• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

सभापतिमा मेरो इच्छा एकपटकलाई हो, दोहोर्‍याएर बन्दिनँ

डा शेखर कोइराला आइतबार, साउन १७, २०७८  १८:३४
1140x725

नेपाली कांग्रेस पुरानो अवस्थाको नहुँदा सबै कार्यकर्ता चिन्तित छन्। पार्टी १४औं महाधिवेशनको संघारमा छ। पार्टी कसरी कुन रुपमा अगाडि बढ्दछ, चिन्ता सबैलाई छ।

जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद छ। अन्य दलबाट कांग्रेसमा आएकाहरूको समायोजनको विवाद पनि छ। नयाँ क्रियाशील सदस्यताको के हुने भन्ने चिन्ता पक्कै छ। यो नेता तथा कार्यकर्ता सबैको चासोको विषय हो। समस्या एउटा जिल्लामा मात्रै होइन, धेरै जिल्लामा छ।

अप्ठ्यारो लाग्ने तर पार्टीका शीर्ष नेताहरूलाई भन्नै पर्ने एउटा विषय छ। पदाधिकारी र पूर्वपदाधिकारीको निरन्तर बैठक बसिरहेको हुन्छ। अर्कोतर्फ विभिन्न जिल्लाबाट हामीलाई नेता कार्यकर्ताले सोधिरहेका हुन्छन, ‘१४औं महाधिवेशन समयमा हुन्छ कि हुँदैन?’ पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ मा महाधिवेशन उद्‌घाटन गर्छु भन्नुभएको छ। सभापति र पदाधिकारीलाई आग्रह छ- नेपाली कांग्रेसका सोझा कार्यकर्ताहरुलाई अब भुलभुलैयामा नराख्नुस्।

क्रियाशील सदस्यता छानविन समितिले जति सक्ने हो, त्यसको क्षमताले सक्ने जति गरिसक्नुभएको छ। क्रियाशील सदस्यता छानविन समितिले टुंगाएको कतिपय कार्यमा चित्त नबुझेको पनि हुनसक्छ। तर, नेताहरूको दबाब र समितिका सदस्यको क्षमता अनुसार धेरै काम भएको छ। समितिले आफ्नो कार्य सकाएपछि प्रतिवेदन पदाधिकारी हुँदै तीन शीर्ष नेताकहाँ आइपुगेको छ। विवाद भएका स्थानको समाधान पाँच दिनभित्र उहाँहरूले निकाल्ने भन्नुभएको छ।

वडा तहदेखिको अधिवेशन हामीले सुरु गर्न सकेनौं। त्यसका लागि हामीले क्षमा माग्नुपर्दछ। कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक कार्य गर्न थाल्यौं भने अन्य दलले के गर्छन्? लोकतन्त्रको अभ्यासको पाठशाला कांग्रेस हो। हामीले अरु राजनीतिक दललाई लोकतन्त्रको बारेमा सिकाउनुपर्ने हो। चार वर्ष भित्र हुनुपर्ने महाधिवेशन पाँच वर्षमा हुन सकेन। संविधानले दिएको ६ महिना पनि भदौ २३ मा सकिँदैछ। त्यसभित्र महाधिवेशन गर्न सकेनौं भने कांग्रेसका लागि संवैधानिक जटिलता निम्तिन्छ।

पदाधिकारी/पूर्वपदाधिकारी दिनहुँजसो बैठकमा बसिरहनुभएको छ। तर, निर्क्योल निकाल्न सकिरहनु भएको छैन। पदाधिकारी तथा पूर्वपदाधिकारीबाटै आएका कुराहरु नै सामाजिक सञ्जालमा छन्। कतिले भन्नुहुन्छ, तीन तहको निर्वाचन डेढ वर्ष भित्रमा गर्नुपर्ने छ। तीनै तहमा हामीले जित्नुपर्नेछ। तसर्थ, दुई वर्षपछि महाधिवेशन गरौं भन्ने कुरा आएको छ। त्यति मात्रै होइन, पदाधिकारीको संख्या थप्ने कुरा पनि छ। यस्ता कुरा पदाधिकारीबाटै आएको छ। यस्ता कुराले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ।

