• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पछिल्लो पुस्ता अगाडि बढ्दै गर्दा अघिल्लो पुस्ता झस्किनु हुँदैन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज १४, २०७८  १४:१२
1140x725

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको संस्थापन पक्षमा रहेका उनको एकल उम्मेदवारी घोषणाले तरंगित बनाएको छ। संस्थापनबाट टाढिएका उपसभापति विमलेन्द्र निधिसँग निकटताको चर्चा चलेको छ। साथै, सभापति देउवाकै सल्लाहमा उम्मेदवारीको दाबी बलियो बनाउनेगरी लागेर फेरि संस्थापनकै टिममा फर्किने आशंकाहरु पनि छन्। नेतृत्व दाबी गर्दै गर्दा नीतिलाई पनि उनले सँगै लैजान खोजेका छन्। शर्मासँग महाधिवेशन केन्द्रित रहेर नेपाल लाइभका लागि डिबी खड्का र लिलु डुम्रेले गरेको संवाद :

विचारशून्य हुँदै गएको भनिएको समयमा तपाईं विचारसहित कांग्रेसको नेतृत्वको दाबी गर्न आइपुग्नुभयो। तपाईं महामन्त्री हुनुभयो भने त्यो विचारको कार्यान्वयन कसरी हुन्छ? 
महाधिवेशनले जुन नेतृत्वलाई लिएर आउँछ, त्यो नेतृत्व आएपछि यो कार्यान्व्यन हुन्छ। मैले जित्दै गर्दा विश्वप्रकाशले राखेको अवधारणा महामन्त्रीको अवधारणा हुन्छ। त्यो अवधारणा केन्द्रीय कमिटीमा राखेर पार्टीको बनाइन्छ। राजनीतिमा यो–यो कुरा गरियो भने रुपान्तरण हुन्छ, यो दस्तावेजका आधारमा मैले महामन्त्री जितेको थिएँ, मैले जित्नु दस्ताबेजलाई पनि पारित गर्नु हो, त्यसकारण यो विषयमा प्रवेश गर्छु भनेर प्रस्ताव गर्छु। त्यसरी कार्यान्वयनको चरणमा प्रवेश गर्छ। 

नेपाली कांग्रेस पार्टी संरचनाअनुसार महामन्त्री पद पार्टीको काँध हो। सभापति टाउको मानिन्छ। नेपाली कांग्रेस बोक्न विश्वप्रकाशले काँध थापिरहँदा टाउको कसलाई ठानिरहेको छ?
तीन वर्षअघि प्रवक्ता भएपछि मलाई सोधिन्थ्यो– यसपछि तपाईं के बन्ने? म विनम्रतापूर्वक भन्थें– भर्खर प्रवक्ता भएको छु, काम गर्न दिनुहोस, ठीक समयमा भन्छु। एक वर्षअघि अब तपाईं के बन्ने भनेर प्रश्न गर्दा मैले भन्थें– प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन, पदाधिकारी बन्छु र त्यो ठीक समयमा भन्छु। अहिले ठीक समय आएपछि मैले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको छु। अहिले मैले जति भनेको छु, त्यतिमा रहन दिउँ। 

जहाँसम्म सभापतिको विषय छ, एक महामन्त्रीले प्यानल बनाउने होइन। दोस्रो, बन्ने विषयमा जाँदै गर्दा ठीक समयमा ठीक निर्णय पुग्छौं अनि भनौंला। अहिले मैले महामन्त्रीको उम्मेदवार बनेको छु, हुने क्रममा लागेको छु। त्यसका लागि मेरा दृष्टिकोण अघि सारेको छु, तिनै कुरालाई प्रकाश पार्छु।

प्रवक्ताको जिम्मेवारी प्राप्त गरेपछि प्रधानमन्त्री तथा शेरबहादुर देउवासँग तपाईं निकट मानिनुहुन्थ्यो। त्यसैले देउवाले सभापति दोहोर्‍याउने संकेत गरिरहँदा तपाईंको र उहाँको उम्मेदवारी घोषणा एकैदिन, एक ठाउँबाट अपेक्षित थियो। तर, त्यसो नहुँदा एउटा आशंका छ, तपाईंले देउवा गुट छाड्नुभयो। यसमा सत्यता छ? 
पार्टी महाधिवेशन हुने भएपछि सभापतिका रुपमा देउवादेखि पार्टीका अन्य नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतको नाम चर्चा परिचर्चामा गइसकेको छ। मैले त एकदिन पनि महामन्त्रीको उम्मेदवार भनिनँ। मंसिर ९ मा महाधिवेशन सुरु हुँदैछ, वडाको अधिवेशन सुरु भइसकेको छ। भदौ २४ मै घोषणा गर्दा उपयुक्त हुन्छ भनेर गरेको हो। टिम बनाउने भनेर प्रतीक्षा गर्दा टिम त एक हप्ता वा एकदिन अघि बन्ला।

