• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
संस्मरण

राणाशासनको अत्याचारी फैसला र मृत्युदण्ड पाएका साथीहरूसँग अन्तिम भेट

गोविन्दप्रसाद उपाध्याय शनिबार, माघ १५, २०७८  १९:१५
1140x725

कोतपर्व भण्डारखालपर्व रणोद्दीपपर्व र अन्य अनेकौं पर्व तथा मानव–हत्याले बलशाली र आतङ्ककारी भएको निरङकुश राणाशासनले लामो समयसम्म राजालाई राजदरबारमा कैदीतुल्य बनाएर नेपालमा यस्तो शोषण, अत्याचार र आतङ्क फलायो कि त्यसको वर्णन गरी साध्य छैन। नेपालीले न त आफ्नो देश, आफ्ना राजा, आफ्नो व्यक्तित्व र आफ्नो मान भन्न पाए, न त यिनको आर्थिक, शैक्षिक तथा मानसिक उन्नति हुन नै दिइयो। राणा प्रधानमन्त्रीको हकम नै सर्वोपरि कानुन थियो। सैनिक तथा निजामतीका सबै प्रमुख ओहदामा राणा–परिवारका सदस्यहरू नै हुन्थे। आफ्नो मान मर्यादा र व्यक्तित्वलाई तिलाञ्जलि दिएर चक्ली, चाकरी र आत्मसमर्पण गर्नेले मात्र सैनिकतर्फ लप्टन, कप्तानसम्म र निजामतीतर्फ खरदार, सब्बासम्म जागिर पाउँथे। त्यसभन्दा माथि एकाध अति विश्वासपात्रले मात्र उक्लन पाउँदथे।

जनतालाई एक पेट खान र एक धरो लगाउनसम्म मुस्किल थियो। सयौं रोपनी जग्गाको कम्पाउन्ड, बेलायती ढाँचाको सबै साधनले सजिएका बडाबडा दरबार, दरबारमा सुन्दर बाग–बगैंचा र हजारौं सुन्दरीहरू, पहाड, मधेस, ठाउँ–ठाउँका उर्वर हजारौं बिगाह जमिन र जङ्गल राणाहरूका मात्र हुन्थे। उनीहरूले स्वर्गलाई आफ्ना दरबारमा उतारेका थिए। उनीहरूको सोखसयल विश्व इतिहासका बडाबडा राजा–महाराजाको भन्दा कम थिएन। तीनैतिर ब्रिटिस–भारतले घेरिएको, उत्तरतर्फ संसारमा कहलिएका उत्तुङ हिम–पर्वतमालाको पर्खाल रहेको यस लुकेको भूभागमा दक्षिणका अङ्ग्रेज शासकलाई रिझाएर यिनले नेपालभित्र आफ्नो प्रभुत्व जमाएका थिए र नेपाली जनतालाई कमारातुल्य बनाएका थिए। राणाको शोषण र हुकुमको विरोध गर्ने कसैले साहस देखायो भने त्यसको सर्वनाश हुन्थ्यो।

राणाहरू कलकत्ता, बनारस सयर गर्न बराबर जान्थे। नेपालीहरू पनि कार्यवश जान्थे। कुनै नेपालीले कुर्ता–धोती लगाएर गयो र उनीहरूसँग भेट्यो भने भारतीय भन्ठानी उनीहरू ‘आप’ भन्ने सम्बोधनले कुरा गर्दथे। तर, नेपाली भन्ने थाहा पाउनेबित्तिकै ‘तिमी’ भन्दथे। यसरी आफूभन्दा वृद्ध, आफूभन्दा विद्वान जे भए तापनि राणाहरूसँग बोल्दा वा व्यवहार गर्दा नेपालीले आफ्नो सम्मानलाई पैतालामुनि राख्नपर्दथ्यो। नेपाली जनतालाई यसरी हेप्ने र आफूलाई दयावतार, धर्मावतार, प्रभु भनाउने गरेका थिए। यसरी सारा नेपालीलाई राणा आतङ्कले थिचेको थियो। 

