buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

किन चर्किदै छ तरलता अभाव?

64x64
नेपाल लाइभ आइतबार, मंसिर १९, २०७८  १९:५२
1140x725

काठमाडौं- वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव निरन्तर चर्किन थालेको छ। चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडिदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो।

वित्तीय प्रणालीमा थप तरलता अभाव चुलिँदै जाँदा कर्जा प्रवाहमा समस्या देखिएको छ। तरलता अभाव चर्किएकाले बैंकहरुको (कर्जा-निक्षेप अनुपात)सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ प्रतिशत पुगिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ। अहिले दर्जनभन्दा बढी वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि छ।

वित्तीय प्रणालीमा तरलता अभाव चर्किएर बैंकहरुले नियमित कायम गर्नुपर्ने तीन प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) समेत कायम गर्न सकेका छैनन्। बैंकहरुले तरलता अनुपात (सीआरआर) कामय गर्नसमेत राष्ट्र बैंकबाट निरन्तर सापटी लिएर व्यवस्थापन गर्न बाध्य भएका छन्। राष्ट्र बैंकका अनुसार गत मङ्‍गलबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ५४ अर्ब ५५ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएर सीआरआर कायम गरेका छन्।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउनसमेत मुस्किल भएको छ भने अन्तरबैंक ब्यादरसमेत बढ्दै गएको छ। त्यस्तै बैंकहरुले अन्तरबैंक स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत् अल्पकालीन सापटी लिएर काम चलाइरहेका छन्। गत बिहीबार मात्रै बैंकहरुले ३९ अर्ब ६४ करोड ५० लाख रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका छन्। चालु वर्षको अवधिमा मात्रै  बैंकहरुले २० खर्ब १६ अर्ब ११ करोड २० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सीडी रेसियोमा केही लचकता देखाएको छ। मौद्रिक नीतिमा गरिएको नयाँ व्यवस्था अनुसार सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिदिएको छ। मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएपश्चात् पनि तरलता सहज हुन सकेको छैन। शुक्रबारसम्म वित्तीय प्रणालीमा २३ अर्ब रुपैयाँमात्र अधिक तरलता रहेको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका अनुसार बैंकहरुमा निक्षेप सङ्‍कलन बढेको छैन तर, कर्जा प्रवाह बढ्दै गएको छ। निक्षेप नबढ्नु तथा कर्जा माग बढेको कारण सीडी रेसियो सीमाभन्दा माथि पुगेको छ। तरलता सङ्‍कट सरकारी खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र रेमिट्यान्ससमेत घट्नुका कारण पनि पेचिलो बन्दै गएको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह, आयात अत्याधिक रुपमा बढेकाले वित्तीय प्रणालीमा तरलताको अभाव भएको बताए। प्रवक्ता ढकालले बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको साधन स्रोतभन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलता सङ्‍कट देखापरेको बताए। राष्ट्र बैंकले चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरिसकेको छ।

उनले भने, ‘चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाले अत्याधिक रुपमा कर्जा प्रवाह गर्दा तरलता अभाव भएको हो। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले आयात बढ्दा धेरै रकम बाहिर गएको छ। अहिले पनि भएको रकम आयातको भुक्तानी गरिरहेको छ। तरलतालाई सहज बनाउनका लागि बजारमा आवश्यक गर्ने रकम आवश्यक टुलहरुमार्फत् सहजीकरण गरिहेको छ। कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय क्षेत्रले पनि संयमता अपनाउनुपर्छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक वृद्धि गर्ने क्षेत्रमा गर्नुपर्छ। यसरी बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै तरलता सहज हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो समय बढ्दो आयात, कम सरकारी खर्च, ग्राहकले पैसा आफैंसँग राख्ने प्रवृत्ति, पुँजी पलायनलगायतका कारण बैंकको निक्षेप घट्दा तरलता सङ्‍कटको समस्या भएको प्रवक्ता ढकालले बताए।

यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले अहिले वित्तीय प्रणालीमा तरलता सङ्‍कट आउनुको कारणा बैंकहरुले मनलाग्दी ब्याजदर परिर्वतन गर्नु भएको सङ्‍केत गरेका छन्। गत मङ्‍गलबार नेपाल आर्थिक पत्रकार समाजको रजतजयन्ती कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको मुख्य भूमिका वित्तीय स्थिरता कायम गर्नु भएको बताए। उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ब्याजदर, मूल्यवृद्धि स्थिर राख्नुपर्ने बताए।

