• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसका अधिकांश प्रतिनिधिको विश्लेषण : सभापतिको मतदान दोस्रो चरणमा पुग्छ

64x64
नेपाल लाइभ सोमबार, मंसिर २७, २०७८  २०:१३
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान ११ बजेदेखि सुरु भएको मतदान रातभर चल्ने अनुमान छ। कांग्रेसको सभापतिका लागि भने अधिकांश मतदाता फेरि मत दिन पाउनेमा विश्वस्त देखिन्छन्।

नेपाली कांग्रेसको विधानअनुसार उम्मेदवारमध्ये सर्वाधिक मत ल्याएर मात्रै पुग्दैन, कूल मतदाताको ५१ प्रतिशत कटाउनुपर्छ। सभापतिका दाबेदारहरु शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्ये कसैले पनि ५१ प्रतिशत पुर्‍याउन नसक्ने अनुमान प्रतिनिधिहरुको छ।

गुल्मीका हरिकुमार श्रेष्ठ मतदानको लाइनमा बसेको चार घन्टापछि मतदान सुरु भयो। दिउसो २ बजे भेटिएका उनी पालो आउन अझै केही घन्टा कुनुपर्ने अनुमान गरिरहेका थिए। उनले सभापतिका लागि फेरि अर्कोपटक मतदानको लाइनमा लाग्नुपर्ने विश्लेषण गरेका छन्।

उनी भन्छन्, ‘पहिलो चरणमा टुंगो लाग्ला जस्तो देखिँदैन। किनभने, ५१ प्रतिशत आउने सम्भावना न्यून छ।’

उनी तीनजना उम्मेदवार देउवा, कोइराला र सिंह बलियो भएकाले एकलौटी नहुने बताउँछन्। उनको मनमा देउवाले १४औं महाधिवेशनबाट बिदा लिएको भए हुन्थ्यो भन्ने छ। उनी भन्छन्, ‘सभापति शेरबहादुर देउवाले जति गर्नुभयो, गरिसक्नुभयो। रामचन्द्र पौडेलले जसरी छाड्नुभयो, तटस्थ बस्नुभयो। नयाँ पुस्ता र अनुहारलाई अगाडि सारेको भए ठीक हुन्थ्यो।’

1140x725

उनी विदेशमा युवाहरुले नेतृत्व गर्ने र शासन गर्ने  तथा वृद्धहरुले आराम गर्ने गरेको बताउँछन्। तर, नेपालमा वृद्धहरुले नेतृत्व गर्ने तर काम गर्ने इच्छाशक्ति भएकाहरुले तनाव बेहोर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ। उनलाई लाग्छ, ‘युवाले नेतृत्व लियो भने कांग्रेस पनि बन्छ। देश पनि बन्छ।’

हुम्लाका कर्णबहादुर मल्ल पनि पहिलो चरणमै टुंगो लाग्नेमा विश्वस्त छैनन् तर आशा भने गरिरहेका छन्। उनलाई नेतृत्व पुरानो र अनुभवी भएकै राम्रो लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कास्की-२ का अर्जुन पोखरेल पनि पहिलो चरणमा सभापतिको टुंगो नलाग्नेमा विश्वस्त देखिन्छन्। दोस्रो चरणमा जाँदा स्पष्ट विचार समूह बन्ने उनको भनाइ छ। उनलाई कांग्रेसका नेताहरुको भोट माग्ने तरिका मन परेको छैन। उम्मेदवारले सबै नेतालाई राम्ररी नचिन्ने भएकाले विचार र रोडम्याप अघि सार्नुपर्ने धारणा राख्छन्। यो निर्वाचनमा मतदाता तितरवितर जस्तो देख्छन्। उनी भन्छन्, ‘विचार र रोडम्यापअनुसार नगएकाले भोटर तितरबितर भएको जस्तो लाग्छ।’

चुनावको बेलामात्रै चर्का कुरा होइन, अरुबेला पनि संगठन रुपान्तरणमा सक्रिय हुने नेता उनको रोजाइमा पर्छ। गुटको आधारमा बनेको प्यानलको उनका लागि अर्थ छैन। उनले लायक ठानेको नेता जुन गुटमा भए पनि भोट दिने बताउँछन्।

1140x725

उनी व्यङ्‍ग्य कस्छन्, ‘सूची त केपी ओलीले सौराहामा पनि बाँड्नुभयो। हामीले गुटलाई होइन, विवेक प्रयोग गर्ने हो।’ उनी  ६० प्रतिशतभन्दा बढी ५० वर्षका युवा प्रतिनिधि भएर आएको दाबी गर्छन्। उनीहरु कसैका ‘एसम्यान’ नभएकाले नेतृत्व छनोटमा परिवर्तन देखिने बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भक्तपुर-२ बाट महाधिवेशन प्रतिनिधि बनेका उमेश खड्कालाई सभापतिको निर्क्योल पहिलो चरणमै लाग्नेमा आशंका छ। उनको विश्लेषण छ, ‘पाँचजना हुनेबित्तिकै भोट बाँडिन्छ। नेताहरु भोट शो गर्नका लागि उठेका हुन्। शो गर्छन् र त्यसपछि एकै ठाउँ हुन्छन्।’ दोस्रो चरण देउवाका लागि चुनौतीपूर्ण हुने उनको बुझाइ छ।

बाँके-१ का कृष्णचन्द्र मौर्यले पनि मत बाँडिएका कारण दोस्रो चरणमा पुग्ने देखेका छन्। तर, अछाम क्षेत्र नं २ का पदम अधिकारी भने पहिलो चरणमै टुंगिने दाबी गर्छन्। मत बाँडिए पनि एक जनाले पहिलो चरणमा नै जित्ने उनको बुझाइ छ।

1140x725

खोटाङकी देवी राई र सिन्धुलीका खगेन्द्रकुमार लामाले पनि सभापतिमा अर्कोपटक भोट हाल्नुपर्ने संकेत देखेका छन्। लामा भन्छन्, ‘मेरो विचारमा पहिलो चरणमा कसैले जित्न सम्भव नहोला। उम्मेदवार कोही कमजोर छैन। सबै बौद्धिक छन्। मत बाँडेर आउँछ।’

पाल्पाका यमलाल तिमिल्सिना पाँचजना सभापतिका दाबेदार र असाध्यै पपुलर कोही नभएकाले पहिलो चरणमा सभापतिको टुंगो नलाग्नसक्ने बताउँछन्। सभापति छान्दा पार्टीको विधिविधान मान्ने र देशकै नेतृत्व दिनसक्ने व्यक्ति आउनुपर्ने उनको भनाइ छ।

मलेसियाबाट आएका कमल गौतम पहिलोचरणमा नै सभापतिको टुंगो लाग्ने माहोल देखिरहेका छन्। नेतृत्व भने नयाँ र पुरानाको मिश्रण आउनुपर्ने उनको भनाइ छ। रोल्पाबाट आइपुगेकी तिजा विष्ट क्षेत्री सभापतिमा फेरि भोट हाल्नुपर्नेमा ढुक्क देखिन्छन्। सभापतिका उम्मेदवारमध्ये चारजना बलियो भएकाले मत बाँडिने उनको विश्लेषण हो।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  २०:१३
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्