• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सानो समूहले बढी राजनीति गर्नाले एनआरएनए माथि प्रश्न उठेको छ : कुल आचार्य (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  २१:२०
1140x725

गैर आवासीय नेपाली संघ(एनआरएनए) को १० औं विश्व सम्मेलनको मिति अक्टोबर २३ देखि २५ सम्मका लागि तोकिएको छ। २००३ मा स्थापना भएको संस्थाको गरिमा क्रमशः घट्दै गएको विश्लेषण पनि हुने गरेको छ।

पदीय जिम्मेवारीमा हुने अस्वस्थ प्रतिस्पर्धा तथा घोषित प्रतिवद्धता समयमा पूरा नगरेका कारण संस्था आलोचित पनि बनेको छ। महाधिवेशन प्रतिनिधि चयन विधिसम्मत नभएको आवाज उठ्न थालेको छ। १० औं विश्व सम्मेलन प्रतिनिधि चयनको विषयले विवादमा तानिइसकेको छ। प्रतिनिधि चयनकै विषयलाई लिएर पूर्व निर्धारित समयमा सम्मेलन नहुने आशंका छ। 

गत सम्मेलनमा अध्यक्षमा पराजित कुल आचार्यले यसपटक पनि सोही पदको दाबी गरेका छन्। अध्यक्षमा उम्मेदवारले गर्ने पूर्व तयारीमा उनी अन्य प्रत्यासी भन्दा अघि देखिएका छन्। आचार्यसँग अध्यक्षमा डा बद्री केसी र रविना थापा भिड्ने तयारीमा छन्। थापाको उम्मेदवारी फिर्ता गराउन लगाएर केसीसँग प्रतिस्पर्धा गर्ने मनसायमा आचार्य छन्। एनआरएनएको आसन्न विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासीका रुपमा अघि सारिएका अजेण्डा तथा जित्ने आधारका सन्दर्भमा आचार्यसँग नेपाल लाइभले गरेको संवाद :

तपाईंले अघिल्लोपल्ट उम्मेदवारी घोषणा गर्दै गर्दा भन्दै हुनुहुन्थ्यो– मैले अहिलेसम्म हारेको छैन, यो पनि जित्ने आधार हो। तर, पराजित हुनुभयो। यसपल्ट जित्ने आधार के के हुन्?

नवौं महाधिवेशनमा सच्चा गैरआवासीय नेपालीले भोट हाले कि हालेनन् भन्ने प्रश्न पनि थियो। यो अभियानमा हार्ने र जित्ने हुँदैन, हारेकोलाई जितेकोले सम्मान गर्नुपर्छ। हारेकोले जितेकोलाई सहयोग गर्नुपर्छ, तबमात्रै यो अभियान अघि बढ्न सक्छ। गैरआवसीय नेपाली संघ एउटा अभियान हो।

पहिलोचोटि केही कम मत आएको हो। हारको रुपमा नलिइ गैरआवासीय नेपाली संघमा काम गरेको छु। त्यसैका आधारमा विश्वभरका गैरआवासीय नेपालीहरुले मलाई उम्मेदवारी दोहोर्‍याउन उत्प्रेरित गर्नुभएको हो। उहाँहरुले भन्नुभएको छ– तपाईं यो संघलाई बुझ्नुभएको छ, अजेन्डालाई लिएर अघि बढ्नुभएको छ। यसका विसंगति विकृति हटाउन तपाईंले सक्नुहुन्छ, अगाडि बढ्नुपर्छ भनेर भन्नुभएकाले अघि बढेको हुँ। यही विश्वास नै जित्ने आधार हो। 

तपाईंले अघिल्लोपल्ट कम मत ल्याउनुमा ‘टिम फर्मेसन’मा कमजोरी रह्यो भन्ने तपाईं निकटहरुको बुझाइ रहेछ। यसपल्ट कस्तो टिम बनाउँदै हुनुहुन्छ? 

