• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अदालत व्यापार गर्ने ठाउँ होइन, बैंक ब्यालेन्सको सोच राख्ने न्यायाधीशले न्याय दिन सक्दैन : गोपालकृष्ण घिमिरे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत २८, २०७८  २०:४८
1140x725

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २६औं नेतृत्वका लागि चैत १९ गते भएको निर्वाचनबाट सत्ता गठबन्धन दल समर्थित लोकतान्त्रिक प्रगतिशील गठनबन्धनले सबै पदमा जित हासिल गरेको छ। वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्। घिमिरेसँग बार निर्वाचन, न्याय क्षेत्रका विवाद र न्याय प्रणालीमा सुधारलगायत विषयमा नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको कुराकानी :

नेपाल बार एसोसिएसनको अध्यक्ष निर्वाचित हुनुभएको छ, तपाईंका प्राथमिकताका काम के–के हुन्छन्?
बार सधैँको प्रतिपक्ष हो। बारले सधैँ प्रश्न उठाउने हो। लोकतन्त्रविरुद्ध हामी कुनै सम्झौता गर्दैनौँ। मानव अधिकार, विधिको शासनजस्ता विषय बारले भुल्न मिल्दैन। ममाथि भरोसा गरेर नै अध्यक्षमा जिताउनु भएको हो। अब हामीले कार्ययोजना बनाएर काम गर्नुपर्ने छ। बारलाई पार्टीको भातृ संगठन बनाउन हुँदैन भन्नेमा म यसमा प्रष्ट छु। निर्वाचनमा पार्टीको चिह्नमा भोट हाल्ने विषय अलग हो, तर बारको नेतृत्वमा आएपछि त्यो विचारलाई बाहिर राखेर काम गर्नुपर्छ। 

नेपालको संविधान कार्यान्वयनको अवस्था अझै बाँकी छ। अहिले संघियतामाथि प्रश्न उठेको छ। दुई तहका सरकार मजबुत छन्, तर प्रदेश सरकारको अस्तित्वमाथि प्रश्न खडा भएको छ। बार कानुन बुझेको निकाय भएकाले यो प्रश्नमा काम गर्नुपर्ने छ। त्यस्तै अदालतबाट हुने व्याख्यामा पनि बारको चासो रहन्छ। संविधानको सर्वोच्चता नै हाम्रो मुख्य उद्देश्य हो। बारले संविधान कार्यान्वयन राम्रोसँग हुनुपर्छ भनेर सधैँ बोल्ने गरेको छ। हामी न्यायपालिकाको पहरेदार पनि हौँ। अहिले न्याय पाउन मुस्लिक भएको कुरा बारम्बार उठ्छ। एक दिनमा कतिवटा मुद्दा फैसला भएका छन्, कति मुद्दा सुनुवाइ हुन सकेका छैनन्, मानिसहरु जेलमा बिनाकारण पनि बस्नुपरेको अवस्था  छ, हामी सामाजिक अभियन्ता पनि भएकाले यी सबै विषयमा काम गर्नेछौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

अदालत अहिले विवादमा छ। न्यायालयको नेतृत्वमाथि प्रश्नहरू छन्। अदालतलाई स्वच्छ बनाएर लैजान बारले गर्ने काम के हुनसक्छन्? तपाईंका योजना के छन्? 
हामी राष्ट्रलाई नै जवाफ दिनुपर्ने निकाय हौँ। हाम्रो न्यायालय अब सक्षम छ भनेर देखाउनु पर्नेछ। यहाँबाट प्राप्त हुने न्याय संसारमै अब्बल छ भनेर पुष्टि गर्नु पर्नेछ। यसका लागि सबैले अनुशासीत हुने हो। त्यहाँ कार्यरत कर्मचारी, न्यायाधीश र कानुन व्यवसायी सबै अनुशासनमा बस्नै पर्छ। अन्य कतिपय देशले प्रगति गरेको अदालत पारदर्शी र सक्षम भएर हो। अहिले न्यायाधीशमाथि मात्र होइन वकिलहरूमाथि पनि प्रश्न उठेको छ। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको समितिले दिएको प्रतिवेदनमा यो विषय उल्लेख छ। त्यसअघि पनि यस्ता समितिहरूले अदालत र कानुन व्यवसायीमाथि प्रश्न उठाएर प्रतिवेदन दिने गरेका थिए। अब प्रश्नको हल नगरी छाड्न सकिँदैन। विकृति छ भनेर पटकपटक भन्ने तर, त्यसको न्यूनीकरणमा ध्यान नदिने गर्न सकिँदैन। बार एसोसिएसन लोभ र मोह त्यागेर काम गर्ने ठाउँ हो।

