• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं : रेखा शर्मा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, पुस ४, २०७८  १३:५६
1140x725

नेकपा माओवादी केन्द्रमा वैचारिक विकास र संगठन सृढिकरणको बहस चल्न थालेको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टी कस्तो बन्छ भन्ने निर्धारण गर्ने छ। राष्ट्रिय सम्मेलनमा केन्द्रित भई माओवादी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मासँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी :

राष्ट्रिय सम्मेलन हुन हप्तादिन मात्रै बाँकी छ। माओवादीलाई आन्तरिक चुनावी प्रतिस्पर्धामा जान नदिँदा पालिका, प्रदेश र जनवर्गीय संगठनमा नेतृत्वसहित पदाधिकारी टुंगो लाग्न सकेको छैन। यस्तो अवस्थामा मा‌ओवादीको वैचारिक विकास र सांगठनिक सुदृढीकरण कसरी गर्नुहुन्छ?
हामीले राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गरिसकेका छौं। सबै प्रदेशको एकैपटक पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेर सम्मेलन सम्पन्न भएका छन्। हामी अहिले राष्ट्रिय सम्मेलनको संघारमा छौं। वडा, पालिका, प्रदेशमा जुन खालले नेतृत्व चयन गरेर आयौं। कतिपय प्रदेशमा पदाधिकारी चयन भएका छन्। कतिपयमा अध्यक्ष मात्रै चयन भएका छन्। कतै कमिटी मात्रै चयन भएको छ।  हामीले सकेसम्म सर्वसम्मतिले जाउँ भनेर कोसिस गरेका छौं।

पार्टी विधानले जो सर्कुलर गरेको छ। त्यहाँ ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित समावेश गर्ने कुरा ल्याएर आयो। त्यो कुरालाई 'फुलफिल' गर्दै अगाडि बढेका छौं। प्रदेशमा बाँकी रहेका पदाधिकारी सम्मेलनअघि टुंगो लाग्छ। त्यहाँबाट राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको छनोट हुने छ।

नेतृत्व चयनमा सर्वसम्मत नहुँदा निर्वाचन प्रक्रियामा जान दिएको भए हुन्थ्यो नि। सर्वसम्मतको नाममा गुन्द्रुक खाँदेको जस्तो संगठन किन बनाउनु भयो?
हामीले गुन्द्रुक खाँदेजस्तो खाँदेकै छैनौं। पार्टीमा सर्वसम्मत पहिलो प्राथमिकता दिएको छ। सहमति भएमा त्यो भन्दा राम्रो केही हुँदैन। सहमति भएन भने निर्वाचनमा जाने भनेकै छौं। केन्द्रीय समितिबाट प्रदेश पदाधिकारीमा बस्ने प्रचलन थियो। यसपटक केन्द्रीय समितिबाट प्रदेशमा बस्न नपाउने व्यवस्था गरेका छौं। प्रदेश समितिबाट प्रमोट गरेर तलबाट साथीहरुलाई जिम्मेवारी दिने व्यवस्था गरेका छौं। अहिले कोही पनि केन्द्रीय सदस्य प्रदेश पदाधिकारीमा छैनन्।  

एमालेसँग एकता गर्दा केन्द्रमा पार्टी हुने तल केही थिएन। एकता गरेर बलियो हुनुपर्नेमा झन लथालिङ्ग र भताभुङ्ग हुन पुग्यो। पार्टी छ कि छैन भन्ने अवस्था आयो। पार्टी संगठनमा शून्यता आयो। नेकपा भन्नलाई दुई तिहाइको भयो। तल पार्टीको उपस्थित नै थिएन। त्यसलाई सच्याउँदै आउँदो पार्टी भरभराउँदो अवस्थामा आइपुगेको छ। पार्टी तलैदेखि जागेको छ, उठेको छ। पार्टीलाई गुन्द्रुकजस्तै खाँद्‌यौं भन्ने लाग्दैन। 

प्रदेश समितिको अध्यक्षसहित पदाधिकारी कहिले टुंगो लाग्छ? 
हामीले राष्ट्रिय सम्मेलन अघि नै टुंगो लगाइसक्छौं। प्रदेश अध्यक्ष र पदाधिकारीमा समस्या छैन। एकाध प्रदेशमा सामान्य समस्या छ। 

No description available.