अहिले पनि ठीक समयमा भनिनँ कहिले भन्ने र कहिले मेरा विचार अघि सार्ने? साथीभाइसँग सम्पर्क बढाउने कहिले? बाँकी टिम संरचना ठीक समयमा बन्ला, महामन्त्रीको उम्मेदवारका रुपमा विश्वप्रकाश शर्मा छ, १४औं महाधिवेशन विश्वप्रकाश यसकारण उम्मेदवार बन्न चाहन्छ भन्ने कुरा बताउनका लागि पनि घोषणा गर्नुपर्‍यो नि त! 

उम्मेदवारहरु मैदानमा आइसकेपछि बाँकी कुराहरु तय हुँदै गर्छ। त्यसकारण गुटमा आयो वा छाड्यो भन्ने भन्दा पनि व्यक्तिको कुरा राखेको हो। व्यक्तिको कुरापछि गुटगत संरचना बन्ला। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले उम्मेदवारी घोषणा गरेपछि सभापति देउवासँग भेटवार्ता गर्नुभयो। उहाँबाट तपाईंले शुभकामना मात्रै पाउनु भयो कि आडभरोसा पनि? 
कतिपय विषय यस्तो हुन्छन्, जुन विषयमा सभापतिको उम्मेदवारले गहिरो विमर्श गरेर उम्मेदवारहरूबाट समन्वय र सन्तुलन गरेर टिम निर्माण गर्नुपर्छ। ती विषयलाई सार्वजनिक रुपमा भन्ने कुरा मर्यादित हुँदैन। अहिले मैले यति मात्रै भन्न उपयुक्त हुन्छ कि म महामन्त्रीका रुपमा उम्मेदवार छु, अरु साथीहरु पनि हुनुहुन्छ, अग्रज हुनुहुन्छ। हाम्रो टिमबाट महामन्त्रीको दावा गरिरहेको पछिल्लो पुस्ताको मान्छे विश्वप्रकाश शर्मा नै हो। अन्य समूहबाट म भन्दा पछिल्लो पुस्ताका भाइसाथीहरु हुनुहुन्छ।

अहिले नै सभापतिले हुन्छ भन्नुभयो वा अघि नबढ भन्नुभयो भन्ने बेला आएको छैन। उम्मेदवारहरुले आफ्नो प्रकारको भावना गाँस्दै गयो भने बन्ने हो। अहिले सभापति देउवाले साथ दिन्छु भन्नुभएको छ, विमेलेन्द्र निधिले सँगै जाउँ भन्नुभएको छ भन्ने बेला होइन। 

पहिले संस्थापन समूहबाट निधि निस्किनुभयो, त्यसपछि तपाईं। यसले बाघ कराउनु र बाख्रो हराउनुको संयोग जस्तो भएको छ। धेरैले बुझेजस्तो तपाईं र निधिबीच टिमअप भएको हो? 
म फेरि सभापतिमा दोहोरिन चाहन्छु भनेर पार्टी सभापतिले बोलेको विषय आइसकेको छ। पार्टीका उपसभापति विमलेन्द्र निधिले सभापतिलाई नै म अगाडि बढें है भनिसक्नुभएको छ। यसैगरी गोपालमान श्रेष्ठले म उम्मेदवार बन्छु भन्नुभएको छ। सभापतिमा हाम्रो टिमबाट यसरी आफ्ना रुचि प्रस्तुत भइरहेका छन्। त्यसैगरी महामन्त्रीमा पनि विश्वप्रकाश शर्माले ऐतिहासिक दिन पारेर सुन्दरीजलको माटोलाई ढोगेर दाबी प्रस्तुत गरेको हो। त्यसलाई पनि कसैसँग गाँसेर वा जोडेर हेरिन्छ भने त्यसलाई पनि सम्मानै गर्छु। कम्तिमा चर्चाका लागि समय छुट्याइदिनुभयो।

विश्वप्रकाश शर्माले संस्थागत रुपमा बन्ने सल्लाहभन्दा बाहिर गएर काम गरेको छैन, गर्नेछैन। तर, यो निश्चित हो, विश्वप्रकाश शर्मा महामन्त्रीकै उम्मेदवार बन्छ, न त्यो भन्दा माथि बन्छ, न त्यो भन्दा तल्लो पदमा बन्छ।

