• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पार्टीहरुमा विचारको अन्योल भएपछि ‘समाजवादी’ नाममा मोह देखियो : श्याम श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  २१:४५
1140x725

आफ्नो पार्टीको नाममा ‘समाजवादी’ शब्द राख्ने दलको संख्या नौ पुगेको छ। राष्ट्रिय दलको मान्यता प्राप्त ६ मध्ये तीन वटाको नाममा समाजवादी शब्द छ। गत ९ भदौमा निर्वाचन आयोगबाट प्रमाण-पत्र पाएका दुवै दलको नाममा समाजवादी शब्द छ, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी। आलोचकहरुले नेपालका दलहरुको व्यवहारमा खासै फरक नरहेको भन्ने गरे पनि नाममा समाजवादप्रतिको मोह भने बढ्दै गएको देखिन्छ। यस्तो किन भइरहेका छ त? विश्लेषक श्याम श्रेष्ठसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको कुराकानीः

कम्युनिस्ट नेताहरु एकाएक ‘समाजवाद’ शब्दप्रति मोह देखाउन थालेका छन्। ‘कम्युनिस्ट भारी’ बिसाउने सजिलो चौतारी खोजिएको हो?
नेपालमा कम्युनिस्ट पार्टीहरु ज्यादा लोकप्रिय छन्। जनतामा समाजवादी शब्द प्रिय छ। त्यसैले नाममा यही शब्द रोजेका हुन सक्छन्। अर्को चाहिँ, नेपालको संविधानले समाजवादलाई लक्ष्यका रुपमा उल्लेख गरेको छ। संविधानमा लेखेको हुनाले समाजवादी बन्न ज्यादा सजिलो भयो। तेस्रो, उहाँहरुमा रहेको अन्योल पनि हो। ‘कम्युनिजम’ भनेपछि समाजवाद भन्नुपर्दैन। समाजवाद कम्युनिजममा जाने बाटोको नाम हो। यी तीनटा कारणले यस्तो भएको हो। अहिले नेकपा (एमाले)बाट छुटेको समूहले नेकपा (एकीकृत समाजवादी) राख्यो। नेकपा भनेपछि समाजवादी राख्नुपर्दैनथ्यो। तर, वैचारिक ‘कन्फ्युजन’का कारण राखिएको होला। 

कम्युनिस्ट भनेपछि अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी पुँजीवादी देशहरुमा स्वीकार्य कमजोर हुँदै गएको छ। कम्युनिस्ट देशहरुको असफलताले पनि यसबाट भाग्न खोजिएको हो त? 
एउटा साधारण कारण यो पनि भन्न सकिएला। समाजवाद र कम्युनिस्ट दुवै पुँजीवादका लागि अस्वीकार्य हो। समाजवाद भनेर उसले छुट दिने होइन। समाजवाद शब्द नै पुँजीवादका लागि अपाच्य हो। चीन पनि समाजवादी नै हो। त्यसैले पुँजीवादीलाई यो शब्दप्रति पनि कम्युनिस्ट शब्द जस्तै एलर्जी भएकाले त्यस्तो हुने सम्भावना कम छ। 

नेपालका कम्युनिस्टहरुले ‘कम्युनिस्ट आचरण’ लागू गर्न नसकेको टिप्पणी प्रायः सुनिन्छ। त्यसको महसुस भएर समाजवादी नाम बनाएको हुनसक्ने संभावना छैन?
समाजवाद शब्द मात्र होइन, व्यवहारमा अनुशरण गर्ने विषय हो। ‘समाजको हित नै मेरो हित, समाजको नाफा नै मेरो नाफा,’ यो नै समाजवाद हो। व्यक्तिगत पुँजी र नाफा पुँजीवाद हो। यहाँ त खाली साइनबोर्डका रुपमा समाजवाद लिइरहेको देखिन्छ। आचरण, विचार, सिद्धान्त र दैनिक व्यवहारका रुपमा समाजवाद अवलम्बन गरेको देखिँदैन। आचारण  दलाल पुँजीवाद खालको छ, नाम राख्छन्, समाजवादी। यसले गर्दा नेपालमा ज्यादै ठूलो समस्या पैदा भएको छ। नेपालमा आचरण, व्यवहार र चरित्रको समस्या ठूलो छ। समाजवादी भनेका हरेक पार्टीमा यस्तो समस्या देख्छु।

