• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अदालत व्यापार गर्ने ठाउँ होइन, बैंक ब्यालेन्सको सोच राख्ने न्यायाधीशले न्याय दिन सक्दैन : गोपालकृष्ण घिमिरे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत २८, २०७८  २०:४८
1140x725

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २६औं नेतृत्वका लागि चैत १९ गते भएको निर्वाचनबाट सत्ता गठबन्धन दल समर्थित लोकतान्त्रिक प्रगतिशील गठनबन्धनले सबै पदमा जित हासिल गरेको छ। वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्। घिमिरेसँग बार निर्वाचन, न्याय क्षेत्रका विवाद र न्याय प्रणालीमा सुधारलगायत विषयमा नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको कुराकानी :

नेपाल बार एसोसिएसनको अध्यक्ष निर्वाचित हुनुभएको छ, तपाईंका प्राथमिकताका काम के–के हुन्छन्?
बार सधैँको प्रतिपक्ष हो। बारले सधैँ प्रश्न उठाउने हो। लोकतन्त्रविरुद्ध हामी कुनै सम्झौता गर्दैनौँ। मानव अधिकार, विधिको शासनजस्ता विषय बारले भुल्न मिल्दैन। ममाथि भरोसा गरेर नै अध्यक्षमा जिताउनु भएको हो। अब हामीले कार्ययोजना बनाएर काम गर्नुपर्ने छ। बारलाई पार्टीको भातृ संगठन बनाउन हुँदैन भन्नेमा म यसमा प्रष्ट छु। निर्वाचनमा पार्टीको चिह्नमा भोट हाल्ने विषय अलग हो, तर बारको नेतृत्वमा आएपछि त्यो विचारलाई बाहिर राखेर काम गर्नुपर्छ। 

नेपालको संविधान कार्यान्वयनको अवस्था अझै बाँकी छ। अहिले संघियतामाथि प्रश्न उठेको छ। दुई तहका सरकार मजबुत छन्, तर प्रदेश सरकारको अस्तित्वमाथि प्रश्न खडा भएको छ। बार कानुन बुझेको निकाय भएकाले यो प्रश्नमा काम गर्नुपर्ने छ। त्यस्तै अदालतबाट हुने व्याख्यामा पनि बारको चासो रहन्छ। संविधानको सर्वोच्चता नै हाम्रो मुख्य उद्देश्य हो। बारले संविधान कार्यान्वयन राम्रोसँग हुनुपर्छ भनेर सधैँ बोल्ने गरेको छ। हामी न्यायपालिकाको पहरेदार पनि हौँ। अहिले न्याय पाउन मुस्लिक भएको कुरा बारम्बार उठ्छ। एक दिनमा कतिवटा मुद्दा फैसला भएका छन्, कति मुद्दा सुनुवाइ हुन सकेका छैनन्, मानिसहरु जेलमा बिनाकारण पनि बस्नुपरेको अवस्था  छ, हामी सामाजिक अभियन्ता पनि भएकाले यी सबै विषयमा काम गर्नेछौँ। 

Ncell 2
Ncell 2

अदालत अहिले विवादमा छ। न्यायालयको नेतृत्वमाथि प्रश्नहरू छन्। अदालतलाई स्वच्छ बनाएर लैजान बारले गर्ने काम के हुनसक्छन्? तपाईंका योजना के छन्? 
हामी राष्ट्रलाई नै जवाफ दिनुपर्ने निकाय हौँ। हाम्रो न्यायालय अब सक्षम छ भनेर देखाउनु पर्नेछ। यहाँबाट प्राप्त हुने न्याय संसारमै अब्बल छ भनेर पुष्टि गर्नु पर्नेछ। यसका लागि सबैले अनुशासीत हुने हो। त्यहाँ कार्यरत कर्मचारी, न्यायाधीश र कानुन व्यवसायी सबै अनुशासनमा बस्नै पर्छ। अन्य कतिपय देशले प्रगति गरेको अदालत पारदर्शी र सक्षम भएर हो। अहिले न्यायाधीशमाथि मात्र होइन वकिलहरूमाथि पनि प्रश्न उठेको छ। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको समितिले दिएको प्रतिवेदनमा यो विषय उल्लेख छ। त्यसअघि पनि यस्ता समितिहरूले अदालत र कानुन व्यवसायीमाथि प्रश्न उठाएर प्रतिवेदन दिने गरेका थिए। अब प्रश्नको हल नगरी छाड्न सकिँदैन। विकृति छ भनेर पटकपटक भन्ने तर, त्यसको न्यूनीकरणमा ध्यान नदिने गर्न सकिँदैन। बार एसोसिएसन लोभ र मोह त्यागेर काम गर्ने ठाउँ हो।

