• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बन्दै गरेको नेताहरूको भनाइ, कसले के भने?

64x64
नेपाल लाइभ शुक्रबार, चैत ११, २०७८  १६:०४
1140x725

काठमाडौं– सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेश बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दियो। न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद्, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन मन्त्रालय र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको थियो।  

मतदानको अधिकार ‘आधारभूत’ र ‘संवैधानिक’ रहेको सर्वोच्चले जनाएको थियो। उक्त आदेशपछि निर्वाचन आयोग, संसदीय समिति र विभिन्न संघसंस्थाले यसका लागि अभियान नै थालेका छन्। तर, अहिलेसम्म उक्त फैसला कार्यान्वयन हुन सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

प्रमुख राजनैतिक दलका नेताहरूले भने विदेशमा रहेका नेपाली नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न यथाशीघ्र कानुन बनाउने पक्षमा प्रतिबद्धता दोहोर्‍याएका छन्। नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) द्वारा हालै आयोजित ‘विदेशमा रहेका नेपालीको मताधिकार अधिकार सम्बन्धी नीति संवाद’मा नेताहरूले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन्।

कसले के भने?
कसरी मतदान गराउने भन्ने अध्ययन भइरहेको छ
प्रदीप ज्ञवाली, उपमहासचिव, नेकपा एमाले

मताधिकारबारे सैद्धान्तिक रुपमा कसैको असहमति छैन। नागरिकको विवेकपूर्ण र स्वतन्त्र मतले नै लोकतन्त्र जोगाउँछ। यसमा नेकपा एमालेको कुनै असहमति छैन। हामी विभिन्न ढंगले पहल पनि गरेका छौं। सर्वोच्चको फैसलापछि केही काम भएको छ।
तत्कालीन निर्वाचन आयुक्त नरेन्द्र दाहालको नेतृत्वमा एउटा कमिटी बनेर प्रतिवेदन बनाएको थियो। राज्य व्यवस्था समितिमा पनि छलफल गरेको थियो। समितिले विदेशमा रहेका नेपालीलाई मताधिकारको अधिकार दिलाउन निर्देशन दिएको थियो। यही निर्देशनको आधारमा निर्वाचन आयोगले एउटा कानुन मस्यौदा गरिरहेको छ।
आयोगले कानुन मस्यौदा गरेपछि मन्त्रालय हुदै संसद्‌मा जान्छ। त्यसलाई छिटो पारित गराउनलाई दलहरुले भूमिका खेल्न सक्छन्। यो अबको अधिवेशनमा संसद्‌मा आउला, अनि विदेशमा रहेका नेपालीले मत दिन पाउने कानुन स्थापना होला।
त्यस्तै, विदेशमा रहेका दुतावासहरुले पनि कसरी मतदान गराउन सकिन्छ भनी अध्ययन गरेको मैले जानकारी पाएको छु। नागरिकता विधेयक संसद्‌मा विचाराधीन छ। यसले गैरआवसीय नेपालीले पाउने नागरिकताबारे टुङ्गो लाग्छ अनि मतदानको कुरा पनि सहज हुन्छ।
आगामी निर्वाचनमा सम्भव छैन, पाँच वर्षपछि गराउनुपर्छ
प्रकाशशरण महत, प्रवक्ता, नेपाली कांग्रेस 

