• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

अबको कांग्रेस नेतृत्व : यथास्थितिको निरन्तरता कि परिवर्तनको सुरुआत?

64x64
नेपाल लाइभ आइतबार, मंसिर २६, २०७८  २३:२०
1140x725

काठमाडौं- कांग्रेस महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्, कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवा। यद्यपि, कोइराला र देउवाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। नेतृत्व चयनका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधिसामू अनुहार धेरै भए पनि ती दुई प्रश्नको घेरामा सीमित छन्- कांग्रेसमा यथास्थितिको निरन्तरता कि परिवर्तनको सुरुवात?

स्पष्ट छ, अहिले कांग्रेसमा यथास्थितिको निरन्तरताको प्रतिनिधित्व देउवाले गर्छन्। उनले विगत ६ वर्षसम्म कांग्रेसलाई जसरी नेतृत्व गरे, त्यसैको निरन्तरताको लागि उनी अघि सरेका छन्। भन्न त उनले पुनः जितेमा अझै राम्रोसँग पार्टी सञ्चालन गर्ने बताएका छन्। त्यसको ठोस अवधारणा भने उनीसँग छैन। त्यसैले उनको प्रतिबद्धता कुनै असफल विद्यार्थीले अर्को वर्ष राम्रोसँग पढ्छु भनेर कक्षा दोहोर्‍याउनुपर्दाको बाध्यतात्मक वाचा जस्तै देखिन्छ।

देउवाको कार्यशैली, पार्टी सञ्चालन शैली, राष्ट्रिय राजनीतिका विभिन्न दायित्वमा उनको भूमिका र पार्टीको उपस्थितिलाई सम्झना गरिएमा आगामी चार वर्ष (देउवाले अहिलेजस्तै लम्ब्याइदिन पनि सक्छन्) कांग्रेसले कस्ता दिन बिताउला भन्ने आकलन गर्न असहज छैन।

२०७२ को महाधिवेशनले देउवालाई दिएको मुख्य दायित्व हो- चार वर्षसम्म आफ्नो नीतिले पार्टीलाई चलाऊ र चार वर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्प। चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने प्राथमिक दायित्व नै उनले निर्वाह गर्न सकेनन्। आफ्नै पार्टीप्रति बेइमानी गरे। बरु पार्टी सभापतिमा दोहोरिने प्रपञ्च सुरुवात गरे र जबसम्म उनलाई आफू सभापतिको बलियो दाबेदार बनेको महसुस भएन, तबसम्म महाधिवेशनलाई धकेलिरहे। व्यक्तिगत स्वार्थका लागि पार्टीलाई नै बन्धक बनाए। खराब इतिहास सुरुवात गरे। पार्टीका विभाग गठन गर्दाका समय र शैली होस् वा भातृ संगठनभित्रको किचलो, देउवाका संकीर्ण स्वार्थ प्रतिबिम्बित भइरहे।

तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवा दुई-दुईपटक प्रधानमन्त्री बने। सत्ता गठबन्धनमा रहे। तर, त्यसले पार्टीको छविलाई नै घाटा पुर्‍यायो। त्यसको परिणाम २०७४ सालको आमनिर्वाचनमा पनि देखियो। निर्वाचनमा कांग्रेस पराजित भयो तर नेतृत्वकर्ताको रुपमा उनले जिम्मेवारी लिएनन्। त्यसको समीक्षा गर्न समेत तयार भएनन्। जे-जे गरे, निर्वाचनको रापताप सेलाएपछि गरे। 

