• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
पठन अनुभूति

सपनाको उडानमा नेपाली इन्धन 

रीता थपलिया  शनिबार, पुस १७, २०७८  २०:०९
1140x725

पठन, बोध र लेखन आपसमा अन्तःसम्बन्धित विषय भएर पनि व्यवहारतः यी एकदमै पृथक कुरा भइदिने रहेछन्। कुनै कुराको अभिव्यक्ति लेखनीको माध्यमबाट गरी भावकलाई त्यसप्रति आकर्षित गर्ने क्षमता राख्नु आफैंमा एउटा कला हो। यस्तो कला सबै लेखकमा हुँदैन। सपनाको उडान पढेर मनमा सलबलाएका भावनाहरूलाई एकत्रित गर्नखोज्दा ल्यापटपको स्क्रिनमा थुप्रै पटक शब्दहरू भरिँदै मेटिँदै गर्नुपरेको मेरो आफ्नै मनस्थितिले लेखनी सहज कार्य होइन भन्ने अनुभव भइरह्यो। 

म यतिबेला ज्ञानहरि घिमिरेको उपन्यास 'सपनाको उडान' पढ्दैछु। उपन्याससँगै उडान पनि भर्दैछु। किनभने, लेखकले पाठकलाई आफूसँगै हिँडाउन सकेका छन्।

पात्रले देखेका स्वदेशी सपनाका निम्ति विदेशी निद्राको अन्धकारभित्र प्रवेश गरेको कथानकले दुःखान्ततिर डोर्‍याउँदा लगभग एकतिहाइ भागसम्म पाठक मन भयभित भइरह्यो। यसले मनलाई एकबाट अनेक प्रकारको सम्वेदनशीतलतामा डुबायो। उपन्यास सुरु गरेदेखि अन्त नभएसम्म पढेर सिध्याउने लालसाले मनलाई चिमोटिरहनु र उपन्यास पढिसकेको कयौँ दिनसम्म पनि उपन्यासका पात्र र तिनका भोगाइहरू मन मस्तिष्कबाट हराउन नसक्नु उपन्यासको सबल पक्ष हो। सहभोक्ताझैँ आफ्नै परिवेशका जीवनहरूको वास्तविक यथार्थ, भोगाइका उहापोह उपन्यासमा प्रबल रूपमा अभिव्यक्त भएकाले सपनाको उडानले दिने भावुक स्पर्शमा एउटा साझा मर्मको पटाक्षेप भएको पाठकहरूले अनुभव गर्नेछन्।  

रीता थपलिया

उपन्यासकार घिमिरेले निजी जीवनमा सपनाको उडान भरिसकेपछि सिर्जना गरेको प्रस्तुत पहिलो उपन्यासमा तथ्यको आख्यानीकरण गरिएझैँ लाग्ने थुप्रै सन्दर्भहरू छन्। उपन्यासको विषयवस्तु नेपाली समाजको अहिलेको परिस्थितिसँग दुरुस्तै मेल खान्छ। आजको विश्वव्यापीकरणसँगै मौलाएको नेपाली युवापुस्ताको सपना विगतका मानिसहरूले देख्ने जस्ता सीमित दायराको रहेन। खुला विश्वमा मौलाएको स्वतन्त्रता र सम्पन्नताको नयाँ परिभाषाले नेपाली मध्यम वर्गीय समाजलाई आफ्नो प्रभावमा समाहित गरिसकेको छ। 

उपन्यासको प्रमुख पुरुष पात्र पवन आम नेपाली समाजको युवापुस्ताको प्रतिनिधि पात्र हो। उपन्यासको आदि भागमै प्रस्तुत भएको- 'जग्गा बेचेरै भए पनि बुबा मलाई डाक्टर बनाउन आतुर हुनुको मुख्य कारण सामाजिक मान, मर्यादामा उँचो देखाउनु नै थियो' भन्ने अंशले बाबु आमाको छोराछोरीको भविष्यप्रतिको उत्कट शुभेच्छा एकातिर प्रकट भएको छ भने, अर्कोतिर आफूलाई मन नपरेको विषय  पढ्नु पर्दा छोराछोरी त्यसमा रमाउन नसक्नुको पीडा पनि सूक्ष्म रूपमा अभिव्यक्त भएको छ। 