तपाई्हरुले पार्टी सदस्य आठ लाख पुगेको दाबी गर्नु भएको छ। तर, आलोचकहरुले कतिपय पालिका र वडामा माओवादीको प्रतिनिधि समेत छैनन् भनेर भन्ने गरेका छन्। स्थिति यही हो?
कसले त्यस्तो आरोप लगायो थाहा भएन। कैयन् पालिकामा माओवादी बलियो होला। कैयन् पालिकामा माओवादी कमजोर होला। अरु पार्टीमा पनि त्यस्तो हुन्छ। हाम्रो पार्टीमा पनि छ। वडा र पालिकामा प्रतिनिधि नै नहुने कुरै हुँदैन। हामी ७५३ पालिकामा चुनाव लडेका थियौं। सबै वडामा चुनाव लडेका हौं। कसरी प्रतिनिधि नहुने भन्ने कुरा हुन्छ? यहाँ प्रतिनिधि नभएर चुनाव लडेनौं भनेर कहीँ पनि रेकर्ड आएन।

Ncell 2
Ncell 2
nimb
nimb

जहाँसम्म सस्यताको कुरा छ, हाम्रो पार्टी सदस्यता आठ लाखभन्दा बढी भइसकेको छ। पछिल्लो समय वडादेखि पालिका, प्रदेशसम्म आउँदा पार्टी निर्माणको चरण चल्यो। म आफैंपनि कतिपय ठाउँमा सहभागी भएँ। यसले माओवादीको पक्षमा देशैभरी उत्साह पैदा भएको छ। त्यो उत्साहलाई कायम राख्न सकिन्छ कि सकिँदैन? त्यसलाई पुँजीको रुपमा विकास गर्न सकिन्छ कि सकिँदैन? कस्ता नीति तथा कार्यक्रम हुन्छन् भन्ने राष्ट्रिय सम्मेलनले तय गर्ने कुरा भयो। प्रदेशसम्म आउँदा जुन उत्साह देखा परेको छ। त्यसले साँच्चिकै पार्टी निर्माण र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ।

त्यसो भए माओवादीलाई आफ्नै संगठनमा टेक्ने जग भेटिएको छ? 
 हामीसँग इट्टा, छड, बालुवा, सिमेन्ट सबै छन्। तर, घर नबनेको स्थिति जस्तै थियो। नेकपा हुँदा र त्यो भन्दा अघिपनि संगठन व्यवस्थित नहुँदै एकता गरियो। माओवादी आफैंमा टुटफुट, विभाजन भएकाले संगठन बनिनसक्दै एमालेसँग एकता गर्‍यौं। त्योबेला थोरै भद्रगोलको स्थिति भयो। तलसम्म संगठन सुदृढीकरण हुने स्थिति भएन।

पछिल्लोपटक सर्वोच्च अदालतले एमाले–माओवादी ब्युँताएपछि तलसम्म कमिटी बनाएर गयौं। त्यसले गर्दा कमिटी बन्यो र कार्यकर्तालाई संगठित पनि गरेका छौं। हाम्रो ढुंगा, सिमेन्ट, छड, बालुवा कहीँ गएको थिएन। त्यहीँ सबैलाई जोडेर घर बनाउन लागेका छौं। हामीले बलियो जग हालेर घर बनाउने सपना देखेका छौं। हाम्रो पार्टीको आत्मा मात्रै होइन। हाम्रो माओवादी शक्ति २०६४ सालमा जुन थियो। त्यो अवस्थामा फर्काउनुपर्छ। त्यो तागत र उत्साहमा थपिएको छ। पार्टीको जग भनेको वडा कमिटी हो। त्यो बनाएर आउँदा माओवादी २०६४ सालमा पुर्‍याउन सक्ने अवस्था देखिएको छ। 

