• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सेयर बजारका अस्वाभाविक क्रियाकलापको अनुसन्धान हुन्छ : नेप्से सीईओ कृष्णबहादुर कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, फागुन १९, २०७८  ०९:३०
1140x725

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गएको भदौ ८ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि लामो समय नेप्से नेतृत्वविहीन हुँदा नियमित कामसमेत प्रभावित भए। एक महिनाअघि मात्र कृष्णबहादुर कार्की सीईओ नियुक्त भएका छन्। माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई चार वर्षका लागि  सीईओमा नियुक्त गरेको हो। उनले कार्यभार भने दुई हप्ताअघि मात्र सम्हालेका छन्। नेप्सेका आगामी योजना र सुधारका कार्यक्रमबारे सीईओ कार्कीसँग नेपाल लाइभकर्मी सुमित्रा कार्कीले गरेको संवादः

नेप्से नेतृत्वको जिम्मेवारीमा आउनुभएको छ, के–के छन् सुधारका योजना?
मसँग नयाँ योजनाभन्दा पनि निरन्तर गर्ने कामहरु नै छन्। भइरहेका र गर्नु पर्ने कामलाई निरन्तरता दिने हो। अर्को कुरा, अहिलेको पुँजी बजारमा कस्तो समस्या देखिएको छ? त्यसमा नेप्सेको भूमिका के हुन्छ? त्यसलाई मध्यनजर गरेर समाधान गर्ने योजना छ। पहिले नै स्वीकृत भएका प्रणाली विकास सम्बन्धी योजनाका कामहरु छन्। ‘कारोबार’ शाखामा निगरानीका काम छन्। अरु कामका सूची पनि तयार हुँदैछ। अन्य अनुसन्धानका केही काम छन्।

नेतृत्वमा आउने जसले पनि सुरुमा योजना सुनाउँछन्, तर कार्यान्वयन हुँदैन। तपाईंका योजनाहरु कार्यान्वयनमा आउने विश्वास कसरी गर्ने?
नियमित रूपमा हुने कामहरूलाई प्राथमिकतामा राखेका छौं। यसले पनि पुँजी बजार सम्बन्धी सकारात्मक सन्देश ल्याउने नै भयो। त्यस्तो कामहरु सम्पादन गर्न केही समस्या र जटिलता छन्। यसैगरी, हाम्रा सरोकारवालाहरूबाट पनि पुँजी बजार सुधारका कुरा आएका छन्। नेप्सेको केही प्रविधिगत कुराहरू पनि सुधार गर्दै लैजानु पर्ने छ। यसमा धेरै चुनौती देखिएको छ। तिनीहरुलाई समाधान गर्दै लैजानु पर्ने आवश्यकता छ र हुन्छ पनि।

नेप्सेको नेतृत्वमा आउँदा तपाईंले यहाँ देख्नुभएका मुख्य चुनौतीहरू के–के हुन्? ती चुनौतीको सामना कसरी गर्नुहुन्छ? 
हामीले नीतिगत चुनौती धेरै देखेका छौं। सरोकारवाला निकायसँग छलफल गर्दा पनि नीतिगत कुराको सुधार गर्नु आवश्यक रहेको पाएको छु। छिमेकी देशसहितका अन्तर्राष्ट्रिय सेयर बजारबारे अध्ययन गर्ने हो भने धेरै प्रविधिमैत्री भइसकेका छन्। त्यसअनुसार हाम्रो सेयर बजार पछाडि परेको देखिन्छ। त्यसैले हाम्रो सेयर बजारको प्रविधिमा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ। यसका लागि नीतिगत निकायबाटै पहल थाल्नुपर्ने हुन्छ। स्टक एक्सचेन्ज भनेको सूचना प्रविधिमा आधारित भएर काम गर्ने ठाउँ हो। प्रविधिमा निरन्तर परिवर्तन भइरहेको छ। हामी विगतभन्दा धेरै अगाडि त छौं, तर हुनुपर्ने जति छैनौँ। अहिले सबै खालको कारोबार अनलाइनको माध्यमबाट हुन थालिसकेको छ। अझै धेरै कुरा अपग्रेड गर्न बाँकी छ।

