• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जेठ २ मा फर्किएको कागजी रित पुर्‍याउँछौं, माधव नेपालसँग भोलिको दिनमा एकता होला: सुरेन्द्र पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  २१:३५
1140x725

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा त्यतिबेलाको सत्तारुढ दल नेकपा स्पष्ट दुई ध्रुवमा विभाजित भएको थियो। एउटा ध्रुव (पुष्पकमल दाहाल 'प्रचण्ड'–माधवकुमार नेपाल) समूहले पार्टी अध्यक्ष ओलीलाई पदबाट मात्रै हैन, पार्टीको साधारण सदस्य नै नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो। 

पछि सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाले नेकपा पार्टी नै विघटन भयो र साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिए। अदालतको फैसलानुसार पुनर्स्थापना भएको ६ महिना नपुग्दै एमाले विभाजित भएको छ। 

तर, नेकपा हुँदा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा निर्णयमा साथ दिने र एमाले पुनर्स्थापना हुँदा नेता माधवकुमार नेपाललाई साथ दिएर समानान्तर गतिविधि गर्दै आएका १० जना नेता भने ८ महिनापछि मंगलबार ओलीले अध्यक्षता गरेको बैठकमा सहभागी भए। 

माधव नेपालको साथ छोडेर ओलीसँग 'सहमति गर्दै' मूलधारमा फर्किएका नेतामध्येका एक सुरेन्द्र पाण्डेसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले लामो समयपछि ओलीले बोलाएको बैठकमा सहभागी हुँदाको अनुभव, चर्चित १० बुँदे सहमतिको कार्यान्वयन र अबका योजनाबारे गरेको  संक्षिप्त कुराकानीः

सर्वोच्च अदालतको फैसलानुसार नेकपा एमाले ब्यूँतिएपछि पहिलोपटक आज (मंगलबार) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा जानुभयो। कस्तो अनुभुति भयो? 
अनुभुति के हुनुपर्ने हो र! आफ्नै पार्टीको बैठक हो। हिजोका दिनमा पनि बैठकमा गएकै हो। कहिले संघर्ष (लडाइँ) हुन्छ, कहिले सहकार्य हुन्छ। आजको बैठक नर्मल नै भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंहरुलाई आरोप त लागेको छ नि माधव नेपाललाई बीचमा उचाल्नुभो, पछि छोड्नुभो, धोका दिनुभो भनेर? 
यो गलत कुरा हो। हामीले उचालेको होइन। उहाँले नै सहमतिका लागि भनेर वार्ता समिति बनाउनुभएको हो। वार्ता समिति हामीले बनाएको होइन नि! उचाल्या कसरी भन्ने? वार्ता समिति भन्या त वार्ता गरेर पार्टी मिलाउनलाई बनाएको होइन र? पार्टी मिलाउनलाई वार्ता समिति बनाउने अनि उचालेर छोडेको भन्ने? उहाँले भन्या कुरा त यो होइन होला। अरुले भन्या कुरा होलान्। 

अहिले चाहिँ पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गरेको १० बुँदे सहमतिअनुसार नै घटनाक्रम अगाडि बढेका हुन्? 
ओलीसँगको कुरा हैन नि यो, यो त पार्टीसँग पार्टीको कुरा हो नि। ओलीसँग निजी सम्झौता गरेको हो र? ओली वा कसैको कम्पनी हो र यो? यो त पार्टी हो नि। 

बैठकको अघिल्लो दिन (सोमबार) अध्यक्ष ओली र तपाईहरुबीच बालकोटमा भएको वार्तामा पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र मंगलबारको बैठक पनि त्यही संरचनाअनुसार बस्ने सहमति भएको भनिएको थियो। तर, मंगलबारको स्थायी कमिटी बैठकमा त पूर्व माओवादी नेताहरु पनि सहभागी भए नि?  
हैन हैन, त्यो चाहिँ टेक्निकल (प्राविधिक) कुरा नै थियो। हामीले टेक्निकल कुरा मिलाएकै छौं। माइन्युटको कुरा गर्दा दुईटा माइन्युट हुन्छ। किनभने हामीले उठाएको त संवैधानिक र कानुनी प्रश्न पनि हो नि। ०७५ जेठ २ को कमिटी फर्काएपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिँदैन। भोलि ०७५ जेठ २ को कमिटीले उहाँहरुलाई नोमिनेट गरेको, कागजी रित पुर्‍याउँछौं हामी। 

Xtrem
Xtrem

माधव नेपालले पार्टी दर्ता गर्न हुने सनाखतलाई प्रभावित गर्न मात्रै ओलीले तपाईंहरुसँग सहमति गरेका हुन्, पछि फेरि पुरानै प्रवृति दोहोरिन्छ भन्ने टिप्पणी पनि भइरहेको छ। तपाईंहरुलाई के लाग्छ? 
तपाईंहरु जस्तोले उठाएको प्रश्न हो त्यो। किनभने कतिपय मान्छेलाई नेकपा एमाले मिलोस् भन्ने होइन कि फुटोस् भन्ने चाहना थियो क्या। हाम्रो पार्टी विभाजन हुँदा जसलाई फाइदा पुग्छ उनीहरुले यस्तो विश्लेषण गर्ने होला। 

जे होस् पार्टीमा मन, चित्त मिलेर, एकढिक्का भएर काम गर्नुहुन्छ अब? 
मिलाउनै पर्‍यो नि! मन भन्या के हुन्छ भने माधव कमरेडसँग नयाँ पार्टी दर्ता गर्न गएका साथीहरु, प्रचण्डजीको पार्टीमा सम्पूर्ण मन मिल्या छ? छैन नि। व्यक्तिपिच्छे दिमाग फरक फरक हुन्छ। सधैं मिल्छ भन्ने हुँदैन। कतिपय साझा कुरा हुन्छ, कतिपय हुँदैन। त्यसोहुनाले सहमति, असहमति भइरहन्छन्। हामीले बुझ्या छौं कि यहाँ सबै सहमति नै हुन्छ, असहमति केही पनि हुँदैन भन्ने पनि होइन। किनभने यस्ता कुरा हामीले झेल्दै पनि आएका छौं। झेल्दै आएका मान्छे पर्‍यौं हामी। सहमति, असहमति हुँदै जान्छ, तर हामी एउटा बिन्दुबाट ती कुराहरु फर्छ्यौट गर्छौं भन्ने हो। 

माधव नेपालसहित उहाँसँग जाने नेताहरुको सन्दर्भमा के हुन्छ त तपाईंहरुको बुझाइ? 
माधव कमरेडको हकमा त हाम्रो भनाइ स्पष्टै छ नि, उहाँले जानु हुँदैन थियो। हामीले त्यसका लागि अन्तिमसम्म कोशिष गरेको पनि हो। विभाजन नगरौं, एकै ठाउँमा बसौं, १० बुँदे सहमति गर्नका लागि हामीलाई निर्देशित गर्नुभयो। १० बुँदे त जम्मै हाम्रा माग थिए। सप्पै माग पूरा हुने, अनि हामी छाडेर हिँड्ने त हुँदैन नि। 

अहिले उहाँ पार्टीमा बस्न सक्नु भएन। अलग पार्टी बनाउनुभो। भोलि पनि एकताको सम्भावना छ। आज विभाजित भएकाले भोलि एकता हुँदैन भन्ने हुन्न। विगतमा पनि हाम्रो पार्टी विभाजित भएको थियो, पछि पुनः एकता भयो।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्