राष्ट्रिय सम्मेलनमा मुख्यतया कुन कुन विषयमा केन्द्रित रहेर छलफल हुने छ?
राष्ट्रिय सम्मेलनमा मुख्यकुरा विचार र संगठनकै विषयमा केन्द्रित भइ छलफल र बहस हुने छ। अरु पार्टीका नीति तथा कार्यक्रमहरु बनाइने छ। संगठन, विचार र नेतृत्वको विषयमा बहस पनि होला। गत मंसिरमा केन्द्रीय समिति बैठकमा राष्ट्रिय सम्मेलनमा पुगेर विचार संश्लेष्ण गर्नुपर्छ भनेका थियौं। हामीले संविधानमै समाजवादमा जाने भनेर लेख्न सफल भएका छौं। संविधानमा लेखिएको विषय अमूर्त छ। त्यसलाई स्पष्ट पार्नु पर्ने छ। 'जनयुद्ध'मा जनवादको कुरा गर्दा त्यसका आर्थिक, सामाजिक र राजनीतिक सबैपक्ष स्पष्ट हुन्थे। त्यहाँ सबै कुराहरु स्टेप बाइ स्टेप हुन्थे। तर, अहिले समाजवादमा जाने भनेपछि स्टेपहरु स्पष्ट छैन। 

Xtrem

Xtrem

No description available.

माओवादीको वैचारिक पक्ष स्पष्ट छैन भन्न खोज्नु भएको हो? 
कहाँ पुग्ने भन्ने कुरा स्पष्ट छ। तर, कसरी र कुन कुन स्टेपबाट पुग्छौं भन्ने कुरा स्पष्ट छैन। अब स्पष्ट पार्न जरुरी छ। राष्ट्रिय सम्मेलनबाट विचारको संश्लेषण गरेर जाने छौं। हामीले जुन वैज्ञानिक समाजवाद भनेका छौं, त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र शासकीय स्वरुप के हुन्छ भन्ने कुरा उठेको छ। त्यसलाई व्यवस्थित र स्पष्ट पार्ने भनिएको छ। हामी अब जसरी भएपनि विचारमा स्पष्ट र व्यवस्थित गरेर जाने छौं। समाजवादमा पुग्ने स्टेपहरु के के हुन्छन? हाम्रा पाइलाहरु कहाँ कसरी अगाडि बढ्छन भन्ने स्पष्ट हुने छ।

दल सम्बन्धी कानुनले ३३ प्रतिशत महिला समावेशको कुरा बोल्छ। तर, हाम्रो पार्टीले ३५ प्रतिशत समावेश गर्ने बोल्यो। दल सम्बन्धी कानुनभन्दा  पार्टी अगाडि बढेको छ। यस्तै, दलित १५ प्रतिशत, युवा ४० वर्ष नपुगेका २० प्रतिशत  समावेश गर्ने भनिएको छ। तर, अहिलेको केन्द्रीय समितिको बनावट त्यस्तो छैन। त्यहाँ ३५ प्रतिशत महिला, दलित १५ प्रतिशत र युवा २० प्रतिशत पुगेको छैन। त्यसैले समावेशीसहितको पार्टी संचरना बन्ने भनिएको छ। पहिला विचार त्यसपछि त्यस अनुरुपको पार्टी, कार्यक्रम र नीतिहरु समेटेर तयार गर्ने छौं।

अहिले सिंगो देशमा जुन परिवर्तन भयो। त्यसको जग माओवादी पार्टी र आन्दोलन हो। माओवादी पार्टीका नेताहरु हुन्। हिजो दल सम्बन्धी कानुनमा जे लेख्न सकियो। त्यसको आधार पनि 'जनयुद्ध', जनआन्दोलन नै हो। जुनसुकै पार्टीबाट जहाँसुकै  पुगुन्। उत्पीडित समुदायका मान्छेहरु त्यहाँ पुग्नुको सबैको जग माओवादी नै हो।