स्वस्थ लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले स्वस्थ प्रतिस्पर्धामा विश्वास गरेको हुन्छ। प्रतिस्पर्धाले पार्टीमा नेतृत्व जन्माउँछ। ‘तिमी आज यो भयौ’ भनेर जिम्मेवारी दिएर नेतृत्व जन्मिन सक्दैन। समयावधि थप्ने वा पदाधिकारी थप्ने कुरालाई मैले अस्वीकार गर्दै आएको छु। कुनै पद दिएमा म स्वीकार्ने पक्षमा छैन। यो विषय कुनै एक व्यक्तिको सन्दर्भ होइन, पार्टी कार्यकर्ताको भविष्यको विषय हो। पूर्वदेखि पश्चिमसम्मका नेता/कार्यकर्ताको भविष्य नेपाली कांग्रेसको महाधिवेशनसँग जोडिएको छ। समयावधि थप्ने कार्य भयो भने त्यसकारण पनि स्वीकार्न हुँदैन। 

महाधिवेशनको प्रक्रिया भदौमा सुरु गर्ने अर्को कुरा पनि आइरहेको छ। वडाको अधिवेशन भदौमा सुरु गरेर मंसिरसम्म महाधिवेशन गर्ने चर्चा पनि पार्टीमा चलेको छ। तेस्रो कुरा, भदौमा महाधिवेशन गर्ने तर तल्लो तहका संरचनामा केहीको मात्रै अधिवेशन सम्पन्न गरेर। सबै तहको अधिवेशन नगरेर नजरअन्दाज गर्‍याैं भने पनि नेतृत्व विकास हुन सक्दैन। नेतृत्व विकास गर्नलाई सबै तहको अधिवेशन हुनुपर्दछ। वडाको भदौ १५–१६ मा सुरु गरेर अरु तहको विस्तारै गर्दै जान सकिन्छ। निरन्तर अधिवेशन गर्दै जाने क्रम भए दसैं तिहारको बीचमा पनि जिल्ला/क्षेत्रको अधिवेशन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भदौ २३ पछि महाधिवेशन गर्दा हामीलाई संवैधानिक जटिलता छ। कांग्रेसकै कारणले संविधानमा ६ महिना थप अवधि दिने व्यवस्था राखिएको थियो। १३औं महाधिवेशन हुन नसकेपछि उक्त व्यवस्था राखिएको हो। पटक-पटक कांग्रेसले यस्तै गर्दै जाने हो भने पार्टीको विश्वसनियता घट्दै जान्छ। कांग्रेसका लागि अहिले अत्यन्तै संकट छ। विभिन्न दलका केही न केही मुद्दा अदालतमा परिरहेको छ। संवैधानिक प्रावधान कांग्रेसले मिच्यो भने कसै न कसैले कांग्रेसविरुद्ध मुद्दा दायर गर्नसक्छ। केन्द्रीय महाधिवेशन तोकिएको मितिमा सुरु गर्न सकिएन भने त्यस अवधिमा तल्लो तहको अधिवेशन सुरु गर्नु नै पर्दछ।

साथै, महाधिवेशनको प्रक्रिया सुरु भएको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पनि पठाउनुपर्ने हुन्छ। महाधिवेशनको प्रक्रिया यो मितिबाट सुरु भएर यहाँ पुगेर अन्त्य हुन्छ भनि जानकारी गरायौं भने आयोगले केही न केही ‘कन्सिडर’ गर्ला। जरिवाना दिएर समयावधि थप्न सकिने कुरा पनि उठेका छन्। बुझ्नुपर्ने के हो भने ऐनले संविधान काट्न सक्दैन।

क्रियाशील सदस्यताको विवाद धेरै जिल्लामा छ। बारा र सप्तरी जिल्लाको डकुमेन्ट नै खोलिएको छैन। समायोजनका नाममा विभिन्न पार्टीबाट ४ हजार प्रवेश गरेको भनिएको छ। त्यो चार हजार को हो? थाहा छैन।

