काठमाडौं- सरकारले प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घटाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लाग १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन्।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो। सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।