हाम्रो संघमा टिम बनाउने वा टिम बनाएर लड्ने छुट छैन। तैपनि अजेन्डा र विचार मिल्ने साथीहरुको सहकार्य हुन्छ। पहिले केही साथीहरुसँग सहकार्य हुन सक्यो, केहीसँग भएन। अहिले धेरै साथीहरु मसँग सहकार्य गर्न उत्साहित हुनुहुन्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

धेरै साथीहरुले कुलजी काम गर्ने हो भन्नुभएको छ। उहाँहरुलाई सम्बोधन गर्दै अगाडि लिएर जाँदैछु। गुटबन्दीले प्रभावित पार्ने भन्दा पनि संसारभर छरिएका नेपाली र उनीहरुलाई नेपालसँग कसरी जोड्ने भन्ने कुरामा केन्द्रीत भएर काम गर्नेछु। 

गैरआवासीय नेपाली संघको विधानले टिम वा समूह बनाउन छुट दिएको छैन। तर,  तपाईंहरुको निर्वाचन हुँदा नेपालको सूर्य, रुख र हँसिया हथौंडा चिह्न मात्रै देखिँदैन, बाँकी सवै खुलस्त जस्तो हुन्छ। मतदान गर्न नपाउने दलको छायाँले तपाईंहरुलाई सात समुन्द्र पारिसम्म किन नछाडेको? 

गैर आवसीय नेपाली संघसँग आफ्नै खालका मुद्दा छन्। ती मुद्दालाई सम्बोधन गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्छ । सहकार्य गर्ने क्रममा नेपाल सरकार नेपालको पार्टीहरुबाट बनेको हुन्छ। त्यसले गर्दा हामी अछुतो रहन सक्दैनौं। हाम्रो संघका कामहरु गर्नुपर्ने भयो भने नेपालका पार्टी वा सरकारसँग काम गर्नुपर्ने हुन्छ। त्यसैले यसले पछ्याएको जस्तो देखिएको होला। 

Xtrem

Xtrem

अर्को हामी पहिलो पुस्ताका गैरआवासीय नेपाली हौं। त्यसको प्रभाव पनि हो। अर्को, आफूले समर्थन गरेको दलको प्रतिनिधि सरकारमा भयो भने सुनुवाइ हुन्छ। आफ्नो पक्ष नभए कम सुनुवाइ हुन्छ। 
राजनीतिक चेतना भएको मान्छेले संसारमा केही गर्न सक्छ। त्यसैले राजनीतिक चेतना जरुरी हुन्छ भन्ने रुपमा पनि यसलाई मैले लिएको छु। राम्रो काम गर्न सक्ने मान्छेले  राजनीतिमा पनि राम्रो गरेको हुन्छ। एनआरएनएमा पनि राम्रो गरेको हुन्छ। त्यसैले राजनीतिक व्यक्तिलाई यहाँ बन्देज गर्नुहुँदैन भन्ने मेरो मत छ। तर, राजनीतिक आग्रहपूर्वाग्रह देखिनहुँदैन। 

ठ्याक्कै पार्टीको झन्डा बोकेर पार्टीको काम गरेको मान्य हुँदैन। पार्टीको निकटता स्वभाविक हो, नेतृत्वले पार्टीको भ्रातृसंगठन नभइ गैरआवासीय नेपाली संघकै नेतृत्वका रुपमा यसलाई अगाडि बढाउनुपर्छ। 

हाम्रा विगत हेर्दा हामीले कहिल्यै राजनीति गरेका छैनौं। मैले एनआरएनए युकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय युरोप संयोजक, उपाध्यक्ष हुँदै गर्दाखेरि सवै साथीहरुसँग मिलेर काम गरेको छु। युकेको अध्यक्ष हुँदा फरक विचारधाराका साथीहरुलाई खोजी–खोजी ल्याएका उदाहरणहरु छन्। पछिल्लो चरणमा केही बढी राजनीति देखिएको छ। तर, सानो समूहले आफूले बढी राजनीति गरिदिने र अरुलाई दोष लगाउने कुराले राजनीति देखिएको कुरा सत्य हो। 

मतदाता नै राजनीतिक प्रभावबाट आउने भएकाले तपाईं एनआरएनएको नेताहरु राजनीतिक बोली बोल्न बाध्य हुनुपरेको हो? 

