• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भौतिक रुपमै सञ्चालन हुँदै खोटाङका विद्यालय

64x64
रासस आइतबार, भदौ २०, २०७८  १०:१०
1140x725
प्रतीकात्मक तस्वीर

खोटाङ– कोरोना संक्रमणदर केही कम हुँदै गएपछि खोटाङका विद्यालयहरु भौतिक रुपमै सञ्चालन हुन लागेका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन हुन लागेको हो।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले बताए। सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चलनमा छन्।

शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको उनले बताए।

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो। 

गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ।

हरेक बेञ्चमा दुईमात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तर्क्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तक्र्रिया गर्ने व्यवस्था गरेको जनाएको छ।

गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले यही भदौ १५ गते बैठक राखेको थियो। 

Ncell 2
Ncell 2

बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को सङक्रमणबाट बच्न र बचाउन विद्यालयमा सचेतता अपनाउनेलगायतका निर्णय गरेको जनाएको छ।

खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालयबाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, चार स्वअध्ययन केन्द्र तथा दुईसंस्थागत विद्यालय छन्। यस्तै हलेसी तुवाचुङ नगरपालिकाले पाँच माविमा अनलाइन कक्षा सुरु गरेको छ।

गत साउन ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यही भदौ पहिलो साताबाट दुर्छिम मावि दुर्छिम, महेन्द्रोद्वय मावि हलेसी, सरस्वती मावि अर्खौले, बुलापन्थे मावि धितुङ र जनता मावि सल्लेमा अनलाइन कक्षा सुरु गरिएको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताउनुभयो । अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समेटिएको दाबी गरिएको छ।

नगरका अन्य विद्यालयलाई अनलाइन कक्षा सञ्चालनबारे तालिम दिइए पनि कक्षा सुरु गर्न भने बाँकी रहेको संयोजक कार्कीले बताए। ११ वडा रहेको नगरपालिकामा १२ मावि, १३ आधारभूत, ६४ प्रावि, चार संस्थागत र दुईवटा सार्वजनिक शैक्षिक गुठी सञ्चालनमा छन्।

यस्तै जन्तेढुंगा गाउँपालिकाले आगामी भदौ २७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ। कोभिड–१९ को संक्रमणदर केही कम भएको निष्कर्षसहित भदौ १७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने अहिलेसम्म विद्यालय खोल्नेसम्बन्धी कुनै निर्णय गरेको छैन। सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएको यस नगरपालिकामा सञ्चालित दुई संस्थागत विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्