• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लोकसेवालाई अवसर होइन, डरका रुपमा लिँदा बाजुराजस्ता जिल्लाबाट अधिकृतमा शून्य उपस्थिति : रेग्मी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ २०, २०७८  १९:५९
1140x725

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा ४८५ जना सिफारिस भए। स्याङजा जिल्लाबाट मात्रै ३४ जना अधिकृत हुँदै गर्दा बाजुरासहित पाँच जिल्लाको नतिजा शून्य भयो। सार्वजनिक सेवामा बाजुरालगायतका जिल्लाको उपस्थिति शून्य हुनुको कारण के हो? यसले के कुरालाई प्रतिविम्बित गर्छ र त्यहाँका युवालाई निजामती सेवामा प्रवेश किन कठिन छ? यिनै विषयमा केन्द्रित रहेर बाजुराबाट सहसचिव पदमा पुग्न सफल एकमात्र व्यक्ति डा नारायणप्रसाद रेग्मीसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीः

निजामती सेवामा एकैपटक ४८५ जना अधिकृत प्रवेश गर्दा पनि बाजुराजस्ता जिल्लाको उपस्थिति शून्य किन हुन्छ?
यसलाई दुईवटा दृष्टिकोणबाट हेरौं। एउटा, कति जना सहभागी थिए परीक्षामा? सहभागी नै थिएनन् कि? त्यस्ता सहभागीको गुणस्तर, आत्मविश्वास र तयारी कस्तो थियो भन्ने हुन्छ। अर्को, लोकसेवा प्रतिस्पर्धी परीक्षा हो। त्यसमा भाग लिन मनोबल उच्च हुनुपर्‍यो। ओरियन्टेसन के छ भन्ने कुरा पनि हुन्छ। प्रतिस्पर्धामा प्रयोग हुने प्रणालीका जानकार उनीहरु छन् कि छैनन्? त्यसका बारेमा उनीहरु सशक्त रुपमा तयार छन् कि छैनन्? भन्नेले अर्थ राख्छ।
 
बाजुरा अहिले मात्रै होइन, धेरै वर्षदेखि प्रतिनिधित्व हुन सकेको छैन। नेपाल सरकारले समावेशीकरणको नीतिअनुरुप विभिन्न आरक्षण दिएको छ। त्यसमा पनि बाजुरा पछाडि छ। खुलामा नआउनु त एउटा भइहाल्यो, ९ वटा जिल्लाको जुन क्लस्टर (पिछडिएको क्षेत्र) छ, त्यहाँ पनि नआउनुले हामी अझै पनि कमजोर अवस्थामा भएको प्रतिविम्बित गर्छ।

अहिले सिफारिस अधिकृतको सूची हेर्दा पहिलो स्याङजा, गुल्मी अर्घाखाँचीका धेरै छन्। त्यहाँ लोकसेवा धेरै समयदेखि प्राथमिकतामा परेको छ। तपाईं त बाजुराको हुनुहुन्छ। तपाईं कसरी निजामती सेवा आइपुग्नुभयो? यो सेवामा प्रवेशलाई त्यहाँको समाजले कसरी लिएको छ?
सबभन्दा पहिला त पहुँचले यो कुरामा अर्थ राख्छ। लोकसेवामा पहुँच कति छ? हामी बाजुरा हुँदा कुरा हुन्थ्यो कि हुँदैन? कसैले पढ भन्थ्यो कि भन्थेन? त्यसमा रुचि जाग्यो कि जागेन? आदि प्रश्न छँदै छन्। सुदूरपश्चिमको कुरा गर्दा लोकसेवा आयोग दिपायलमा भयो, डोटीकाले बढी नाम निकाल्ने भए। सूचना त्यहाँ पाइन्छ। अवसरको नजिक हुन्छन्। बाजुराका लागि पहिले नै लोकसेवा दिने दूरी कि दिपायल, कि जुम्ला जानुपर्ने थियो। यातायातको सुविधा थिएन।

हाम्रो सामाजिक संरचनाले लोकसेवामा अभिप्रेरित गर्ने वातावरण पनि थिएन। न हामीलाई घरपरिवारमा लोकसेवाको कुरा हुन्थ्यो, न स्कुलमा कुरा हुन्थ्यो। हामीकहाँ अझै हातमुख जोर्नै समस्या छ। गाइबाख्रा हेरेर, खेतीपातीको काम गरेर स्कुल जानुपर्ने अवस्था छ। सामाजिक अभियन्ताले त्यसमा प्रेरित गर्दैनन्, राजनीतिक नेतृत्वले त्यसतिर युवाहरुलाई प्रोत्साहित गर्दैनन्।

यदि त्यहाँको व्यक्ति कसैगरी लोकसेवाका लागि काठमाडौं, दिपायल वा जुम्ला पुग्यो भने पनि उसको सशक्तीकरण प्रतिस्पर्धा गर्नेगरी भयो कि भएन भन्ने कुरा छ। लोकसेवामा प्रतिस्पर्धा हुन्छ। शिक्षाको गुणस्तरका हिसाबमा पछि छौं। लोकसेवामा उत्तीर्ण भएर हुँदैन उच्चतम अंक ल्याउने छनोट हुन्छ।