केही न केही राजनीतिक विचारसँग सहमत हुनु स्वभाविक हो। गैरआवासीय नेपाली संघमा आउनुअघि राजनीतिमा सक्रिय साथीहरु पनि यहाँ आएपछि राजनीति गर्नुहुँदैन भन्ने रुपमा काम गरिरहनुभएको छ। तर, हामीले बाध्य भएर राजनीति गर्नुपरेकोतर्फ तपाईंले गरेको संकेतमा अलिअलि सत्यता छ। 

सन् २००३ मा यो संस्था सुरु हुँदा यसको ओज अर्कै थियो। धेरै गैरआवासीय नेपालीले यसबाट अपेक्षा गरेका थिए र नेपाल र नेपालीको पनि अपेक्ष थियो। तर, सन् २०२१ मा आइपुग्दा त्यो ओज खस्किएको महशुस धेरैलाई हुन थालेको छ। त्यसको कारण के देख्नुहुन्छ?

त्यस्तो भएको देखिएको मात्रै हो। आजको दिनमा त गैरआवासीय नेपालीहरु नेपालमै केही गर्नुपर्छ भनेर जुर्मुराएको अवस्था हो। २००३ वा ७ तिर कम हुनुहुन्थ्यो। अहिले धेरै साथीहरु हुनुहुन्छ। धेरै साथीहरुले अहिले आफूले सिकेको सीप र ज्ञान नेपालमै प्रयोग गरिरहनुभएको छ। लगानी पनि नेपालमा बढेको छ। अहिले ठूलो होटल, हस्पिटल, बैकिङ र हाइड्रोमा लगानी पनि भइरहेको अवस्था छ। व्यक्तिगत, सामूहिक रुपमा लगानी भइरहेको छ भने च्यारिटीका काम पनि धेरै भइरहेका छन्। समग्रमा केलाएर हेर्ने हो भने क्रमिक रुपमा यसले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने काम यसले गरिरहेको छ। बाहिर बस्ने नेपालीको राम्रो नेटवर्क बनाएको छ भन्ने रुपमा मैले बुझेको छु। 

यहाँले भनेजस्तै एनआरएनए वा यसका सदस्यहरुले नेपालमा काम गरिरहेको र लगानी गरिरहेको पाइन्छ। तर, तपाईंहरुको कुरा ठूलो हुने, आश्वासन ठूला ठूला बाँड्ने हुँदा यी कामहरु ओझेलमा परिरहेको कोणबाट विश्लेषण हुन्छ। यसमा कति सत्यता छ?

मैले पनि सुन्ने गरेको हो। धेरै साथीहरुले अर्बौं, खर्बौंका कुरा गर्नुभयो भन्ने सुनेको हो। यो संस्था जन्मेपछि व्यक्तिगत र संस्थागत रुपमा काम भएको छ। ठूला–ठूला कुरा गर्दै गर्दा यो संस्था आफैंले काम गर्दैन, यसले त सहजीकरण गर्छ। 

अहिलेको परिस्थितिमा हेर्ने हो भने जसरी भारत र चीनले आफ्ना डायस्पोरामा आफ्ना नागरिक फर्काएर काम गर्यो। त्यसरी नेपालले पनि नेपाल फर्काउनुपर्ने बेला भएको छ। उनीहरुलाई सही तरिकाले नेपाल फर्काउन सकिएन कि? उनीहरुले गरेको कुरा अनुसारको काम गर्ने वातावरण बनाइएन कि? त्यतातिर पनि ध्यान दिनुपर्छ। राज्यले खुला नीतिमा पनि ध्यान दियो भने ठूला कुरा गरेर मात्रै बस्नेहरुलाई पनि सुख नदिनुपर्ने बेला आउँछ नि।

