• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भरतपुर महानगरमा गठबन्धनलाई चुनौतीका रुपमा हेरेका छैनौँ : विजय सुवेदी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  ०९:३४
1140x725

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मतबाट निर्णय गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीसमेत सहभागी नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पाँच दलीय गठबन्धन एकातिर र एमाले एकातिर भएर स्थानीय तहको निर्वाचनमा होमिने परिस्थिति निर्माण हुँदै गर्दा एमालेले एक कदम अघि बढेर उम्मेदवार टुंगो लगाएको हो।

सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए। तीन कार्यकाल नेकपा एमाले चितवनको जिल्ला नेतृत्व हाँकिसकेका सुवेदी अहिले पार्टीको बागमती प्रदेश कमिटी सचिव छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा स्नातक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बुद्धिजम’मा स्नातकोत्तर गरेका सुवेदीसँग आसन्न स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

पार्टीले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। यसलाई कसरी लिनुभएको छ?
म पहिलेदेखि नै जनतासँग जोडिएर काम गर्न चाहने मानिस हुँ। परिणाममुखी काम गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै मान्यता हो। यसअघि मैले पार्टी अध्यक्षलाई टिकटको लागि भनेको थिएँ तर अहिले टिकटका लागि अनुरोध गर्न गएको थिइनँ। हाम्रै जिल्लाका नेताहरुको सरसल्लाहअनुसार नै अहिले मलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको हो। जनतासँग जोडिएर काम गर्न चाहेकाले नै मलाई साथीहरुले उपयुक्त ठान्नुभएको हो।

२०७४ को निर्वाचनमा पनि मैले मेयरको उम्मेदवार हुन्नँ, बरु वडाध्यक्ष हुन्छु, सांसद हुन्न भनेको थिएँ। तर, पछि मेयरमा मभन्दा सिनियर देवी ज्ञवालीजी उम्मेदवार बन्नुभयो। त्यतिबेला वडाध्यक्षको सबै टुंगो लागिसकेको थियो। त्यसपछि प्रदेश सभाको निर्वाचनमा पार्टीले नै उम्मेदवार बनाएपछि निर्वाचित भएको थिएँ। मैले जति सकेँ, प्रदेश सांसद भएर भूमिका खेलेँ। तर, अब मेरो इच्छा भनेको जनतासँग दैनिक रुपमा जोडिएर जनताकै सेवा गर्ने भन्ने हो। महानगरीय सरकारमार्फत त्यो बढी सम्भव हुने भएकाले यो जिम्मेवारीमा आउन चाहेको हो।

पाँचदलीय गठबन्धन एकातिर छ, अर्कोतिर एमाले एक्लै छ। तपाईंले कसरी भरतपुर महानगरमा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ?
चितवन भनेको साक्षर मानिसहरुको बसोबास भएको ठाउँ हो। केही नयाँ सुरुवात हुन्छ भने त्यो चितवनबाट नै हुन्छ। २०३६ देखि २०४६ साल लगायतका विभिन्न आन्दोलनमा पनि चितवनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसैले यहाँ धेरै सचेत नागरिक हुनुहुन्छ। आज हामी जुन अवस्थामा छौं, यो अवस्थाबाट पार हुन चाहन्छौँ। चितवन एउटा योग्य र सफा स्वच्छ शहर बनोस् भन्ने सबैको चाहना पनि छ। त्यो चाहना पूरा गर्नको लागि अहिले कोसँग कहाँ गठबन्धन भयो भनेर होइन, त्यो परिकल्पना पूरा गर्न सक्ने मानिसलाई नै जिताउने हो।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँका आम मानिसले पनि बुझेका छन्, किन गठबन्धन गर्ने, जनता जसलाई चाहन्छन्, उसैलाई भोट दिन्छन्। आ-आफ्नै हिसाबले चुनावमा जाऔँ, प्रतिस्पर्धा गरौँ भन्ने मेरो मान्यता हो। जनताले जिम्मेवारी दिए काम गर्ने हो। दिएनन् भने जबर्जस्ती गठबन्धन वा अन्य केही गरेर बस्ने काम नगरौँ भन्ने मेरो बुझाइ हो। गठबन्धनलाई मैले धेरै चासोको रुपमा लिएको छैन। म यति चाहन्छु कि प्रजातान्त्रिक किसिमको संस्कारयुक्त साथी प्रतिस्पर्धामा आउनुभयो भने प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिन्थ्यो।

पाँच दल एकातिर हुँदा त एमालेलाई चुनौती नै होला नि, होइन र?
अघिल्लो पटक पनि भरतपुरमा गठबन्धन भएकै हो र नेकपा एमालेले एक्लै चुनाव लडेको हो। हाम्रा उम्मेदवार देवी ज्ञवालीलाई एमालेले मात्रै मतदान गरेका थिएनन्, सबैले मतदान गरेका थिए। त्यस कारणले गठबन्धन भन्ने कुरा केही निश्चित कार्यकर्तासँग जोडिएको विषय मात्रै हो। तर, आम जनताको कुराचाहिँ गठबन्धनसँग जोडिँदैन। मतदाताले स्वतन्त्र रुपमा नै मत हाल्ने कुरा हो। यति धेरै पार्टी भनेर केही हुँदैन। हामीलाई जनताले भोट दिएर जिताउनुहुन्छ। त्यसैले पाँच दल मिले भन्दैमा चुनौती छ भन्ने रुपले बुझ्दैनौं।