नेपालीहरू आफ्नो शिरमाथि ठूलो बोझले किचेको अनुभव गर्दथे र कहिलेकाहीं ब्रिटिस–भारतमा जाँदा पनि त्यो बोझबाट छुटेर हलुङ्गो भएको अनुभव गर्दथे। ब्रिटिस–भारतमा सीमित मात्रामा भए पनि वाक स्वतन्त्रता थियो, लेख्ने स्वतन्त्रता थियो, सयौं पत्रपत्रिकाहरू प्रकाशित हुन्थे। शासनको आलोचना गर्न र आन्दोलन गर्न भारतीय जनताले थालिसकेका थिए। कानुनको राज्य र कानुनको मर्यादाको आधार निकै सुव्यवस्थित भइसकेको थियो। रेल, ट्राम, बस, बाटोघाटो इत्यादिको निकै विकास भइसकेको थियो। कलकारखानाको जग बस्तै थियो।

नेपालमा नेपालीले अग्लो तला भएको र तीन तलाभन्दा अग्लो घर बनाउन मनाही थियो। घरबाहिर सेतो चुनले पोत्नसम्म पाइँदैनथ्यो। छोरीबेटी राम्रा भए राणाहरूका आँखाबाट बचाउन मुस्किल पर्दथ्यो। राणाहरू बाटामा हिँडेका बेला झुकेर सलाम–स्वस्ति गर्नुपर्दथ्यो। अलि नाम भएका व्यक्तिहरूले चाकरीमा गएन भने त्यसमाथि दागा धरिन्थ्यो र मौका खोजी त्यसको हुर्मत लिइन्थ्यो। जीउ–धन सरकारको (याने राणाको) भन्ने सारा सबको थेगो नै बनिसकेको थियो।

नेपाली जनताको आफ्नो जीउ र आफ्नो धनमा कुनै आधिकार छैन, निरङ्कुश राणाशासनले कुनै बेला पनि जीउ–धन लिन सक्तछ भनी जनताको भलाइका निम्ति बोल्ने, अरू देशको उन्नतिको दाँजोमा आफ्नो लाई पनि पुर्‍याउन चाहने चेतनशील युवकहरू राणाशाहीका विरोधी मात्र होइन राजद्रोही ठहर्दथे। तथापि, ज्यानको बाजी लगाउने अठोट गरेर मातृभूमिको उत्थान र उन्नतिका निम्ति, जनताले बोल्न, लेख्न, सङ्गठन गर्न पाउने मौलिक हकका निम्ति तथा ५ महाराजाधिराजको संवैधानिक नायकत्वमा प्रजातन्त्र स्थापना गर्नका निम्ति प्रजा परिषदले सङ्गठन गरेको थियो र राणाशासनको विरोधमा जनतामा चेतना जगाउन र राणाहरूलाई चेतावनी दिन सर्वप्रथम पर्चा छरेको थियो। यो पर्चा होइन, जोडदार भाषामा लेखिएको खुलापत्र थियो। त्यसैले राणाहरूले सुराक पत्ता लगाई प्रजापरिषद्का सदस्य तथा अन्य कैयौं व्यक्तिहरूलाई पनि बन्दी तुल्याई कारबाई चलाइराखेका थिए।