यो संस्था बनेपछि हामीले काम त धेरै गरेका छौं। नेटवर्क बनाएका छौं। उदाहरणका लागि म युरोपको अध्यक्ष हुँदा एउटा लगानीको सुरुवात गर्यौंष। त्यो बेला हामीले १८–१९ करोड एनआरएन इन्भेस्टमेन्ट कम्पनी बनायौं। त्यो बेला एक करोडदेखि एकलाख सम्म गरेर ९ सय जनाले लगानी गर्नुभयो। एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी अहिले पब्लिक भएको छ। झन्डै एक हजार एनआरएन र २ लाख २५ हजार अरुले लगानी गरेका छन्। गैरआवासीय नेपालीको संयुक्त प्रयास हो यो। यस्तो धेरै काम गरिएको छन्, ती नियाल्न भ्याइएनन् कि? 

नेपाल कृषिप्रधान देश हो। म उपाध्यक्ष हुँदा त्यसको टास्क फोर्स सुरु गर्यौंँ। त्यही समूहको एकजना युवराज गुरुङ बेल्जियम बस्नुहुन्थ्यो। अहिले मुना मार्ट भनेर नेपलामै चारपाँचवटा पसल खोलिसक्नुभएको छ। हेर्दा कागजी रुपमा हेरिन्छ,  वास्तमा के भएको छ भनेर हेरेर प्रोत्साहन समेत गर्नुपर्छ। 

तपाईंले भनेको जस्तै गरिएका यी काम हराए। तर, चर्चा दृष्यमा कस्तो देखिन्छ भने एनआरएनएले जिम्मा लिएका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भइरहेको छ। यो प्रणालीको दोष हो वा हाम्रो पनि कमजोरी छ? 

कतै–कतै हाम्रो पनि कमजोरी छ। गैरआवासीय नेपालीहरुले अग्रसरता लिएका आयोजना ढिलाइ भएका छन् कहीँकतै। हामी बाहिर बस्छौं, कोही न कोहीलाई विश्वास गर्छौं। त्यो विश्वासले पूर्णत नदिएको हुन सक्छ। दोस्रो कुरा केही आयोजना ढिलाइ भएकै हुन्। हाम्रो आफ्नै भवनको कुरामा ढिलाइ भएको हो। हामीले लाप्राकमा बस्ती बनायौं, त्यहाँ पनि ढिलाइ भयो। मैले नेतृत्व लिएको शंखमुल पार्क भाग्यवश धेरै ढिलो भएन। हामीले समयमै महानगरलाई हस्तान्तरण गरेका थियौं। 

हामीले सोचेजस्तो प्रणाली बसेको छैन। हामीले एक क्लिकमा कम्पनी खोल्ने ठाउँमा छौं। तर, नेपालमा केही दुःख गर्नुपर्ने कुरा त सत्य हो। नेपालबाट पैसा फर्काएर लैजाने कुरामा केही समस्या त हो नै। विदेशमा हाम्रो धेरै पैसा निर्व्याजी बसेको छ। त्यो पैसालाई सजिलै ल्याउने व्यवस्था होस्,  यहाँ त्यो चलायमान हुन्छ। उनीहरुले चाहेका बेला लिएर जानसक्ने व्यवस्था गरियोस्। यस्ता कुरामा कानुनतः अलि खुकुलो नीति बनाएर स्वागत गर्ने वातावरण यहाँबाट बनाउनुपर्छ। त्यसो गरियो भने दोस्रो जेनेरेसनले अझ ठूलो काम गर्न सक्छ भन्ने हामीलाई लाग्छ।   

कानूनी जटिलताका कारण बाहिरी लगानी भित्र्याउन समस्या छ भनिँदै आएको छ। २००३ देखि हालसम्म बाह्य लगानी भित्र्याउन कानुनी जटिलता उस्तै हो?

