• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

जल्लियावाला बागको नरसंहार र उधम सिंहले लिएको बदला

64x64
युवराज भट्टराई शनिबार, चैत ५, २०७८  ११:२२
1140x725

काठमाडौं– भारतको पञ्जाबस्थित अमृतसरमा रहेको जल्लियावाला बागमा १२१ वर्षअघि भारतीय इतिहासकै दुःखद घटना भएको थियो। त्यहाँ स्वतन्त्रता माग्ने भारतीयमाथि इस्ट इन्डिया कम्पनी सरकारको फौजले अन्धाधुन्ध गोली चलाएर सयौँको हत्या गरेको थियो।

त्यसपछि गान्धीको पन्जाब भ्रमण स्थगित गरियो। स्वतन्त्रताका योद्धा सत्यपाल र सैफुद्दिन किट्चलेऊलाई गोप्य रुपमा निर्वासित गरियो।

सम्पूर्ण भारतीयसहित पञ्जाबका नागरिकहरु स्वतन्त्रता चाहन्थे। स्वतन्त्रताको मनोकांक्षामाथि  कम्पनी सरकारका कदमहरू निरंकुश थिए। सन् १९१९ मा सरकारले ल्याएको ‘रोउलाट्ट नीति’को विपरीत भारतीयहरूले विद्रोहको आवाज उठाउन थालेका थिए। 

तर, शासकहरूले विद्रोह मन पराउँदैनन्। शासकहरू शासितले चुपचाप आफ्नो आदेश मानिरहेको हेर्न चाहन्छन्। शासितहरू शासकको विपरीत गएमा बोली बन्द गराउन अनैतिक र ‘आपराधिक’ काम गर्न पनि पछि पर्दैनन्। पञ्जाबमा भयो पनि त्यस्तै।

पञ्जाबका तत्कालीन लेफ्टिनेन्ट गर्भनर माइकल फ्रान्सिस ओ डायरले नयाँ कानुन ल्याए। शहर छाड्न पर्मिट (अनुमति) आवश्यक भयो। सन् १९१९ अप्रिल १३ मा बैशाखी पर्वको दिन यी कानुन सैनिकको घेरामा बाजागाजासहित घोषणा गरियो। सडकमा साँझ ८ बजेपछि भेटिने मानिसलाई गोली हानिने भयो। चार जनाभन्दा धेरै मान्छे जम्मा भएको भेटिएमा उनीहरुलाई पनि गोली हानिने भयो।

सोही दिन जलियावाला बगैंचामा भारतीय स्वतन्त्रताको पक्षमा शान्तिपूर्ण आन्दोलनको लागि नागरिक भेला भइरहेका थिए। बालबालिकादेखि बयस्क र वृद्धवृद्धासम्मको उपस्थिति थियो। स्वतन्त्रता चाहनेको आकांक्षालाई कुनै धर्मले रोकेको थिएन। हिन्दू, मुश्लिम, क्रिस्चियन, सिखलगायत सबै उपस्थित थिए।

उक्त आन्दोलनबारे दिउँसो १२ बजे लेफ्टिनेन्ट गभर्नर माइकल ओ डायरलाई जानकारी गराइयो। उनले शान्तिपूर्ण आन्दोलनलाई आफूविरुद्धको कदमको रूपमा बुझे। उनी ९० सैनिकलाई लिएर सर्वसाधारण उपस्थित भएको ठाउँमा गए, अनि कुनै चेतावनीबिना धमाधम गोली चलाए। लामो समयसम्म क्रदन र गोली चलेको आवाज गुञ्जिरह्यो। जमिन रगतले लत्तपत्तिएको थियो। १६५० राउण्ड गोली चल्यो। कति जनाको मृत्यु भयो, कति घाइते भए, जानकारी छैन।

आफ्नो कार्यकाल सकेर केही समयपछि डायर बेलायत फर्किए। उनलाई बेलायतमै सन् १९४० मा भारतीय स्वतन्त्रता योद्धा उधम सिंहले गोली हानी हत्या गरे। लण्डनको केक्स्टन हलमा उनलाई गोली हानिएको थियो। मृत्युको केही क्षणअघिसम्म पनि उनले ‘जल्लियावाला बाग नरसंहार’ प्रति कुनै पश्चताप गरेका थिएनन्। आफूले गरेको सयौं निहत्थाको हत्यालाई उनी ‘आवश्यक’ बताइरहेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘सरदार उधम’ पन्जाबका तत्कालीन लेफ्टिनेन्ट गभर्नर डायरले चालेको कदम र त्यसपछिको कथा हो। सुजित सिर्कारको निर्देशनमा बनेको फिल्मले त्यस्तो देशभक्तको कथा भन्छ, जसले स्वतन्त्रता संग्राम लडेका थिए। 

बलिउडमा देशभक्तिका फिल्महरु बदनाम छन्। भारतप्रतिको प्रेमलाई लिएर फिल्म बन्ने क्रम जारी छ। तर, यी फिल्ममा प्रायः संभावनाभन्दा पर कल्पनामा आधारित हुन्छन्। निश्चित धर्म (प्रायः मुस्लिम) प्रतिको घृणालाई प्रस्तुत गरिन्छ। 

तर, ‘सरदार उधम’ भारतमा चलिआएका देशभक्तिको फिल्म होइन। कसैप्रति घृणाभाव नफैलाई आफ्नो देश र अधिकारको लागि गरिएको संघर्षको कथालाई फिल्ममा देखाइएको छ। 

हत्या : विद्रोहको उपाय!
फिल्मले उधम सिंह (विक्की कौशल अभिनित)को कथा भन्छ। उनी स्वतन्त्रता संग्राममा भगत सिंहका सहयात्री थिए। माइकल ओ डायरको हत्याबाट सुरु भएको फिल्ममा रहस्यका पर्दाहरू बिस्तारै उघारिँदै जान्छन्। सार्वजनिक समारोहमा डायरमाथि गोली चलाएका उधम त्यस लगत्तै आत्मसमर्पण गर्छन्।

‘हत्या के हो?’