हामीलाई दबाब भएनन्। सामाजिक, सांस्कृतिक दबाब भएनन्। लोकसेवालाई अवसरका रुपमा होइन, डरका रुपमा लिइरहेका छौं। पास भइँदैन किन जाँच दिने? भन्ने मानसिकता छ। त्यसपछि सजिलो बाटो खाडी जाने, कालापहाड जाने वा शिक्षक हुने र प्रहरी हुनेतिर लागिरहेका हुन्छ। यसले गर्दा बाजुरा र बाजुराजस्ता अन्य जिल्लाहरुको प्रतिनिधित्व लोकसेवा र शासन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने निजामतीमा पहुँच पुगेन।

एउटा शिक्षाको स्तर प्रतिविम्बित गर्ने भयो। सामाजिक संरचनाले प्रभाव पार्ने भइहाल्यो। निजामती क्षेत्रमा रहेकालाई ‘आइडल’का रुपमा स्थापित गर्न नसकेर पनि आकर्षण नबढेको हो? 
मान्छेले सिक्ने न हो। अर्कोबाट उत्प्रेरित हुने, प्रभावित हुने न हो। हामी सानोमा प्रहरीबाट प्रभावित थियौं, राजनीतिज्ञको शान देखेर अहिले प्रभावित छौं। हामीले आफ्नो छरछिमेकको उच्चपदस्थ कर्मचारी नभएकाले शानमान देखेनौं। प्रभावित हुन सकेनौं। हामीले प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी आदिको शानमान त देख्यौं तर त्यो पदमा आफूले चिनेको मान्छे देखेनौं। त्यसपछि लागिरह्यो- हामी त्यहाँ पुग्न सक्दैनौं। कठिन छ भन्ने भाष्य निर्माण भयो।

Ncell 2
Ncell 2
nimb
nimb

सकिँदैन भन्ने मनोविज्ञानले यसप्रति डर र त्रास सुरुदेखि नै सिर्जना भयो। त्यसलाई चिर्नका लागि हामीले अभियान चलाउन सकेका छैनौं। स्कूल तहबाटै लोकसेवा थाहा पाएको भए त उसले औपचारिक शिक्षाका साथै अन्य विषयहरु पनि पढ्छ। सामान्य ज्ञान पनि हासिल गर्दै जान्छ। विश्वविद्यालयको शिक्षा र लोकसेवाको परीक्षा प्रणाली फरक छ। त्यो फरक थाहा पाएर अध्ययन गर्छ।

हामी पनि चुकेका छौं। प्रेरित गर्न सकेका छैनौं। तयारी गराएनौं, सशक्तीकरण गरेनौं। हामी सवैको कमजोरीको नतिजा हो यो। हाम्रो संरचना पनि जिम्मेवार छ। व्यक्ति स्वयंले पनि गर्न सक्छ।

बाजुरालाई केन्द्रमा राखेर कुरा गर्दा तपाईं सहसचिव हुनुहुन्छ तर त्यसपछि उपसचिव पनि कोही छैन। अहिले त शून्य छ भने तपाईं प्रवेश गर्दाको अवस्था त झन् कठिन थियो। तपाईंचाहिँ निजामती सेवामा कसरी प्रवेश गर्नुभयो?
म २०५७ सालमा स्नातक गर्न काठमाडौं आएको थिएँ। त्यो बेलासम्म पनि मलाई लोकसेवा दिनुपर्छ भन्ने मनमा थिएन। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि रोजगारीको अवसर खोजियो। यसक्रममा साथीभाइले लोकसेवा एउटा विकल्पका रुपमा सुझाए। मैले लोकसेवा दिएँ र म बाजुराबाट अधिकृत हुने पहिलो थिएँ। म यसरी एक्कासी आइपुगेको हुँ। खरिदार, सुब्बा हुँदै आएको होइन। पहिले थाहा पाएको भए म ती तह हुँदै आउँथे होला। मैले ढिलो थाहा पाएँ तर नडराइ मिहेनत गरें।

हामी अलिकति लगनशील भयौं, मिहेनत गर्‍यौं र आत्मविश्वासका साथ अघि बढ्यौं, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना लिइराख्यौं, विश्लेषण गर्‍यौं र नियमित अभ्यासमा लाग्यौं भने उपलब्धि हासिल हुने रहेछ। चमत्कारिक केही होइन, अभ्यास र प्रयासले यहाँ पुर्‍याएको हो। संस्कृतमा एउटा श्लोक छ- प्रयास गरेरै देवराज ईन्द्रले यो लोक र परलोक सुधारे। प्रयास गरेरै देवताले समुन्द्र मन्थन गरेर अमृत निकाले भने हामीले लोकसेवा त के संसारका अन्य प्रतिस्पर्धामा पनि आफूलाई अब्बल ठहर्‍याउन सक्छौं। हामी कहीँ न कहीँ विचलित हुन्छौं। विचलित नभइ लागिरह्यौं भने एक दिन सफलता हात लाग्छ।

