• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लोकसेवालाई अवसर होइन, डरका रुपमा लिँदा बाजुराजस्ता जिल्लाबाट अधिकृतमा शून्य उपस्थिति : रेग्मी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ २०, २०७८  १९:५९
1140x725

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा ४८५ जना सिफारिस भए। स्याङजा जिल्लाबाट मात्रै ३४ जना अधिकृत हुँदै गर्दा बाजुरासहित पाँच जिल्लाको नतिजा शून्य भयो। सार्वजनिक सेवामा बाजुरालगायतका जिल्लाको उपस्थिति शून्य हुनुको कारण के हो? यसले के कुरालाई प्रतिविम्बित गर्छ र त्यहाँका युवालाई निजामती सेवामा प्रवेश किन कठिन छ? यिनै विषयमा केन्द्रित रहेर बाजुराबाट सहसचिव पदमा पुग्न सफल एकमात्र व्यक्ति डा नारायणप्रसाद रेग्मीसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीः

निजामती सेवामा एकैपटक ४८५ जना अधिकृत प्रवेश गर्दा पनि बाजुराजस्ता जिल्लाको उपस्थिति शून्य किन हुन्छ?
यसलाई दुईवटा दृष्टिकोणबाट हेरौं। एउटा, कति जना सहभागी थिए परीक्षामा? सहभागी नै थिएनन् कि? त्यस्ता सहभागीको गुणस्तर, आत्मविश्वास र तयारी कस्तो थियो भन्ने हुन्छ। अर्को, लोकसेवा प्रतिस्पर्धी परीक्षा हो। त्यसमा भाग लिन मनोबल उच्च हुनुपर्‍यो। ओरियन्टेसन के छ भन्ने कुरा पनि हुन्छ। प्रतिस्पर्धामा प्रयोग हुने प्रणालीका जानकार उनीहरु छन् कि छैनन्? त्यसका बारेमा उनीहरु सशक्त रुपमा तयार छन् कि छैनन्? भन्नेले अर्थ राख्छ।
 
बाजुरा अहिले मात्रै होइन, धेरै वर्षदेखि प्रतिनिधित्व हुन सकेको छैन। नेपाल सरकारले समावेशीकरणको नीतिअनुरुप विभिन्न आरक्षण दिएको छ। त्यसमा पनि बाजुरा पछाडि छ। खुलामा नआउनु त एउटा भइहाल्यो, ९ वटा जिल्लाको जुन क्लस्टर (पिछडिएको क्षेत्र) छ, त्यहाँ पनि नआउनुले हामी अझै पनि कमजोर अवस्थामा भएको प्रतिविम्बित गर्छ।

अहिले सिफारिस अधिकृतको सूची हेर्दा पहिलो स्याङजा, गुल्मी अर्घाखाँचीका धेरै छन्। त्यहाँ लोकसेवा धेरै समयदेखि प्राथमिकतामा परेको छ। तपाईं त बाजुराको हुनुहुन्छ। तपाईं कसरी निजामती सेवा आइपुग्नुभयो? यो सेवामा प्रवेशलाई त्यहाँको समाजले कसरी लिएको छ?
सबभन्दा पहिला त पहुँचले यो कुरामा अर्थ राख्छ। लोकसेवामा पहुँच कति छ? हामी बाजुरा हुँदा कुरा हुन्थ्यो कि हुँदैन? कसैले पढ भन्थ्यो कि भन्थेन? त्यसमा रुचि जाग्यो कि जागेन? आदि प्रश्न छँदै छन्। सुदूरपश्चिमको कुरा गर्दा लोकसेवा आयोग दिपायलमा भयो, डोटीकाले बढी नाम निकाल्ने भए। सूचना त्यहाँ पाइन्छ। अवसरको नजिक हुन्छन्। बाजुराका लागि पहिले नै लोकसेवा दिने दूरी कि दिपायल, कि जुम्ला जानुपर्ने थियो। यातायातको सुविधा थिएन।

हाम्रो सामाजिक संरचनाले लोकसेवामा अभिप्रेरित गर्ने वातावरण पनि थिएन। न हामीलाई घरपरिवारमा लोकसेवाको कुरा हुन्थ्यो, न स्कुलमा कुरा हुन्थ्यो। हामीकहाँ अझै हातमुख जोर्नै समस्या छ। गाइबाख्रा हेरेर, खेतीपातीको काम गरेर स्कुल जानुपर्ने अवस्था छ। सामाजिक अभियन्ताले त्यसमा प्रेरित गर्दैनन्, राजनीतिक नेतृत्वले त्यसतिर युवाहरुलाई प्रोत्साहित गर्दैनन्।

यदि त्यहाँको व्यक्ति कसैगरी लोकसेवाका लागि काठमाडौं, दिपायल वा जुम्ला पुग्यो भने पनि उसको सशक्तीकरण प्रतिस्पर्धा गर्नेगरी भयो कि भएन भन्ने कुरा छ। लोकसेवामा प्रतिस्पर्धा हुन्छ। शिक्षाको गुणस्तरका हिसाबमा पछि छौं। लोकसेवामा उत्तीर्ण भएर हुँदैन उच्चतम अंक ल्याउने छनोट हुन्छ।