तपाईंको जवाफ हुनसक्छ– अपराध। 

निर्देशक सिर्कारले भने हत्यालाई फरक ढंगको परिभाषित गर्न खोजेका छन्। उनी हत्याको पक्षमा त उभिदैनन्। तर, त्यो हत्या जायज भएको ठान्छन्। हत्यालाई विद्रोहको रूपमा अथ्र्याएका छन्।

हिरासतमा रहेका उधम सिंहले सोधपुछका क्रममा आफूले गरेको हत्यालाई ‘जायज’ भएको बयान दिएका छन्, जसलाई उनी सन् १९१९ को जल्लियावाला बाग नरसंहारको बदला भएको बताउँछन्।

‘सरदार उधम’ले ऐतिहासिक कथा प्रस्तुत गरेको छ। एतिहासिक कथामा धेरै तोडमोड हुँदैन। तर, त्यस्ता घटनामा प्रश्न उठाउन सकिन्छ। यद्यपि, इतिहासका पुस्तकहरुमा उल्लेख गरेभन्दा फरक कथा फिल्ममा छैन। कथाको प्रस्तुतीकरण भने फरक छ। कथामा भारतीय स्वतन्त्रता संग्राम, कम्युनिष्ट विचारधाराको प्रभावजस्ता प्रसंगलाई प्रस्तुत गरिएको छ।

उधम सिंहले गरेको भारतदेखि लण्डनसम्मको यात्रा पनि फिल्मको एउटा पक्ष हो। उक्त यात्रामा उधम रसियाली साम्यवादसँग निकट भएका छन्। आइरिस क्रान्ति र अन्य मजदुर आन्दोलनमा सामेल हुन्छन्। यी सबै आन्दोलनबाट आफ्नो विचारलाई स्पष्ट बनाएर बेलायत पुगेका हुन्छन्। अनि लन्डलमा ‘इस्ट इण्डिया कम्पनी’को कुनै सम्मेलनमा उद्घोषण गरिरहेका डायरको हत्या गर्छन्।

फिल्ममा एकसाथ दुई कथा देखाइएको छ। एकातिर उधम सिंह बेलायततर्फ गएका हुन्छन्, जहाँ उनी बदलाको भावनाले काम गरिरहेका हुन्छन्। अर्कातिर, भारतमा स्वतन्त्रताको निम्ति सुरुवाती समयमा संघर्ष गरिरहँदाको कथा छ। जल्लियानवाला बागमा भएको नरसंहारदेखि ‘हिन्दुस्तान समाजवादी रिपब्लिकन एसोसिएसन’ले गरेको संघर्ष पनि फिल्ममा देखाइएको छ।

सरदार उधम फिल्ममा ‘भारत के हो?’ भन्ने प्रश्नको जवाफ पाइन्छ। फिल्म निर्माणको पक्षदेखि कथाको विषयमा पनि निर्देशक सिर्कारले स्पष्ट दृष्टिकोण दिएका छन्।

डायरको हत्यापछि हिरासतमा सोधपुछको क्रममा उधम सिंहसँग प्रश्न गरिन्छ, ‘त्यसो भए तिमी बेलायती मानिसलाई घृणा गर्छौं?’

चोटले भरिएको अनुहारमा थोरै मुस्कान राख्दै उनी जवाफ दिन्छन्, ‘होइन, मेरा धेरै बेलायती साथीहरू छन्। म तिमी (सोधपुछ गर्ने व्यक्ति)लाई पनि घृणा गर्दिनँ। तिमी केबल आफ्नो काम गरिरहेका छौ।’

फिल्मको लेखनदेखि प्रस्तुतीकरणमा भएको फरकपन ‘सरदार उधम’को सुन्दरता हो। भारतको स्वतन्त्रताका लागि लड्नेहरू रगतका भोका थिएनन्, बरु दयालु थिए। उनीहरूले बेलायती साम्राज्यवादबाट मुक्ति मात्रै चाहेका थिए। फिल्मका यी पक्षहरूले क्रान्तिको कथन बोकेको छ।

फिल्ममा उधम सिंह र भगत सिंह दुवैको विचारलाई पात्रहरूमार्फत प्रस्तुत गरिएको छ। ‘कसका लागि, कोबाट र किन स्वतन्त्रता’ भन्ने प्रश्नको जवाफ खोजिएको छ। इतिहासको वास्तविक चित्रणसँगै भावनाको शक्तिशाली मिश्रण बोकेको फिल्मले भारतमा बेलायतको शासन र शासनकालमा भएका नागरिक विरोधी नीतिहरुको पनि चित्रण गरेको छ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्