहयोग माग्छन्। बाटोमा खाना खाने ठाउँमा ऊ दिदीभाइलाई त्यहीँ छोडेर जान चाहन्छ। तर, उनीहरू पछ्याउँछन्।

सडकमा ट्रक कुदिरहेको छ। पाँच वर्षको एलेक्जेण्डर यात्राको थकानले निदाएको छ। ट्रक ड्राइभर गाडीलाई अचानक सडक किनारमा लगाउँछ। भौलालाई गाडीबाट बाहिर आउन भन्छ। भौला सशंकित हुँदै निस्किन्छे। ड्राइभर उसलाई समातेर ट्रकको पछाडिको भागमा लिएर जान्छ।

दृश्यमा ट्रकको पछिल्लो भाग मात्रै देखिन्छ। न कुनै आवाज, न केही हलचल। केही क्षणपछि एलेक्जेण्डर गाडीबाट ओर्लिन्छ। रोकिएको गाडीबाहिर आएर दिदीलाई आवाज लगाउँछ। तर, कतैबाट जवाफ आउँदैन। दृश्यमा क्यामेराको फ्रेमबाट एलेक्जेण्डर हराउँछ।

केही क्षणपछि ड्राइभर बाहिर आउँछ। विस्तारै ट्रकतर्फ ‘जुम’ हुँदा भौला त्रिपालबाट बाहिर निस्किन्छे। चुपचाप बस्छे। केही क्षणपछि भौलाको खुट्टामा रगत देखिन थाल्छ। यो दृश्य भावनात्मक मात्रै नभएर शक्तिशाली पनि छ। यौन हिंसाजस्तो विषयलाई डरलाग्दो नभएर फरक रुपमा गरिएको प्रस्तुतिले दर्शकलाई झस्काउँछन्।

कथा, दृश्य र संगीतको उत्कृष्टता
‘ल्याण्डस्केप इन द मिस्ट’को कथा साधारण, तर शक्तिशाली छ। कथाको मुख्य पाटो दिदीभाइको यात्रा नै हो। तर, कथाकारको कथालाई निर्देशकले दिएको प्रस्तुति वा दृश्यभाषा मात्रैले उत्कृष्टता हासिल हुँदैन। यो सामूहिक काम हो। संगीत, सम्पादनजस्ता पक्षमा पनि उत्कृष्टता चाहिन्छ। यी सबै विषयमा उत्कृष्ट छ ‘ल्याण्डस्केप इन द मिस्ट’ फिल्म। 

निर्देशक एंगलोपोलस जमिनमुनि लुकिरहेको हिराजस्ता निर्देशक हुन्। विश्व सिनेमामा उनी धेरै चर्चित छैनन्। काव्यिक सिनेमा जगतमा बेला टार, आन्दे्रई तार्कोब्स्की, अब्बास काइरोस्थामीजस्ता निर्देशकहरूको तुलनामा उनको चर्चा कम छ। तर उनको काममा उत्कृष्टताको कमि छैन। साधारणभन्दा साधारण विषयलाई लिएर फिल्म बनाउनु र उपाख्यानहरूमार्फत कथालाई बलियो बनाउँदै लैजानु उनको खुबी हो।

ग्रिक फिल्म उद्योगलाई सन् १९७५ देखि एंगलोपोलसले नै धानिरहेका थिए। उनका फिल्मले पछिल्लो समयमा चर्चा पाएका छन्। सन् १९९८ मा ‘इटरनिटी एण्ड द डे’ले पाम डि ओर पुरस्कार पाएको थियो। ‘ल्याण्डस्केप इन द मिस्ट’ पनि ६२औं अस्कर अवार्डका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय भाषाको फिल्म विधामा छानिएको थियो।

यो फिल्ममा ‘सुनमा सुगन्ध’ थप्ने काम भने संगीतकार इलेनी कारैन्द्रौले गरेकी छिन्। संगीतकार इलेनीले फिल्ममा दिएको संगीत दुःख र प्रेमको भाका हो। फेलिक्स मेन्डेलस्सोह्न र चेसर फ्रान्स्कको संगीतको शैलीमा फिल्ममा उनले संगीत दिएकी छिन्। यसको कारणको रुपमा कारैन्द्रौले फिल्मका मुख्य पात्र दुई बालबालिकाले उनलाई विगतको समय सम्झाएको बताएकी छिन्। मुख्य गरी ओबोइ (सासले बजाइने एकप्रकारको बाजा)को प्रयोग भएको फिल्मको संगीतले दृश्यलाई थप बलियो बनाएका छन्।

‘ल्याण्डस्केप इन द मिस्ट’ त्यो फिल्म हो, जसले भावनादेखि भयसम्मलाई सम्बोधन गर्छ। फिल्ममा भएका बाल पात्रहरूलाई दर्शकले सम्झिरहन्छन्। प्रस्तुत गरिएको चुनौतीपूर्ण विषय र त्यसलाई प्रस्तुत गर्दा अपनाइएको कलात्मकताले जुनै भुगोलको दर्शकलाई झस्काउँछन्। ती यात्री भौला र एलेक्जेण्डरबारे दर्शकलाई सोच्न अवश्य बाध्य बनाउँछ, जोसँग पुग्ने कुनै ठेगाना थिएन। आखिर उनीहरू कहाँ पुगे होलान्?

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्