कानुनी जटिलता हटाउन केही नभएको भन्ने हुँदै होइन। केही कार्य भएको छ। एनआरएनएले ल्याएको रकम लगानी गर्न सकिने अवस्था छ। तर, कुरा मात्रै गरेर भएन। कति वाह्य लगानी भयो? त्यसलाई हेर्न पर्यो।

विदेशमा जाने सम्पत्ति रोक्ने तरिका सामान्य छ। हाम्रो सम्पत्तिको सुरक्षा छैन भनेर एनआरएनएले यहाँ बेच्ने क्रम छ

ठूलो ठूलो कम्पनीले लगानी गर्न खोज्दा त्यसका लागि लगानीयोग्य वातारणको अध्ययन गर्छ। लगानीको प्रक्रिया हेरेर मात्रै लगानी गर्ने हुन्। एनसेलमा लगानी गर्ने क्रममा बेलायतमा धेरै मिटिङ भएको मैले देखेको थिएँ। कुनै कुनै कम्पनीले रिस्क लिन पनि खोज्छन्। हाम्रो जस्तो मूलुकमा रिस्क लिन खोज्नेले कमाउन पनि सक्छन्। विदेशीले लगानी गर्दा त्यसको सुरक्षा पनि हेर्छन्। 

विदेशी लगानीकर्तालाई स्वागत गर्ने वातावरण बनाउन फेरि पनि जरुरी छ। अफ्रिकाको देश युगाण्डा पुगेको एउटा उदाहरण दिन चाहन्छु। त्यहाँका राजनीतिक दल तथा मन्त्रीहरुले एनआरएनए ठूलो संस्थाका रुपमा बुझेका रहेछन्। यसले ठूलो लगानी गर्छ भन्ने उनीहरुमा थियो। गुगल गरेर हेर्दा विश्वको ठूलो संस्थामा एनआरएनए देखिन्छ नै। लगानीकर्ता ल्याउन खोजेका उनीहरुले एयरपोर्टदेखि अन्य कार्यक्रममा उच्च पदस्थ सरकारी व्यक्तिहरु आए। त्यस्तै वातावरण हामीले पनि बनाउन पर्छ। 

नेपालको रकम अवैध रुपमा विदेश पुगेकाले त्यसलाई रोक्छु भनि तपाईंले उम्मेदवारी घोषणा गर्ने क्रममा भन्नुभएको थियो। सम्पत्ति विदेशमा कसरी पुगिरहेको छ?

विदेशमा जाने सम्पत्ति रोक्ने तरिका सामान्य छ। हाम्रो सम्पत्तिको सुरक्षा छैन भनेर एनआरएनएले यहाँ बेच्ने क्रम छ। बेलायतमा भएका गोर्खा सैनिक मात्रै होइन, संसार भर रहेकाहरुले यहाँको सम्पत्ति बेचेर घर किन्ने वा व्यवसाय गर्ने गरेका छन्। धरान र पोखरामा रहेको सम्पत्ति धेरैले बेचेर त्यो पुँजी बाहिर पुर्यातए। आफ्नो देशमा रहेको सम्पत्तिको सुरक्षा हुन्न कि भनेर नै उनीहरुले बेचेका हुन्। भोलि गएर हाम्रो बालवच्चाले यो सम्पत्ति पाउँदैन कि भनेर नै यहाँको जग्गा बेचिएको छ।

सम्पत्ति सुरक्षित छ भन्ने बनाउनका लागि गैर आवासीय नागरिकता प्रदान हो। गैर आवासीय नागरिकताको व्यवस्था संविधानले पनि गरेको छ। नागरिकता प्राप्त गरे भने आफ्नो सम्पत्ति सुरक्षित रहेको ठान्छन्। त्यही नागरिकताका कारण नेपाली भूमि बेचिदैंन र पुँजी विदेश पलायन हुँदैन। यो विषयलाई सम्बोधन गरि दिनुस् भनि सबै दलका नेताहरुलाई मैले पटक पटक भनिरहेको छु। अध्यादेश नै ल्याएर भएपनि यो मुद्दालाई टुंगाइदिनुस् भनिरहेको छु।