भरतपुर महानगरमा एमालेले पनि कसैसँग तालमेल गर्छ कि?
अहिलेसम्म पार्टीले केन्द्रबाट तालमेल गर्ने कुरा गरेको छैन। गठबन्धन भनिएका दलहरु कसरी आउँछन्, त्यो हेर्छौँ। त्यसपछिको परिस्थिति कस्तो बन्छ र केन्द्रले के भन्छ, त्यसै अनुसार नै निर्धारण हुन्छ। तर, मलाई के लाग्छ भने गठबन्धन गरेर जानेभन्दा पनि जो उठ्ने हो, आ–आफ्नो हिसाबले प्रतिस्पर्धा गर्नु उपयुक्त हुन्छ। त्यसको आधारमा जनताले मतदान गर्छन्। गठबन्धन भएमा थोरै मतको मात्रै प्रभाव पर्ने हो, ठूलो प्रभाव पर्दैन।

Xtrem
Xtrem

गठबन्धन भयो र अहिलेकै मेयरले टिकट पाएमा उहाँसँग नै तपाईंले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ नि। कठिन हुँदैन?
म उम्मेदवारको रुपमा प्रस्तावित भएको छु। अब अर्को पक्ष गठबन्धन गरेर हुन्छ वा छुट्टाछुट्टै आउनुहुन्छ, जसरी आए पनि हाम्रो प्रतिस्पर्धा त स्वभाविक नै भइहाल्छ। चाहे अहिलेको मेयर नै उम्मेदवार हुनुहोस् वा कांग्रेसको होस् वा अन्य कुनै उम्मेदवार होस्, जो भए पनि स्वस्थ हिसाबले प्रतिस्पर्धा गरौँ, जनताले आफूले विश्वास गरेकालाई मत दिइहाल्नुहुन्छ। पदमा पुग्नका लागि कुनै पनि प्रकारको गलत काम नहोस्। हाम्रो संस्कार, संस्कृति, प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नुपर्छ। जस्तो, यसअघि चुनाव जित्नका लागि गरिएका कामहरु नगरौँ। हामीले निर्वाचन आयोगको आचारसंहितालाई अक्षरश: पालना गरेर प्रतिस्पर्धामा जाऔँ भन्ने नै हो।

भरतपुर महानगरको मेयर लड्दै गर्दा तपाईंले जनतासँग भोट माग्ने आधार के हुन्?
२०७२ मा संविधान जारी भएपछि संघीय शासनअनुसार महानगरीय सरकार बनेको छ। जनतासँग प्रत्यक्ष जोडिएको सरकारका रुपमा स्थानीय सरकार रहेको हुन्छ। त्यस कारणले गर्दा यो सरकारले जनताको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्नुपर्ने हुन्छ। सुरुमा त मैले महानगरका सम्पूर्ण नागरिकहरुको अभिलेख राख्ने काम गर्नेछु। त्यसको आधारमा गरिबीको रेखामुनि रहेका जति पनि मानिसहरु हुनुहुन्छ, उहाँहरुको शिक्षा, स्वास्थ्य, खानेबस्ने लगायतका समस्याहरुलाई सम्बोधन गर्ने नै हुन्छन्।

कुनै पनि मानिस भोकै बस्नु हुँदैन भन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर नै काम गर्छु। भौतिक पूर्वाधार विकासको हकमा गुरुयोजना नै बनाएर काम अघि बढाउने हो। भरतपुरलाई कस्तो महानगर बनाउने भन्ने गुरुयोजना बनाएर त्यसैअनुसार अघि बढ्छौँ। यहाँको भौतिक, पर्यावरणीय र वातावरण, सामाजिक, सांस्कृतिक लगायतको योजना बनाएर अबको १० वर्षभित्रमा कस्तो महानगर बनाउने भन्ने उद्देश्य राखेर आगामी ५ वर्षमा एउटा स्वरुप दिने भन्ने नै हो। 

प्रत्येक वर्षको कार्ययोजना छुट्टाएर काम गर्छौं। नेपालकै नमूना महानगरको रुपमा अघि बढाउने भन्ने योजना हो। अहिलेदेखि नै योजना बनाएर काम गरेमा नमूना सहरको रुपमा विकास गरेर लैजान सक्ने पर्याप्त सम्भावना रहेको ठाउँ हो, भरतपुर महानगर। अहिलेसम्म हामीले राजनीतिक क्रान्ति गर्‍यौं। अब आर्थिक, सामाजिक क्रान्तिको समयमा छौँ। त्यसैले गर्दा जनताको जीवनस्तर परिवर्तन गर्ने कुरा नै महत्त्वपूर्ण पक्ष हो भन्ने छ। त्यसैले भरतपुरलाई नमुना सहर बनाएर देखाउनका लागि एमालेलाई जिताउनुस् भनेर नै हामी महानगरवासीसँग भोट माग्छौं।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्