तत्काल सुधार गर्नपर्ने नीतिगत चुनौती हेर्ने हो भने, अहिले अन्तराष्ट्रिय सेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार हुन्छ। यसैगरी विभिन्न ‘डेडिकेटिङ’ कारोबार पनि हुने गरेको छ। हाम्रोमा यस्ता विषय उठे पनि कार्यान्वयनमा आएको छैन। यस्ता कामका लागि नीतिगत बाटो खुला गर्नु पर्छ। यसैगरी, नेप्सेलाई नै पुनर्संरचना गरेर लैजानु पर्ने होभने पनि लानुपर्छ। त्यसका लागि अध्ययन हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुलुकको आवश्यकताअनुसार पुँजी बजारको विकास गर्छु भन्नुभएको छ, कतिको सम्भावना छ? 
सम्भावना छ। तर, चुनौती पनि छन्। देशको अवस्था र मागअनुसार नीतिगत, प्रविधिगत तथा कानुनी रूपमा सेयर बजारलाई सुधार गर्दै लैजाने हो। यसमा हामी एकदम जोडतोडका साथ अगाडि बढ्नु पर्छ। 

पुँजी बजार सीमित लगानीकर्ताको नियन्त्रणमा चल्ने, नियामक निकायमा बसेकै व्यक्तिहरु अनियमित कारोबारमा संलग्न हुने जस्ता विकृति देखियो। यस्ता विकृति कसरी नियन्त्रण गर्नुहुन्छ?
सेयर बजार सीमित व्यक्तिको हातमा छ भन्ने कुरा सत्य होइन। अहिले हामीले हेर्ने हो भने दैनिक पाँच लाख लगानीकर्ताले अनलाइन माध्यमबाट कारोबार गरिहेका छन्। विगतको सीमित घेराबाट सेयर बजार निस्किसकेको छ। अहिले पुँजी बजारको क्षेत्र निकै ठूलो भइसकेको छ। डिम्याट खाता खोल्नेको संख्या हेर्ने हो भने ५० लाख हाराहारीमा पुगेको देखिन्छ। अनलाइन प्रयोगकर्ताको संख्या पनि १२ लाखभन्दा धेरै छ। यसले के देखाउँछ भने सेयर बजार विगतमा एउटा सीमित घेरामा थिया, अहिले व्यापक विस्तार भएको छ। यति हुँदाहुँदै पनि हाम्रा केही प्रविधिगत कमजोरी तथा केही मनोगत व्यवहारका कारण समस्या भए होलान्। यसलाई अनुसन्धान गर्ने नेप्सेको एउटा शाखा नै छ। दैनिक कारोबारमा भएका कमजोरी र अस्वाभाविक क्रियाकलाप नियन्त्रण गर्न मैले अनुसन्धानको लागि निर्देशन नै दिएको छु। त्यस्तो शंकास्पद केही भेटियो र त्यसलाई कानुनी रुपमा प्रमाणित गर्न सकियो भने कारबाही अगाडि बढ्छ।

Xtrem
Xtrem

तपाईंले आफ्नो योजना कार्यान्वयनका लागि ‘टाइमलाइन’ बनाउनुभएको होला, अबको ६ महिना वा एक वर्षपछि पुँजी बजारमा के–के सुधार देख्न सकिएला?
यसमा सीईओको वा मेरो व्यक्तिगतभन्दा पनि निकायगत रूपमा लागि पर्ने र योजना बनाउने तथा कार्यान्वयन गर्नेतर्फ लाग्ने छौं। नेप्सेको वार्षिक रुपमा स्वीकृत कार्यक्रमहरू हुन्छ। वार्षिक योजनाहरु बनाउने काम हुन्छ। त्यो कार्ययोजनालाई प्रभावकारी रूपमा छिटोछरितो र गुणस्तरीय हिसाबले सम्पादन गर्नु नै मेरो पहिलो पार्थमिकता हो। त्योसँगै अन्य योजना पनि अगाडि बढाउने काम हुन्छ। 

अन्त्यमा, लगानीकर्ताहरूलाई के सन्देश वा सुझाव दिनुहुन्छ?
सेयर बजार भनेको लगानीकर्ताको लागि ठूलो सम्भावना तथा चुनौतीको क्षेत्र हो। यसमा सबैले बुझरे लगानी गर्नु पर्ने हुन्छ। सेयर बजारमा आउन चाहानेले सेयर बजारको सबल र दुर्बल दुवै पक्षको अध्ययन तथा अनुसन्धान गर्नु आवश्यक छ। यसकारण देखासिकीको भरमा सेयर बजारमा लगानी गर्नुभन्दा पनि आफैँ अध्ययन गरेर सेयर बजारमा लगानी गर्न लगानीकर्तालाई सुझाव दिन्छु।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्