• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका

64x64
रासस शनिबार, भदौ ५, २०७८  ११:४५
1140x725

सुर्खेत- कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ। नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो।     

नगर प्रमुख देवकुमार सुवेदीले पछिल्ला चार वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। 'नियमित स्वास्थ्य कार्यक्रम सञ्चालनदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हामीले अथक प्रयत्न गर्‍यौँ', उनले भने, 'प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरलाई बढी चुनौती थियो, अझै पनि छ, तैपनि हामीले योजनाबद्धरुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर भयावह अवस्था आउन दिएनौँ।'

उनले स्वास्थ्य नीति, स्वास्थ्य ऐन र वार्षिक स्वास्थ्य योजनाका आधारमा नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरेको बताए। यसअघि जीर्ण स्वास्थ्यका सबैजसो भवन अत्याधुनिक शैलीमा पुनःनिर्माण भई सेवा सञ्चालनमा आइसकेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं १, २, ३, ४, ५, ६, ८, १०, ११ र १२ मा सहरी स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न भइसकेका छन्। तीमध्ये अधिकांश आफ्नै जग्गामा बनेका छन्। साविक कटकुवा स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गरेर त्यहाँ नगर कोभिड अस्पताल सञ्चालन गरिएको छ।     

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सरकार र चौधरी ग्रुपसँगको साझेदारीमा नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदैछ। नगर अस्पतालमा हाल मेडिकल अधिकृतले चिकित्सकीय सेवा प्रदान गरिरहेका छन्। लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। त्यहाँ प्रदेश अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकले बुधबार र शुक्रबार बिरामीको परीक्षण तथा उपचार गर्दै आएका छन्। लाटीकोइलीमै संघीय सरकारले १५ शय्याको अस्पताल निर्माण योजना अघि बढाएको छ।     

नगरपालिकाले सेनेटरी प्याड वितरण, निःशुल्क गर्भवती जाँच, सुत्केरी जाँच गर्दै आएको छ। यसै वर्षदेखि ‘मायाको एप्स’मार्फत गर्भवती, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्यवर्द्धक सूचना/सन्देश एवं जानकारी प्रवाह गर्ने भएको छ। यहाँका ३० सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम, विद्यालय पढ्ने किशोरीलाई आइरन चक्की वितरण, महिलाको पाठेघर स्क्रिनिङ क्याम्प, सिकलसेल एनिमिया परीक्षण, गर्भवती, प्रसूति महिलालाई आकस्मिक उपचार सेवा, आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे सेवा, गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन्।     

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले कोभिड महामारीकै बीचमा पनि स्वास्थ्यका समग्र सूचक सकारात्मक देखिएको बताए। 'नियमित कार्यक्रमदेखि कोरोना परीक्षण र खोप अभियानमा राम्रो सफलता पाएका छौँ', उनले भने, 'यही भदौ ११ र १२ गते विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिँदैछौँ, कोरोनाविरुद्धका सबै खोपहरु आधारभूत स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामार्फत प्राथमिकताको आधारमा लगाउने गरिएको छ।'

उनका अनुसार नगरपालिकाले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार बिहान र दिउँसो कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ। त्यस्तै वडा नं १ देखि १६ सम्म समुदायस्तरमा समेत कोरोना परीक्षण, सङ्क्रमितको निगरानी र कीट वितरण भइरहेको छ। सङ्क्रमितको उपचारका लागि नगर अस्पताल, लाटीकोइली स्वास्थ्यचौकीलाई विशेषज्ञस्तरको सुविधा दिएर सञ्चालनमा ल्याइएको छ।

जटिल प्रकृतिका बिरामीलाई तत्कालै प्रदेश अस्पताल रेफर गर्ने प्रभावकारी व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितलाई तत्काल उद्धार गर्न चौबिसै घण्टा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।   

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्