Xtrem

Xtrem

तपाईंले महामन्त्रीमा नेतृत्वको दाबी गर्दैगर्दा आफ्नो नीति पनि अगाडि सार्नुभएको छ। राजनीतिक रुपमा अन्य नेताहरु सफल दरिए पनि विचार हिसाबले बीपी कोइरालापछि खडेरी छ। तपाईंमा त बीपीको प्रभाव पनि देखिन्छ। विचारका हिसाबले अब तपाईं बीपीको विरासत धान्न अघि बढेको हो? 
यो पार्टीको हरेक सदस्य बीपी कोइरालाको विचार बोकेर अघि बढ्ने हो। बीपी कोइरालको विचार मात्रै बोकेर अघि बढ्यो, त्यो अधुरो हुन्छ। विचारसँगै अर्काे महत्त्वपूर्ण कुरा संस्कार हो। विचार बमोजिमको संस्कार दिइरहेका छौं कि छैनौं? यदि हामी त्यसमा चुकेका छौं भने त्यसलाई परिमार्जित गर्ने हो। 

हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन भनेर जुन अवधारणा सार्वजनिक गरेको छु, त्यसमा बीपीको अवधारणालाई अहिलेको सन्दर्भमा अभ्यास गर्नलाई त्यो विषयमा केन्द्रित भएर जानुपर्छ भनेको हो। तर, यसो भन्दै गर्दा कसैले बीपीको विचार अहिलेको सन्दर्भमा सान्दर्भिक बनाएर व्याख्या गर्‍यो, केही अवधारणा लिएर आयो भन्दैमा उसले बीपीको विरासत बोक्दैछ भनियो भने त्यो गलत हुन्छ। त्यो अतिशयोक्ति हुन्छ। 

विश्वप्रकाश शर्मा हुन् वा अरु कसैले बीपीको विचारलाई अहिलेको सन्दर्भमा गहिरो आत्मसाथ गरेर अहिलेको जीवन र जगतलाई, अहिलेको समाज र समयलाई त्योसँग फिट गर्ने कुरा त हाम्रो कर्तव्य हो नि। त्यो कर्तव्य मात्रै निर्वाह गरेको हो। म एक्लैले बीपीको विरासत धान्ने भएँ भ्रम न मैले पालेको छु, न अरुले नै त्यसरी सोचेका छन्।

तपाईंले अघि सारेको २४ बुँदे अवधारणा पत्रको छैटौं नम्बरको बुँदामा तपाईंले वान, टु, थ्री र फोर भन्दै जिम्मेवारीका लागि समयसीमा तोक्नुभएको छ। त्यसबाट नेताहरु खुशी देख्नुहुन्छ कि दुःखी?
यो विषयले दुःखी हुनुपर्ने कोही छैन। हरेकले राजनीतिमा एउटा प्रणाली बसोस् भन्ने चाहेको छ। देशमा ठूला–ठूला पविर्तनको नेतृत्व कांग्रेसले गर्‍यो, यो त सानो सुधारको कुरा हो नि। सानो परिवर्तनको कुरा हो।

पार्टीका आदरणीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग मैले संवाद गर्दैगर्दा पनि उहाँलाई बताएँ। हाम्रो पुस्ताले पालना गर्ने भनेको निश्चित समयपछि बाहिरिने नीति लिने हो। आउने कुरामा कुन उमेरमा आउँछ, निश्चित छैन। कुन उमेरमा जाने निश्चित छैन। आकांक्षा कहिलेसम्म राख्ने निश्चित छैन। कहिलेसम्म पर्खिने त्यो पनि निश्चित छैन। यसरी हुँदैन, एउटा सिर्जनशीलता हुन्छ मान्छेसँग। उसलाई त्यसलाई निश्चित कालखण्डमा प्रयोग गर्छ।

एउटा संस्था छ, जेसिस। त्यो जेसिसको केन्द्रीय सभापतिदेखि शाखाको भीपी र इभीपी, जेनेरल सेक्रेटरीसम्मले जिन्दगीमा एउटा पद एकचोटी, एक वर्षका लागि मात्रै सम्हाल्नुहुन्छ। हामीले त्यही संस्कृति बमोजिम किन नसक्ने? एउटा व्यक्तिले एउटा पद जिन्दगीमा एकचोटी, एक वर्ष प्राप्त गर्दा काम हुँदो रहेछ त, भने राजनीतिमा त पाँच वर्ष एउटा पदमा काम गर्न पाउँछौं। त्यही पद किन दोहोर्‍याएर चाहिया? राष्ट्रपति एकपल्ट गरौं। एकपल्ट राष्ट्रपति हुने कुरा गणतन्त्र नेपाल सुरु हुँदै गर्दा भनिएको भए यो देशले चौंथो राष्ट्रपति पाइसक्थ्यो। अब लागू गरियो भने राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बन्नुहुन्छ। यसलाई कुनै पाका नेताले पनि गलत आयो भनेर कसैले भन्नुहुन्न। युवा पुस्ताले नेतृत्व गर्न चाहन्छौं, हस्तक्षेप होइन। त्यसैले यसले अवसर प्रदान गर्छ भन्नुभएको छ। यो भन्दा राम्रो अवधारणा अर्को आउला, यसका कमजोरीका विषयमा कुरा होला। कमसे कम चर्चा सुरु भयो।

