• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

देउवाको ‘जसरी पनि जित्ने’ रणनीतिमा जसले ‘हारे’ करिअर

डिबी खड्का/लिलु डुम्रे आइतबार, मंसिर २६, २०७८  १९:५९
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट पुनः कांग्रेसको नेतृत्वमा दोहोरिन पदाधिकारीको प्यानल सार्वजनिक गर्दा उनीनिकट नेताहरू नै चकित परे। त्यही समूहका नेताहरूका लागिसमेत देउवाले बनाएको टिम अनपेक्षित थियो। 

महामन्त्रीका लागि ‘गो अहेड’को संकेत पाएका देउवाका निकटस्थ एनपी साउद बाटोमै रोकिए। देउवा समूहमा आफ्नै उपसमूहसमेत बनाएर कांग्रेसकै नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेका बालकृष्ण खाणको गतिमा ब्रेक लाग्यो। नेवि संघ र तरुण दलका अध्यक्ष भइसकेका खाण देशव्यापी संगठन भएका नेतामध्ये पर्छन्।

धेरैलाई लागेको थियो– देउवाले गुटभित्रैबाट उत्तराधिकारी रोज्दा उनी पहिलो नम्बरमा पर्नेछन्। उमेरकै कारण पनि कांग्रेसको राजनीतिमा ‘अन्तिम पटक’ सक्रिय देउवाले भविष्य हेरेनन्। वर्तमान समयमा आफू जसरी सभापतिमा दोहोरिन सकिन्छ, त्यही बाटो अवलम्बन गरे।

देउवाले ‘जित्ने’ रणनीति अंगिकार गर्दा कांग्रेसमा बन्दै गरेको करिअर ‘हार्ने’ नेताहरूको लामो सूची बनेको छ। 

नयाँलाई अवसर, पुरानालाई पाखा
देउवाकै प्यानलबाट २०६४ सालमा नेवि संघको अध्यक्ष बनेका प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार भए। पौडेल उक्त समूहको महामन्त्री बन्न आइपुग्दा उनीभन्दा १६ वर्षअघि अर्थात् २०४८ सालमा नेवि संघको नेतृत्व गरेका एनपी साउद पछाडि धकेलिए। महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि उनी कांग्रेसको सक्रिय राजनीतिबाटै बिदा लिने मनस्थितिसम्म पुगे।

तर, आफूले राजनीति छाड्दा सुदूरपश्चिममा उथलपुथल हुने भएका कारण गम्भीर असहमतिबीच केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेको प्रतिक्रिया  उनले दिएका छन्। उनको प्रतिक्रिया थियो, ‘भारी असहमतिबीच केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरें। मैले छाड्दा पदका लागि धोका दियो भन्ने आरोप लाग्ने भयो।’

आफू जित्न सहकर्मीलाई ‘सहिद’ बनाउने गरी ‘अनैतिक’ सहकार्य गरिएको महसुस देउवा गुटका नेताहरूले गरेका छन्। त्यही सहकार्यका कारण एउटा महामन्त्री देउवा गुटबाट खोसिएको हो। 

देउवालाई हरतरहले सघाएका अर्का दुई प्रभावशाली नेता ज्ञानेन्द्र कार्की र रमेश लेखक यस पटक केन्द्रीय सदस्यको उम्मेदवारमै सीमित भएका छन्। उनीहरूलाई कांग्रेस राजनीतिमा त्यही पदबाट ‘रिटायर्ड’ हुनुपर्ने अवस्थामा देउवाले ल्याइपुर्‍याएका छन्। किनभने १५औं महाधिवेशनमा आइपुग्दा उनीहरूभन्दा ‘जुनियर’ नेता माथि उक्लिइसकेका हुनेछन्। सम्भवतः त्योबेलाका सभापतिका उम्मेदवार नै उनीहरूभन्दा पछिल्लो पुस्ताका हुने यस पटकका पदाधिकारीका उम्मेदवारलाई हेरेर आकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सभापति देउवाले फेरि एक पटक महालक्ष्मी उपाध्याय डिनालाई अवसर दिँदा कांग्रेसका प्रभावशाली महिला नेतृहरु पुष्पा भूसाल र डिला संग्रौला पनि केन्द्रीय सदस्यमा सीमित भएका छन्। डिनाले १३औं महाधिवेशनमा केन्द्रीय सदस्य हार्दासमेत देउवाले मनोनित गरेर ल्याएका थिए।

