• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

दिल्लीको ढावामा सरदारजीको अर्ती

गणेशप्रसाद लाठ शनिबार, पुस २४, २०७८  १८:००
1140x725

मोटामोटी पन्ध्र वर्षअघिको कुरो हुनु पर्ने हो। अहिले सम्झिँदा त्यस्तै लाग्छ।

मेरा तीन जना मित्रहरूका साथ दिल्ली जानुपर्ने भयो। हामी लौहपथ गामिनी अर्थात्, रेल चढेर वीरगंजसित टाँसिएको भारतीय सहर रक्सौल हुँदै बाटो लाग्यौँ। मित्रहरूको चलनचल्तीको सांसारिक नाम जे भए पनि मेरो यो संस्मरणमा त्यसले फरक पार्दैन। तैपनि सुविधाको लागि राम, श्याम वा हरि बुझे हुन्छ।

मेरो झिटीगुन्टामा बाटोको लागि भनेर मेरी गृहस्वामिनीले सबै साथीहरूलाई पुग्ने गरी बडो जतनका साथ रोटी र सुख्खा तरकारी हालिदिएकी थिइन्। साँझ खाना खाने बेलामा हामी आफ्‍नो पोकोपन्तरो खोल्ने तरखरमा थियौँ।

‘तात्तानो खाना....’ कसैले उँचो स्वरमा हाँक दिँदै गरेको आवाज हाम्रो कानमा ठोक्कियो। हाँक दिने मान्छे हामी बसेकै ठाँउमा आइपुग्यो। उसको हातमा रहेका खानाका प्याकेटहरूतिर दृष्टि जाने बित्तिक्कै हाम्रो ज्ञानचक्षु एक्कासी चलयमान भयो। एकातिर आफूसँगै ल्याएको रूप न रङको चिसो खाना, अर्कोतिर आकर्षक प्याकिङ र रूपरङ भएको तात्तातो खाना। 

त्यहाँबाट आइरहेको बासनाबाट हामी झनै लठ्ठिएका थियौँ। हामीबीच केही बेर गन्थनमन्थन चल्यो।

‘घरबाहिर पनि घरकै खाना? त्यो पनि एक दिन पुरानो भइसकेको सुख्खा रोटी र बरफजस्तै चिसो तरकारी, छ्या!’ यसो भन्दै सबैले नाकमुख खुम्च्याए। एकछिन अगाडिसम्म स्वीकार्य भएको खाना हामीलाई अस्वीकार्य भयो। यस्तै त हो हामी मानवको आचरण। गतिलो विकल्प मात्र पाउन पर्छ, ठाँउ, नाक, कान अथवा जिब्रो फेर्न बेर लगाउँदैनौ। खैर, जित बजारु खानाकै भयो। घरायसी खानालाई पुन पोकोमै थन्क्याएर तातो खानाको रसास्वादनतिर लाग्यौँ। 

अर्को दिन बिहान दिल्ली पुग्यौँ। करोलबागस्थित हाम्रो सदाबहार होटलमा हामीले झिटीगुण्टा बिसायौँ। म र श्याम एउटा कोठामा, राम र हरि अर्को कोठामा। नुहाइधुहाइ र खानपिन सक्याएर हामी आ–आफ्‍नो काममा व्यस्त भयौं। चार दिनसम्म दौडधुप चलिरह्यो।

पाँचौं दिन साँझ बल्ल अलि फुर्सद पाएका थियौँ। आज कुनै पीभीआर सिनेमा हलको लक्जरी क्लासमा बसेर हिन्दी सिनेमा हेर्नुपर्छ भनेर मेरो मनमा हुटहुटी जाग्यो। मेरो प्रस्ताव साथीहरूको संसदमा सर्वसम्मतीबाट पारित भयो। नजिकको पटेलनगरमा सत्यम् सिनेमा हल छ, एकदम गतिलो। करोलबागबाट पटेलनगर अटोरिक्सामा जाने, उतैकतै खाना खाने र रातिको ९ देखि १२ बजेको फिलिम हेर्ने योजना बनायौं। 

nimb
nimb
Ncell 2
Ncell 2

जति योजना गुने पनि क्या गर्नु? भारतीय राजधानीको ट्राफिक नेपाली राजधानीको ट्राफिकभन्दा कहाँ कम हुनु! धुँवा र धुलोको अवस्था पनि हामीतिरको भन्दा दुर्बल थिएन। 