तपाईंले सहिष्णुताको विषय पनि जोड तोडले उठाउनुभएको थियो। नेपाली राजनीतिक संस्कार विचार मिल्दासम्म असाध्यै प्रेम, नमिल्दा तल्लतो तहको गालीगलौजमा उत्रिने हो। आन्तरिक प्रतिस्पर्धामा पनि त्यही तहसम्म हुने गरेको छ। तपाईंले अघि सारेको सहिष्णुताको जुन विषय छ, त्यो कार्यान्वयनको सम्भावना कत्तिको देख्नुहुन्छ?
सहिष्णुता भन्ने विषय त राजनीति गर्ने मानिस होस् वा व्यवसाय र पत्रकारिता र कुनै पनि क्षेत्रमा सहिष्णुता कति प्रधान कुरा छ। राजनीति गर्ने मानिसले एउटाले अर्कोसँग प्रतिस्पर्धा गर्नु दुश्मनी हो र? होइन नि। विचारको प्रतिस्पर्धा हो, जित्नेले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। हार्नेले जित्नेको गलामा माला लगाइदिनुपर्छ। फरक मत राख्नुपर्छ। आलोचना लोकतन्त्रको सौन्दर्य हो। आलोचना गरेर लेख्नुभयो भने विश्वप्रकाशले ऐना हेरेर करेक्सन गर्नुपर्छ। तर, गाली किन लेख्नुहुन्छ तपाईं अथवा मैले गाली किन बोल्छु ? कम्युनिस्ट पार्टीको नेता कमरेड केपी ओली उहाँ मेरो जिल्लाको नेता हुनुहुन्छ। म उहाँलाई श्रद्धा गर्छु, जिल्लावासी भनेर मात्रै होइन। संघर्ष गरेर लामो समय काम गर्नुभएको छ। देश निर्माण गर्नका लागि केही अवधारणा सोच्नुभयो होला। केही भावनात्मक रुपले गर्ने भन्ने ऊर्जा पनि भयो होला। गर्न सक्नुभएन होला, कमजोरी भयो होला, आलोचना गरौंला।

तर, उहाँतर्फ फर्केर विश्वप्रकाश शर्माले असहिष्णु ढंगले गाली गर्नु ठीक हुन्छ? म पार्टीको प्रवक्ता भएको तीनवर्ष यीनै हातहरुले पार्टीको विज्ञप्ति लेखें। बोल्दै गर्दा मैले कहिले पनि कम्युनिस्ट सरकारको आलोचना गर्दा त्यस्तो खराब शब्द बोलेको मेरो जानकारीमा छैन, जुन शब्दलाई गाली भनेर भनिन्छ। तर, अहिले राजनीतिमा के भइरहेको छ? मैले सम्मान गरेका नेता कमरेड केपी शर्मा ओलीले 'उहाँहरु मरेको भए हुन्थ्यो श्रद्धाञ्जली भन्न हुन्थ्यो। बुख्याँचाा, गद्दार, कुहिएका फर्सी' भनेर भन्नुहुन्छ। 

हामी राजनीतिकर्मीलाई हेरेर राजनीति भन्दा पर रहेको मानिसले ओहो भनेर आकर्षण गरोस् न। भोलि आज बोलिएका शब्दहरु इतिहासमा रेकर्ड हुन्छन्। आजको १०० वर्षपछि पढ्नेले पनि के भन्छ भने हामीले बोलेका शब्दलाई हेरेर कति ठीक मानिस रहेछन्, त्यो बेलाको भन्ने हुन्छ। हामीले बोलेको शब्दले हामीले राख्ने सहिष्णुता राख्ने वा नराख्ने भन्ने कुराले अब समाजलाई सकारात्मक वा नकारात्मक बनाउन योगदान गर्छ। त्यसैले मैले के भनेको हो भने राजनीतिमा परिवर्तन हुँदै गर्दा राजनीतिक दलहरुले एकआपसमा राख्ने अभिव्यक्ति र सम्बन्ध सहिष्णु हुनुपर्‍यो। एकले अर्कासँग नम्र हुनुपर्‍यो। एउटाले अर्कोसँग झुक्नुपर्‍यो। अलि अगाडि भनेको एउटा वाक्य दोहोर्‍याउन चाहन्छु, आज नेपालीले नेपालीसँग झुक्न सिके दुनियाँको कसैसामु झुक्नुपर्दैन। नेपालीले नेपालीसँग सिक्न सके दुनियाँमा कसैसँग सिक्नुपर्दैन। त्यो भनेको सहिष्णुताको संस्कार हो। राजनीतिमा त्यसको कमी हुन थाल्यो भनेर नै त्यो जोगाउँ भनेर नै भनेको हो।