तपाईंले माओवादी वैचारिक रुपमा विकसित र सांगठनिक रुपमा सुदृढीकरण गर्ने कुरा गरिरहँदा तपाईंकै पूर्वसहकर्मी विप्लव, वैद्यलगायत नेताहरुले संसदीय अभ्यासमा माओवादी चुर्लुम्मै डुबिसक्यो, त्यहाँबाट उत्रिएर निस्कन सक्ने अवस्था छैन भन्दै छन् नि?
आरोप लगाए आरोप मात्रै हुने भयो। यो समाजभन्दा बाहिर बसेर लागू गर्न सकिएला कि? त्यहीँभित्र लडेर, भिडेर अगाडि बढ्न सकिएला? भन्ने हो। गाईगोठ सफा गर्नु छ भने बाहिर क्रेन लगाएर सफा गर्ने कि भित्र पसेर सफा गर्ने भन्ने हो। गाईगोठ भित्र पसेर सफा गर्दा शरीर फोहर पनि हुन सक्छ। त्यही फोहरमै रमायो भने सिद्धियो। तर, त्यहाँभित्रको फोहर सफा गरेर आयो भने त्यो महत्त्वपूर्ण हुने छ। 

अहिले हिजोको जस्तै संसदीय परम्परा छैन। अहिलेको संविधान र अभ्यासलाई हेर्‍यो भने पहिला जे थियो त्यो छैन। हामीले बेलायतलाई संसद्को जननी भन्छौं। त्यस्तै प्रणाली हामीकहाँ छैन। हामीले फरक खालको प्रणाली अभ्यास गर्दैछौं। संसदीय अभ्यासमा अनिर्वाय प्रतिपक्ष चाहिन्छ। हामीले कैयन् बेला सबै सत्तापक्ष भएर सहकार्य गरेका छौं।  संसदीय अभ्यासमा हुँदा थोरै फोहर पनि भएको छ। त्यहाँ थोरै शरीरमा धुलो मैलो लागेको पनि होला। हामीमा लागेको धुलोमैलो टकटक्याएर अगाडि बढ्ने प्रत्यन्त गर्नु पर्छ।

No description available.

हामी संसदीय अभ्यासमा डुबेको भन्ने कुरा गलत हो। एकाध पात्र प्रवृत्रिको कुरा अलग भयो। हामी सबै शुद्ध छौं। हामी सबैले राम्रो गरेका छौं भन्न हुन्न। हामी सच्चिने आत्मालोचित हुने, आफूलाई करेक्सन गरेर जाने स्थिति छ। यसरी सच्चिन सक्ने भनेको माओवादी पार्टी नै हो। त्यसमा अरु पार्टी सच्चिने अवस्था नै छैन।  पार्टीमा कहीँ गल्ती भएको छ भने हाम्रो नेता प्रचण्डदेखि ल्याएर हामी सबै नेताहरुमा भएको छ। यहाँनिर गल्ती गर्‍यौं भनेर माओवादी पार्टीले मात्रै भन्न सक्छ। अरु कुनै पार्टीले भन्न सक्दैन। किन भन्छौं भन्दा त्यहाँबाट करेक्सन गरेर सच्चिएर जाउँ भन्ने माओवादी पार्टी मात्रै छ। हामी संसदीय अभ्यासमा सक्किने, डुब्ने अवस्थामा छैनौं। हामीले पार्टीमा भएका राम्रा कुरालाई लिने नराम्रा कुराको संघर्ष गर्ने स्थितिमा छौं। कतिपय मान्छेहरु पोल्टामा भएको सुरक्षित नगरेर भूँइको टिप्न खोज्छन्। पोल्टामा भएको चिजलाई सम्हालेर नै अरु थपिने हो। हाम्रो स्थिति पोल्टामा भएको चिजलाई अवमूल्यन गर्ने भयो। फेरि नयाँ चिज खोज्ने स्थिति भयो। त्यसले कहीँ पुर्‍याउँदैन भन्ने लाग्छ।

