प्रतीकात्मक तस्वीर
बाजुरा– जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिएको छ।
एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताए।
निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको डा जोशीको भनाइ छ।
हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ। सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए।
केही दिनअगाडि कोरोना हो कि भन्ने शंकामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब संकलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।