तपाईंको बुँदा नम्बर ६ मा सहिष्णुताको प्रश्न लोकतन्त्रको परीक्षण पनि हो भन्ने राख्नुभएको छ। तर, तपाईंले यीनै कुरा बोल्ने कार्यक्रममा तपाईंकै नेताहरु गुटहरु छन्। कृष्णप्रसाद सिटौला गुटका मानिसहरु तपाईंको कार्यक्रम भन्दा अर्को प्राथमिकताको बहाना बनाएर कार्यक्रममा आइदिएनन्, उपस्थित भएनन्, बहिष्कार गरे भन्ने कुराहरु हामीले सुन्छौं यो अलि असंगतीपूर्ण लागेन तपाईंलाई?
अब त्यस्तो कुरा मेरो जानकारीमा छैन। त्यस्तो कही भएको रहेछ भने कसैले पनि गर्ने कुनै पनि कार्यक्रममा कसैको पनि सहभागिता हुने कुरा सामान्य कुरा हो। विपक्षीको पनि कुरा सुन्न जानुपर्छ। विपक्षी पार्टीको पनि सुन्नुपर्छ। आफ्नै पार्टीको साथीले केही राख्दै गर्दा कसैले कहीँ नजाऊ भनेको रहेछ भने गलत भएको रहेछ भन्नुपर्‍यो। तर, जहाँसम्म तपाईंले भने जस्तो कुनै कार्यक्रममा विश्वप्रकाश शर्मा आउँदैछ भन्दा त्यहाँ मानिस नजानु भनेर अथवा रोकेर असहिष्णुता राखे भन्ने कुरा मेरो जानकारीमा छैन।

तपाईं कति सहिष्णु हो भने प्रतिनिधि सभा हार्दाखेरि आफ्नै हातले माला बनाएर राम कार्कीलाई पहिरिनुभयो। तर, तपाईंकै जिल्लाबासी पार्टीको नेतासँग तपाईंको सम्बन्ध निकै चिसो छ भन्ने सुनिन्छ। बाह्य भन्दा आन्तरिक प्रतिष्पर्धा चर्को हुने रहेछ?
यो बिलकुल गलत हो। झापामा कम्युनिस्ट पार्टीबाट केपी ओली हुनुहुन्छ भने हाम्रो तर्फबाट कृष्णप्रसाद सिटौला हुनुहुन्छ। सार्वजनिक रुपमा मैले उहाँलाई गर्ने सम्मान छँदैछ।  त्यो कुरामा त कुनै छलफल नै हुने कुरा भएन। मैले मेरो व्यक्तिगत संस्कारको कुरा भनें।  दोस्रो कुरा, मेरो नेतृत्वको हो। मैले उहाँलाई नेता मान्ने हो नि त। त्यस हिसाबले त्यसमा कुनै पनि छलफल बहस हुने कुरो भएन।

नेता मान्दै गर्दा पनि त फरक हुन्छ नि, आफनो बाबुसँग त छोराको बहस हुन्छ। मुद्दा हुन्छ। फरक मत हुन्छ भने नेतासँग पनि हुने भयो। कतिपय कुरा उहाँसँग मिल्नु र नमिल्नु आफ्नो ठाउँमा छ। तर, मैले कहिले पनि मेरो जिल्लाको श्रद्धेय नेताहरु भन्दै गर्दा कृष्णप्रसाद सिटौला भन्दा अग्रपंक्तिमा नाम लिन्छु। अहिले राष्ट्रिय राजनीतिमा हुनुहोला नहुनुहोला तर उहाँको दाजु डिल्ली सिटौलाको नाम लिन्छु। पार्टी कार्यालयको अग्रज पूर्णानन्द शर्माको नाम लिन्छु। अम्बिका रिजालको नाम लिन्छु। उहाँहरु जीवित मध्येको झापाको सिनियर  नेतृत्वपंक्ति हुनुहुन्छ। त्यसैले श्रद्धा गर्ने सवालमा मलाई कसले सघाउनुहुन्छ, उहाँलाई बढी श्रद्धा र कसले मलाई सघाउनुहुन्न उहाँलाई कम श्रद्धा भन्ने कुरा बिलकुल हुँदैन। त्यसकारण मैले गर्ने श्रद्धामा चुकें भने त्यो मेरो गल्ति हुन्छ। त्यसको अर्थ मैले उहाँहरुले जे–जे भन्नुहुन्छ, त्यो मैले पनि मान्छु त्यो पनि होइन।

