• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

शेरबहादुर देउवा : पार्टी विभाजन गरे, फर्किएर दुईपटक सभापति बने

64x64
नेपाल लाइभ बुधबार, मंसिर २९, २०७८  ०६:१७
1140x725

काठमाडौं– शेरबहादुर देउवाले नेपाली कांग्रेसको सभापति बन्ने प्रयास थालेको २०५७ सालमै हो। पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको एकछत्र राज चलिरहेको समयमा देउवा २०५७ माघ ६ देखि ९ गतेसम्म पोखरामा सम्पन्न महाधिवेशनमा सभापतिका लागि कोइरालाविरुद्ध उभिएका थिए।

सो महाधिवेशनमा देउवाले उल्लेखनीय मत ल्याए। १४७७ महाधिवेशन प्रतिनिधि (मतदाता) रहेको सो महाधिवेशनमा उनले ५०७ अर्थात् ३४.३२ प्रतिशत मत पाएका थिए। उनी हारे पनि पार्टीभित्र अर्को केन्द्रको नेतृत्व गर्ने अवसर उनलाई जुट्यो। खासगरी कोइराला विरोधी खेमाको नेताहरुको साथ उनलाई रह्यो।

कांग्रेस घात–प्रतिघात र सत्ता लिप्साको अनन्त शृंखलाबाट गुज्रिरहेको समय थियो। अर्कोतिर, नयाँ राजा ज्ञानेन्द्रले पनि अवसर खोजिरहेका थिए। यसैबीच प्रधानमन्त्री रहेको बेला देउवाले २०५९ जेठ ८ गते प्रतिनिधि सभा विघटन गरिदिए। त्यसले कांग्रेस विभाजनको आधार खडा गरिदियो।

प्रतिनिधि सभा विघटन गरेको भोलिपल्ट पार्टीले उनलाई साधारण सदस्यबाट निलम्बन गरी स्पष्टीकरण माग गर्‍यो। देउवाले ११ गते स्पष्टीकरण पेस गरे। तर, त्यो मनासिव नभएको भन्दै देउवालाई साधारण सदस्यबाट ३ वर्षका लागि निस्कासन गरियो।

देउवालाई गरिएको कारबाही फिर्ता गराउन मध्यमार्गीहरूले प्रयास गरे। देउवाले पनि पुनरावेदन गरे। तर, सभापति गिरिजाप्रसाद कोइराला पछि हटेनन्। यसैबीच, देउवाले असार २ गतेका लागि नेपाली कांग्रेसका कार्यकर्ताहरूको राष्ट्रिय भेला आयोजना गरे। जसलाई कोइराला पक्षले अवैध भन्यो। तर, देउवाले भने सोही भेलालाई महाधिवेशनमा परिणत गरे। त्यहीँबाट पार्टी विभाजन गरे। र, कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। पार्टी विभाजनका बेला देउवालाई साथ दिने नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधिहरु थिए।

यसबीच प्रजातन्त्र र संविधानवादीहरुको दृष्टिमा देउवा बदनाम भए। दलहरुले जनताबाट प्राप्त मतको शक्तिमा मात्रै सत्ताको नेतृत्व गर्न तयार हुनुपर्नेमा देउवा ‘गोर्खाली राजाले न्याय गरेको’ भन्दै टिके प्रधानमन्त्री हुन तयार भए। तैपनि, ९ महिनामै ‘कु’ खप्नुपर्‍यो। उनले राजाकै षडयन्त्रमा प्रतिनिधि सभा विघटन गरेका थिए, कालान्तरमा राजाले नै अक्षम भनेर मिल्काइदिए। पार्टी विभाजनको दाग उनीमाथि छँदैथियो, प्रधानमन्त्रीका रुपमा पनि सुखद दिन बिताउन पाएनन्। 

यसरी विभाजित कांग्रेस प्रजातान्त्रिक २०६४ सालमा पुन नेपाली कांग्रेसमै मिसियो। सामान्यतयाः पार्टी विभाजन गरेर गएका र फर्किएकाहरुप्रति मूल पार्टीमा एक खालको रोष रहिरहने गर्छ। राजनीतिक भविष्य सुरक्षित गर्न विभाजनमा संलग्न नेताहरु मूल पार्टीको मूल समूहमा जोडिँदै जान्छन्। देउवाको हकमा पनि त्यस्तो नभएको होइन। तर, उनी कमजोर भएनन्। कतिपय नेताहरुले उनको साथ छाडेका भए पनि तुलनात्मक रुपमा उनी बलिया हुँदै गए।