करिब ३ महिनापछि १९९७ साल माघ ७ गतेको दिन आयो। हामी सबै नेल–सिक्री लगाइएका राजबन्दीहरू पाश्र्ववर्ती फौजको सङ्गिनका घेरामा सिंहदरबारको फुटबल चौरमा लगियौँ। हामीलाई पश्चिम मोहडा गराएर सङ्गिनका बीच खडा गरियो। अघिल्तिर पालमा राणाशासकहरू र चौरमा राणाका भारदारहरू रहेछन्। राणा प्रधानमन्त्री तथा श्री ३ महाराजको सशस्त्र बिजुली गारत एकतर्फ उत्तर मोहडा गरेर एटेन्सन पोजिसनमा थियो। हामी राजबन्दीहरू पश्चिम हेर्ने र राणा तथा उनीहरूका भारदार पूर्व हेर्ने भई हेराहेर भइरहेको थियो। घण्टौं हेराहेर नै भइरह्यो। राणाहरूमध्येका बुज्रुक केशरशमशेर जस्ताले मानौं राजबन्दीहरूको पानी हेरिरहेका थिए भने परिषद्का सदस्यहरू पनि राणाहरूको आत्मबललाई आँकिरहेका थिए।

धेरै बेरको प्रतीक्षापछि प्रधानमन्त्री तथा महाराज जुद्धशमशेर रोबरवाफका साथ त्यस भारी भेलामा आए। उनका पछि हुक्का, नली, चिलिम, लामो रबडको नली पनि थियो। त्यसको केही छिनपछि नै श्री ५ त्रिभुवनलाई आफ्ना तीनै युवराजहरू साथ नरशमशेरले सवारी चलाई ल्याए। मौसुफहरू ठूलो पालको काउचमा राज हुनेबित्तिकै जुद्धशमशेर हुक्का गुडगुडाउन छाडेर उठ्याउठ्यै एउटा लिखित भाषण पढ्न थाले।

nimb
nimb

‘...कीराले हीरा बिगायो... नीच दर्जाका सोसलिस्टले उचालेको... गान्धीसँग भेटी नेपालको कुरा गरेको... यस्ता गाथगादी ताक्ने राजद्रोहीहरूलाई म के गरौं?’ भनी खुट्टा बजारे।

अनि श्री ५ त्रिभुवनबाट हुकुम भयो, ‘मोडरेट गर्नुपर्छ।’

माहिला गुरुज्यूले मनुस्मृतिको श्लोक उद्धृत गर्दै भने, “राजद्रोही ब्राह्मण नै किन नहोस् त्यस्ता दुष्कर्मीलाई प्राणदण्ड दिन सकिन्छ।’

कर्नेल यक्षविक्रम धमलाले भने, ‘महाराज, यी सबैलाई काट्नुपर्छ।’

यत्तिकैमा हामीलाई उभ्याइएको हारको उत्तर छेउमा उभिएका शुक्रराजले आङ चलाउँदै, खट्टा पनि बजार्दै नेल–सिक्रीको आवाज साथै ‘प्रजालाई थिचोमिचो गरी आफ्नो स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धत गर्न पाऊँ’ भने।

यत्तिकैमा हामीलाई उभ्याइएको हारको उत्तर छेउमा उभिएका शुक्रराजले आङ चलाउँदै, खट्टा पनि बजार्दै नेल–सिक्रीको आवाज साथै ‘प्रजालाई थिचोमिचो गरी आफ्नो स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धत गर्न पाऊँ’ भने।

‘यी सबैको नाइके तैं होस्, अझ कराउँछस्। तँलाई पल्टनले कुल्चाएर मारौंला’ भनी जुद्धशमशेर कुर्लिए।

यति कुरा के भएको थियो श्री ५ त्रिभुवन र युवराजहरू अप्रत्याशित ढङ्गले उठी मोटरतर्फ गई सवारी फिर्‍यो। अनि महाराज र उनका सेनामेना किर्तव्यविमुढझैँ भए। प्रधानमन्त्री सिंहदरबारतिर लागे। अरूहरू पनि छितरिए। हामीलाई स्कूल घरमा लगियो। पालमा राखिएकालाई पनि त्यतै लगियो।

