• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महाकविको घरको विनाशलीला : कवि–कुञ्ज बन्छ कि निर्माण सामग्रीको ‘निकुञ्ज’?

64x64
मिलन बगाले शुक्रबार, साउन २२, २०७८  १९:४५
1140x725

डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर यतिबेला धमाधम भत्काइँदैछ। यसै मेसोमा महाकविपुत्र प्रा.डा. पद्यप्रसाद देवकोटाले गएको बुधबार सामाजिक सञ्जालमा तस्वीरसहित लेख्नुभएको स्टेटसले सम्पदा र साहित्यप्रेमीको मन झस्काएको छ। देवकोटाले लेख्नुभएको छ- ‘आफू जन्मे-हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुँदा रहेछन्। कोठाकोठाको याद बैरिएर आएका छन्, यसपालि।’

उहाँ यतिमै रोकिनुभो। तर, रोकिनु हुँदैनथ्यो। उहाँ अंग्रेजी साहित्यको प्रसिद्ध प्राध्यापक हुनुहुन्छ। अन्य देशमा कवि, लेखकहरुका घरलाई कसरी संरक्षण गरिन्छ, उहाँले देख्नुभएको, पढ्नुभएको होला। शेक्सपियरको घरमा त पुग्नुभएको पनि होला। आफ्ना सम्झना मात्र उल्लेख गरेर उहाँले धेरै कुरा संकेत गर्नुभयो। सञ्चारमाध्यममार्फत यो घटना सर्वत्र फिँजियो।

धेरै अनलाइनले मौन भएर फोटो फिचर मात्र छापे। भत्काउनु जरुरी हो वा होइन भन्ने बहस चलाएनन्। नयाँ पत्रिकाले महाकविपुत्री अम्बिका रिमालको छोटो भनाइ छाप्यो- ‘प्रज्ञा–प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास छ। एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ। उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु। उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ।’

मिलन बगाले

लक्ष्मीप्रसाद देवकोटाको नाममा भव्य संग्रहालय बनाउने उहाँहरुको सपनामा खोट छैन। तर, त्यो सपनालाई विपनामा उतार्ने शैली सम्पदा संरक्षणको स्थापित शैली र मान्यतासँग मेल खाँदैन। यो विषयमा सामाजिक सञ्जाल ट्विटरमा विभिन्न व्यक्तिले चासो, चिन्ता र चिन्तन गर्नुभएको छ। नागरिक अगुवा देवेन्द्रनाथ पाण्डेले लेख्नुभएको छ- ‘घर भत्काउन किन परेको होला, रेट्रोफिटिङ, अरु आवश्यक संरचना यही शैलीमा थपथाप, निर्माण गर्न नमिल्ने रैछ?’

बेलायतमा ललितकला पढ्नुभएका रोशन मिश्रले लेख्नुभएको छ- ‘भत्काएर नयाँ बनाउनु नै विकल्प हो र? बेलायतमा चार शताब्दीअघिका शेक्सपियरको घर अझै संरक्षण गरेर राखिएको छ, यहाँ चाहिँ ६ दशकअघिको देवकोटाको घर बचाउन सकिएन।’ 

‘कविकुञ्जलाई अन्धाधुन्ध तरिकाले किन भत्काइएको?’

यो प्रश्नको जवाफ सजिलो छ, ‘भव्य र जीवन्त संग्रहालय बनाउन।’

तर, त्यसो गर्न देवकोटाको घर भत्काउनै पर्थ्यो? कुन अध्ययनले भत्काउनुपर्ने कुरा बोल्यो? बचाउन सकिने सबै उपाय सकिएर भत्काउन तम्सिएको हो त, प्रज्ञा–प्रतिष्ठान? यसबारे खोजिपस्दा धेरै कुरा भेटिए। नयाँ संग्रहालय कस्तो बन्ने भन्ने वर्णन र मोहोडाको डिजाइन पनि डिजिटल पत्रिकामा भेटियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालखबर डटकमले प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको भनाइ सापटी लिँदै एक वर्षपछि पूरा हुने सपनाबारे लेख्यो- ‘जब तपाईं मैतिदेवीस्थित देवकोटा मार्गको प्रवेशद्धारबाट भित्र छिर्नुहुन्छ, आँखामा हरियाली नाच्नेछन्। पानीका फोहोराले तपाईंलाई स्वागत गर्नेछन्। उद्यानहरुमा देख्न पाउनुहुनेछ, उभिएर एकनासले सोचिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटा। आँगनको त्यो रमाइलो दृश्यले तान्दै घरभित्र लैजानेछ। जब दैलोबाट तपाईंका पाइला भुइँतलामा सर्नेछन्, लाग्नेछ- के देवकोटा अझै बाँचिरहेका छन्? शब्दहरुमा बाँचिरहेका देवकोटालाई अजिबले महसुस गर्न पाउनुहुनेछ।’