फरक मतहरु हुन्छन्। फरकमतको बीचमा पनि हार्दिकता र आत्मीयता राख्नुभयो भने त्यो हो नि त सहिष्णुता त्यस कारण त्यो कुरामा चाहिँ म बिलकुलै चुक्न चाहन्नँ। 

नेपाली राजनीतिमा पुस्तान्तरणको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसमा तपाईंहरु जस्ता केही युवा नेताहरुले मुख्य नेतृत्वका लागि दाबी गर्नुभएको छ, यसपालि र एकखालको युवामा उत्साह र ऊर्जा पनि छ। तर, पार्टी नेतृत्वले युवालाई स्वीकारेका उदाहरण छैनन्।  तपाईंहरुले गरेको यो दाबीले परिणाम देला?
उम्मेदवारी घोषणा पछाडि ७७ जिल्ला सायदै कुनै जिल्ला यसबीचमा यताबाट होस् वा उताबाट होस् सम्पर्क र कहीँ न कहीँ म पुगको छु। यसलाई साथीहरुले बडा हार्दिकतापूर्वक लिनुभएको छ। पार्टीको पुस्तान्तरण भनिरहँदै गर्दाखेरी सभापतिको नेतृत्व तहमा के होला त्यो आफ्नो ठाउँमा बहस होला। त्यही पुस्ताभित्र नै द्वन्द्व र प्रतिस्पर्धा छ। त्यो कति हस्तान्तरण होला कति पुस्तान्तरण होला एकछिन छोडौं।

तर, महामन्त्रीको सवालमा के हो भने कुनै बेला बीपी कोइरालाहरुले नेपाली कांग्रेस पार्टीको नेतृत्व गर्दैगर्दा विश्वप्रकाश शर्मा आज पुगेको उमेर भन्दा कम उमेरमा नेतृत्व गर्नुभएको थियो। सभापति भएर नेतृत्व गर्दै गर्दा बीपी विश्वप्रकाशको उमेर भन्दा कम उमेरको हुनुहुन्थ्यो। त्यो बेलाकै स्प्रिडको कांग्रेस बनाउन अहिले महामन्त्रीको तहमा त्यो उमेरका युवाहरु आए भने त्यसले नेपाली कांग्रेसको लागि भोलिका लागि एउटा नेतृत्व उत्पादन गर्ने हिसाबले अघि बढ्छ। त्यसकारण विश्वप्रकाश शर्माहरु आउने भन्ने कुरा एउटा अस्वीकार्य होला भन्ने कुरा चाहिँ मलाई बिलकुलै लाग्दैन। कम उमेरमा महामन्त्री किन सभापति नै भएका उदाहरणहरु छन्।

दोस्रो कुरो प्रतिनिधिहरु आउँदै हुनुहुन्छ, आउँदै गरेको प्रतिनिधिहरुको ठूलो संख्या उमेर समूहको हिसाबले सबैभन्दा ठूलो संख्या भनेको ४१ देखि ६० वर्षको छ। अझै त्यसमा २५ देखि लिएर ४० वर्षसम्मको थप जोड्नुस्। त्यो सारा पुस्ताभित्रबाट हेर्दै गर्दा त्यो पुस्ताले आफ्नो प्रतिनिधि भनेर भन्दै गर्दाखेरि स्वभाविक रुपमा ऊ तपाईंहरुको प्रतिनिधिका रुपमा हामी छौं है भन्ने कुरामा अग्रसर हुने कुरा पनि स्वभाविक हुन्छ विश्वप्रकाशहरुले। अर्को कुरा त्यसको अर्थ पाकोहरुको हामी मन जित्न चाहन्नौं उनीहरुको मत जित्न चाहन्नौं साथ लिन चाहन्नौं भन्ने हो र बिलकुल होइन नि!