तपाईंहरुले २०५७ सालमा नेतृत्वको केन्द्रिकरण र वैचारिक विकासको रुपमा ‘प्रचण्डपथ’ अंगाल्नु भयो। तत्कालीन एकता केन्द्र मसालसँग एकता भएपछि ‘प्रचण्डपथ’ त्याग्नुभयो। अहिले फेरि ‘प्रचण्डपथ’ ब्युँताउनुपर्छ भन्दै एकताध नेताहरुले वकालत गर्दै आएका छन्। ‘प्रचण्डपथ’ ब्युँताउनुहुन्छ?
हामीले २०५७ सालमा विचारको संश्लेषण गरेका थियौं। त्यसको नाम ‘प्रचण्डपथ’ दिएका थियौं। २०५७ सालदेखि २०६२/०६३ सालसम्म आउँदा त्यसलाई संश्लेषण गरेर अगाडि बढ्दा आन्दोलनले उच्चतम विकास गर्‍यो। दुनियाँमा एउटा उथलपुथल पनि गर्‍यो। विचारलाई संस्थागत गर्ने कुरा, विचार अनुसारको पार्टी निर्माण गर्ने कुरा, त्यो अनुरुपको लिडरसिप बनाउने कुरा ठीक हो। त्यो हिजो गर्‍यौं सही नै गर्‍यौं। शान्ति प्रक्रियामा आएपछि मसालसँग एकता भयो। त्यो बेला ‘प्रचण्डपथ’ अनुपयुक्त भयो भनेर छोडेको कुरा होइन। एकता गर्नेबेला मसालसँग कुरा नमिलेपछि ड्रप गरिएको मात्रै थियो। त्यसलाई ड्रप गराएर अझ संगठनलाई बलियो र व्यवस्थित बनाउन खोजिएको थियो।

अघिल्लो केन्द्रीय समिति बैठकसम्म आउँदा विचारको संश्लेषण गर्नुपर्छ भन्ने अवस्थामा पुगेको छ। हामीले वैज्ञानिक समाजवाद भनेका छौं। त्यसमा पुग्न के गर्ने भन्ने छ? प्रदेश सम्मेलनमा अध्यक्ष प्रचण्डले जुन कुरा राख्नुभयो। हामी कसरी आत्मनिर्भर बन्ने? कसरी समाजवादमा जाने भन्ने विषयमा विचाररको विकास गर्नुपर्ने छ। समाजवादमा पुग्न एक/एक खाका तयार गर्नुपर्ने छ।

हिजोको 'प्रचण्डपथ' ब्युँताउने भन्दा पनि अहिले नयाँ  'प्रचण्डपथ' बनाउने भन्ने कुरा हो। हिजोको 'प्रचण्डपथ' छ, त्यसमा टेकेर निर्माण गर्ने भन्ने कुरा हो। हिजोका 'प्रचण्डपथ हुबहु लागू गर्नुपर्छ भन्ने छैन। हिजोको 'प्रचण्डपथले आफ्नो कोर्ष पूरा गरिसक्यो। समाजवादमा पुग्ने आधारहरु तयार गर्न सैद्धान्तिक र वैचारिक नीति तय गर्न नाम के हुने भन्ने राष्ट्रिय सम्मेलनमा छलफल हुन्छ। नाम 'प्रचण्डपथ' नै राख्ने कि अर्को राख्ने छलफल हुन्छ। हिजो हामीले जुन विचारमा विकास गर्‍यौं, त्यसमा थप विकास गर्न जरुरी छ। पहिलेको जस्तो समाजको स्थिति छैन।

हिजो 'जनयुद्ध' गर्दा मोबाइल, इन्टरनेट केही थिएन। चिठ्ठीपत्र नै सम्पर्कको माध्यम थियो। पहिलेको स्थिति हेर्दा अहिले धेरै विकास भइसकेको छ। हिजोको जस्तै लडाइँको प्रकृति हुँदैन। हिजोको 'प्रचण्डपथ'लाई विकास गरेर लग्नुपर्छ। विचारको विकास संस्थागत गर्नुपर्छ।  

