• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अर्थतन्त्र संकटमा छ भनेर आमजनलाई आह्वान गर्न लाज मान्नु हुँदैन : वर्षमान पुन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  २१:५१
1140x725

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य लाभपछि पुनः सक्रिय दैनिकी थालेका छन्। पार्टीका प्रभावशाली नेता पुन सत्ता गठबन्धनको आगामी निर्वाचनकेन्द्रीत नीति–रणनीति निर्माणमा समेत संलग्न छन्। पुनसँग गठबन्धनको भविष्यका साथै अर्थतन्त्रमा आइरहेको संकटका विषयमा नेपाललाइभले गरेको संवाद : 

गठबन्धन गरेर चुनाव लड्ने कुरामा शंका रहेन। केन्द्रले गरेको निर्णय स्थानीयस्तरमा दुरुस्तै कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
यो गठबन्धन चुनावका लागि मात्रै बनाइएको होइन। ओलीजीबाट गणतन्त्रमाथि प्रहार भइसकेपछि त्यसलाई बचाउन बनेको हो। धेरैपटक संसद विघटन भइसकेपछि हामी एक ठाउँ आएका हौं। आगामी स्थानीय तहको निर्वाचनमा त गठबन्धन गर्छौं नै, आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर चुनाव लड्छौं। किनभने, संविधानको रक्षा,  लोकतन्त्रको स्थायित्व र संविधावादको ग्यारेन्टी नहुँदासम्म  सँगसँगै यात्रा गर्ने हाम्रो संकल्प हो। 

हामी १२ बुँदे सहमतिका सहयात्री, शान्ति वार्ता, शान्ति सम्झौता, संविधान लेखनका सहयात्रीहरु यसको रक्षाका लागि केही समय सँगै हिँड्छौं। 

गठबन्धनको अभ्यास चुनावसम्म विगतमा पनि देखियो। त्यसपछि फेरि छुट्टिने क्रम चल्यो र राजनीतिक अस्थिरताकै निरन्तरता देखियो। वर्तमान गठबन्धनबाट राजनीतिक स्थिरता प्राप्त हुने आधार के–के छन्?
हाम्रो संविधानले एकै पार्टीको बहुमत आउने व्यवस्था छैन। मिश्रित निर्वाचन प्रणाली, समानुपातिक समावेशी निर्वाचन प्रणाली अपनाएका छौं। प्रत्यक्षतर्फ धेरै जितेर  पनि सरकार बनाउन सक्ने अवस्था छैन। त्यसैले निर्वाचन अगाडि वा निर्वाचन पछाडि गठबन्धन गर्नैपर्छ। त्यसो गर्दा सापेक्षित अजेन्डा मिल्नेहरुसँग तालमेल गर्नैपर्छ। 

अहिले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनमा छौं। स्थानीय तह, प्रदेश र संघकाे निर्वाचनमा पनि गर्छौंं। 

ओलीजी दक्षिणपन्थको कुनामा पुग्नुभएको छ। धार्मिक राज्यको अजेन्डामा पुग्नुभएको छ। अस्तिसम्म भन्दाचाहिँ पूर्वाग्रहजस्तो देखिन्थ्यो। अहिले निर्वाचनमा त्यो प्रकट भइरहेको छ। मधेशसँग कहिल्यै पनि अजेन्डा मिलेन। तर, अहिले महन्थ ठाकुरसँग  निकटता देखिन्छ। संघीयता, समावेशिता मिलेर उहाँसँग जानुभएको होइन। धार्मिक राज्यको अजेन्डामा पुग्नेमा कहीँ न कहीँ  निकटता हो। अहिले कमल थापा हुँदै लिङ्देनसम्मको गठबन्धनको तयारी गर्नुभएको छ। कमल थापासँग गरिसक्नुभएको छ।  दक्षिणपन्थी शक्तिहरुसँग सहकार्य गरिरहनुभएको छ। यस्तो भन्नुको अर्थ उहाँले अस्तितिर दुई–तीनपटक संविधान विथाल्ने, लोकतन्त्रलाई अस्थिरतातिर लैजाने कोशिस गर्नुभएको थियो,  त्यो कुरा सचेत रुपमा बुझ्यौं  र प्रतिवाद गर्‍यौं। त्यसले ‘कोर्स करेक्सन’ भएर बाटोमा आएको छ। 

चुनावमा जानु त सामान्य लोकतान्त्रिक विधि हो भन्दै हामीलाई जनतासँग फेस गर्न डराएको ठाने केहीले। तर, अहिले जसरी ओलीजीले राजनीतिक अजेण्डा लिनुभएको छ, आम जनता प्रष्ट हुने  अवस्था बनेको छ। उहाँचाहिँ दक्षिणपन्थी, रुढिवादी, परम्परागत धारमा जानुभएको  छ र त्यसको नेता बन्नुभएको छ। हामी संविधान, लोकतन्त्र र समृद्धिको यात्रामा एक ठाउँ बसेका छौं। यथार्थ यो हो। सत्ता स्वार्थमा जान्छन् कि भन्ने आशंका गलत हो। 