करोलबागबाट पटेलनगरको पाँच किलोमिटर बाटो काट्न हामीलाई एक घन्टा लाग्यो। ठीक ठाँउमा पुग्दापुग्दै ८ः३० बजिसकेको थियो। एकातिर आन्द्रापुरका मुसाहरूले जिन्दावाद मुर्दावादको नारा घन्काउन सुरु गरिसकेका थिए, अर्कोतिर सिनेमा सुरु हुन थोरै समय बाँकी थियो। हामीहरू हतारहतार छेउछाउमा चितबुझ्दो रेष्टुरेन्ट खोज्न थाल्यौ। तर, बिडम्बना भनौ, जुन रेष्टुरेन्टमा छिरे पनि सबै टेबल ग्राहकले भरिभराउ, भित्र गोडा टेक्न पनि ठाँउ नभएको।

बूढाहरूले ठीकै भनेका छन्, ‘असल नियतले गरिएको प्रयास कहिल्यै खेर जाँदैन।’ हाम्रो प्रयास पनि खेर गएन। दस मिनेटको गहन सर्च अपरेशनपश्चात् हामीले चित्त बुभ्mदो भोजन गृह (उताको भाषामा पञ्जाबी ढावा) भेटायौं। त्यो ढाबा सानै थियो, तर सफासुग्घर र चिटिक्कको। सबैभन्दा चित्त बुझ्दो कुरो, एउटा टेबल खाली थियो। ग्राहक भर्खर उठेकोले होला, एक जना पिलपिले केटो टेबल सफा गर्दै थियो। 

खानेकुराबारे हामीले आतुरीमा सोध्यौँ। भावशून्य पारामा उसले तत्क्षण फर्कायो, ‘तन्दुरी रोटी और आलु पनिर की सब्जी।’

वास्तवमा तात्तातो भातदाल खाने इच्छा थियो। तर, समयको संवेदनशीलतालाई ध्यानमा राख्दै अग्रसर भएर मैले सौदा कबुल गरेँ, ‘ठीक है, जल्दी से आठ तुन्दुरी रोटी, दो प्लेट आलुपनिर की सब्जी ले आओ। किन्तु ध्यान रखना रोटी एक दम करारी होनी चाहिए।’

संकटकालमा धेरै नखरा देखाउनु हुदैन भनेर साथीहरूले बुझेका रहेछन्। विरोध जनाएनन्। अथवा, भनौ मौन सहमति जनाए।
दस मिनेट बित्यो, तर खाना आएन। हाम्रो ब्यग्रता थेगिनसक्नु हुँदै गएको थियो। हामीहरू कुनै पनि हालतमा फिलिमको सुरुवाती अंश छुटाउने मनस्थितिमा थिएनौँ। 

‘यार! सुरुकै सिन छुट्यो भन्ने फिलिमको असल चार्म नै सकिन्छ।’ साथीहरू गनगन गर्न थाले।

‘चाँडै गर! अन्यथा हाम्रो फिलिम छुट्छ।’ हामी टेबलबाटै कराउन थाल्यौँ। ढाबाका साहु अलि पर हाम्रो हल्लाखल्ला सुन्दै थिए।

उनी हटात् हामीनजिक आएर मधुरो स्वरमै भए पनि असन्तोष प्रकट गरे, ‘बाबुजी आपलोग फिलिम से तुलना करके ईश्वरीय प्रसाद का इस तरहा अपमान ना करे। बाँकी, आपलोग तो पढेलिखे लोग हो।’

म त अक्कनबक्क। उनको व्यङ्ग्यवाण सोझै मेरो छातीमा ठोकिएको थियो। औसत लम्बाई र पाको उमेरका। सरमा पगडी गुथेंका हुनाले उनी सिख समुदायका हुन् भनेर सहजै अनुमान गर्न सकिन्थ्यो।