हामीलाई दबाब भएनन्। सामाजिक, सांस्कृतिक दबाब भएनन्। लोकसेवालाई अवसरका रुपमा होइन, डरका रुपमा लिइरहेका छौं। पास भइँदैन किन जाँच दिने? भन्ने मानसिकता छ। त्यसपछि सजिलो बाटो खाडी जाने, कालापहाड जाने वा शिक्षक हुने र प्रहरी हुनेतिर लागिरहेका हुन्छ। यसले गर्दा बाजुरा र बाजुराजस्ता अन्य जिल्लाहरुको प्रतिनिधित्व लोकसेवा र शासन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने निजामतीमा पहुँच पुगेन।

एउटा शिक्षाको स्तर प्रतिविम्बित गर्ने भयो। सामाजिक संरचनाले प्रभाव पार्ने भइहाल्यो। निजामती क्षेत्रमा रहेकालाई ‘आइडल’का रुपमा स्थापित गर्न नसकेर पनि आकर्षण नबढेको हो? 
मान्छेले सिक्ने न हो। अर्कोबाट उत्प्रेरित हुने, प्रभावित हुने न हो। हामी सानोमा प्रहरीबाट प्रभावित थियौं, राजनीतिज्ञको शान देखेर अहिले प्रभावित छौं। हामीले आफ्नो छरछिमेकको उच्चपदस्थ कर्मचारी नभएकाले शानमान देखेनौं। प्रभावित हुन सकेनौं। हामीले प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी आदिको शानमान त देख्यौं तर त्यो पदमा आफूले चिनेको मान्छे देखेनौं। त्यसपछि लागिरह्यो- हामी त्यहाँ पुग्न सक्दैनौं। कठिन छ भन्ने भाष्य निर्माण भयो।

Ncell 2
Ncell 2

सकिँदैन भन्ने मनोविज्ञानले यसप्रति डर र त्रास सुरुदेखि नै सिर्जना भयो। त्यसलाई चिर्नका लागि हामीले अभियान चलाउन सकेका छैनौं। स्कूल तहबाटै लोकसेवा थाहा पाएको भए त उसले औपचारिक शिक्षाका साथै अन्य विषयहरु पनि पढ्छ। सामान्य ज्ञान पनि हासिल गर्दै जान्छ। विश्वविद्यालयको शिक्षा र लोकसेवाको परीक्षा प्रणाली फरक छ। त्यो फरक थाहा पाएर अध्ययन गर्छ।

हामी पनि चुकेका छौं। प्रेरित गर्न सकेका छैनौं। तयारी गराएनौं, सशक्तीकरण गरेनौं। हामी सवैको कमजोरीको नतिजा हो यो। हाम्रो संरचना पनि जिम्मेवार छ। व्यक्ति स्वयंले पनि गर्न सक्छ।

बाजुरालाई केन्द्रमा राखेर कुरा गर्दा तपाईं सहसचिव हुनुहुन्छ तर त्यसपछि उपसचिव पनि कोही छैन। अहिले त शून्य छ भने तपाईं प्रवेश गर्दाको अवस्था त झन् कठिन थियो। तपाईंचाहिँ निजामती सेवामा कसरी प्रवेश गर्नुभयो?
म २०५७ सालमा स्नातक गर्न काठमाडौं आएको थिएँ। त्यो बेलासम्म पनि मलाई लोकसेवा दिनुपर्छ भन्ने मनमा थिएन। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि रोजगारीको अवसर खोजियो। यसक्रममा साथीभाइले लोकसेवा एउटा विकल्पका रुपमा सुझाए। मैले लोकसेवा दिएँ र म बाजुराबाट अधिकृत हुने पहिलो थिएँ। म यसरी एक्कासी आइपुगेको हुँ। खरिदार, सुब्बा हुँदै आएको होइन। पहिले थाहा पाएको भए म ती तह हुँदै आउँथे होला। मैले ढिलो थाहा पाएँ तर नडराइ मिहेनत गरें।

हामी अलिकति लगनशील भयौं, मिहेनत गर्‍यौं र आत्मविश्वासका साथ अघि बढ्यौं, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना लिइराख्यौं, विश्लेषण गर्‍यौं र नियमित अभ्यासमा लाग्यौं भने उपलब्धि हासिल हुने रहेछ। चमत्कारिक केही होइन, अभ्यास र प्रयासले यहाँ पुर्‍याएको हो। संस्कृतमा एउटा श्लोक छ- प्रयास गरेरै देवराज ईन्द्रले यो लोक र परलोक सुधारे। प्रयास गरेरै देवताले समुन्द्र मन्थन गरेर अमृत निकाले भने हामीले लोकसेवा त के संसारका अन्य प्रतिस्पर्धामा पनि आफूलाई अब्बल ठहर्‍याउन सक्छौं। हामी कहीँ न कहीँ विचलित हुन्छौं। विचलित नभइ लागिरह्यौं भने एक दिन सफलता हात लाग्छ।