सपनाको सहर मानिएको काठमाडौँमा बाहिर घर भएर पढ्न आउने युवा युवतीलाई यसले दिने मानसिक पीडाको प्रस्तुतिले पनि उपन्यासलाई उत्तिकै रोचक बनाएको छ। 'म जर्जर मरुभूमि थिएँ- यो सहरका लागि, अनि यो सहर मेरा लागि उस्तै बञ्जर पाखो!' भन्ने पवनको भनाइले भौगोलिक कारणले बनाएको मानिस-मानिसबीचको दूरी र उत्पन्न आर्थिक विभेदले मोफसलका युवायुवतीमा उत्पन्न हुने हीनताबोध र मानसिक अवस्थाको प्रस्तुति पनि उपन्यासको सूक्ष्म तर गहन विषयका रूपमा रहेको छ।  

प्रेम मानिसलाई प्रकृतिले दिएको स्वाभाविक प्रक्रिया हो। बाल्यकालको वात्सल्य प्रेमको सुखद् अनुभूतिको समय पार गरेर किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै अर्को नजानिँदो प्रेमको आर्कषणले मानिसलाई तानिरहेको हुन्छ। युवायुवतीका मनमा सुषुप्त रहेको प्रेमको यो अवस्था एक भेटमै र एक हेराइमै जीवनभरको सम्बन्ध बन्न पुग्छ।उपन्यासकारले पवनको जीवनमा प्रतीक्षाको उपस्थिति गराएर जीवन प्रेमको उर्वर भूमिकै कारण फूल्छ, फल्छ र हराभरा बन्छ भन्ने प्रमाणित गरिदिएका छन्।

'प्रतीक्षा, म तिमीलाई धेरै माया गर्छु। के तिमी मलाई माया गर्छ्यौ?' भन्ने अनायासै निस्केको पवनको मनको आवाज र प्रतीक्षाको प्रतिउत्तर नपाएर छट्पटिएको पवनको अवस्था प्रायः हरेक युवा मनले अनुभूत गर्ने बेचैनीयुक्त कठिन परीक्षाको घडी हो। आजको नयाँ पुस्ताका अधिकांश युवाको शारीरिक आकर्षणमा समेटिएको प्रेमको परिभाषालाई प्रतीक्षाको तर्फबाट आत्मिक प्रेममा नै प्रेमको वास्तविक अर्थ लुकेको हुन्छ भन्ने तथ्य उजागर गरिएको छ। यही आत्मिक प्रेमको धरातलमा टेकेर पवनले सपनाको उडान भरेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

प्रतीक्षाको चाहना अनुरूप पवन अमेरिका पुग्नु, प्रतीक्षाको भिसा नलाग्नु, प्रतीक्षाले अमेरिका नजाने कसम खानु, प्रतीक्षा दुर्घटनामा पर्नु,  पवन र प्रतीक्षाबीचको सम्बन्ध धरापमा पर्नु जस्ता घटनाक्रमहरू मानव जीवनका नियतिले तय गरेका यथार्थ पक्ष हुन्। परिस्थितिजन्य यस्ता घटनाक्रमलाई स्वाभाविक रूपमा बुनेर सहज प्रस्तुति दिनु लेखकभित्र रहेको कलानुराग नै मान्नुपर्छ। 

सुरुका दिनहरूमा अमेरिकाजस्तो विशाल समुद्ररूपी संसारमा एश्लीको सौहाद्रपूर्ण सानिध्यले मन पुलकित हुनु, विनोदसँगको भेट र विनोदको आत्मीयताले दिनहरू सहज बन्नु आदि घटनाक्रमहरूको संयोजन सुगठित रूपमा प्रस्तुत भएका छन्। नजानेरै, थाहा नपाएरै चाइनिज केटाहरूको मीठो परिकारमा बिफ खान पुग्नु र पछि वाकवाकी लागेर वान्ता गर्नु खासै ठूलो कुराजस्तो नदेखिए पनि नेपालीको संस्कार र संस्कृतिप्रतिको प्रेम झल्किएको पाइन्छ। आजका युवा पुस्ताको आधुनिक शैलीको जीवन स्वतन्त्रतापूर्वक स्वनिर्णयमा बाँच्ने चाहना, अमेरिका मोह, ग्रीनकार्डको लालसालाई पवनको माध्यमबाट देखाएर उपन्यासकारले मानिसको उच्च महत्वकांक्षाका कारण सृजित परिस्थितिले जीवनलाई कसरी तहसनहस बनाइरहेको छ भन्ने यथार्थको रहस्योद्घाटन गरेका छन्।