पाकाले पनि हेर्दै गर्दा के सोच्नुहुन्छ भन्दाखेरि अब उदाउँदै गरेका युवाहरु जो आएका छन्। यीनलाई अलिकति हामीले आशा गर्नुपर्छ भनेर उहाँहरुले सोच्नुहुन्छ। अब विश्वप्रकाशहरुको चुनौती के हो भने आशा होइन, त्यो आशालाई विश्वासमा बदल्ने हिसाबले विनम्र भएर जान्छौ कि जान्नौं। विचार लिएर अघि बढ्छौं कि बढ्दैनौं, हामी खट्छौं लाग्छौं, भन्ने हो। संगठनात्मक रुपले व्यवस्थापन गर्ने तागद लिएर जान्छौं भनेर त्यो आशालाई विश्वासमा बदल्छौं कि बदल्दैनौं प्रश्न त्यहाँनिर छ। त्यस कारणले युवाहरुमा जाग्रित भएको आशा र पाकाहरुमा जाग्रित गराउनुपर्ने भरोसा गाँसेर जानुपर्ने ठाउँमा अहिले छलफल बहसको क्रममा छु। महामन्त्रीको उम्मेदवारी लिएर जाँदै गर्दा तपाईहरुसँग भइरहेको बसहमा पनि उहाँहरुकैबीचमा यही कुरो राखिरहेको छु।

कलिलो उमेरसँग मलिलो अजेन्डा हुनसक्छ भन्ने विश्वास लिएर हिँडेको मानिस तपाईंलाई त स्वभाविक रुपमा युवाप्रति बढी भरोसा होला तर पार्टीमा जुन अघिल्लो पुस्ता छ, त्यो पुस्ताले रोक्छ कि भन्ने आशंका पनि छ नि?
एउटा पुस्ता अगाडि बढ्दै गर्दा अर्को पुस्ता झस्किन हुँदैन र अर्को पुस्ता सँगसँगै छ भन्दै गर्दाखेरी पछिल्लो पुस्ताले पनि हामीले त्यसलाई चाहिँ हाम्रो तहबाट अप्ठ्यारो मान्नुपर्छ भन्ने कुरा सोच्नै हुँदैन। हामी एउटा पुस्ता र अर्को पुस्ता भन्ने कुरा नै होइन यो त के हो भने सहकार्यको विषय हो नि। एउटा परिवारमा तीनवटा पुस्ता रहेको परिवार कति आनन्दित हुन्छ। हजुरबुवा हजुरआमा हुनुहुन्छ अनुभव भएको बुवाआमा हुनुहुन्छ, अहिले जिम्मेवारी चलाइरहेको साना बालबालिका छन भविष्यका लागि उदाइरहेको एउटा सम्मुनत परिवार जसरी हुन्छ नेपाली कांग्रेस पार्टीभित्र पनि तीनवटै पुस्ता छ। चौंथो पुस्ता पनि छ।

विश्वप्रकाश भन्दा पछिल्लो पुस्ता खास युवा पुस्ता त आउँदैछ, आइसक्यो। त्यसले गर्दा यो पुस्ताले त्यो पुस्तालाई अर्को पुस्ताले अर्कोलाई विस्तारै राजनीति, समाज हस्तान्तरण गर्दै जाने हो। त्यसकारण हाम्रो पुस्ताले भन्दै गर्दा हामी सक्छौं है, हामी अब बोक्छौं है, हामी अब धान्छौं है, हामीलाई आशा मात्रै होइन भरोसा गर्नुस् है भन्ने ढंगले आउनुपर्छ। त्यसकारण पाकाको एउटा सिन्डिकेट, विश्वप्रकाश भन्दा एकदम पछिल्लो पुस्ताको अर्को सिन्डिकेट भन्ने कुरा हुँदैन। हामी अन्तरघुलन भएर जाने हो। एउटा परिवारमा तीनवटा पुस्ता सँगसँगै सहकार्य गर्दै जाँदा फरक–फरक मनोविज्ञान फरक–फरक उमेर समूह फरक फरक दायित्व जिम्मेवारी, मनोविज्ञानमा रहेपनि एउटा परिवार सम्बृद्ध र समुन्नत हुन्छ। मुन्नत परिवार जस्तै नेपाली समाजमा तीनवटा पुस्ता सहितको हुन्छ, नेपाली कांग्रेस पार्टीलाई पनि एउटा परिवारको रुपमा हामीले सबै पुस्तालाई एकसाथ अगाडि बढाएर लैजाने विषय परिकल्पना गर्छौं।