नेपालको ठूलो जनशक्ति विदेशमा छ। उहाँहरूको सहभागिताबिना लोकतन्त्रले पूर्णता पाउँदैन। पाँच वर्षअघि विदेशमा भएका नेपालीलाई मताधिकार दिनुपर्छ भनेर घोषणा पत्रमा भनेका थियौँ। तर, व्यावहारिक कुरा धेरै बाँकी छ। कानुन बनाएर मात्र हुँदैन सुरक्षित रुपमा कसरी अधिकार दिने भन्ने पनि छ। अरु देशको अभ्यास के छ हेर्नु पर्छ। तर, उनीहरूको र हाम्रो फरक छ।
भारत, श्रीलंका र पाकिस्तान जस्ता देशले यसलाई अभ्यासमा ल्याउन सकेका छैनन्। हाम्रोमा राजनीतिक सोच र अदालतको फैसला दुवै छ। तर, यसलाई कार्यान्वयन गर्न सकेका छैनौँ। सबै नेपालीहरुले भोट दिन पाउनुपर्छ भन्ने कुरामा कसैलाई द्विविधा छैन र यो सहज पनि छैन। निर्वाचन आयोगले यसमा केही काम भने गरिरहेको छ। 
स्थानीय निर्वाचन वैशाख ३० गते हुने भएकाले सम्भव छैन। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि सम्भव होला जस्तो लाग्दैन। अबको पाँच वर्षमा यसलाई सम्भव गराउन सकियो भने ठूलो उपलब्धि हुन्छ। अहिले पनि नेपालको ठूलो हिस्सा रेमिट्यान्सबाट आएको छ, त्यसैले मताधिकार पनि दिनुपर्ने पक्षमा नेपाली कांग्रेस छ। 
ई–भोटिङको व्यवस्था गर्न सकिन्छ
उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी  
अहिलेको नेपालको संविधानले प्रत्येक नागरिकलाई मताधिकार दिएको छ। देशभित्र हुनेले मात्र पाउने र विदेशमा रहेकाले नपाउने भनेको छैन। मताधिकारलाई मानव अधिकारको विश्वव्यापी घोषणाले पनि स्वीकार गरेको छ। त्यस्तै, सर्वोच्च अदालतले पनि आदेश दिएको छ। हामीले एक पटक संसद्‌मा पनि छलफल गरेका थियौँ। संविधानमै यसको एउटा व्यवस्था राख्न सकेको भए राम्रो हुने थियो। तर, अब कानुन बनाएर मताधिकार दिन सकिन्छ।
विश्वका धेरै मुलुकमा यो अभ्यास छ। हामीले पनि ती मुलुकबाट सिक्न जरुरी छ। विभिन्न माध्यमहरुबाट मत दिन सकिन्छ। ई–भोटिङ पनि हुनसक्छ। मतदाताको सूची नै आवश्यक हुँदैन भन्ने लाग्छ। परिचयपत्र दिएपछि त्यसैले काम गर्ने हुनुपर्छ। परिचयपत्र देखाएर मत हाल्न दिने व्यवस्था अन्य देशमा छ। यसलाई इन्टरनेट भोटिङ गर्न सकिन्छ। मुख्य कुरा काननु ल्याउन पर्‍यो।
सके आगामी प्रतिनिधि सभाको निर्वाचनमा नसके त्यसपछिका निर्वाचनमा मताधिकार दिनुपर्छ। यसमा अन्यथा गर्नु हुँदैन। हामीकहाँ पुरानो तरिका छ। यसलाई फेर्नुपर्छ। नामावली मात्रले मतदान दिन दिने भन्ने हुँदैन। कर्मचारीले छुटाइदियो भने के गर्ने? मताधिकार जनताको अधिकार हो। यो खोस्न पाइँदैन।
स्थानीय तह निर्वाचनमा सम्भव छैन
पम्फा भुसाल, मन्त्री एवं नेता, नेकपा माओवादी केन्द्र 
नेपालभित्रै रोजगारीको व्यवस्था गराउन सकेको भए कसैलाई विदेश जान पर्ने थिएन। यसमा धेरै पीडा र बाध्यता छन्। यो बढ्दो र जटिल बन्दै गएको छ। संविधानले सबैलाई समान अधिकारको कुरा गरेको छ। लोकतन्त्रमा आफू चुनिने र आफूले चाहेको मानिस चुन्ने अधिकार सबै नागरिकलाई हुन्छ। यसमा हाम्रो पार्टी र सरकारको असहमति छैन।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन आदेश दिँदा म राज्य व्यवस्था समितिमा थिएँ। हामीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थियौँ। उक्त छलफलमा कानुन बनाउनेदेखि अरु व्यावहारिक काम गर्ने कुरा भएको थियो। त्यसपछि यसको छलफलमा म संलग्न हुन पाइनँ। अब एकीकृत विधेयक बनेको मैले बुझेको छु। अब मन्त्रिपरिषद् हुदै संसद्‌मा पुग्नुपर्ने हुन्छ। संसद्ले पारित गरेपछि कानुन हुन्छ र मताधिकार पाउने कुरा हुन्छ।
मतदान गर्ने प्रविधि भने विकास भइसकेको छ। अहिले विकास भएको प्रविधिले यसलाई समेट्छ जस्तो लाग्छ। अब हामी स्थानीय निर्वाचनमा केन्द्रित छौँ। यतातिर निर्वाचन आयोग लाग्न सक्ने अवस्था छैन। सरकार पनि लाग्न सक्ने देखिँदैन। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि छलफल गरेर अघि बढाउन उपयुक्त हुन्छ। सरकार र पार्टीका रुपमा हामी यसका लागि तयार छौँ।
यस्तै, महत्त्वपूर्ण मानिएको नागरिकता कानुन पाँच वर्षदेखि बन्न सकेको छैन। संसद्को राज्य व्यवस्था समितिले पारित गरेर पठाएको थियो। कानुन बनेमा हाम्रा राजदूतावास, वाणिज्य दूतावास र श्रम सहचारी भएकाले कुन मोडल बनाउने भन्ने छलफल हुनसक्छ। अब कानुन पारित भएपछि यसमा ठोस छलफल होला भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्