‘क्या हुआ सरदारजी? हमलोग खाना ही तो माँग रहे है, वह भी पैसे देकर।’ मैंले प्रतिवाद गरेँ। रिसले मेरो कन्पारो रातो भएकै थियो। साथीहरूले पनि नमीठो मानेका थिए।

‘माफ करना बाबुजी, आपके लिए यह खाना महज पेट भरने का साधन होगा, मैं मूलतः किसान परिवार से हुँ ना, मेरे लिए तो यह ईश्वरीय प्रसाद की तरह है।’ उनको जवाफ सुनेर मलाई झोंक चल्यो।

‘तपाईलाई के लाग्छ? हामी मंगल ग्रहबाट आयातित एलियन हौ? हाम्रा पुर्खाहरू पनि कुनै न कुनै कालखण्डमा किसान त थिए।’ उल्टो फर्काउन खोजेँ, तर सकिनँ।

उनले हाम्रो मनोभाव बुझिसकेका थिए क्यारे। दायाँबायाँ पल्याकपुल्लुक हेर्दै थपे, ‘बाबुजी, छोटे मुह बडी बात होगी। आपलोग पढेलिखे लोग हो। फिर भी याद दिलाना चाहुंगा कि किसान दिनरात धरती माँ की सेवा करते है, खेतो को जोतते है। बिज डालते हैं, धरती माँ को सिंचते हैं र अपने बच्चो से ज्यादा पौधो का देखभाल करते हैं। तब ईश्वर की मेहर बरसती हैं और ईश्वरीय प्रसाद की उत्पती होती हैं।’ हामीे ट्व्वाँ परेर उनको कन्था सुनीरह्यौ।

‘बाबुजी, बात उतने पे ही खतम नहीं होती, आपके टेबल तक पहुचने से पहले ये सारे ईश्वरीय प्रसाद को लम्बी यात्रा करनी पडती है। मण्डी (बजार), कलकरखाने, दुकानदार इत्यादि जैसे कई चरणों से गुजरना होता है। हमजैसे होटलवाले हो या हमारे घर की गृहणियाँ, उनकी भूमिका भी कम जिम्मेदारीवाली नहीं होती । खाना सुपाच्य तो हो ही, साथसाथ जायकेदार (स्वादिष्ट) भी हो, विशेष ध्यान रखना पडता है। बडे भाग्यशाली है वे लोग जिन्हें प्लेट पर सजासजाया, गरमगरम और जायकेदार खाना मिल जाता हैं। वरना संसार में आज भी करोडों अभागे लोग हैं, जो हप्ताें भुखे पडे रहते हैं। उन्हे रुखीसुखी रोटियाँ भी नसिब नहीं होती।’

सरदारजीको कन्थो अझै सकिएन। हाम्रो धैर्यको बाँध फुटेर बाढीपहिरो जाने संभावना बढ्दै गएको थियो। म बुरुक्क उफ्रिहालेँ, ‘यार! आप तो प्रवचन झाडे जा रहे हो? फटाफट खाना लगा दिजिए, बस हो गया।’

साथीहरू पनि नेपालीमै सरदारजीलाई सराप्न  थाले, ‘ठूलै दिमाग चाटुको चक्करमा पर्‍यौँ। छ्या! आज खाना र सिनेमा दुवै छुट्ला जस्तो छ।’ सरदारजी साथीहरूको मर्म बुझिसकेका थिए। तैपनि अन्यथा मानेनन्।

‘बाबुजी, जिसे आप होटल समझ कर आए हो, वो असल में आपका अपना घर हैं। ऐसे जल्दीबाजी ना करे। आपलोग पहले फिल्म देख कर आईए, आधी रात हो जाए तो भी यह घर आपलोगो के लिए खुला रहेगा। आइए, तसल्ली (आराम) से बैठिए, एकदम जायकेदार खाना बनाकर खिलाउँगा, आपलोग उंगलिया चाटते रह जाओगे।’