देउवानिकट नेता नारायण खड्काले यस पटक कुनै पनि पदमा उम्मेदवारी दिएनन्। सहमहामन्त्रीको उम्मेदवारको रुपमा प्रचारसमेत थालेका मिन विश्वकर्माले केन्द्रीय सदस्यबाट समेत उम्मेदवारी फिर्ता लिनुपरेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेको आफ्ना पिता सूर्यबहादुर थापाको विरासत त्यागेर कांग्रेस बन्न पुगेका सुनिल थापा आवधिक सहमहामन्त्रीमा सीमित भए। राप्रपाबाट कांग्रेसमा भित्रिँदा सहमहामन्त्री प्राप्त गरेका उनी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारमा सीमित बनेका छन्।  

कांग्रेसभित्र पुस्तान्तरणको चर्चा चलेको लामो समय भयो। कांग्रेसकै उमेर बराबरको उमेर (७५ वर्ष) पुगेका देउवाको विकल्प खोज्नुपर्ने बहस २०७४ सालदेखि नै चलेको हो। ‘एज होइन, अजेन्डा’ महत्वपूर्ण हुने भन्दै देउवामाथि भइरहेको प्रहार रोक्न ढाल बनेका विश्वप्रकाश शर्मा ‘खोलो तरेपछिको लौरो’ भएका छन्। प्रवक्ताका रुपमा देउवामाथि पर्ने असिनापानी रोक्न सक्रिय शर्मा कांग्रेस महाधिवेशनको झरीमा प्रकाशमान सिंहको प्यानलमा ओत लाग्न पुगेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्यानलमा किन परे गच्छदार?
देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई नै दोहोर्‍याउन चाहेका छन्। ललितानिवास प्रकरणमा जोडिएका कारण गच्छदार डेढ वर्ष ‘सार्वजनिक’ हुनै सकेनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेर देउवा प्रधानमन्त्री बनेपछि मञ्चहरूमा देखिन थालेका उनको ‘सार्वजनिक छवि’ धमिलो छ। कांग्रेसका पुराना नेता भए पनि बीचका केही वर्ष ‘जातीय–क्षेत्रीय’ राजनीतितर्फ लागेका उनी कांग्रेसमा उपसभापतिकै रुपमा ‘इन्ट्री’ गरेका हुन्। त्यसैले ‘पछिल्ला कांग्रसी’मा उनी परीक्षण भएका छैनन्। 

उपसभापतिमा नै अर्को प्यानलबाट नयाँ पुस्ताका नेताहरू धनराज गुरुङ र चन्द्र भण्डारी, बौद्धिक नेताको छवि भएका महेश आचार्य र गिरिजापुत्री सुजाता कोइराला मैदानमा छन्। गच्छदार ‘रिस्क जोन’मा छन् भन्ने थाहा हुँदाहुँदै उनलाई नै उम्मेदवार बनाउने निर्णयमा देउवा किन पुगे? किनभने, उनी यस पटक ‘सहकर्मी जिताउन’ होइन, आफैंलाई जित्न जसको पनि ‘बलि’ दिन तयार भएका छन्। 

अर्को पार्टीबाट एकीकृत भएर आएका कारण गच्छदारलाई कृयाशील सदस्यता वितरणमा निश्चित कोटा दिइएको छ। त्यही कोटाका कारण गच्छदारको पार्टीबाट आएकाहरू महाधिवेशन प्रतिनिधि चुनिएका छन्। उनीहरुको भोट एकलौटी गर्न देउवाले ‘गच्छदार कार्ड’ खेलेका हुन्। देउवा समूहबाट बाहिरिएका विमलेन्द्र निधिले प्रदेश–२ लगायतमा काट्ने भोट गच्छदारकै कारण भरपाई हुने अनुमान देउवा पक्षको छ। 