ग्रिनकार्डको लागि एश्लीको स्वीकारोक्ति, पछि पवनले पाएको धोका अनि डिप्रेशनको सिकार भएको पवनको अवस्था, गाँजा र ड्रग्समा फसिसकेपछिको पवनको साथी बनेको नाइजेरियन कल्लुको अवस्था पनि पवनकै जस्तो थियो। ग्याँस स्टेसनको साहुले गाली गर्दै कफी दिएको, अरुले फालेको चुरोटको ठुटाले काम चलाएको अर्धबेहोसी पवनको कथा उपन्यास पढिरहँदा कहीँकतै पवन पुरानै पवनको स्वरूपमा फर्केला भनेर सोच्नै सकिन्न।

'समुन्द्रबाट एउटा छालले हुत्याउँदै बगरमा पछारिएर मृत्युसँग सङ्घर्ष गर्दै छटपटाइरहेका माछा अर्को छाल आउँदा फुत्त समुन्द्रमै फर्किएर पुनर्जीवन पाएको जस्तै भयो मेरो जीवन' भन्ने पवनको भनाइले पनि यो असम्भव अद्भूत परिवर्तन भएको हो भनेर स्वीकार गर्न सकिन्छ।   

Xtrem

Xtrem

नेपाललगायतका धेरै देशका प्रायः मानिसहरूको सपना बनेको छ अमेरिका। अमेरिका पुगेर सबैको सपना पूरा भएको हुँदैन, कयौँ सपना तहसनहस भएका पनि छन्। आँखाअगाडि कयौँ सपना बोकेर अमेरिका पुगेर पनि रक्सी र गाँजाको कुलतमा फसेर वेवारिसे बनी ह्वीलचियरमा फर्केका नेपालीको तस्बिर आँखाभरि नाच्न पुग्छ। तर,  लेखक स्वयं एक सचेत  बौद्धिक व्यक्तित्व भएकैले हो पवनलाई पहिलाकै स्वरूपमा फर्काएर अझ उसभित्रको मानवलाई परिष्कृत बनाएर पाठकसामु उपन्यासकारले विसङ्गत जीवनभित्र सङ्गतिको तालमेल मिलाएका छन्।  

उपन्यासको पछिल्लो चरणतिर कथानक अझै रोचक बनेको छ। पवनले अञ्जुलाई देखेपछि प्रतीक्षाजस्तै राम्री रहिछ भन्ने सोच्दा पाठकहरूको मनमा अब प्रतीक्षालाई बिर्सेर पवनले अञ्जुलाई अपनाउँछ कि भन्ने आशङ्का पनि उठ्छ। पवनले कहिले अञ्जुको शालीनतायुक्त मायालु हेराइबाट आफ्नो मनलाई  बचायो भने कहिले एश्लीको वर्थडेको दिन उसको कामुक निमन्त्रणाबाट आफूलाई जोगाएर प्रतीक्षासँगको पवित्र प्रेमप्रतिको मर्यादालाई कायम राख्न सक्नु पनि आजका युवा पिंढीका माझ आदर्शको कुरा हो। अन्त्यमा उपन्यासकारले तमाम विषम परिस्थितिका बाबजुद पनि पवन र प्रतीक्षाको मिलन गराएर उपन्यासलाई जीवन्त बनाएका छन्।  

समग्रमा 'सपनाको उडान' नेपाली समसामयिक विषयवस्तुलाई समेटेर लेखिएको सफल उपन्यास हो। सरल लेखन र स्पष्ट प्रस्तुतिका माध्यमबाट मानिसको व्यक्तिगत, पारिवारिक वा परिवारबाहिरका मानवीय सम्बन्धका क्रममा भोगे व्यहोरेका अनेक मानसिक अवस्था, अतृप्त कामना, अन्योल र पीडाका चेपबाट एक झुल्को उज्यालो सिर्जना गरिएको जीवनको सार्थक प्रस्तुतिले यस उपन्यासमा भविष्यप्रतिको गहिरो आशासँगै विवेकपूर्ण निर्णयात्मक सौन्दर्यको संयोजन  गरिएको छ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्