• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कलेजो प्रत्यारोपण विज्ञ डाक्टर, जो गन्जी कोरेर जर्सी बनाउँथे

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  ०८:०६
1140x725

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्था, शिक्षण अस्पतालमा कार्यरत डा रमेश भण्डारीलाई यतिबेला दोहोरो चटारो छ। कलेजो प्रत्यारोपण विज्ञ डा भण्डारी केही महिनाभित्रै शिक्षण अस्पतालबाट कलेजो प्रत्यारोपण सेवा थाल्दैछन्। त्यसका लागि उनको दौडधुप छँदैछ। यही बेला उनको जीवनको प्रिय खेल फुटबलको कुम्भमेला चलिरहेको छ। रसियामा जारी विश्वकप फुटबल नहेरी त उनको मन चैनमै हुँदैन। 

कामको समय मिलाएका छन्। थप मेहनत गरिरहेका छन् र हेरिरहेका छन् फुटबल पनि। एक हिसाबले उनलाई फुटबल क्रेजी डाक्टर भन्न पनि मिल्छ। किनभने डाक्टर बन्ने क्रममा र डाक्टर भएपछिका व्यस्तताले उनको जीवनबाट धेरथोक अलग्गिए। तर यही एउटा फुटबल हो, जसलाई उनले अहिलेसम्म अलग्गिन दिएका छैनन्। ठूलो मैदानमा उनले खेल्ने फुटबल अहिले खुम्चिएर फुटसलमा चाहिँ पुगेका छ तर टुटेको छैन। 

बैतडीमा जन्मिएका डा भण्डारी बाल्यकाल भने काठमाडौंको  कुपन्डोलमा बित्यो । कुपोन्डोलमा त्यो समय धेरैतिर खाली चौर थिए। चौरमा कसैले फुटबल उफार्न हुन्थेन, भण्डारी सवथोक छाडेर पुगिहाल्थे। नचिनेकाहरुसँग चिनजान गर्थे र फुटबल दौडाउन थाल्थे। फुटबलमा उनको लगाव मात्रै होइन, खेलकौशल पनि राम्रै थियो। त्यसैले पहिलो दिन अपचितहरुले उनलाई टिममा सहभागी गराउँथे र दोस्रो दिन राम्रो खेल्ने मान्छे भनेर खोज्दै घरसम्म आइपुग्थे  उनी भन्छन्, ‘फुटबलकै कारण सानैदेखि मेरा धेरै साथीहरु थिए।’

000

स्कुल लेभल सकाउन्जेलसम्म निरन्तर फुटबल खेलिरहे। तर, त्यता अहिलेको जस्तो आकर्षक करियर थिएन। व्यवसायिक रुपमा सिक्ने ठाउँ पनि मेलोमेसो पाएनन्। सानो बेला उनीसँगै खेल्न कति साथीहरुले भने फुटबलमै करियर बनाएका छन् । कति कोच छन्, भने कति राष्ट्रिय खेलाडिसम्म भएका छन्।  

स्कुल, कलेज र एमबिबिएस पढुन्जेलसम्म पनि उनले पढाइपछि रोजे फुटबल। फुटबलमा जितेर हात पारेका थुप्रै मेडल उनीसँग छन् अहिले पनि। भन्छन्, ‘कहीँ फुटबल  खेलेको देखेपछि अहिले पनि आफूलाई रोक्न सक्दिनँ ।’

चाहे असारसाउनको झरी होस् वा चाहे वैशाखको गर्मी। फुटबल भनेपछि सवथोक बिर्सिएका प्रशस्त घटना छन् उनीसँग। सानो बेला जाडोयामामा बागमती किनारको बालुवामाथि साथीहरुसँग फुटबल खेलेका स्मृतिहरु उनको मानसपटलमा अहिले पनि नाँच्छन्। उनले सम्झिए,‘जाडोयाममा बागमतिमा एकदम थोरै पानी हुन्थ्यो। नदी पूरै हाम्रा लागि मैदान थियो। बालुवामा दिनभरि फुटबल खेलिन्थ्यो।’

nimb
nimb
Ncell 2
Ncell 2

 

भिएस निकेतन स्कुलमा पढेका उनले थुप्रै स्कुलस्तरीय प्रतियोगिता जितेका छन्। पढाइ कमजोर हुने डरले स्कुल बाहिरका प्रतियोगितामा भने उनी त्यति गएनन्। कुपोन्डलका उनकै साथीहरु मिलेर एउटा क्लब भने बनाएका थिए। जर्सी प्राप्त नहुने त्यो समय उनीहरु आफ्नै टिसर्टका पछाडि क्लबको नाम र आफ्नो नम्बर लेख्थे। 