निर्वाचनमा असफल पार्टीले लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको भूमिका कस्तो हुन्छ/हुनुपर्छ भनेर देखाउन सक्थ्यो। तर, यसमा कांग्रेस पूरै चुक्यो। देउवा स्वयं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका जायज/नाजायज कदमका सारथि भए। भागबण्डामा आफ्नो भूमिका बिर्सिए। त्यतिमात्रै होइन, प्रमुख प्रतिपक्षी पार्टीले आफ्नो मान्यता र मुद्दालाई तिलाञ्जली दिएर बसेको अनौठो अवस्था पनि देखियो। गत पुस ५ पछि त्यो अझ प्रष्ट देखियो। प्रतिनिधि सभा विघटनपछि उनले पार्टीलाई अलमलबाटै गुजारे। जुलुस निकाल्न पैसा छैन भन्ने जस्तो लज्जास्पद अभिव्यक्ति प्रतिपक्षी दलको नेताको रुपमा देउवाले दिए। सभापतिको रुपमा देउवाको कार्यकालले प्रष्ट बताउँछ, लोकतन्त्र र संविधान जस्ता विषय उनका लागि प्राथमिक विषय होइनन्, उनको स्वार्थ हो। त्यसप्रति उनको प्रतिबद्धता उनको स्वार्थमा दख्खल नपुगुञ्जेललाई मात्रै हो।

यतिबेला कांग्रेसका हरेकजसो नेताको भाषणको केन्द्रमा छ, आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने नेतृत्व चाहिएको छ। तर, देउवासँग आगामी निर्वाचनमा कांग्रेसलाई कसरी जिताउने, कुनै रणनीति देखिँदैन। आम मतदातालाई अपिल गर्न सक्ने छवि र कुनै नयाँ मुद्दा देखिँदैन। तर, स्वयं ओली सरकारको गलत निर्णयको लाभ आफूलाई पुग्ला कि भन्ने आसमा देखिन्छन्। जबकि, अघिल्लो सरकारका अलोकप्रिय कदमहरुलाई उनी स्वयंले दोहोर्‍याइरहेका छन्।
देउवा कति कमजोर धरातलबाट सभापतिमा दोहोरिन खोजिरहेका छन् भन्ने कुरा उनका अभिव्यक्तिले पनि प्रष्ट पार्छन्। उनी भनिरहेका छन्- ‘म हारेँ भने मलाई प्रधानमन्त्रीबाट पनि हटाउँछन्, त्यसैले मलाई जिताइदिनुस्।‘ उनको सम्पूर्ण सपना र सामर्थ्य सत्तादेखि सत्तासम्म मात्रै रहेको उनका व्यवहार र अभिव्यक्तिले देखाउँछन्। जबकि, कुनै बेला कांग्रेसलाई डोर्‍याउन मुद्दाहरु हुन्थे।देउवा दोहोरिनु भनेको यिनै विगतको पुनरावृत्ति हुनु त हो।

यतिबेला कांग्रेसमा परिवर्तन खोज्ने हो भने चाहिँ सभापतिमै केही विकल्पहरु छन्। तर, पदाधिकारीसहित सम्पूर्ण टिम प्रस्तावित गरेको हुनाले कोइरालाको टिम विस्तृत देखिन्छ। त्यसैले यहाँ यही टिमको चर्चा गर्नु उचित हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

शेखरको टिमसँग केही अपेक्षा गर्न सकिने विषय छन्। पहिलो, स्वयंको लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धतामा शंका गर्नुपर्ने ठाउँ उनले अहिलेसम्म दिएका छैनन्। संविधानले संस्थागत गरेका उपलब्धिहरुप्रति उनको प्रतिबद्धता त पाइन्छ नै, लोकतन्त्रलाई पनि उनले लाभ बटुल्ने देखावटी चिज बनाएको व्यवहारले देखाउँदैन। कांग्रेसजनहरु भन्छन्, त्यसमा सम्झौता गरेर उनले व्यक्तिगत स्वार्थ पूरा गर्लान् भन्ने देखिँदैन।