उत्तराधिकारी पूर्णबहादुर खड्का !
कांग्रेसमा देउवा समूहलाई बलियोसँग टिकाइराख्न सक्ने अधिकांस नेता यसपटक उम्मेदवारकै रुपमा पनि पदाधिकारीमा उक्लिन पाएनन्। अब उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्का र महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महतमध्ये एक जनाले देउवाको विरासत धान्नुपर्नेछ। 

यी दुईमध्ये पूर्णबहादुर खड्कालाई देउवाले अघि बढाउन चाहेको देउवा निकटस्थहरू बताउँछन्। किनभने देउवा र खड्का दुवैका राजनीतिक गुरु कृष्णप्रसाद भट्टराई हुन्। एउटै गुरुकुलबाट दीक्षित भएका कारण हाललाई उत्तराधिकारीका रूपमा खड्कालाई अघि बढाएको देउवा निकटहरूको भनाइ छ। 

देउवाले यसअघि खड्कालाई मनोनित गरेर महामन्त्री बनाएका थिए। निर्वाचित महामन्त्री शशांक कोइरालाले महामन्त्रीको व्यवस्थापकीय जिम्मेवारीमा रुचि देखाएनन् र सक्रिय पनि भएनन्। त्यस बेला देउवाको दाहिने हातका रुपमा खड्काले काम गरेका थिए। उनले कुनै पनि ठाउँमा देउवालाई अप्ठ्यारोमा पारेनन्। धेरै अप्ठ्यारो ठाउँमा आफू अघि लागेर देउवालाई सहज बनाए।

सत्ता गठबन्धनको शीर्ष तहको बैठकमा समेत खड्काको उपस्थिति अनिवार्य हुन्थ्यो। खड्काबाट देउवाले सभापति जित्ने एउटा बलियो आधारसमेत फेला पारेका छन्, त्यो हो कर्णाली प्रदेश। सुर्खेतमा खड्काले अर्को गुटलाई घुम्ने–फर्किने ठाउँ कहिल्यै दिएनन्। यस पटक आफ्नो प्रभाव कर्णालीभरि विस्तार गरिदिए। यसअघि कर्णालीका नौ जिल्ला सभापति जितेको संस्थापनइतरलाई खड्काले दुई जिल्लामा सीमित गरिदिए। 

बाटो बनाउँदै आरजु
देउवाले आफ्नो गुटमा ‘डोजर’ चलाउनुको कारण अर्को पनि रहेको उनी निकटहरू बताउँछन्। देउवाको ‘अवकाश’पछि उनकी पत्नी आरजु देउवा राणा कांग्रेसमा सक्रिय हुन खोजिरहेकी छिन्। 

कांग्रेसभित्र अझै लामो समय कायम रहने देउवा गुटलाई आफ्नो मातहतमा अघि बढाउने कार्यको सुरुवात आरजुले यही महाधिवेशनबाट गरिसकेकी छन्। विशेषगरी केन्द्रीय सदस्यको टिकट बाँड्ने काममा यस पटक आरजुको प्रत्यक्ष संलग्नता रहेको देउवानिकट नेताहरू बताउँछन्। 

एक केन्द्रीय सदस्यका उम्मेदवारका अनुसार केन्द्रीय सदस्यमा टिकट पाउनेहरुको सूची निर्माण भएपछि उनीहरूलाई राणाले आफ्नै मोबाइलबाट मेसेज पठाएकी थिइन्। यसबाट उनले आफू देउवा गुटको ‘पावर सेन्टर’ रहेको संकेत गरेकी हुन्। राणा अहिले केन्द्रीय सदस्यमा प्रवेश गर्न खोजिरहेकी छन्। अर्को कार्यकालमा देउवा गुटबाट पूर्णबहादुर खड्का सभापतिको उम्मेदवार बन्दा महामन्त्रीमा आरजु आइपुग्ने अनुमान गर्न थालिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १९:५९
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्