सानैछँदाको विश्वकप उनी सम्झिन्छन्,  ‘म त्यस्तै चार–पाँचमा कक्षामा पढ्थें। विश्वकप भइरहेको थियो। अहिलेको जस्तो जर्सी जताततै पाइन्नथ्यो। हामीले आइडिया लगायौं आफ्नो मन पर्ने टिमको जर्सीको कलर सेता गञ्जीमा लगायौं।’ 

एसएलसीमा फुटबलल र पढाइ सँगसँगै जस्तो थियो उनको तर प्लस टूपछि फुटबल उनीबाट अलिकति अलग्गिन पुग्यो। होस्टेलमा बसेर भरमार पढ्नुपर्‍यो उनले। फुटबलको तीर्खा उनले फुर्सदको समयमा खेलेर मेटे।

000

एबिबिएस पढ्दा फेरि फुटबल खेल्ने मौका मिल्न थाल्य। सहपाठीबीच प्रतियोगिता हुन्थ्यो, राम्रो खेल्ने डा भण्डारी छुट्ने कुरा भएन। उनी सहभागी भएका प्रायः खेल जित्ने उनकै टिम हुन्थ्यो। टिमले जितेका मात्रै होइन, बेस्ट प्लेयरका ट्रफी पनि उनीसँगै थुप्रै छन्। जुन उनले सजाएर राखेका छन्। आफ्ना सन्तानहरुलाई देखाउँछन्। 

नेपालमा हुँदा मात्रै होइन, पढाइको सिलसिलामा अष्ट्रेलिया पुग्दा पनि उनले फुटबल खेलेका छन्। उनी भन्छन्, ‘त्यहाँ पुगेपछि खेल्ने साथीहरु भेटिहाले। त्यसपछि आफूलाई रोक्न सकिएन ।’

फुटबलप्रतिको प्रेम मैदानमा प्रदर्शन गर्न उनको व्यस्त पेशाले दिँदैन। त्यसैले फुर्सदको समय खेलप्रतिको तीर्खा मेट्न फुटसल पुग्छन्। फुटबलप्रेमी साथीभाईहरुको एउटा समूह बनाएका छन्, फ्याकल्टी फुटसल क्लब।  शिक्षण अस्पतालमै कार्यरत फुटबलप्रेमी डाक्टर सदस्य छन । ‘करियर बनाउँदा छुटेको फुटबल खेल्न सपना पूरा गर्न फ्याकल्टी  फुटसल क्लब  बनाएका हौं। बिदाको समय खेल्न जान्छौं। विश्वकपको समय त खेल्ने अझ धेरै हुन्छन्,’ उनले नेपाल लाइभसँग भने।

नेपालीमाझ फुटबल लोकप्रिय हुनुको कारण पहिल्याएका छन् उनी, भन्छन्, ‘यो खेल्न र हेर्न सजिलो खेल हो ।’

विश्वकप पहिलोपल्ट हेर्दा उनले सुनेको नाम अर्जेन्टेनी स्टार म्यारोडना हो। उनको खेलबाट प्रभावित भएर लामो समय उनी अर्जेन्टिनाका प्रशंसक बने। खेल राम्ररी बुझ्दै जाँदा उनी पोर्चुगलका समर्थक बने।

 

उनलाई सन् १९८६ को विश्वकप अलि अलि सम्झना छ। राम्रोसँग सम्झेको सन् १९९० को भने उनलाई राम्ररी सम्झेका छन्। फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेका थिए। उनी अर्जेन्टिनाका समर्थक थिए। तर, विश्वकप जर्मनले उचाल्यो। उनी खिन्न भए। उनी भन्छन्, ‘अर्जेन्टिनाले खेल राम्रै खेलेको थियो । तर, जर्मनले १–०ले जित्यो ।’

विश्वकप बाहेक उनी युरोकप, कोपा अमेरिका लगायतका खेल नछुटाई हेर्छन्। राम्रो खेल्न खेलाडि र टिमलाई समर्थन गर्छन्। अहिले उनी पोर्चुगलका फ्यान छन्। त्यसैले फुटबल खेल्दा पनि पोर्चुगलकै जर्सी लगाएर खेल्छन्।  

उनलाई साथीभाईमाझ बसेर खेल हेर्न रुचीकर लाग्छ। फुर्सद भएसम्म त्यस्तो मेसो पनि मिलाउँछन्। 

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्