Xtrem

Xtrem

निजामती सेवामा प्रवेश रोजगार र सार्वजनिक सेवा त भइहाल्यो, स्रोत साधनसम्मको पहुँचमा पुग्नु पनि हो। यो नतिजाले बाजुराजस्ता जिल्लाहरु विकासमा अझै पछि पर्ने संकेत गर्छ?
म यसमा पूर्ण सहमत छु। निजामती सेवासग दुईवटा अवसर हुन्छन्। एउटा सार्वजनिक स्रोत साधनमाथिको निर्णय गर्ने अधिकार र अर्को त्यसको कार्यान्वयन गर्ने अधिकार। सार्वजनिक सेवाभन्दा माथि राजनीतिक नेतृत्व हुन्छ। निजामती सेवाको नेतृत्वले राजनीतिक नेतृत्वसँग सहकार्य गरेर आफूलाई लागेका ठाउँमा राज्यका योजनाहरु, स्रोत साधनहरु, विकास निर्माणहरु लैजान सक्छन्। त्यस्तो पहुँच नभएका कारण पनि विकासमा पछि परेकै हो।

दोस्रो, निजामती सेवामा नभएको जिल्लाको राजनीतिक नेतृत्वले पनि सूचना पाउँदैन। सबै ऐन, कानुन थाहा हुँदैनन्। बजेटका सीमाहरु थाहा हुँदैनन्। बजेट माग्नका लागि पनि यी कुराहरु जानकारी हुनुपर्‍यो। त्यसरी पनि वञ्चित भएको हो।

आगामी दिनमा यसरी शून्य नतिजा नदेख्न बाजुराजस्ता जिल्लाहरुका राजनीतिक, सामाजिक संगठन, त्यहाँका स्थानीय सरकारकाहरुले के-के गर्नुपर्छ?
एकपटक मैले बाजुराको गौमुल गाउँपालिकाको अध्यक्षलाई एउटा सल्लाह दिएको थिएँ। मैले भनेको थिएँ- तपाईं सबै वडामा होइन, एक ठाउँमा आवासीय स्कूल चलाउनुहोस्। त्यहाँ क्षमतावान शिक्षकहरु राख्ने र प्रशस्त शैक्षिक सामग्री उपलब्ध गराउनुहोस्। त्यसलाई बूढानीलकण्ठ जस्तो स्कूल बनाउन सकिन्छ। शिक्षाको गुणस्तर हुन्छ भनेको थिएँ।

लोकसेवा प्रतिस्पर्धात्मक छ, मिहेनतका साथै त्यसमा शिक्षाको गुणस्तर त चाहिन्छ नै। गुणस्तर यति खस्केको छ कि हाम्रा शिक्षकले गुणस्तरीय पढाउँदैनन्। मैले शिक्षकका बारेमा रिसर्च गरेको थिएँ- एक जना शिक्षकले जीवनकालमा कति पढ्दो होला? धेरैजसो शिक्षकले आफ्नो पढाउने किताबबाहेक अन्य क्षेत्रका किताबको अध्ययन गरेको पाइएन। शिक्षक सेवा आयोग नियमावली नपढेका पनि छन्। त्यसैले पहिले शिक्षाको गुणस्तर नै बढाउनुपर्छ। त्यसपछि अर्को काम मनोबल बढाउनुपर्छ। भन्नुपर्छ- तिमी गर्न सक्छौ। त्यसका लागि यी-यी किताब अध्ययन गर। यस्तो खालको संगत गर। यी-यी मान्छेका कुरा सुन भन्नुपर्‍यो। एफएम रेडियोहरुको प्रभाव छ, त्यहाँ पनि लोकसेवासँग सम्बन्धित कार्यक्रम नियमितरुपमा प्रशारण हुनुपर्छ।

त्यसबाहेक छलफल गर्दा, बहस गर्दा र कुरा गर्दा यो विषयलाई बढी महत्त्व दिनुपर्छ। जागिर पनि अर्कैले लगाइदेला भन्ने मानसिकताले त लोकसेवा पास भइँदैन। मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण मान्छे म नै हो, अर्काको भर पर्नुहुन्न भन्ने मानसिकताको विकास युवामा गराउनुपर्छ। निजामती मात्रै होइन, नेपाल प्रहरी वा अन्य सार्वजनिक संस्थाको नतिजा हेर्दा पनि यस्तै निराश हुनुपर्ने देखिन्छ। निजी क्षेत्रको कर्पोरेट हाउसमा पनि हाम्रो जिल्लाको उपस्थिति कमजोर छ।

निजामतीमा म अहिले एक्लो महसुस गरिरहेको छु। त्यसकारण पनि म चाहन्छु- बाजुरा जिल्लाका युवा साथीहरु निजामती सेवामा प्रवेश गरुन्। मुलुकको सेवा गरुन्। बाजुराको विकासमा पनि सघाउन्। त्यसका लागि सबै सामाजिक संगठन (विद्यालयदेखि राजनीतिक संगठनसम्म, कर्मचारीदेखि पत्रकारसम्म) मिलेर केही गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्