सदस्यसचिव उपाध्यायले बताए अनुसार घरलाई मर्मत गरेर संग्रहालय निर्माण गर्नेबारे प्रज्ञा–प्रतिष्ठानले विज्ञहरुसँग सल्लाह गरेको रहेछ। तर, घर धेरै नै जीर्ण भएको र टेक्नेबित्तिकै भत्किहाल्ने अवस्थामा रहेछ। पुरानो काँचो इँटा, भाँचिनै लागेका काठ रहेछ। त्यसैले प्रज्ञा प्रतिष्ठानले दुरुस्त पुरानै स्वरुपमा नयाँ भवन निर्माण गर्ने योजना बनाएको उपाध्यायले बताएका छन्। उनका अनुसार नयाँ भवनमा प्राचीनता झल्कने इँटा, बुट्टेदार काठ पनि हुनेछन्।

तर, सदस्यसचिव उपाध्यायले भने झैँ नयाँ भवनमा बलिया इँटा र बुट्टेदार काठ राखेर मात्र जीवन्त सम्पदा तयार हुन्छ? पुरानो संरचनासँग त्यसको केही साइनो हुँदैन? भत्काउनै पर्दा पनि भग्न सम्पदा भत्काउने स्थापित मान्यता पालना गरिएको छ? डिल्लीबजारको विनाशलीलाले त्यसो भन्दैन। 

सदस्यसचिव उपाध्यायको भनाइ पढ्दा महाकवि देवकोटाको पुरानै घरलाई प्रबलीकरण गरेर बचाउन सकिन्छ वा सकिंदैन भनेर औपचारिक अध्ययन गरिएको महसुस हुन्न। कोही विज्ञलाई लगेर देखाइयो होला। विज्ञ घरभित्र छिर्न डराउनुभयो होला। डराएका विज्ञले ‘लौ लौ, यो त भत्काएर उस्तै दुरुस्तै बनाउनुपर्छ’ भन्नुभयो होला। यति भएपछि वैज्ञानिक अध्ययनको पाटो पूरा भयो। अनि पुरानो घरको नापजाँच त पक्कै गरियो। तस्वीरहरु पनि उतारियो। बचाउन सकिने/नसकिने विषयबारे विभिन्न विज्ञ सम्मिलित समिति बनाउनुपर्थ्यो। समितिको अध्ययन प्रतिवेदनअनुसार अन्य विज्ञहरुसँग थप छलफल गर्नुपर्थ्यो।

२०७२ सालको भूकम्पमा जीर्ण बनेको सिंहदरबारको पश्चिमी खण्ड पनि सुरुमा भत्काउनै खोजिएको थियो। परामर्शदाताद्धारा तयार पारिएको प्राविधिक प्रतिवेदनमा भत्काउनुपर्ने निचोड निकालिएको थियो। तर, उक्त प्रतिवेदनसँग सम्पदाकर्मीहरु सहमत भएनन्। व्यापक छलफल र अध्ययनपछि बचाउन सकिने निचोड निस्कियो। अन्ततः पुनर्निर्माण प्राधिकरण सो मोहोडा बचाउन सफल भयो। 

देवकोटा निवासको पनि त्यस्तै अध्ययन हुनुपर्थ्यो। बचाउनै नसकिने निष्कर्ष निस्किए जतनसाथ कसरी भत्काउने, बचेका काठ, इँटा र हरेक निर्माण सामग्रीको राम्ररी प्रयोग कसरी गर्ने भन्ने निष्कर्ष निस्कन्थ्यो। भत्काउने कामको शैली हेर्दा कसैलाई ठेक्का दिएर एक थान पुरानो घर भत्काएजस्तो महसुस हुन्छ। काँचा इँटा... पुराना काठ... भन्दै नाक खुम्च्याए झैँ सबै धुलोपिठो पारेर भत्काइएको महसुस हुन्छ। लामा–लामा घोचाले घोचेर गारो भत्काइएको र काठको थुप्रो लगाइएको देखेर आँखा बिझाए। प्रज्ञा–प्रतिष्ठानले बडो आनन्दसँग देवकोटा निवास भत्काइदियो। यो देख्दा त्यहाँ वास्तुकला संरक्षणको मर्म बुझेका व्यक्तिको अभाव भएको महसुस हुन्छ। देवकोटा निवास एक थान कच्ची घर होइन। हेर्दा सामान्य, कमजोर र कच्ची छ भन्दैमा अन्धाधुन्ध भत्काउन मिल्ने होइन।