हाम्रो मुटुभित्र आफ्नो भाषामा ‘सेल्फ रेस्पेक्ट’ अरुको भाषामा इगोको बाढीपहिरोको प्रहार सुरु भयो। हामीहरू मुरमुरिँदै जुरुक्क उठ्यौँ। र, त्यहाँबाट हिड्यौँ। 

सिनेमा हलभित्र पपकर्न र कफीबाहेक केही थिएन। त्यसैलाई इन्धन मान्दै आन्द्रापुरलाई आपूर्ति गर्यौ। फिलिम हेर्दै गर्दा मेरा आँखा स्क्रिनतिर अवश्य नै गडेका थिए, तर कानमा सरदारजीकै स्वर गुजिँदै थिए। फिलिम समाप्त हुँदासम्म सरदारजीप्रति हाम्रो रोष पनि मत्थर भइसकको थियो। तर, आन्द्रापुरमा विद्रोहीहरूले पुन शिर उठाउन थालेका थिए। छेउछाउका सबै होटल बन्द भइसकेका थिए।

‘राति ११ः३० मा खानाको लागि अन्दाजी कताकता भौतारिँदै हिँड्ने, बरु सरदारजीकै ढाबामा जाउँ, उनले आउन भनेकै थिए,’ रामले सुझाव दियो। 
‘दिल्लीका मान्छेलाई तिम्ले अझै चिनेको छैनौ। त्यहाँ पनि तिम्ले ताल्चाबाहेक केही भेटिने छैनौँ,’ मैले उसको कुरो काटेँ।

‘चान्स लिएर हेरौँ न। मुस्किलले सय पाइला त भित्र पस्नु पर्ने हो,’ श्यामले जोर दियो। हरिले पनि उही कुरामा जोड दियो, ‘भोख लाग्या छ, इगोको चक्करमा परेर आफैँलाई किन दुःख दिनु पर्यो? लेट्स ट्राई।’ 

हो रैछ। सरदारजी साँच्चिकै हाम्रो प्रतीक्षामा बसेका थिए। उनको भान्साकोठा, तन्दुरी र काम गर्ने पिलपिले केटो सबैथोक दुरुस्त थिए। उनले बडो प्रेमपूर्वक तात्तातो तरकारी र तन्दुरी रोटी तयार गरे। ग्राहकको नाममा हामीबाहेक एउटा मुसो पनि थिएन। खानेकुरा टेबलमा आइसकेपछि उनले आग्रह गरे, ‘भोजन सुरु गर्नुभन्दा अगाडि आफ्नो ईश्वरलाई सम्झिँदै उनीप्रति आभार प्रकट गर्नोस्। र, प्रार्थना गर्नोस्, यस संसारमा मानिस मात्र होइन, कुनै पनि प्राणीलाई भोकभोकै सुत्नु नपरोस्।’

हामीले अनुशासित शिष्यजस्तै उनको आग्रहको अनुसरण गर्‍यौँ।

खाना साँच्चिकै स्वादिष्ट थियो। हामीले आनन्दपूर्वक थपीथपी खायौँ। उनी आफैँ कुदीकुदी थप रोटी ल्याउँदै गरे। जति मज्जाले खाए पनि अर्डर गरिएकामध्ये दुईटा रोटी बाँकी नै रह्यो। भ्याउनै सकेनौँ। नमीठो मान्दै सरदारजी रोटीतिर गडेर हेरे, तर केही भनेनन्।

‘जितु, ये बची हुई रोटियाँ निकालकर कर देना, जितु बेटा। रास्ते में गाई, कुत्ते जो दिखेंगे, उन्हे खिला देना।’ त्यही पिलपिले केटोतिर हेर्दै उनले उर्दी जारी गरे। भुक्तानी लिने बेलामा उनले दुवै हात जोर्दै भने, ‘बाबुजी, मेरी बातों से चोट पहुँची हो तो क्षमा किजिएगा। क्या करुँ? अनपढ हूँ, दिल में जो रहता है, बिना किसी लागलपेट (औपचारिकता) के कह देता हुँ।’