यसैबीच प्रधानमन्त्रीसहित चार कमान्डिङ र उच्चपदस्थ राणाहरूको सिंहदरबारमा बैठक बस्यो। मुद्दाको फैसला सुनाउने कार्यमा श्री ५ का अप्रत्याशित आक्रोशयुक्त फिर्ती सवारीले पूर्वनिश्चित योजनामा बाधा परे तापनि सिंहदरबार अगाडिको माछापोखरीको पटाङ्गिनीमा उभ्याई सजाय सुनाउनू भन्ने कुराको निर्णय भएछ। घण्टौँ उभ्याई फर्काइएका हामीहरू सुस्ताउन पनि पाएका थिएनौं, हामीलाई पुनः हिँडाइयो। नेल–सिक्रीको छिन्द्रिङछिन्द्रिङ आवाज गर्दै हामी पुनः हिँड्यौं। 

सिंहदरबाको मोहडाको लामो माछापोखरीको दक्षिणतर्फको ढुङ्गे पथमा हामी लहरै उभियौं। हामी प्रत्येकका पछिल्तिर बन्दुकधारी सैनिक तैनाथ थिए। उक्त पथदेखि दक्षिणतर्फ रूख–कमलको बोटमुनि चौरमा चार कमान्डिङ र अन्य सम्बन्धित जर्नेलहरू र केही राणा जर्नेल, काजी, सरदार र सुब्बाहरू थिए। केही बेरपछि रत्नमान काजीका हातमा बेरिएको नेपाली कागजको एक मुठो देखियो। आपसमा कुरा गरेपछि त्यो कागज पढ्न काजीले महत सुब्बालाई कर गरेको देखियो। निर्देशानुसार नाउँ बोलाउनासाथ हामी एक पाइला अगाडि बढ्दथ्यौं, आफूलाई भएको सजाय सुन्थ्यौं र फेरि आफ्नो रोहमा उभिन्थ्यौं। रोहमा पनि हामीलाई आ–आफ्नो क्रियाकलापअनुसार रोलक्रम जस्तो गरेर उभ्याइएको थियो। 
०००

राणाशाहीको अत्याचारी फैसलाको नाटक सकिएपछि साँझ–साँझ पर्न लागेको थियो। पुनः खुट्टामा जकडिएको सिक्रीको आवाजसाथ आ–आफ्ना बिछ्यौनामा पुर्‍याइयौं। आ–आफ्ना घरबाट ल्याएको खाने कुरा खायौं र बिछ्यौनामा पल्ट्यौं। साथीहरूको ज्यान जाने र आफू जेल जाने नयाँ परिस्थितिको कल्पनामा रङ्गिदै रात बित्यो। 

भोलिपल्ट ११ बजेतिर गुन्टा बाँध्ने निर्देशन आयो र जेलतर्फ हिँडाइने तरखर हुन थाल्यो। ज्यान सजाय पाएका साथीहरूलाई स्कूल घरमै राखिने सुइँको पाइयो। अब ती साथीहरूसँग सदाका लागि बिछोड हुने भयो भन्ने कुरा यकिन भयो। यत्तिकैमा १२ बज्न लागेको हुँदो हो अनि राणा प्रशासनको सङ्गिन र कडाइको कत्ति पर्बाह नगरी ज्यान सजाय पाएका परम मित्रहरूसँग अन्तिम भेट गर्न उनीहरूलाई राखिएको कोठातर्फ गयौं। अगाडि म थिएँ, त्यसपछि अरू पनि थिए। सर्वप्रथम हामी धर्मभक्त माथेमा भएको कोठामा पग्यौं। सुब्बा पूर्णनारायण पनि थिए। दुवैसँग हात मिलायौं, ढाडस दियौं र बिदा माग्यौं। धर्मभक्तले भने, ‘म देश र जनताको भलाइका निम्ति आफ्नो ज्यान अर्पण गर्दैछु।’

हामीले सान्त्वना दिँदै भन्यौं, ‘नेपालको इतिहासमा तपाईं अमर हुनुहुनेछ।’

