• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

राष्ट्र बैंकले बैंकहरुसँग किन माग्यो ७ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्ने ग्राहकको विवरण?

64x64
नेपाल लाइभ बिहीबार, माघ २०, २०७८  २०:३९
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १८) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सम्बोधन गर्दै एउटा पत्र काट्यो। पत्रमा सात लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्ने ग्राहकहरुको सम्पूर्ण विवरण पठाउन बैंकहरुलाई भनिएको छ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागद्वारा जारी पत्रमा लेखिएको छ- 'विभागको सम्पत्ति शुद्धीकरण अनुगमन एकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षण गर्दै आएको विदितै छ, सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार सात लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनू।'

राष्ट्र बैंकले उक्त पत्रमा सात लाखसम्म नगद कारोबार कति दिनसम्म भएको हो? कस्तो कारोबारको गर्ने कारोबारीको विवरण माग गरिएको हो केही स्पष्ट पारेको छैन। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार उक्त तथ्यांक बैंकिङ क्षेत्रमा हुने अनैतिक कारोबारको निगरानी राख्नका लागि मागिएको हो। उनी भन्छन्, ‘बैंकमा हुने स-साना कारोबारहरु पनि गैरकानुनी भइरहेका हुन्छन्। यसकारण कुन बैंकबाट कुन ग्राहकले कुन सन्दर्भमा कस्तो कारोबार गरिहेको छ, त्यसको अनुसन्धान गर्न राष्ट्र बैंकले विवरण मागेको हो।’

पोखरेलले राष्ट्र बैंकले बेलाबेलामा यस्तो खालको अध्ययन गर्ने गरेको प्रस्ट पारे। उनी भन्छन्, ‘राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले चाहेको अवस्थामा विभिन्न तथ्यांक तथा सूचनाहरु उपलब्ध गराउन भनेको हुन्छ। यसमा बैंक तथा ग्राहकलाई असर गर्ने खालको कुनै पनि कुरा हुँदैन। राष्ट्र बैंकले आफ्नै प्रयोजनका लागि पनि यस्तो तथ्यांक संकलन गरेको हुन्छ।’

यता बैंकका ग्राहकहरुमा भने राष्ट्र बैंकले यस्तो विवरण किन माग्यो? राष्ट्र बैंकले उनीहरुको विवरण मागेर के गर्न खोजेको हो? एक दिनमा १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था हुँदा-हुँदै किन सात लाख रुपैयाँसम्मको विवरण माग गरिएको हो भन्ने प्रश्न उठाएका छन्। तर, राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने अहिले यसै कामको लागि यो अनुसन्धान गरिएको हो वा विवरण माग गरिएको हो भनेर खुलाउन चाहेन।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले विवरण माग गरेर यो नै गर्छौं भनेर अहिले नै भन्दैनौं, यसको प्रयोजन के भन्ने विषयमा पनि खुलाउन मिल्दैन। हामीले बैंकहरुलाई विभिन्न सूचना माग गरिरहेका हुन्छौं, ती सूचना माग गर्नुको आ-आफ्नै प्रयोजन हुन सक्छन्,’ उनले भने। पोखरेलका अनुसार अब राष्ट्र बैंकले प्रत्येक ग्राहकले कुन क्षेत्रमा लगानी गर्दै छ? बैंकमा गरेको बचतको स्रोत के हो? भन्ने लगायतका विषयमा सूक्ष्म निगरानी तथा अध्ययन गर्दै छ। 

पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतका 'भर्चुअल करेन्सी'मा लगानी भइरहेको भन्दै राष्ट्र बैंकले यस विषयको अध्ययन तथा निगरानी गर्न बैंकहरुसँग यस्तो विवरण माग गरेको हुनसक्ने सरोकारवालाहरुको बुझाइ छ। 

पोखरेल भन्छन्, ‘राष्ट्र बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको नाम, खाता नम्बर, कारोबार गरेको रकम, कहिले र किन निकालेको हो, लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनू भनेर बैंकहरुलाई पत्राचार गरेको हो।’ 

Xtrem
Xtrem

राष्ट्र बैंकको व्यवस्था अनुसार हाल दैनिक १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन। यसबाहेक शंकास्पद कारोबारसम्बन्धी वित्तीय जानकारी बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्यरुपमा राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुगमन एकाइमा जानकारी दिनुपर्ने प्रावधान रहेको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश बुधबार, असोज ७, २०८३
गृहमा १४६ कर्मचारीको सरुवा, ४९ शाखा अधिकृतसहित ९७ नासु फेरिए [सूचीसहित] बुधबार, असोज ७, २०८३
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्