निजामती सेवामा प्रवेश रोजगार र सार्वजनिक सेवा त भइहाल्यो, स्रोत साधनसम्मको पहुँचमा पुग्नु पनि हो। यो नतिजाले बाजुराजस्ता जिल्लाहरु विकासमा अझै पछि पर्ने संकेत गर्छ?
म यसमा पूर्ण सहमत छु। निजामती सेवासग दुईवटा अवसर हुन्छन्। एउटा सार्वजनिक स्रोत साधनमाथिको निर्णय गर्ने अधिकार र अर्को त्यसको कार्यान्वयन गर्ने अधिकार। सार्वजनिक सेवाभन्दा माथि राजनीतिक नेतृत्व हुन्छ। निजामती सेवाको नेतृत्वले राजनीतिक नेतृत्वसँग सहकार्य गरेर आफूलाई लागेका ठाउँमा राज्यका योजनाहरु, स्रोत साधनहरु, विकास निर्माणहरु लैजान सक्छन्। त्यस्तो पहुँच नभएका कारण पनि विकासमा पछि परेकै हो।

दोस्रो, निजामती सेवामा नभएको जिल्लाको राजनीतिक नेतृत्वले पनि सूचना पाउँदैन। सबै ऐन, कानुन थाहा हुँदैनन्। बजेटका सीमाहरु थाहा हुँदैनन्। बजेट माग्नका लागि पनि यी कुराहरु जानकारी हुनुपर्‍यो। त्यसरी पनि वञ्चित भएको हो।

आगामी दिनमा यसरी शून्य नतिजा नदेख्न बाजुराजस्ता जिल्लाहरुका राजनीतिक, सामाजिक संगठन, त्यहाँका स्थानीय सरकारकाहरुले के-के गर्नुपर्छ?
एकपटक मैले बाजुराको गौमुल गाउँपालिकाको अध्यक्षलाई एउटा सल्लाह दिएको थिएँ। मैले भनेको थिएँ- तपाईं सबै वडामा होइन, एक ठाउँमा आवासीय स्कूल चलाउनुहोस्। त्यहाँ क्षमतावान शिक्षकहरु राख्ने र प्रशस्त शैक्षिक सामग्री उपलब्ध गराउनुहोस्। त्यसलाई बूढानीलकण्ठ जस्तो स्कूल बनाउन सकिन्छ। शिक्षाको गुणस्तर हुन्छ भनेको थिएँ।

लोकसेवा प्रतिस्पर्धात्मक छ, मिहेनतका साथै त्यसमा शिक्षाको गुणस्तर त चाहिन्छ नै। गुणस्तर यति खस्केको छ कि हाम्रा शिक्षकले गुणस्तरीय पढाउँदैनन्। मैले शिक्षकका बारेमा रिसर्च गरेको थिएँ- एक जना शिक्षकले जीवनकालमा कति पढ्दो होला? धेरैजसो शिक्षकले आफ्नो पढाउने किताबबाहेक अन्य क्षेत्रका किताबको अध्ययन गरेको पाइएन। शिक्षक सेवा आयोग नियमावली नपढेका पनि छन्। त्यसैले पहिले शिक्षाको गुणस्तर नै बढाउनुपर्छ। त्यसपछि अर्को काम मनोबल बढाउनुपर्छ। भन्नुपर्छ- तिमी गर्न सक्छौ। त्यसका लागि यी-यी किताब अध्ययन गर। यस्तो खालको संगत गर। यी-यी मान्छेका कुरा सुन भन्नुपर्‍यो। एफएम रेडियोहरुको प्रभाव छ, त्यहाँ पनि लोकसेवासँग सम्बन्धित कार्यक्रम नियमितरुपमा प्रशारण हुनुपर्छ।

त्यसबाहेक छलफल गर्दा, बहस गर्दा र कुरा गर्दा यो विषयलाई बढी महत्त्व दिनुपर्छ। जागिर पनि अर्कैले लगाइदेला भन्ने मानसिकताले त लोकसेवा पास भइँदैन। मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण मान्छे म नै हो, अर्काको भर पर्नुहुन्न भन्ने मानसिकताको विकास युवामा गराउनुपर्छ। निजामती मात्रै होइन, नेपाल प्रहरी वा अन्य सार्वजनिक संस्थाको नतिजा हेर्दा पनि यस्तै निराश हुनुपर्ने देखिन्छ। निजी क्षेत्रको कर्पोरेट हाउसमा पनि हाम्रो जिल्लाको उपस्थिति कमजोर छ।

निजामतीमा म अहिले एक्लो महसुस गरिरहेको छु। त्यसकारण पनि म चाहन्छु- बाजुरा जिल्लाका युवा साथीहरु निजामती सेवामा प्रवेश गरुन्। मुलुकको सेवा गरुन्। बाजुराको विकासमा पनि सघाउन्। त्यसका लागि सबै सामाजिक संगठन (विद्यालयदेखि राजनीतिक संगठनसम्म, कर्मचारीदेखि पत्रकारसम्म) मिलेर केही गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह
बालेनले राजीनामा नदिने
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी आइतबार, माघ ४, २०८२
राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्