पार्टी एकता गरे पनि देउवाले पार्टीले पाउने अवसरमा आफ्नो भागबण्डालाई स्थायी गर्दै गए। ६०-४० को भागबण्डाले गर्दा देउवाको नजिक रहने समूह लाभान्वित हुँदै गयो। आफूलाई साथ दिनेहरुलाई संरक्षण गर्न सक्ने क्षमता देउवामा पनि छ। अर्कोतिर देउवा निकटका नेताहरुले अवसरहरु पाउँदै गए। उनी निकटका नेताहरु उनीबाट हुने संरक्षण र अवसरको वितरणलाई मुख्य प्रशंसा गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर, देउवाले नेपाली कांग्रेसमा पनि नेतृत्वको लागि प्रतिस्पर्धा गर्न छाडेनन्। यस्तो प्रतिस्पर्धा उनका लागि आफ्नो गुटलाई एकजुट राख्ने अवसर भयो। २०६७ असोज १ देखि ५ गतेसम्म भएको महाधिवेशनमा देउवाले सभापतिका लागि सुशील कोइरालासँग प्रतिस्पर्धा गरे। ३०८८ प्रतिनिधि रहेको सो महाधिवेशनमा उनले १३१७ अर्थात् ४२.६४ प्रतिशत मत ल्याए। पराजित भए पनि पार्टीमा उनको पकड देखिन्थ्यो।

१३औं महाधिवेशनमा भने उनी विजयी नै भए। ‘एकपटक नेपाली कांग्रेसको सभापति बन्ने इच्छा छ’ भन्ने उनले त्यो अवसर पनि पाए। १३औं महाधिवेशनमा सभापतिका लागि दुई चरणमा मतदान भएको थियो। पहिलो चरणमै उनले झन्डै रामचन्द्र पौडेल विरुद्ध विजय हासिल गरेका थिए, उनलाई केवल ११ मतको अभाव भएको थियो। दोस्रो चरणमा सहजै जित हासिल गरे।

कांग्रेस सभापति भएपछि भने उनलाई सत्ताको अवसर पनि उपलब्ध भयो। उनी १३ वर्षपछि २०७४ सालमा बालुवाटार फर्किए। उनी गत असारमा पुनः प्रधानमन्त्री भए। यो उनको पाँचौं कार्यकाल हो।

निकै रहरले पाएको पदको सदुपयोग भने देउवाले गरेको जस्तो देखिँदैन। मुख्यतः उनले विधानको पालना गरेनन्। त्यो तोकिएको समयमा महाधिवेशनको नगरिएको सन्दर्भ होस् वा तोकिएको समयमा विभागहरु गठन नगरिएको सन्दर्भ। तर उनले त्यस जिम्मेवारीलाई आफ्नो स्वार्थको बन्धक बनाए। पार्टीको छविलाई पनि खस्काए। परिणामतः २०७४ सालको आमनिर्वाचनमा कांग्रेस पराजित भयो। संसद्‌मा प्रमुख प्रतिपक्षीको भूमिकामा पार्टीलाई प्रभावकारी ढंगले उभ्याउन सकेनन्। देउवा स्वयम् तत्कालीन प्रधानमन्त्री केपी ओलीका जायज/नाजायज कदमका सारथि भए। भागबण्डामा आफ्नो भूमिका बिर्सिए। सभापतिको रुपमा देउवाको कार्यकालले प्रष्ट बताउँछ, लोकतन्त्र र संविधान जस्ता विषय उनका लागि प्राथमिक विषय होइनन्, उनको स्वार्थ हो। त्यसप्रति उनको प्रतिबद्धता उनको स्वार्थमा दख्खल नपुगुञ्जेललाई मात्रै हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवा नेतृत्वको कांग्रेसको न आन्तरिक उत्साह बढेको छ, न बाह्य छवि राम्रो भएको छ। तर, १४औं महाधिवेशनबाट उनी नै सभापतिमा दोहोरिएका छन्। सभापतिको लागि सोमबार भएको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा नै विजयी भए।  पहिलो चरणको निर्वाचनमा सभापतिका लागि देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका थिए। तर, दोस्रो चरणमा कोइराला बाहेक अन्य सबै उम्मेदवार एकातिर भएका थिए।

आफ्नो मत जोगाउने र थप मतका लागि गठबन्धन गर्न सक्ने चतुर शैली देउवामा छ। जुन उनले पटकपटक सत्तामा जाँदा मात्रै होइन, पार्टीभित्रका दुई महाधिवेशनमा पनि सफल प्रयोग गरेको देख्न सकिन्छ। १३औं महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा उनले कृष्णप्रसाद सिटौला, जो पहिलो चरणमा सभापतिकै उम्मेदवार थिए, उनीसँग गठबन्धन गरेका थिए। १४औं महाधिवेशनमा पनि देउवाले आफू बाहेकका तीन प्रतिस्पर्धीलाई आफूसँग जोड्न सफल भए। जबकि, उनीहरु स्वयं नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने अभिव्यक्ति दिने गर्थे। तर निर्णायक समयमा भने देउवासँगै उभिए।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्