कानुन व्यवसायीहरू बिचौलिया बन्ने गरेको आरोप पनि छ। केहीले त्यस्तो गरेका होलान्, तर ती केही व्यक्तिका लागि सबै कानुन व्यवसायीले यो लाञ्छना सहेर बस्ने कुरा हुँदैन। न्यायकर्मी सक्षम हुनुपर्छ। न्याय गर्न नसक्ने भनी हटाउन पर्ने अवस्था नआयोस्। हामी यसमा छलफल गरेर उचित कदम चाल्छौँ।

Xtrem
Xtrem

कुनै न्यायाधीशले गलत गर्दा राजीनामा दिएर उम्किएको देखियो। न्यायालय शुद्धीकरणका लागि यस्तो विकृतिविरुद्ध बार बोल्नुपर्ने होइन? न्यायालय सुधारको ठोस एजेन्डा खोई त?
तपाईंले भनेको कुरा ठीक हो। एउटा व्यक्तिले गल्ती गर्छ, तर दोष समग्र न्यायलय र कानुन व्यवसायीले भोग्नु परिरहेको छ। गल्ती गर्ने व्यक्ति राजिनामा दिएर वा अलग भएर उन्मुक्ति पाउँदै आएको छ। अब बारले न्यायिक नेतृत्वसँग यो विषय उठाउँछ। अब यस्तो हुन नदिन पहल गर्छौँ। कसैले गल्ती गरे त्यसलाई कारबाही हुनुपर्छ। उन्मुक्तिका लागि नभइ कारबाहीका लागि छानबिन हुनुपर्छ। भ्रष्टाचार निवारण ऐन न्यायाधीशलाई लाग्दैन भनेर उन्मुक्ति पाइन्छ र? पाइँदैन। गलतलाई गलत भन्न सक्नुपर्छ। हामी न्यायमुर्तिको सम्मान गर्छौँ, तर गलत हो भने गलतकै रूपमा कारबाही हुनुपर्छ। अदालतमा व्यापार गर्न होइन, न्याय दिन जाने हो। कोही न्यायाधीशले व्यापारी जस्तो पैसा कमाएर बैंक ब्यालेन्स गर्छु भनेर सोच्न पाउँदैन। कानुन व्यवसायीले पैसा कमाउन सक्छन्, त्यो पनि कर तिरेर कमाउनुपर्छ। त्यसबाहेक कानुन व्यवसायमा भइरहेको आकर्षण घट्न नदिने र कानुन व्यवसायीहरूको गिर्दो छविलाई उठाउनुपर्ने चुनौती छ। यी सबै काम गर्न आस र त्रास नभएको व्यक्ति हुनुपर्छ। म ढुक्कका साथ भन्छु म आस र त्रास नभएको व्यक्ति हुँ।

बारले न्यायालयमा चलिरहेको आन्दोलन कसरी अघि बढाउँछ? 
बारले चलाएको आन्दोलन अब सुधारका लागि अघि बढ्छ। यसका लागि बारका देशभरका इकाइहरुको सम्मेलन हुन्छ। उक्त सम्मेलनमा अध्यक्ष र सचिव हुने छन्। उनीहरु आफ्नो क्षेत्रका साथीहरूसँग छलफल गरेर एजेण्डासहित आउनेछन्। यसबाट बारले आन्दोलनको नयाँ स्वरूप निर्धारण गर्न र सामूहिकतामा बल पुग्नेछ। यो आन्दोलनले  न्यायालयभित्र रहेका सबै विकृत र विसंगतिहरूको सुधारका लागि पहल गर्नेछ। भ्रष्टाचाररहित न्यायालय बनाउन लाग्नेछौँ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग संसदमा विचाराधीन छ। यसलाई किनारा लगाउन बारको केही भूमिका हुन्छ?
सार्वभौम संसदमा विचाराधीन विषयमा हामीले धेरै चर्चा गरिराख्न उपयुक्त हुँदैन। हामीलाई लागेको त्यो विषय टुङ्ग्याउन संसद नै सक्षम छ। यो महाभियोग प्रस्ताव पारित हुन्छ भन्ने मलाई लागेको छ। यति विवादित भएपछि फेरि चोलेन्द्रशमशेर राणा सर्वोच्च फर्किन्छन् भनेर कल्पना गरेका छैनौँ। न्यायालयलाई काम नगर्ने मानिसको खाँचो छैन। उहाँ काम गर्ने मानिस हैन भन्ने कुरा पुष्टि भइसकेको छ। उहाँकै कारण न्यायालयमा भाडभैलो भयो। हाम्रो मुख्य आन्दोलन विकृति, बिचौलिया र भ्रष्टाचारविरुद्ध हो। मेरो कार्यसमितिले यस विषयमा छलफल गर्छ। मैले अघि नै भनेँ, देशभरका बारका युनिटको छलफलपछि हामी अझ सशक्त आन्दोलन गर्छौँ, त्यो अहिलेको भन्दा पनि दबाबमूलक हुन्छ। न्यायालयको स्वच्छताको विषय अब उठ्न नसक्ने गरी बारले काम गर्छ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्