Ncell 2
Ncell 2
nimb
nimb

विचार फरक–फरक छन्। सैद्धान्तिक धरातल अलग छन्। चुनावमा पनि त्यही धरातलमा उभिएर आफ्ना अजेन्डासहित किन जान नखोजेको?
दर्शन हाम्रा आ–आफ्ना छन्। दृष्टिकोण फरक छन्। आजको राजनीति एउटै छ।  त्यसकारण यो राजनीतिक गठबन्धन हो। राजनीतिक अजेन्डा लिएर जनतामा जान्छौं। जनस्तरसम्म पुर्‍याउने अजेन्डामा एक छौं। त्यसको जगमा आर्थिक समृद्धि, पूर्वाधारको विकास र जनस्तरका विषय उठाउने कुरामा हामीहरु एकै ठाउँ छौं। यही विषयलाई साझा बनाएर जनतामा जान्छौं। हाम्रो साझा प्रयासले लोकतन्त्र जोगिएको छ। दीर्घकालिन बाटो अलग होला। आजको बाटो मिलेको छ। तात्कालीक समस्या समाधान गर्न मोटामोटी दृष्टिकोण र राजनीतिक कार्यक्रमहरु मिल्छन्। 

तपाईं गठबन्धनका विषयमा यति प्रष्ट हुनुहुन्छ। तर, तपाईंकै पार्टीका नेताहरु तपाईंलाई ‘ओलीनिकट’, ‘गठबन्धन विरोधी’का रुपमा किन चित्रित गरिरहेका छन्? 
यो आरोपमात्रै हो।  म त ओलीको सरकारमै थिएँ नि। झन्डै तीन वर्ष सरकारमा बसेको थिएँ। एकदम सुविधाजनक पोजिसनमा भएको मान्छे सरकार छाडेर आएको हो। सातजना साथीहरुको नेतृत्व गरेर फर्किएको हो। 

माओवादी केन्द्रको नेतृत्व गरिरहेका रामबहादुर थापा ‘बादल’ हरु उतै बसेका बेला म सचेत रुपमा ओलीजीको संविधान र लोकतन्त्रविरोधी कदमले राजनीतिक अस्थिरता निम्त्याउँछ भनेर सम्बन्धविच्छेद गरेर आएको हो। यसले गर्दा प्रश्न गर्ने ठाउँ  छैन।
मन्त्री हुन नपाएर, अवसर नपाएर, विरोध गरेर बसेको मान्छे होइन। म सुरुदेखि नै प्रष्ट मान्छे हो। यो अजेन्डामा मैले अध्यक्ष (पुष्पकमल दाहाल ‘प्रचण्ड’)लाई सहयोग गरेको छु। कुन साथीले कुन सन्दर्भमा भन्नुभयो भन्ने विषयमा सार्वजनिक बहस गर्न जरुरी लाग्दैन।

Xtrem

Xtrem

तपाईं पूर्व अर्थमन्त्रीसमेत हुनुहुन्छ। अर्थतन्त्र संकटतिर धकेलिइरहेको छ। अहिलेको अवस्थालाई कसरी लिनु भएको छ? अहिलेको नेतृत्व (अर्थमन्त्री) असफल हुँदा पार्टीलाई पनि असर पर्छ होला। यो विषयमा पार्टीभित्र छलफल भएको छ कि छैन? 
देश आर्थिक संकटतिरै गएको हो। समयमै यसलाई रोकिएन वा हस्तक्षेप गरिएन भने हामी आर्थिक संकटमै जान्छौं। म पार्टीको अर्थ तथा योजना विभागको प्रमुखसमेत भएकाले हामीले १५–२० दिन अघि छलफल गरेका थियौं। उक्त छलफलपछि पार्टी अध्यक्षलाई सुझाव दिएका थियौं। उहाँ आफैंले पनि केही विषयमा जानकारी लिइरहनु भएको थियो। हाम्रो सुझावपछि सत्ता गठबन्धनको संयन्त्र र शीर्ष नेताहरुको छलफलमा यो कुरा भएको छ। छिट्टै एउटा अन्तर्क्रिया राख्ने तयारी भइरहेको छ।

सत्तापक्ष, प्रतिपक्ष, अर्थविद्, पूर्वअर्थमन्त्रीहरुको उक्त अन्तर्क्रियाबाट आउने निष्कर्षपछि एउटा कदम सरकारले चाल्ने छ। जसले अर्थतन्त्रको सुधार गरोस् र अहिलेको अवस्थालाई सुधार गरोस् भन्ने हामीले चाहेका छौं। यही कुरा उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्णय पनि गरेको छ। अहिलेको संकट सबैले अनुभूत गरेको विषय हो। 