एमाले, कांग्रेस, राप्रपालगायत दलहरुमा नेतृत्व परिवर्तनको बहस चल्यो। राप्रपामा त कमल थापा नै पराजित हुन पुगे। के माओवादीको राष्ट्रिय सम्मेलनमा नेतृत्व परिवर्तन हुनुपर्छ भनेर बहस हुन्छ?
विचार र राजनीति अनुरुपको लिडरसिप भनेका छौं। पुरातनवादी लिडरसिप भएर अगाडि बढ्न नसकेको हो कि भनेर समीक्षा हुन सक्छ। नेतृत्व परिवर्तनको विषय पार्टीमा छलफल हुने देखिँदैन। किनभने पार्टीमा कहीँ विवाद देखा परेको छैन। प्रचण्डको नेतृत्वमा यो यो अपुग भयो। त्यस कारण म पूरा गर्छु भन्ने देखा परेको स्थिति होइन। 

फेरि लिडरसिप टीका लगाएर दिने कुरा हुँदैन। लिडरसिप संघर्ष र राजनीतिबाट खारिएर आउने कुरा हो। प्रचण्डले ल्याएको विचारभन्दा भिन्न रुपमा अरु कसैले ल्याएको स्थिति छैन। अहिले भएको लिडरसिपको टिम सक्षम नै छ भन्ने लागेको छ। अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं।

No description available.

प्रचण्डले समकालीन सबै नेताहरुलाई पाखा लगाउनुभयो। त्यसैले नेतृत्वको विकास हुन सकेन, उत्तराधिकारी पनि कोही छैन भन्ने गरिन्छ नि?
प्रचण्डले समकालीन नेताहरुलाई पाखा लगाएको भन्ने कुरा मिल्दैन। राजनीतिक, वैचारिक रुपमा असहमति राखेर मोहन वैद्य अलग हुनुभयो। बाबुराम भट्टराई कम्युनिस्ट नै छोडेर हिँड्नुभयो। के पाखा लगाको भन्नुहुन्छ? अहिले पनि पूर्वमाओवादीहरु एक हुनेगरी छलफलको प्रयत्न प्रचण्डले गरिरहनु भएको छ। माओवादी युद्धका जे जति उपलब्धि छन् ती सबै गुम्ने स्थिति बन्दैछ। ती उपलब्धी कसले जोगाउने हो? भन्दा जसले ती ल्याउन भूमिका खेल्यो उसैले जोगाउने होला। त्यसका निम्ती सबै माओवादी पृष्ठभूमिकाहरु एक हुनुपर्छ भन्ने छ। 'जनयुद्ध'का नेता कार्यकर्ता एक ठाउँमा आउनुपर्छ भनेर प्रचण्डले पहल गरिरहनु भएको छ। सकेसम्म पार्टी एकता नभए संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्छ भनेर निरन्तर छलफलमा हुनुहुन्छ। आफ्ना समकक्षीलाई पाखा लगाउनै खोजेको भए फेरि ल्याउने कोसिस किन गर्नुहुन्थ्यो?

बादलजीहरुको कुरा फरक भयो। पार्टीले नै नेतृत्व गरेर सरकारमा पठाएको मान्छे यो सबै विरासत, लिगेसी छोडेर एमालेमा जानुभयो। बादलजीले यस्तो गर्नु हामी सबैमाथिको घात हो। माओवादी आन्दोलनमाथिको धोका हो भन्ने ठान्छु। प्रचण्डले भनिराख्नु भएको छ। तयार हुनुस्। म सधैं लिडरसिप लिनुपर्छ भन्ने पक्षमा छैन भनिराख्नु भएको छ। उहाँले होइन म आफै अध्यक्ष हुन्छु छोड्दिनँ भनेको भए त्यसरी सोच्न हुन्थ्यो।

अहिलेको आवश्यकता र अहिलेको औचित्य भनेको एक चरणलाई प्रचण्डकै नेतृत्वमा सबै गोलबन्द भएर हिजोको माओवादीको झकझकाहट, जोस, जाँगर, उत्साहसहित फिल्डमा कुद्नु पर्ने छ। त्यसो गरेमा फेरि एक नम्बरको पार्टी बन्न सक्छ।। फेरि हिजोकै स्थितिमा पार्टीलाई पुर्‍याउने सम्भावना छ। त्यसका निम्ती राष्ट्रिय सम्मेलनले  ढोका खोल्नुपर्छ भन्ने लाग्छ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्