विदेशबाट हामीले पुँजी ल्याउने कुरा गरिरहेका छौं। तर, हाम्रो पुँजी बाहिरिएको ख्याल गरेका छैनौं। विदेशमा पुगेको पुँजीप्रति मलाई पीडा पनि छ। नेपालको सम्पत्ति बाहिर नजाओस् भन्ने मेरो भनाइ हो। सम्पत्ति र नागरिकता भयो भने हाम्रा बालवच्चाले नेपाल खोज्दै आउने छन्। यी दुबै कुरा हुनैपर्दछ। जसले गर्दा हाम्रो पुँजी पलायन हुँदैन भने सन्तती नेपाल फर्कन्छन्। 

अक्टोबर २३ देखि २५ का लागि तोकिएको समयमा विश्व सम्मेलन हुन्न कि भन्ने छ। परराष्ट्र मन्त्रालयले निर्वाचन प्रक्रिया रोक्न पत्राचार पनि गरेको छ। तोकिएको समयमा महाधिवेशन होला?

विश्व सम्मेलन हुनैपर्दछ। संघमा केही अनियमितता भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले खबरदारी पनि गरेको छ। छानबिन भइरहेको छ। अनियमितता जुन-जुन कुरामा भएका छन्, जुन-जुन विषयमा विधान मिचिएको छ। ति विषयहरु सच्याउनुपर्दछ। ठूलो संस्थालाई सानो कुराले असर पुर्या उन हुँदैन।

समयमा सम्मेलन गराउन दबाब दिनका लागि पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ। कसैले दुष्प्रयास गर्छ कि भन्ने लागेर नै मैले अलि छिटो उम्मेदवारी घोषणा गरेको हुँ।

दुबै अध्यक्षका उम्मेदवारसँग दुई दिन अघि मात्रै कुरा पनि गरेको छु। पारिवारिक सम्बन्ध र लामो समयसम्मको सहकार्यले गर्दा रविना जीले साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु।

एनआरएनएको चुनावमा कहिँ न कहिँ दलको आवद्धता देखिन्छ। दलकै निकट रहेर चुनावी प्रतिस्पर्धी हुने पनि देखिएको छ। तपाईंलाई कांग्रेसको आड-भरोसा हुन्छ कि हुँदैन?

लोकतन्त्रवादी देखि लिएर अरु धेरै साथीहरुले मलाई साथ दिनुहुन्छ। पहिले पनि सहयोग गर्दै आउनुभएको छ। यसको अर्थ, यही पार्टीले मात्रै सहयोग गर्छ भन्ने होइन। म डेमोक्रेट हुँ। सम्बन्ध सबै पार्टीसँग उस्तै छ। सहकार्य र सदासयता सबैसँग हुनुपर्दछ/राख्नुपर्दछ। मेरो नाम जस्तै यसमा पनि कुल सोंच राख्छु। जुनै परिस्थितिमा पनि काम गर्नसक्छु भन्नेमा म छु। अलि ठूलो संख्यामा रहेका डेमोक्रेटले मलाई माया गरेको अवस्था हो नै।

कांग्रेसमा आस्था राख्ने अध्यक्षको उम्मेदवारका रुपमा तपाईं एकल हुनुहोला भन्ने थियो। कांग्रेस निकटबाट नै रविना थापाले उम्मेदवारी दिनुभएको छ। तपाईंलाई उहाँको उम्मेदवारीले असर त गर्ला नि?

काम गर्नका लागि इच्छा राख्नु स्वभाविक नै हो। उहाँले पनि अध्यक्ष बन्ने इच्छा राख्नुभएको छ। उम्मेदवारीलाई मैले स्वागत नै गर्छु।

उहाँ हाम्रो पारिवारिक व्यक्ति पनि हो। लामो समयसम्मको सहकार्य पनि छ। सहमतिमा हामी एउटा बिन्दुमा पुग्छौं भन्ने लाग्छ। सहमति गर्ने प्रयास नै हुन्छ। दुबै अध्यक्षका उम्मेदवारसँग दुई दिन अघि मात्रै कुरा पनि गरेको छु। पारिवारिक सम्बन्ध र लामो समयसम्मको सहकार्यले गर्दा रविना जीले साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्