• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किन कांग्रेस रोजे कन्हैयाले?

64x64
नेपाल लाइभ बुधबार, असोज १३, २०७८  १५:३७
1140x725

जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेता हुँदा सन् २०१५ मा कन्हैया कुमारले कांग्रेस आई र भारतीय जनता पार्टी (भाजपा)लाई भनेका थिए, ‘भारतलाई बर्बाद बनाउन एउटै कांग्रेस प्रशस्त थियो, हरेक राज्यमा बीजेपी बसिरहेको छ, अब भारतको के हुन्छ?’ (बर्बाद हिन्दुस्तान करने को एक ही कांग्रेस काफी थी... हर राज्य में बीजेपी बैठा है, बर्बाद-ए-गुलिस्ता क्या होगा?) 

कन्हैयाले शौक बहराइचीको एउटा चर्चित शेरलाई उधृत गर्दै कांग्रेस र भाजपालाई निशाना बनाएका थिए। शेर यस्तो छ-

बर्बाद गुलिस्ताँ करने को बस एक ही उल्लू काफ़ी था
हर शाख़ पे उल्लू बैठा है अंजाम-ए-गुलिस्ताँ क्या होगा

(बगैंचा बर्बाद पार्न एउटै उल्लू पर्याप्त थियो, हरेक डालीमा उल्लु बसिरहेको छ, बगैंचाको हाल के होला?)

कांग्रेसमाथि यति तीखो बाण प्रहार गर्ने कन्हैया ६ वर्षपछि त्यही पार्टीमा सामेल भएका छन्। कांग्रेसप्रतिको त्यो दृष्टिकोणमा पनि ३६० डिग्रीको परिवर्तन देखिन्छ। मंगलबार कांग्रेसमा प्रवेश गर्दैगर्दा उनले सञ्चारमाध्यमसँग आफूलाई मात्रै नभइ देशका लाखौं मान्छेलाई कांग्रेस जोगिएन भने देश जोगिन नसक्ने महसुस हुन थालेको बताएका छन्। 

उनले आफू कांग्रेसमा सहभागी हुनको कारणबारे बेलिविस्तार लगाए। उनले भने, ‘म कांग्रेसमा यसकारण प्रवेश गरेको छु कि, यो देशमा केही व्यक्ति मात्र ‘व्यक्ति’ नभइ एउटा सोच हुन्। उनीहरु यो देशको सत्तामा मात्रै छैनन्, देशको चिन्तन परम्परा, संस्कृति, मूल्य, इतिहास र भविष्य बर्बाद गर्ने कोसिस गरिरहेका छन्।’ उनको यो भनाइ भाजपा लक्षित थियो। उनले कांग्रेसलाई सबैभन्दा पुरानो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएको बताए।

कन्हैयाले देश सन् १९४७ भन्दा पहिलेको अवस्थामा पुगेको बताए। ‘कांग्रेसले महात्मा गान्धीको विरासत लिएर अघि बढ्छ,’ उनले भने, ‘कांग्रेस पार्टी एक ठूलो जहाज हो। यो पार्टी जोगियो भने मात्रै देशका लाखौं करोडौं युवाको सपना जोगिन्छ। भगत सिंहको सपना जोगिन्छ, बाबासाहेबको समानताको भारत निर्माण सम्भव हुन्छ।’

कम्युनिष्ट प्रेम र वियोग
उनी जेएनयुबाट निस्कपछि कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) मा सामेल भएका थिए। सन् २०१९ मा लोकसभाका लागि बेगुसरायबाट चुनाव समेत लडेका थिए। तर, अर्को चुनाव आउनु तीन वर्षअघि नै उनी 'लेफ्ट' विचारबाट 'सेन्टर'तिर हिँडेका छन्। किन उनको कम्युनिष्ट पार्टीप्रति मोह भंग भयो वा किन कांग्रेस मोह जाग्यो?

Ncell 2
Ncell 2
nimb
nimb

यसमा उनले दिने तर्क छँदैछ, तर उनलाई यहाँसम्म पुर्‍याउन विभिन्न घटनाक्रमले भूमिका खेलेका छन्। वाकपटुताका कारण चर्चित बनिरहेका युवा नेता कन्हैयाको यो सुरक्षित अवतरण मात्रै होइन, बिहारमा जनसमर्थन गुमाउँदै गएको कांग्रेसका लागि पनि उनी बलियो आधार हुन्।

सीपीआई आफैं भारतीय राजनीतिमा कमजोर बन्दै गइरहेको छ। पार्टी नै सम्भावनायुक्त नभएपछि सम्भावना भएका युवाहरुले त्यसमा भविष्य देख्न मुस्किल पर्छ। कन्हैयाले पनि पछिल्ला दिनहरुमा विकल्प खोजिरहेका थिए। 

सीपीआईको मूल नेतृत्व पनि कन्हैयालाई धेरै अघि बढाउन चाहिरहेको थिएन। गएको निर्वाचनमा गठबन्धन राम्रै बनेको थियो, तर कन्हैयालाई अघि बढाउन पार्टीले त्यति रुचि देखाएन। चुनावको समयमा कन्हैयाले जुन ‘टुर’ सुरु गरेका थिए, त्यसलाई समेत पार्टी नेतृत्वले रोकिदियो। 

