• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

देउवा–जबरा जवाफ देऊ 

64x64
नेपाल लाइभ शुक्रबार, असोज २२, २०७८  २०:४९
1140x725

तीन महिनापछि बल्लतल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिन सफल भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हासिल गरेको यो 'सफलता'लाई त्यहीक्रममा भएको अर्को एउटा परिघटनाले पूरै छायाँमा पारिदिएको छ। त्यो परिघटना थियो, उनको क्याबिनेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रुपमा भित्रिएका गजेन्द्र हमालको नियुक्ति। यो त्यस्तो नियुक्ति बन्यो जसले प्रधानमन्त्री देउवा मात्र होइन, सत्तारुढ गठबन्धनका प्रत्येक शीर्ष नेतालाई राजनीतिक नैतिकताको कसीमा उभ्याइदिएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर हदैसम्म आलोचित देउवा र उनले नेतृत्व गरिरहेको गठबन्धनका शीर्ष नेता तीन महिनापछि त्यही काम फत्ते गर्दा लोकतान्त्रिक मूल्यमान्यताबाट च्यूत देखिएका छन्। त्यतिमात्र होइन, उनीहरु सम्भवतः संविधान, मुलुक र नागरिकको नजरबाट समेत गिरेका छन्।

नवनियुक्त उद्योगमन्त्री हमाल सांसद होइनन्। प्रधानमन्त्री देउवाले सोझो रुपमा गैरसांसदलाई मन्त्री नियुक्त मात्र गरेका भए उनले स्थापित विधिको अवमूल्यन गरे भनेर आलोचना हुन्थ्यो, त्यो त्यति गम्भीर विषय नबन्न सक्थ्यो। तर, कुरा त्यतिमा सीमित थिएन। योभन्दा निकै गम्भीर थियो। हमाल ती व्यक्ति हुन् जसको नाम पहिलोपटक मन्त्रीका रुपमा चर्चामा आएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटाका मान्छे’ भनेर हो। हो, उनी प्रधानन्यायाधीश जबराका नातेदार हुन्। गम्भीर कुरा यो पनि हो कि हमालको नाम मन्त्रीका रुपमा पनि कांग्रेस वा अरु कुनै दलका नेताभन्दा पहिले जबराकै मुखबाट सुनिएको हो। नेपालगञ्जमा बस्ने कांग्रेसका पूराना नेता हमाल पछिल्लो समय कांग्रेसका गतिविधिमा निष्क्रिय रहँदै आएका थिए। कांग्रेसमा मन्त्री बन्नेगरी उनको नाम ‘नोटिस’मा लिने पंक्ति सायदै कतै देखिएको थियो। एक हिसाबले भन्दा त्यो असम्भव नै थियो। अनौठो चाहिँ हमाललाई जबराकै जोडबलमा मन्त्री बनाउन लागिएको चर्चा सञ्चारमाध्यममा हुनथालेपछि त्यसबारे कांग्रेसले केही नबोल्दै जबरा नै बोलेका थिए। 

गत सोमबार सर्वोच्च बारका पदाधिकारीहरुसँगको भेटमा जबराले आफैं कुरा निकालेर भनेका थिए, 'गजेन्द्र हमाल कांग्रेसको नेता, मैले मन्त्री बनाउनुपर्छ र?'

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको आडमा बसेको संवैधानिक परिषद् बैठक र त्यहाँबाट संवैधानिक निकायहरुमा भएको नियुक्तिमा ‘भाग लिएको’ भनेर सार्वजनिक रुपमा समेत आलोचित प्रधानन्यायाधीश जबराको यो पृष्ठभूमि हमाल मन्त्रीका रुपमा चर्चामा आउँदा संशय बढाउने कारक बन्नु स्वाभाविक थियो। ती विवादास्पद नियुक्तिको कानुनी निरुपण गर्ने मुद्दा सर्वोच्च अदालतमा महिनौंदेखि विचाराधीन रहँदा पनि त्यसलाई किनारा लगाउन अग्रसरता नदेखाइरहेका प्रधानन्यायाधीश प्रश्न र शंकाको घेरामा पर्नु अस्वाभाविक पनि थिएन। तर, सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा उनले यो विषयसँग आफ्नो साइनो नरहेको र सार्वजनिक खण्डन गर्ने बताए।