‘होइन, होइन, तपाईंले भनेका कुरा मननयोग्य नै छन्। खाना पनि मीठो लाग्यो,’ भन्दै हामी पनि त्यहाँबाट उम्कियौं।

बाटोभरि एकापसमा कुरो गरिरह्यौं, ‘सरदारजी बोलीाचनको हिसाबले अलि रुखो खालका लागे पनि समग्रमा त ठीकै मान्छे रैछन्।’

अर्को दिन बिहान, म ल्यापटपमा ईमेल खोतल्दै थिएँ। नेपालबाटै मित्र विजय कायस्थले सम्झनुभएको रहेछ। ‘मित्र, भरपेट खाना पाएका छौँ भने हामीहरू साँच्चिकै भाग्यमानी नै रहेछौँ। अन्यथा यसै भूगोलभित्र पर्ने यस्ता ठामहरू पनि छन्, जहाँ मान्छे खान नपाएर मर्दै छन्।’

उनको ईमेलसँगै केही फोटोहरू पनि राखिएका थिए। सबै फोटो हृदयविदारक। सबै फोटोमा सोमालिया र सुडानतिरका जनताको कुपोषण एवं भोखमरी दर्शाइएको। एउटा फोटो त यस्तो भयावह थियो कि आङ्ग नै सिरिङ्ग भएर आयो। भोखमरीको मारमा परेका दुई प्राणीको फोटो थियो। फोटोमा एकातिर भोखमरीको कारणले मर्न आँटेको एउटो सानो बच्चा थियो भने त्यही फोटोमा अलि पर एउटा गिद्ध व्यग्रतापूर्वक त्यही बच्चाको मृत्यु कुर्दै थियो। 

मेरा स्तब्ध आँखा ती फोटोहरूतिर नै गडेका थिए। मनमनै रोदन चल्दै थियो, ‘हे ईश्वर! तिमी किन यति निष्ठुर, निर्मम र संवेदनहीन भयौ? सबै त तिम्रै सन्तान हुन्, यिनीहरूलाई भेटपेट खाना उपलब्ध गराउनु तिम्रो जिम्मेदारी होइन?’

हरिको नाके स्वर कानमा ठोक्कियो, ‘छ्या! के गन्हाएको? तिम्रो मोजा त होइन?’ 

मेरो ध्यान ऊतिर मोडियो। ऊ नुहाइधुहाइ सक्याएर बाथरुमबाट निस्केकै थियो। उसले भनेजस्तै मैले पनि नाक खुम्च्याउँदै लामो स्वास लिँदै गन्ध थाहा गर्ने प्रयास गरेँ। कुनै चिज कुहिएकोजस्तो गन्धको अनुभव मलाई पनि भयो। हाम्रा मोजाहरू निर्दोष भेटिए। हामीहरू असल अपराधीको खोजीमा लाग्यौँ। अनुसन्धान अनुगमन गर्दै जाँदा अपराधी त मेरो खानेकुराको पोको पो रहेछ।

घरबाट ल्याइएका रोटीतरकारी ढुँसी लागेर पूरै बिग्रिसकेका रहेछन्। गृहस्वामिनीले ब्यागमा स्याउ र सुन्तला पनि राखिदिएकी थिइन्। ती फलफुल गलेर हलुवा भएछन्। 

मेरो अवस्था सबुतप्रमाणसहित समातिएको अपराधी जस्तो भयो। छेउको कुर्सीमा अडेस लिएर बसेँ। मेरो आँखाअगाडि घरी गृहस्वामिनीको अनुहार, घरी सरदारजीको अनुहार, घरी इमेलसँगै आएका फोटोहरू प्रकट हुन थाले। कुहिएको गन्ध ती खानेकुरोबाट होइन, बरु मेरो मनको भित्री कुनाबाट आउँदै छ भनेर लाग्न थाल्यो।

ठ्याक्क त्यही बेला मोबाइल गुनगुनाउन थाल्यो। गृहस्वामिनीले सम्झिएकी थिइन्। फोनतिर गडेर हेरिरहेँ, उठाउने आँट नै भएन।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्