यसकारण उनलाई सीपीआईमै अघि बढिरहन फराकिलो बाटो थिएन। यहीबीच गएको फेब्रुअरीमा कन्हैयाका बिरुद्ध निन्दा प्रस्ताव पारित गरिएको थियो। पार्टीको पटना अफिसमा कन्हैयाले १ डिसेम्बर २०२० मा कार्यालय सचिव इन्दुभूषण वर्मासँग झगडा गरेका थिए। त्यो समय हैदराबादमा सीपीआई नेशनल काउन्सिलको बैठक चलिरहेको थियो। तर, बेगुसराय जिल्ला काउन्सिलको बैठक हुनुपर्ने थियो। यसका लागि कन्हैया आफ्ना समर्थकका साथ पार्टी अफिस पुगे। कुनै कारणले बैठक स्थगित गरियो। यसको सूचना नदिएको भन्दै कन्हैया बेखुशी थिए। कन्हैयाका समर्थकले यही कारण वर्मालाई दुर्व्यवहार गरे। त्यसैले कन्हैयाका विरुद्ध हैदराबादमा निन्दा प्रस्ताव पारित भयो। सीपीआईसँग उनको मोह भंग हुनुको एउटा महत्वपूर्ण कारण यही थियो। 

Xtrem

Xtrem

कन्हैयाले सीपीआईको स्टेट चिफ र चुनाव समितिको अध्यक्ष बन्न चाहिरहेका थिए। ताकि आगामी निर्वाचनका उम्मेदवार आफूले छनोट गर्न पाइयोस्। तर, सीपीआईमा यसरी कुनै पनि नेताले जिम्मेवारी माग गरिनुलाई सही मानिदैन। पार्टीको सर्वोच्च निकायले जिम्मेवारी दिने गर्छ।

कन्हैयाले आफ्नो महत्वाकांक्षा तल्लो तहबाट प्रस्तुत गर्न थालेको थिए। आफूसँग कुरा नगरेकोमा उच्च पदस्थ अधिकारी रिसाएका थिए। कन्हैयाले भिड जम्‍मा गरे पनि भोट आफूतिर तान्न नसकेको कम्युनिष्ट नेताहरुको बुझाइ थियो। त्यसैले ठूलो जिम्मेवारी दिने कुरामा नेताहरु उत्साही थिएन। आगामी अक्टोबर २ मा बस्ने नेशनल काउन्‍सिलको बैठकमा यस विषयको टुंगो लाग्न सक्ने अवस्था थियो।

कन्हैया र कांग्रेसको बाध्यताको मिलन
पार्टीमा अपेक्षित जिम्मेवारी पाउन नसकेपछि कन्हैया विकल्प खोजिरहेका थिए। कांग्रेसलाई पनि बिहारमा युवा नेतृत्वको संकट परिरहेको थियो। त्यसैले यसलाई बाध्यताको मिलनका रुपमा विश्लेषण गर्न थालिएको छ। 

बिहारका जनता दल युनाइटेड (राजद) र राष्ट्रिय जनता दल (जदयु) जस्ता क्षेत्रीय  पार्टी वा भाजपा जस्तो राष्ट्रिय पार्टी  सबैमा दोस्रो पुस्ताका नेताहरुले कमान्ड सम्हालिरहेका छन्। राजदमा तेजस्वी यादवले कमान्ड सम्हालेका छन्। लोक जनशक्ति पार्टीको नेतृत्व चिराग पासवानले गरिरहेका छन्। जदयुका नीतीशकुमारले आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्। भाजपाले सुशीलकुमार मोदीलाई मुख्य जिम्मेवारीबाट हटाएर नयाँ पुस्तामा नेतृत्व दिने संकेत स्पष्ट गरेको छ।

यस्तो अवस्थामा कांग्रेसमा कोही युवा नेता छैनन्, जसलाई लामो रेसको घोडा बनाउन सकियोस्। यही कारण कांग्रेसले कन्हैयामा सम्भावना देखेका हुनसक्छन्, जसले लामो समयसम्म उक्त राज्यमा पार्टीलाई बलियो बनाउन सक्छन्। बिहारमा कांग्रेसलाई कन्हैयाको जति जरुरी छ, कन्हैयालाई कांग्रेस पनि उत्तिकै आवश्यक छ। 

कन्हैयाको राजनीति भाजपाको विरोधमा आधारित हो। जेएनयुको नाराबाजी कान्डले उनलाई राष्ट्रियस्तरमा चर्चा दिलायो। संसदीय राजनीतिका लागि क्षेत्रीय पार्टी प्रभावशाली छैनन्। भाजपामा जान नसक्ने भएपछि कांग्रेसबाहेक उनीसँग कुनै विकल्प छैन। 

बिहारका कांग्रेस प्रदेश अध्यक्ष मदनमोहन झाको कार्यकाल समाप्त भइसकेको छ। उच्च नेतृत्वले पाका नेतालाई जिम्मेवारीबाट मुक्त गर्दै जाने सोच बनाएको छ। जसरी चिराग, तेजस्वी जस्ता युवा नेताले नीतीश कुमार सरकारमाथि हमला गरिरहेका छन्, कांग्रेससँग त्यस्तो कोही छैन। अब कन्हैयाले कांग्रेसबाट आफ्नो प्रभाव जमाउने देखिन्छ। 

राहुल गान्धीले १६ जुलाईमा एक कार्यक्रममा भनेका थिए, 'धेरै त्यस्ता व्यक्ति कांग्रेस बाहिर छन्, जो बीजेपीसँग डराउँदैनन्। उनीहरु सबै हाम्रा मान्छे हुन्। उनीहरुलाई ल्याएर हाम्रो पार्टीमा भएका डरछेरुवालाई बाहिर पठाउने हो। हामीलाई निडर नेता चाहिएको छ।'

राहुलको यही भनाइलाई ‘डिकोड’ गर्ने हो भने कन्हैयाले महत्वपूर्ण जिम्मेवारी पाउनेमा कुनै शंका छैन। 

-विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्