कम्युनिस्ट छाडेर ‘नयाँ शक्ति’तर्फ लागेका बाबुराम भट्टराई अहिले ‘समाजवादी सेन्टर’ बनाउने तर्क गरिरहनुभएको छ। यो उहाँको अन्योल हो कि ‘फेस सेभिङ’?
उहाँको अन्योल हो। वैचारिक रुपमा कस्तो अन्योल देखियो भने, समाजवाद भनेको भिन्नै हो, कम्युनिज्म भनेको अर्कै हो। कम्युनिजम फ्रेन्च शब्दबाट आएको हो। कम्युनको अर्थ हो, समुदाय। समुदायवादलाई कम्युनिजम भनियो। समुदायको हित नै सर्वोच्च, समुदायको फाइदा नै सर्वोच्च, समुदायको सम्पत्ति नै सर्वोच्च भन्ने वादको नाउँ कम्युनिजम हो। तपाईं हामी सबै मिलेर निर्णय गर्छौं भने समुदायवाद हो। एक्लै निर्णय गर्छौं भने पुँजीवाद हो। मैले गर्दा अरु धेरैलाई नोक्सानी पार्न हुँदैन भन्ने भावना जाग्यो भने त्यो कम्युनिजम भयो। मलाई फाइदा भयो भने अरुलाई जेसुकै होस् भन्ने लाग्यो भने व्यक्तिवाद हो। समुदायवादलाई नेताहरुले दूरदराजको कुरा सम्झिरहेका छन्। जबकि, यो अहिल्यै घर–घरमा लागू गर्न सक्ने कुरा हो। व्यक्ति–व्यक्तिमा लागू गर्न सक्ने कुरा हो। समुदायवादलाई नेपालीमा अनुवाद गर्दा हिन्दीबाट ल्याएर साम्यवाद भनियो। साम्यवाद यसको अर्थ होइन, गलत अनुवाद हो। समुदाय (कम्युन) र समाजमा जे फरक छ समुदायवाद र समाजवादमा त्यत्ति फरक हो। यस्तो आधारभूत विषयमा बाबुराम भट्टराई जस्तो नेता अन्योलमा हुनुहुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो वामपन्थीहरुको कुरा भयो। पुँजीवादलाई मान्ने दक्षिणपन्थी नेता (महन्थ ठाकुर, राजेन्द्र महतो)हरु पनि अहिले समाजवादलाई आफ्नो राजनीतिक दर्शन मानिरहेका छन् नि?
समाजवाद शब्द तराइमधेशमा पनि असाध्यै लोकप्रिय छ। त्यहाँका जनताले ‘समाजवाद’ भनेर जाँदा बढ्ता भोट दिने स्थिति छ। नेपालमै यो लोकप्रिय शब्द हो। संविधानमा पनि समाजवाद भनेर लेखिएको छ। प्रस्तावनादेखि अन्य धेरै ठाउँमा यो शब्द लेखिएकाले उहाँहरुले प्रयोग गर्न थाल्नुभएको हो। 

कम्युनिस्टहरुले आदर्श सिद्धान्त बनाएको, तर पुग्न नसकेको समुदाय(साम्य)वादतर्फको यात्रामा यसले सजिलो पार्ला कि नपार्ला? आचरण परिवर्तनमा केही भिन्नता देखिएला? 
हामीले संविधानमा कतिपय कुरा लेखी नै सकेका छौं। जस्तो, माध्यमिक तहको शिक्षा निःशुल्क। स्वास्थ्यतर्फ हेर्दा आधारभूत स्वास्थ्य निःशुल्क भनिएको छ। रोजगारीको दायित्व राज्यको भनिएको छ। गाँस पनि राज्यको जिम्मामा भनेर लेखिएको छ।  यी सबै समाजवादी एजेन्डा हुन्। पुँजीवादले त शिक्षा र स्वास्थ्यलाई नै बजारको बिकाउ मालका रुपमा लिन्छ। समाजवादले मात्र शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बास र कपास राज्यको जिम्मामा ल्याउने हो। बाल्यकाल र वृद्धावस्था राज्यको जिम्मामा भनेर समाजवादले भन्ने हो। 

यो एजेन्डा सर्वसम्मतिले संविधानमा राखिसकिएको छ। अब लागू गर्न के गाह्रो भयो?  मौलिक हकमै लेखिएको छ। त्यसकारण समाजवाद नेपालमा लागू गर्न भरे, भोलि वा पर्सि पर्खिनु पर्दैन। यहीँ र अहिल्यैबाट सम्भव छ। हिजो पो अवैधानिक थियो। प्रतिबन्ध थियो। समाजवाद अहिले कांग्रेसको मात्रै होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि एजेन्डा भयो। यो पास गर्ने बेला राप्रपाले पनि सहमति जनाएको थियो।