यो समस्या अहिले आएरमात्र भएको हैन। युवराज खतिवडा र विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएका कतिपय नीतिका कारण अहिले परिणाम देखा परेको छ। यो कुराको जिम्मा उहाँहरुले लिनुपर्छ। केही कुराहरु अहिले गर्न सकिन्थ्यो। तर हुन सकेन। विलासिताका सामानहरु र ५०  लाख डलरभन्दा माथिका गाडी आयात रोक्नुपर्ने थियो। विगतमा रोकिएको थियो। तर विष्णु पौडेल अर्थमन्त्री भएपछि त्यसका लागि एलसी खोल्ने बाटो खोलियाे। यो कुरामा अहिलेको सरकार लिवरल भयो। त्यस्तै हामीलाई आवश्यक नभएका सुपारी, छोकडा र मरिचजस्ता वस्तुहरु, जुन परिणाममा आयात हुन्छन्, त्यो हाम्रोमा खपत हुँदैन। त्यसलाई खोल्नु आवश्यक थिएन। 

विगतमा पनि सरकारको यस्तो कदमको विरोध भएपछि रोकिएको थियो, तर अहिले सरकार आएपछि खोलियो। त्यस्तै कोभिड महामारीको संकट पनि अर्को कारणको  रुपमा देखियो। विगतदेखि अहिलेका सबैले नीति बनाएर सम्बोधन गर्न नसकेको कुराको नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ। केही नीतिगत रुपमा अहिलेको सरकार आएपछि समयमै हस्तक्षेप हुन सकेको देखिएन।

संकट समाधानका उपाय के–के हुन सक्छन्?
केही अर्थ मन्त्रालय, केही नेपाल राष्ट्र बैंक र समग्र सरकारले गर्नेदेखि अन्तरमन्त्रालय समन्वय हुनुपर्ने थियाे। त्यसलाई गर्न सकिएन। यसमा लाज मान्ने र अप्ठ्यारो मान्ने कुरा होइन। जे हो, त्यो कुरालाई सार्वजनिक रुपमा आह्वान गर्न सक्नुपर्ने थियो। सर्वसाधारणलाई हामी कहाँ–कहाँ समस्यामा छौं, त्यो कुरामा आह्वान गर्नुपर्ने थियो। केही कोभिडका कारण, केही विगतका सरकारका कारण र केही यो सरकारले सम्वोधन गर्न खोज्दा–खोज्दै नसकिएको कारण छन् भनेर भन्न सक्नुपर्ने थियो। 

लोकतन्त्र भनेको जनतासँग संवाद गर्ने कुरा हो। केही मानिसले ठेक्का लिने कुरा होइन। हिजो पनि संवादबाटै समस्या समाधान गरेको हो, आज पनि संवादबाटै गर्ने हो। समस्या सबैले बुझ्छन्। हामीकहाँ वैदेशिक रोजगारीमा जानेको संख्या कोभिडका कारण घट्यो, अब रेमिट्यान्स घट्छ। त्यसैले आयात घटाउने अनि विलासिताका उपभोग्य वस्तुहरु घटाउन संवाद गर्न जरुरी थियो। यति भन्न सकेको भए जनताले बुझ्ने थिए। व्यापारीहरुले पनि यो कुरा बुझ्ने थिए नि। नेतृत्वमा रहेका प्रधानमन्त्री र अर्थमन्त्रीले आमजनलाई आव्हान गर्नुपर्छ। युक्रेनमा रसियाले आक्रमण गरेपछि त्यहाँको सरकारले आह्वान गर्‍यो, मानिसहरु हतियार लिएर सडकमा आउन पनि तयार भए। 

देशका लागि नागरिक ज्यान दिन तयार हुन्छन्। यस्ता संकटहरुमा त राष्ट्रिय प्रयत्न गर्ने हो। एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने होइन, पूर्वाग्रही हुने होइन। सामान्य अवस्थामा अर्थमन्त्री वा प्रधानमन्त्रीले मात्र पहल गर्दा पनि हुनसक्छ। तर अहिलेको अवस्था सामान्य हैन। विशिष्ट अवस्थामा देशलाई एकजुट बनाएर नेतृत्वले लैजाने हो। अर्थमन्त्रीले मलाई मेरो सहयोद्धाले अप्ठ्यारो पारे भन्ने ठान्न थाल्नुभयो भने कमजोरी हुन्छ । प्रधानमन्त्रीले पनि मलाई मात्र अप्ठ्यारो पार्न खोजियो भन्ने बुझ्दा गलत हुन्छ। यो कोणबाट सोच्दा देशको संकट समाधानबाट पार पाउन सकिन्छ। नत्र भने हामी झन् संकटमा फस्दै जान्छौं। देश अप्ठेरो अवस्थामा नजाओस् भन्ने हामी सबैको चाहना हो। 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्