त्यसपछि हामी दशरथ चन्द र गङ्गालाललाई राखिएको कोठामा जबर्जस्ती घुस्यौं। दुवैसँग हात मिलायौं, अङ्कमाल गर्‍यौं। अन्तिम बिदाको यस करुण बेलामा हाम्रा गहमा आँसु थियो। यस्तै, ती दुवै वीरहरूका आँखा पनि रसिला थिए। यत्तिकैमा दशरथले अङ्ग्रेजीमा भने, ‘एनपीपी इज आवर लाइफ, सो लङ एनपीपी रिमेन्स, वी रिमेन।’ (नेपाल प्रजापरिषद् नै हाम्रो जीवन हो, जबसम्म नेपाल प्रजापरिषद् रहनेछ हामी पनि जीवित रहनेछौं।)

फेरि उनले भने, ‘राणाशाहीको अन्त्य र प्रजातन्त्रको उदय तपाईंहरूले देख्नुहुनेछ।’

यसै उक्तिलाई गङ्गालालले पनि मुखाकृतिबाट समर्थन जनाए। यसमा गणेशमानले हामी सबैको प्रतिनिधित्व गर्दै शहीद हुने ती वीर आत्माहरूलाई छाती ठोक्दै जवाफ दिए, ‘हामी बाँचेका छौं, धन्दा मान्नुपर्दैन। प्रजातन्त्र ल्याउनेछौं।’

यो अन्तिम भेट बडो मार्मिक र वेदनापूर्ण थियो।

त्यसपछि हामी ३२ जना राजबन्दीहरूलाई आ–आफ्ना गुन्टा बोक्न लगाई सिंहदरबारको पटाङ्गिनीतर्फ हिँडाइयो। सकी–नसकी कसैले घिसार्दै, कसैले दाहिने काँध र देब्रे काँध सार्दै र कसैले दायाँ कम्मर र बायाँ कम्मरमा च्याप्तै, कति ठाउँमा बिसाउँदै सिंहदरबारको पश्चिम–दक्षिण पटाङ्गिनीसम्म पुर्‍यायौं। यो दर्शनीय दृश्य सिंहदरबारका झ्यालबाट ती विशाल महिलावर्गले लुकीछिपी हेरेको हामीले पनि थाहा पायौँ। प्रमुख राणाहरू पनि कुनै झ्यालभित्रबाट हेरिरहेका होलान्। हामी हरेकका साथसाथ सधैँझैँ बन्दुकधारी पाश्र्ववर्ती पल्टनका सिपाहीहरू थिए। हामीलाई नेल–सिक्री र त्यसका छिन्द्रिङछिन्द्रिङ आवाजका साथ जेलतिर जान त्यति नरमाइलो लागेको थिएन। गुन्टाका भारी बोकेर जेलसम्म पुग्ने कार्य चाहिँ हाम्रा निम्ति असम्भव थियो।

कोर्रा खाँदा, कटक बिजुली लगाउँदा र हामी सबैलाई झुन्ड्याउने वा गोला खुवाउने कुरा चल्दा पनि हामीलाई कुनै पर्बाह लागेको थिएन। हामी मातृभूमिको उन्नति र प्रजातन्त्रका निम्ति आफ्नो ज्यान अर्पण गर्न हरबखत तयार थियौं। हामीले आफ्ना मनस्थिति तदनुसार बनाइसकेका थियौं।

कोर्रा खाँदा, कटक बिजुली लगाउँदा र हामी सबैलाई झुन्ड्याउने वा गोला खुवाउने कुरा चल्दा पनि हामीलाई कुनै पर्बाह लागेको थिएन। हामी मातृभूमिको उन्नति र प्रजातन्त्रका निम्ति आफ्नो ज्यान अर्पण गर्न हरबखत तयार थियौं। हामीले आफ्ना मनस्थिति तदनुसार बनाइसकेका थियौं। तर, गुन्टा बोक्ने कार्य हाम्रो सामथ्र्यबाहिरको कुरा थियो र हामीले आफ्नो मनलाई राणाशाहीसँग पुनः जुध्न दृढ पार्‍यौं।