प्रधानमन्त्रीले भदौ १६ मा महाधिवेशन उद्‌घाटन गर्छु भन्दा म झस्किएको छु। तरुण दलको राष्ट्रिय अधिवेशन उद्‌घाटन गर्नुभएको थियो। तर, ३ जनामा सीमित भयो तरुण दल। झस्किएको कारण कतै नेपाली कांग्रेस पनि तरुण दलको अवस्थामा त पुग्दैन भन्ने हो। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तोकिएको समयमा महाधिवेशन हुन्छ भन्नुहुन्छ।तर, म संकेत देख्दिनँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भावी नेतृत्व कस्तो हुनुपर्छ भनि कार्यकर्ताको जिज्ञासा छ। केन्द्र, जिल्ला, गाउँ, वडा सबै तहको जागरुक हुनुपर्दछ। नेतृत्व चयन गर्ने आधार कांग्रेसका लागि क्षेत्रीय प्रतिनिधि चयन हो। क्षेत्रीय प्रतिनिधि बनाउँदा सबैभन्दा कमजोरी भइरहेको छ। आफ्नो नजिकको व्यक्तिलाई क्षेत्रीय प्रतिनिधि बनाउँछौं। उसले नेपाली कांग्रेसमा कति योगदान गर्छ/गर्दैन, त्यो हेर्दैनौं। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्दछ। सबैलाई जिताउन क्षेत्रीय प्रतिनिधिको भूमिका हुन्छ। तर, चयन प्रक्रिया गर्दा पार्टीले कम महत्व दिएको छ। भावी नेतृत्व राम्रो बनाउने भए सक्षम व्यक्तिलाई क्षेत्रीय प्रतिनिधिमा चुन्नुपर्दछ।

क्रियाशील सदस्यता सूचीकृत गर्दा कतिपय स्थानमा ५/७ जना थपिएको छ। ५/७ जना थप्नुको तात्पर्य फरक रहेछ। थपिएकै ती क्रियाशीलले जिताउने र हराउनेमा मुख्य भूमिका खेलेका हुने रहेछन्। तल्लो तहबाट सहमतिमा आएका नामलाई रुजु नै गरिएको छ।

नयाँ विधान अनुसार नेपाली कांग्रेस सामूहिक नेतृत्वबाट अघि बढ्ने प्रवन्ध छ। कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था राखिएको छ। विधानको अर्को सबलपक्ष जातिय क्लष्टरलाई हामीले समातेका छौं। वडा तहसम्म जातिय क्लष्टरको व्यवस्था विधानमा भएपनि स्थानीय तहमा विधानसँग मेल नखाने रहेछ। जातिय क्लष्टर भनिएपनि कति प्रतिशत उक्त समुदायको भनि किटान गरिएको छैन। वडामा विभिन्न जातिय समुदायका नागरिक कति छन्? अझै पनि क्लियर छैन। यसलाई मिलाउने कार्य निर्वाचन निर्देशिकामार्फत् होला। 

कसरी पार्टी चल्दैछ भनी नयाँ नेतृत्व चयन गर्नुपर्दछ। तीन वटा निर्वाचन डेढ वर्षभित्र फेस गर्नुपर्नेछ। पार्टीभित्र मत दिँदा कार्यकर्ताले अत्यन्तै विवेक पुर्‍याउनुपर्नेछ। गुट उपगुट पार्टीभित्र हुन्छन्, त्यसलाई अन्यथा मान्नुपर्दैन। गुट हुनु अस्वभाविक होइन। प्रतिनिधिहरुलाई मेरो आग्रह छ- नेतृत्व गर्दा हात नकमाउनुहोला।

सभापतिको दाबी मैले पनि गरेको छु। सभापति बन्ने अवसर पाएँ भने म एकपटकको मात्रै सभापति हो। एक पटकको लागि केन्द्रीय सभापति हुँदा पार्टीका लागि धेरै कार्य गर्न सकिन्छ। दोहोर्‍याएर सभापति हुँदा आठ वर्ष जान्छ। र, पार्टीबाट प्रधानमन्त्री हुने अवस्था आएर सभापति नै प्रधानमन्त्री हुन हुँदैन। दुई पद फरक-फरक व्यक्तिको जिम्मामा हुनुपर्दछ। 

यसपटक क्रियाशील सदस्यतामा युवाहरुको उपस्थिति अलि बढेको छ। २५ वर्षसम्मको युवा कांग्रेस प्रवेशमा अझै पनि हिच्किचाइरहेको आभाष भएको छ। २५ वर्षमूनिका ५ प्रतिशत मात्रै छन्। २५ देखि ४० वर्ष उमेर समूहका २८ प्रतिशत छन्। १५औं महाधिवेशनमा तल्लो तहमा ६० प्रतिशत र केन्द्रमा ४० प्रतिशत क्रियाशील सदस्यतामा युवा समूहलाई अवसर दिनुपर्दछ। पाका मानिसको अनुभव र युवाको ऊर्जाले कांग्रेस बलियो दल हुनेछ।

(आइतबार काठमाडौंमा भएको एक अन्तक्रियामा कांग्रेस नेता कोइरालाले व्यक्त गरेको विचारमा आधारित)

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्