शेखरले पार्टीभित्र सत्ताको द्वन्द्व पर्न नदिने प्रष्ट पारिसकेका छन्। आफू प्रधानमन्त्री नबन्ने भनेर सार्वजनिक रुपमै भनिसकेकाले उनको सभापति यात्रा भोलि सत्तामा पुगेर दोहन गर्न पाउँला भन्ने आकांक्षाबाट निर्देशित होइन, कांग्रेस सुधारकै लागि हो भन्न सकिन्छ। त्यसमा उनको क्षमता परीक्षण हुन बाँकी छ, तर उनको घोषणा भोलिका लागि उदाहरण बन्न सक्छ, कांग्रेस र अन्य पार्टीका लागि।

कांग्रेसको विगत, वर्तमान र भविष्यको विभिन्न सन्दर्भहरुलाई बुझ्ने र बुझाउन सक्ने क्षमता भएका नेताहरु उनको टिममा देखिन्छन्। लामो समयदेखि कांग्रेसमा गुणात्मक सुधारको अपेक्षा राखेर पहल गर्ने नेताहरु उनीसँग छन्। त्यसको उदाहरण हो, २०७४ मंसिरमा भएको निर्वाचनपछि ‍जारी गरिएको चर्चित ‍विज्ञप्ति। २०७४ पुस १५ गते जारी विज्ञप्तिमा भनिएको थियो- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।‘

यसरी विज्ञप्ति जारी गर्ने सात नेताहरु, जसलाई पछि ‘सप्तर्षि’ भन्न थालियो, उनीहरु थिए, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे। ती सातमध्ये चार नेताहरु अहिले शेखरकै टिमबाट पदाधिकारीमा उम्मेदवार भएका छन्। कांग्रेस सुधारका पटक-पटकका सामूहिक प्रयासमा जोडिएका अन्य दुई नेताहरु जीवन परियार, रामकृष्ण यादव पनि शेखरको पदाधिकारी टिममा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समग्रमा यो टिम कांग्रेस र देशकै नीतिको विषयमा नीतिगत छलफल गर्न सक्छ, आफ्ना कुरा राख्न सक्छ, संसद्‌देखि सडकसम्म प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। तुलनात्मक रुपमा पारदर्शी र निष्ठावान् छ। पार्टीभित्र मात्रै होइन, पार्टीबाहिर पनि राजनीतिज्ञको बिग्रँदो छविलाई केही हदसम्म संग्ल्याउनेअपेक्षा गरिएका अनुहारको रुपमा चर्चा गरिन्छ, यो टिमलाई। यो आजसम्म पदाधिकारीमा नरहेको तर कांग्रेसको सार्वजनिक छविको एउटा पाटोको नेतृत्व गरिरहेको टिम हो भन्दा फरक पर्दैन।

र यतिबेला चर्चा भएजस्तो आगामी निर्वाचनमा पार्टीलाई जिताउने प्रष्ट व्याख्या गर्न सक्ने नेताहरु यो समूहमा छन्। त्यसका उदाहरण हुन्, गगन थापा। आइतबार साँझकै पत्रकार सम्मेलनमा उनले कांग्रेसले निर्वाचन एक्लै लड्ने र जित्ने हो भने अहिले भएको मतदातामा करिब-करिब १०-१२ लाख नयाँ मतदाता थप्नुपर्ने बताएका थिए। ‘त्यसैले कांग्रेसको एउटा यस्तो नेता चाहियो, यस्तो नेतृत्व चाहियो जसलाई कांग्रेसको नेता यो हो है, नेतृत्व यो हो है भनेर हेर्दैगर्दा क्रियाशील सदस्यभन्दा बाहिरका मतदाता कांग्रेससँग जोडिउन्,’ उनले भनेका थिए, ‘त्यसले कांग्रेस हेर्दै गर्दा, हाम्रो नेतृत्व हेर्दाखेरी कांग्रेसमा आऊँ-आऊँ लागोस्। कांग्रेसको घरभित्र पसौं-पसौं लागोस्। उज्यालो देखियोस्, सफा देखियोस्, पवित्र देखियोस्। शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ। हामीभन्दा धेरै नौजवान साथीहरुलाई कांग्रेससँग जोड्न सक्छ।'

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्