के कारणले हो पटाङ्गिनीमा हामीले निकै बेर थकाइ मार्ने मौका पायौँ र सिंहदरबारका झ्यालबाट चियाई–चियाई हेर्नेले हाम्रो तमासा निकै बेरसम्म हेर्न पाए। धेरै बेरपछि केही अफिसरहरू आए र हामीलाई जेलतर्फ हिँडाउने अर्डर दिए। पुनः गुन्टा बोकेर हिँड्न भनियो। यो कुरा सन्नासाथ हामीले विरोध गर्‍यौं। विरोध गर्नेमा टंकप्रसाद नै अगुवा हुनुभयो। ‘हामी गुन्टा–सुन्टा बोक्न सक्तैनौं’ भनी गुन्टा फालिदियौं। राणाका डिट्ठा अफिसरहरू र हाम्राबीच निकै रन्कारन्की पर्‍यो।

त्यसपछि पुनः हामीलाई त्यहीं निकै बेर राखियो। सायद यी सब कुरा प्रधानमन्त्री श्री ३ महाराजसम्म पुर्‍याउन र आवश्यक हुकम पाउन होला। एकतन्त्री शासनमा तल्लो तहले कुनै आँट गरेर निर्णय लिन सक्ने न त क्षमता हुन्छ, न त परम्परा नै। राजबन्दीहरूले गुन्टा बोक्नैपर्छ भन्ने कसैको हिम्मत भएन।

यत्तिकैमा अढाई–तीन बजेको हुँदो हो, हामीलाई जेलतर्फ हिँडाइयो। गुन्टा बोक्न परेन। हामीलाई जेल लैजाँदा पनि रोलक्रम मिलाएजस्तो गरी सबैभन्दा अगाडि टंकप्रसाद अनि रामहरि अनि चूडाप्रसाद अनि गोविन्दप्रसाद अनि चन्द्रमान अनि पुष्करनाथ अनि बलबहादुर अनि गणेशमान अनि हरिकृष्ण यसरी नै क्रम मिलाएर हिँडाइयो।

राणाशाहीको आतंक र कडाइ हुँदाहुँदै पनि सिंहदरबारको ढोकानिर उत्तर–दक्षिणका बाटामा निकै युवकहरू हामीलाई हेर्न जम्मा भएका रहेछन्। सिंहदरबार–भद्रकालीसम्मको माथिल्लो बाटोबाट जनताले हिँड्न पाउँदैनथे। त्यस बाटोको दक्षिण तलतिर जनताले हिँड्ने अर्कै बाटो थियो। सिंहदरबारको ढोकाअगाडि जनताले उत्तर–दक्षिण पार गर्ने टनेल बाटो थियो। हामीलाई माथिल्लो बाटो पैदल लगियो। हामी हरेकका पछाडि बन्दुकधारी सिपाही थियो र दायाँ–बायाँ पनि त्यस्तै सिपाहीहरू थिए। 

भद्रकालीमा हामीलाई हेर्न निकै मानिसहरू जम्मा भएका थिए र पर–परबाट दगुर्दै आइरहेका पनि थिए। जेलको ढोकानिरको बाग्द्वार (हाल पेट्रोल पम्प) मा पनि जम्मा भएका जनताहरू कौतुहलका साथ हेरिरहेका थिए। हामीलाई भद्रकालीबाट सोझै पश्चिम सुन्धारा पुग्ने बाटैबाटो नलगी टुँडिखेल (हाल आर्मी हेडक्वार्टरको अघिल्तिर)बाट छड्के गरी बाग्खोर पुर्‍याई २ नम्बर भद्रगोल जेलभित्र हालिएको थियो। यस बेला करिब ४ बजेको हुँदो हो।

(यो संस्मरण रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उपाध्यायको पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहास-सन्दर्भ’बाट लिएका हौँ। १९९७ सालको प्रजापरिषद् काण्डमा पक्राउ परेर जेल सजाय पाउनेमध्ये उपाध्याय पनि थिए।)

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्