Xtrem
Xtrem

कम्युनिस्ट पार्टीको सदस्य बनाउन पहिला नयाँ कार्यकर्तालाई प्रशिक्षण दिइन्थ्यो। आचरण र व्यवहार परिवर्तनका लागि प्रोत्साहन गरिन्थ्यो। अहिले त्यो अवस्था छैन। नयाँ पुस्तालाई कम्युनिजम पढाउन भन्दा समाजवाद भनेर सजिलै पार्टीमा तान्न सकिन्छ भन्ने चलाखी पनि हो?
कार्यकर्ता र जनताको समस्या होइन, यो। जनता नेपालमा कम्युनिजम नै चाहन्छन्। समाजवाद नै चाहन्छन्। २०४८ सालदेखि अहिलेसम्मको ‘भोटिङ ट्रेन्ड’ हेर्दा कम्युनिस्टलाई नै अत्यधिक बहुमत दिएको देखिन्छ। यहाँ समस्या नेताहरुको हो। नेताहरु कस्ता छन् भने समाजवादी एजेन्डा अगाडि सार्ने, तर बिहानदेखि बेलुकीसम्म ठेकेदारको संगत गर्ने। नेता आफैं पथ विचलित हुनाले, आफैं बिग्रेको हुनाले प्रशिक्षण गर्न नसकेको हो। अहिले त ठेकेदार पनि पैसा बुझायो भने अहिलेको अहिल्यै सदस्य हुन सक्छ।

अहिले कम्युनिजम रामनामी लुगा लगाए जस्तो भयो। मुखमा ‘राम सत्य हो, राम सत्य हो’ भन्यो, पेटमा अर्कै सत्य हुन्छ। नेतृत्वले कम्युनिजमको आदर्श छाडेको हुनाले, मूल्यमान्यता छाडेको हुनाले विकृति आएको हो। नेतृत्वले छाडेपछि कार्यकर्ताले पनि छाड्ने बाटो खुल्यो। नेताहरुलाई त सबैले देखेको छ। दश वर्षमा महल ठड्याएको कार्यकर्ताले थाहा पाएको छ। ‘आफू चाहिँ पुँजीवाद अपनाउने, हामीलाई समाजवाद भन्ने?’ भनेजस्तो भयो। अहिले नेतृत्वले बाटो बिराएको अवस्था हो। नेतृत्व ठीक ठाउँमा आउने हो भने कार्यकर्ता त छँदैछन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा नेपाली कम्युनिस्टहरु एक ठाउँ आउने प्रयास असफल भयो। फेरि, कम्युनिस्ट पार्टीहरुको एउटा समूहले ‘समाजवादी केन्द्र’ बनाउने चर्चा गरिरहेका छन्। नेकपा भनेर सम्भव नभएको एकता समाजवादको बाटोबाट सम्भव होला? 
घुमिफिरी त्यही बाटोमा नेपाल गइरहेको देख्छु। अहिले केपी शर्मा ओलीजीको पार्टी एक ठाउँमा र बाँकी सबै अर्को ठाउँमा हुने सम्भावना देखिरहेको छु। माधव नेपालको पार्टी,  नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्दको पार्टी एक ढिक्का भएर गठबन्धन वा पार्टी बन्ने सम्भावना छ। त्यो दिशातिर जानका लागि माओवादी केन्द्रले निर्णय नै गरिसकेको देखिन्छ। माधवकुमार नेपालले पनि त्यस्तै बोल्दै हुनुहुन्छ।  बाबुराम भट्टराई त्यही बाटोमा हुनुहुन्छ। नेत्रविक्रम चन्दको पार्टी पनि त्यस्तै बोल्दैछ। 

जम्मैले एउटै कुरा बोलिरहेका छन्, तर एउटै पार्टी हुन सक्छ कि सक्दैन भन्नेमा प्रश्न चिह्न छ। महासंघ जस्तो एउटा गठबन्धन भने हुनसक्छ। नेतृत्व पालैपालो गर्न सक्छन्। नेतृत्वको झगडा पर्ने त हो। चार वर्षमा चारजनाको पालो आइहाल्छ। त्यसरी एलाइन्स बनाउने सम्भावना बलियो छ। माओवादी ओरिजनबाट आएका एक ठाउँ आउन सक्छन्। उनीहरुको नाइटो त जोडिएकै छ। माधव नेपाल जोडिन पनि गाह्रो छैन। ओलीसँग छुट्दा सहकार्य गरेकै हुन्।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्