तपाईं बीपी कोइरालाको नीति कार्यान्वयन गर्नुपर्छ भनेर लागिरहनुभएको छ। तर, सभापति शेरबहादुर देउवा केपी शर्मा ओलीकै धारमा हिँडिरहनु भएको छ। यसमा रफ्फु भरेर बचाउ गरिराख्नुपर्दा तपाईंलाई असहज महसुस हुँदैन? 
केपी शर्मा ओलीले दिनमा एकपटक भाषणा गर्ने गर्नु भएको थियो। अहिले शेरबहादुर देउवा बोल्नु भएन भन्ने पनि आइरहेको छ। देशलाई अहिले चाहिएको भनेको धेरै बोल्ने होइन, काम चाहिएको हो। अघिल्लो र अहिले प्रधानमन्त्रीलाई मञ्चमा राखेर बोल्न लगाउनु भयो वा भाषण गर्न लगाउनु भयो भने डिस्टिङसन र गोल्डमेडल केपी ओलीले ल्याउनु होला तर बोल्दै गर्दा के बोलियो भन्नेले पनि अर्थ राख्छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा र सार्वजनिक रुपमा कोरोनाको बारेमा बोल्दै गर्दा हाच्छियूँ गरेर उडाए हुन्छ, बेसार पानी खाँदा हुन्छ, भनेर जुन भयावह चित्र देशले भोगेको थियो, अहिलेको प्रधानमन्त्री आएपछि काम त गर्नु भयो नि। अहिले प्रधानमन्त्रीको रुपमा आएपछि शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भन्नुभयो। केपी ओलीले संसद् विघटन गरेर ‘भोट, भोट भोट’ भन्नुभएको थियो। तर, अहिले सरकारले कोरोनालाई पहिलो प्राथमिकतामा राखेको छ।

त्यसैले अहिले र आजको प्राथमिकता र काम हेरेर निर्णय गर्नुपर्छ। संसारभरि अहिले गर्ने समीक्षा भनेको कति वर्ष जेल गए भनेर होइन, कोरोना महामारी नियन्त्रणमा कति गम्भीर भए भन्ने हो। अहिले खोपको मात्रा बढेर गएको छ, अहिले समग्र देशले प्राथमिकता भनेको खोप हो भन्ने बुझेको छ। जनतामा विश्वास गराउन अहिले सकिएको हो। यसमा हेर्ने हो भने त शेरबहादुर देउवालले मेडल बढी पाउनुपर्ने होला नि त। 

तपाईंहरुको केपी ओलीलाई आरोप थियो, देश अध्यादेशले चलाउन खोजेको, पार्टी विभाजनका लागि अग्रसरता लिएको र अलोकतान्त्रिक बाटोमा हिँडेको। तर, तपाईंको पार्टी सभापति देउवाको बाटो योभन्दा फरक देखियो र? 
अध्यादेश ल्याउने व्यवस्था कानुनभित्रकै व्यवस्था हो। अध्यादेश विगतमा पनि आयो र अहिले पनि आयो। दुवै उस्तै भनेर बुझ्न हुँदैन। तत्कालीन समयमा अध्यादेश ल्याउँदा केपी शर्मा ओलीको एकल सरकार थियो। तर, उक्त अध्यादेशमा उहाँहरुकै पार्टीको पुष्पकलम दाहाल र माधव कुमार नेपालको विरोध थियो। तर, अहिले शेरबहादुर देउवाको एकल सरकार हैन, अध्यादेश ल्याउने कुरा देउवाको मात्र एकल निर्णय पनि होइन। गठबन्धनको सरकार हो र यो निर्णय पनि गठबन्धनकै हो। हिजो गठबन्धनको सरकार थिएन, एउटा दलको सरकार थियो। यो कांग्रेसको होइन, सरकारको अध्यादेश हो। सरकार कांग्रेसकै मात्र होइन।   

कांग्रेसले यो सरकारको बागडोर समाउँदै गर्दा संसद्‌मा भनेको थियो– सरकार कसरी चलाउनु पर्छ, अब हामी देखाउँछौ। देखाएको यही हो?
तपाईंको कुरासँग म सहमत छु। सरकारले पूर्णता नपाएको कुरातर्फ तपाईंले संकेत गर्नुभयो, ढिलाइ भएकै हो। यसलाई अब छिट्टै पूर्णता दिनुपर्छ। यत्रो समय लगाउन हुँदैन थियो। यसमा म पनि सहमत छु। तर, यो सरकार कांग्रेसको मात्र नभएकाले सत्ता गठबन्धन मिलाउन समस्या भएको हो। अब यो सरकारले पूर्णता पाउनेगरि प्रधानमन्त्रीले थाल्नुभएको छ। प्रधानमन्त्रीले नाम मागेको कुरा सार्वजनिक सञ्चारमाध्यममा आएको छ। गठबन्धनभित्रका दलहरुमा समस्या होला तर अब पूर्णता दिनुको विकल्प छैन। 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्