कानुन व्यवसायीहरू बिचौलिया बन्ने गरेको आरोप पनि छ। केहीले त्यस्तो गरेका होलान्, तर ती केही व्यक्तिका लागि सबै कानुन व्यवसायीले यो लाञ्छना सहेर बस्ने कुरा हुँदैन। न्यायकर्मी सक्षम हुनुपर्छ। न्याय गर्न नसक्ने भनी हटाउन पर्ने अवस्था नआयोस्। हामी यसमा छलफल गरेर उचित कदम चाल्छौँ।

कुनै न्यायाधीशले गलत गर्दा राजीनामा दिएर उम्किएको देखियो। न्यायालय शुद्धीकरणका लागि यस्तो विकृतिविरुद्ध बार बोल्नुपर्ने होइन? न्यायालय सुधारको ठोस एजेन्डा खोई त?
तपाईंले भनेको कुरा ठीक हो। एउटा व्यक्तिले गल्ती गर्छ, तर दोष समग्र न्यायलय र कानुन व्यवसायीले भोग्नु परिरहेको छ। गल्ती गर्ने व्यक्ति राजिनामा दिएर वा अलग भएर उन्मुक्ति पाउँदै आएको छ। अब बारले न्यायिक नेतृत्वसँग यो विषय उठाउँछ। अब यस्तो हुन नदिन पहल गर्छौँ। कसैले गल्ती गरे त्यसलाई कारबाही हुनुपर्छ। उन्मुक्तिका लागि नभइ कारबाहीका लागि छानबिन हुनुपर्छ। भ्रष्टाचार निवारण ऐन न्यायाधीशलाई लाग्दैन भनेर उन्मुक्ति पाइन्छ र? पाइँदैन। गलतलाई गलत भन्न सक्नुपर्छ। हामी न्यायमुर्तिको सम्मान गर्छौँ, तर गलत हो भने गलतकै रूपमा कारबाही हुनुपर्छ। अदालतमा व्यापार गर्न होइन, न्याय दिन जाने हो। कोही न्यायाधीशले व्यापारी जस्तो पैसा कमाएर बैंक ब्यालेन्स गर्छु भनेर सोच्न पाउँदैन। कानुन व्यवसायीले पैसा कमाउन सक्छन्, त्यो पनि कर तिरेर कमाउनुपर्छ। त्यसबाहेक कानुन व्यवसायमा भइरहेको आकर्षण घट्न नदिने र कानुन व्यवसायीहरूको गिर्दो छविलाई उठाउनुपर्ने चुनौती छ। यी सबै काम गर्न आस र त्रास नभएको व्यक्ति हुनुपर्छ। म ढुक्कका साथ भन्छु म आस र त्रास नभएको व्यक्ति हुँ।

बारले न्यायालयमा चलिरहेको आन्दोलन कसरी अघि बढाउँछ? 
बारले चलाएको आन्दोलन अब सुधारका लागि अघि बढ्छ। यसका लागि बारका देशभरका इकाइहरुको सम्मेलन हुन्छ। उक्त सम्मेलनमा अध्यक्ष र सचिव हुने छन्। उनीहरु आफ्नो क्षेत्रका साथीहरूसँग छलफल गरेर एजेण्डासहित आउनेछन्। यसबाट बारले आन्दोलनको नयाँ स्वरूप निर्धारण गर्न र सामूहिकतामा बल पुग्नेछ। यो आन्दोलनले  न्यायालयभित्र रहेका सबै विकृत र विसंगतिहरूको सुधारका लागि पहल गर्नेछ। भ्रष्टाचाररहित न्यायालय बनाउन लाग्नेछौँ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग संसदमा विचाराधीन छ। यसलाई किनारा लगाउन बारको केही भूमिका हुन्छ?
सार्वभौम संसदमा विचाराधीन विषयमा हामीले धेरै चर्चा गरिराख्न उपयुक्त हुँदैन। हामीलाई लागेको त्यो विषय टुङ्ग्याउन संसद नै सक्षम छ। यो महाभियोग प्रस्ताव पारित हुन्छ भन्ने मलाई लागेको छ। यति विवादित भएपछि फेरि चोलेन्द्रशमशेर राणा सर्वोच्च फर्किन्छन् भनेर कल्पना गरेका छैनौँ। न्यायालयलाई काम नगर्ने मानिसको खाँचो छैन। उहाँ काम गर्ने मानिस हैन भन्ने कुरा पुष्टि भइसकेको छ। उहाँकै कारण न्यायालयमा भाडभैलो भयो। हाम्रो मुख्य आन्दोलन विकृति, बिचौलिया र भ्रष्टाचारविरुद्ध हो। मेरो कार्यसमितिले यस विषयमा छलफल गर्छ। मैले अघि नै भनेँ, देशभरका बारका युनिटको छलफलपछि हामी अझ सशक्त आन्दोलन गर्छौँ, त्यो अहिलेको भन्दा पनि दबाबमूलक हुन्छ। न्यायालयको स्वच्छताको विषय अब उठ्न नसक्ने गरी बारले काम गर्छ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग मंगलबार, माघ १३, २०८२
ओखलढुंगामा राई दम्पतीको हत्या मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्