धेरैको अपेक्षा थियो- राणाले आफूमाथि उठेका प्रश्न निवारण गर्नेछन्। तर, उनको पहिलो प्रयत्न नै टालटुले रह्यो। उनले आफू विवादमा तानिएको विषयलाई आफैंले प्रष्ट्याउने प्रयत्न नै गरेनन्, बरु सर्वोच्च प्रशासनलाई अगाडि सारेर विज्ञप्ति जारी गर्न लगाए। यहीक्रम अघि बढ्दा शुक्रबार जसरी हमाललाई मन्त्री नियुक्त गरिएको छ, त्यसले प्रधानन्यायाधीश जबरामाथि गम्भीर प्रश्न तेर्स्याइदिएको छ। न्याय र कानुनको क्षेत्रसँगै आमरुपमा समेत यति ठूलो विरोध र आलोचना हुँदा, प्रश्नहरु तेर्सिइरहँदा उनले किन यसबारे जवाफ दिन आवश्यक ठानेनन्? किन आफूसँगै अदालतको गरिमा धुलिसात बनिरहँदा पनि यसबारे बोल्न खोजिरहेका छैनन्? उनको यो मौनताको अर्थ के हो? कतिसम्म भने, अदालतमा विचाराधीन केही मुद्दालाई देखाएर प्रधानन्यायाधीशले सत्तारुढ गठबन्धनसँग ‘भाग मागेका’ प्रसंग पनि सार्वजनिक भइरहेका छन्, जसबारे प्रधानन्यायाधीशबाट तत्काल सार्वजनिक जवाफ अपेक्षित छ।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री कसलाई बनाउने भन्ने विषयमा सबैभन्दा ठूलो रडाको प्रधानमन्त्री देउवाको दल, नेपाली कांग्रेसभित्र देखियो। बैठकमा चर्काचर्की भयो, बैठक बहिष्कार गर्नेसम्मका गतिविधि देखा परे। यसको कारण कांग्रेसमा मन्त्रीका आकांक्षीको संख्या ठूलो थियो, जो आफ्नो योगदान, सक्रियता र इतिहासका आधारमा मन्त्री पद दाबी गरिरहेका थिए। ती सबैलाई पन्छाएर हमाललाई नै मन्त्री नबनाइ नहुने बाध्यता देउवालाई किन पर्‍यो? यत्रो विवाद हुँदाहुँदै पनि हमाललाई मन्त्री बन्नबाट रोक्न नसक्ने त्यस्तो कारण के थियो? के त्यो प्रधानन्यायाधीशको ‘रुचि’लाई क्रस गर्न नसक्नुको परिणाम थियो? या अरु केही कारण? प्रधानमन्त्री देउवाले तत्काल यसको जवाफ दिनुपर्छ।

प्रधानमन्त्रीबाट यो जवाफ किन पनि अपेक्षित छ भने यो प्रश्न हामीले अभ्यास गरिरहेको लोकतान्त्रिक गणतन्त्रको अभ्याससँग जोडिएको छ। त्यो अभ्यासले कुन बाटो लिन्छ भन्ने प्रश्नसँग जोडिएको छ। 

देउवाले भुल्नु हुँदैन, उनको सत्तारोहण पूर्ववर्ती प्रधानमन्त्री ओलीका असंवैधानिक र अलोकतान्त्रिक कदमबाट सिर्जित बाध्यात्मक परिस्थिति थियो। त्यसलाई बिर्सेर संविधान र लोकतान्त्रिक मूल्यमान्यतामाथि नै प्रश्न उठ्ने कदममा आफैं समाहित हुन देउवा किन अग्रसर भए? विधि, पद्धति र अग्रगमनको नारा लगाएर बनेको यो गठबन्धन, अनि यही गठबन्धनले बनाएका प्रधानमन्त्री देउवा किन त्यसकै धज्जी उडाउने बाटोमा अग्रसर भए?

यो प्रकरणमा स्वार्थ प्रधानन्यायाधीश जबराको जोडिएको हुनसक्ला। त्यसमा विभिन्न कारणले गठबन्धनका नेताहरु पनि 'तैं चुप मै चुप'को अवस्थामा परेका होलान्। तर, प्रधानमन्त्री देउवा यी कुनै बहानाबाजी गरेर उम्कन पाउँदैनन्। मुलुकको प्रमुख कार्यकारीको कुर्सीमा देउवा आसीन छन् र उनले यसको जवाफ दिनैपर्छ। शुक्रबार अर्थात् एक दिनको घटनाक्रमले जसरी उनको पद, वजन र छविको क्षयीकरण भएको छ, यसको जवाफ दिन उनले गर्ने ढिलाइले त्यसलाई अझ रफ्तारमा अघि बढाउनेछ। त्यसले देउवाले नेतृत्व गरेको सरकार मात्र होइन, यो गठबन्धनलाई नै चाँडै संविधान, लोकतान्त्रिक प्रक्रिया र अग्रगमनमाथि धोकाधडी गर्ने पात्रका रुपमा उभ्याउनेछ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्