महाकवि देवकोटा निवास अर्थात कविकुञ्जलाई संग्रहालय बनाउने सरकारी प्रयास स्तुत्य छ। २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा परिवारलाई २ करोड ५० लाख रुपैंया तिरेर १२ आना १ दाम क्षेत्रफलको जग्गासहित घरलाई सरकारी स्वामित्वमा ल्याइएको हो। तर, संग्रहालय बनाउने शैली ‘ध्वंसात्मक’ भयो।

पुस २०७६ मा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले रासससँग भन्नुभएको थियो- ‘देवकोटा संग्रहालय चार तलाको हुनेछ। जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्न सर्वप्रथम विज्ञहरुसँग परामर्श गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ। भवनमा देवकोटाको समग्र इतिहास झल्काउने प्रयास गरिनेछ।’ उप्रेतीले भन्नुभए जस्तो, यदि जीर्ण संरचनाको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन बनाइएको थियो भने त्यसलाई छलफलमा ल्याउनु पर्थ्यो। गएको १ साउनमा गोरखापत्रले छापेको समाचार अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। त्यसमा नयाँ भवनको डिजाइन मात्र समेटियो वा भत्काउनुपर्ने निष्कर्ष निकालियो, उल्लेख गरिएको छैन। 

यति महत्वपूर्ण संरचनाको पुनर्निर्माण गर्दा छलफलको दायरालाई फराकिलो बनाउनुपर्छ। अध्ययन प्रतिवेदनहरु सार्वजनिक गरी विषयगत विज्ञलाई मात्र होइन, सर्वसाधारणलाई पनि आफ्ना धारणा दिने मौका दिनुपर्छ। उपलब्ध स्रोत, साधन र प्रविधिको प्रयोग गरी भवनलाई बलियो बनाएर सम्पदा बचाउन सकिन्छ भने त्यतातिर ध्यान दिनुपर्छ। यस्ता सम्पदा सकेसम्म छिटो हटाएर घडेरी सफा गर्नतिर लाग्नु उचित होइन। 

महाकवि देवकोटाको घर नेपाली साहित्यको तीर्थस्थल हो। सम्मानपूर्वक संरक्षण गरिनुपर्ने स्मारक हो। देवकोटाले यो घर १९९० सालमा किन्नुभएको ‘बताइएको’ खबर इकान्तिपुर डटकमले २१ साउन २०७८ मा प्रकाशन गरेको छ। घर कहिले बनेको हो, त्योबारे थप अध्ययन जरुरी छ। 

प्राचीन स्मारकबारे ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३’ यसो भन्छ- ‘इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने एक सय वर्ष नाघेको मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तूप आदि सम्झनु पर्छ।’ सोही ऐनको दफा १६-क मा ‘यो ऐनमा अन्यत्र जेसुकै कुरा लेखिएको भए तापनि एक सय वर्ष ननाघेका अद्धितिय किसिमका कलाकृति तथा कुनै समयको महत्व दर्शाउने स्मारकहरु पुरातत्व विभागले संरक्षण गर्न, गराउन सक्नेछ’ लेखिएको छ।  यो ऐनअनुसार देवकोटा निवास जोगाउन पुरातत्व विभाग आफैं पनि अघि सर्नु पर्ने प्रष्ट पारेको छ। 

सामान्य इँटा र सामान्य बुट्टाले बनेको र सय वर्ष पुरानो संरचना नभए पनि समयको महत्व दर्शाउने महत्वपूर्ण स्मारक हो, देवकोटा निवास। बचाउन सकिने सम्भावनाबारे गहन अध्ययन नै नगरी पुरानो संरचना अन्धाधुन्ध भत्काएर नयाँ सामग्रीले उस्तै संरचना बनाउँदा केपी ओलीले प्रचलनमा ल्याउनुभएको सम्पदा ‘संरक्षणको सिद्धान्त’- ‘इतिहास झल्किन्छ, आधुनिकता टल्किन्छ’लाई  मलजल पुग्नेबाहेक केही ऐतिहासिक उपलब्धी मिल्दैन। यसरी त सम्पदा संरक्षणको गलत भाष्य तयार हुन्छ।

पुरानो संरचनाको मर्मत, जीर्णोद्धार वा प्रबलीकरण गरी संरक्षण गर्न सकिने अनेक सम्भावनाबारे गहन अध्ययन, बृहत छलफल तथा विश्लेषण हुनसक्छन्। तर, यी प्रक्रिया पूर्णरुपमा पालना नगरी पुराना संरचना र सम्झना सर्लक्कै मेटेपछि कवि–कुञ्जजस्तै देखिने नयाँ घर कवि–कुन्ज हुन्छ कि निर्माण सामाग्रीको ‘निकुन्ज’ मात्र हुन्छ? यसतर्फ पुरातत्व विभाग र नेपाल प्रज्ञा–प्रतिष्ठानको ध्यान जाओस्।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्