ओखलढुंगा- बिजुलीको खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ। आज दिउँसो सोलु करिडोर प्रसारणलाइनको विद्युतको खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका-४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो।
मानेभञ्ज्याङ गाउँपालिका-७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युतको तार विस्तार गर्ने क्रममा खम्बाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए।
विद्युतको तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।