'बैंकहरुले ब्याजदर कहिले ८ प्रतिशतबाट बढाएर १४ प्रतिशत पुर्‍याउने, पुनः ८/७ प्रतिशतमा नै ल्याउने गरिएको छ। यसरी बैंकहरुले ब्यादर परिर्वतन गर्दा तरलतामा समस्या हुन्छ,' उपाध्यक्ष पौडेलले भने, 'तरलता अभावसँग सरकारले विकास खर्च गरेन भनेर मात्र देखाउने गरिएको छ। सबैलाई जानकारी छ, सरकारले कसरी खर्च गरिरहेको छ। सरकारले आजको भोलि पुँजीगत खर्च बढाउन सक्दैन।'

राष्ट्र बैंकले सरकारको पुँजीगत खर्च गर्ने स्थिति हेरेर तरलताको योजना बनाउनुपर्नेमा उनले जोड दिए। तरलता धेरै भयो भनेर जथाभावी लिइदिने र कम हुन थालेपछि ब्याजदर बढाइदिने गर्दा थप समस्या हुने गरेको र त्यही कारणा अहिलेको अवस्था आएको उनको भनाइ छ।

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सीडी रेसियोका कारण तरलता अभाव समस्या आएको बताएका थिए। अध्यक्ष गोल्छाले सीडी रेसियो अत्यन्त प्राविधिक विषय भएकाले यसमा राष्ट्र बैंक नै जिम्मेवार रहेको धारणा राखे। उनले समग्र निजी क्षेत्रलाई सरकार, राष्ट्र बैंक तथा वित्तीय क्षेत्रले सहुलियत दरमा सहजरुपमा कर्जा उपलब्ध गराइदिनुपर्ने बताएका थिए। 

‘सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिका लागि तरलता व्यवस्थापन गर्नुपर्छ। तरलता व्यवस्थापन गर्न सके मात्रै सरकारको लक्ष्य पूरा हुन्छ। तरलता अभाव राष्ट्र बैंकको नीति, सरकारको विकास खर्च कमजोर र वैदेशिक लगानी नआउनु हो,' गोल्छाले भने, 'सरकारले विकास खर्च बढाउने, राष्ट्र बैंकले सीडी रेसियो प्राविधिक समस्या समाधान गरी तरलता व्यवस्थापन गर्नुपर्छ। अनिमात्रै अर्थतन्त्र सवल बन्न सक्छ।'

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण तरलता अभाव  कारण बढ्दै गएको बताए। राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले पुँजी-कर्जा-निक्षेप अनुपात(सीसीडी) रेसियो खारेज गरेर कर्जा-निक्षेप अनुपात सीडी रेसियो लागू गर्दा तरलता समस्या बढेको उनको भनाइ थियो।

'मौद्रिक नीतिको समीक्षामार्फत् सीडी रेसियो खारेज वा ९० प्रतिशतबाट बढाएर ९६ प्रतिशत पुर्‍याउनुपर्ने थियो। तर, त्यो नगरेर छोटो समयको लागि बढाए पनि तरलता व्यवस्थापनको लागि लामो समयका लागि हुँदैन। २०७९ असार मसान्तबाट फेरि ९० प्रतिशत नै कामय गर्नुपर्छ। यो व्यवस्था निरन्तरता भएन। यो व्यवस्था लागू भए पनि दीर्घकालीन रुपमा तरलता अभाव भइरहन्छ। तरलता अभाव हटाउनका लागि मौद्रिक नीतिमा सीसीडी रेसियो गत वर्षको जस्तै ८५ प्रतिशत राख्नुपर्छ,' अध्यक्ष मल्लले भने।

चार महिनाभन्दा अगाडिदेखि वित्तीय प्रणालीमा देखिएको तरलता अभावले कर्जा प्रभावमा समस्या निम्त्याएको छ। अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाउनका लागि जथाभावी रुपमा ब्याजदर परिर्वतन गरिरहेका छन्। तर, पछिल्लो पटक राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन नै जारी गरेर ब्याजदरको सीमा तोकेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
सम्बन्धित सामग्री
लगातार ४ दिन घटेको सेयर बजारमा झिनो सुधार जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिही... बुधबार, असार ३, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत' शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्