• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

म्रिस्तीखोला आयोजनाबाट थालियो व्यावसायिक विद्युत् उत्पादन

64x64
रासस शनिबार, साउन १६, २०७८  २२:५९
1140x725

नारच्याङ (म्याग्दी)- म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित सो आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन थालिएको हो।

माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो। ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो।

परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका प्रमुख चुडामणि निरौलाले बताए। 'निर्माण र परीक्षणको सबै काम सकेर व्यावसायिक उत्पादन थालेका छौँ', उनले भने, 'विद्युत् प्राधिकरणले सबै विद्युत् खपत गर्न नसकेका कारण ३० मेगावाटको हाराहारीमा उत्पादन गरेका छौँ।'

प्राधिकरणले खपत गर्न सकेको अवस्थामा पूर्णक्षमतामा चलाउने निरौलाले बताए। कोरोना, निषेधाज्ञा र बाढीपहिराको असहज अवस्थाका बावजुद नेपाल विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी भ्वाइथ नेपाल, हाइ हिमाल, होम्स र परामर्शदाता हाइड्रो कन्सल्टका प्राविधिक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर म्रिस्तिखोलालाई निर्माण पूरा गराउन खटिएका थिए।

नारच्याङ बेशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा रहेको विद्युत् गृहमा १२/१२ मेगावाट क्षमताका तीन वटा युनिट जडान भएको आयोजनाका पलान्ट म्यानेजर दीपककुमार शाहले बताए। दानास्थित २२० केभी क्षमताको सबस्टेसन जोड्ने ११ वटा टावर र चार किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन बनाएर केन्द्रीय ग्रिडमा विद्युत् पठाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी एक हजार ५०० मिटर पेनस्टक पाइपबाट २५० मिटर उचाइको हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ। पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी (क्यानल) र पावरहाउस परिसरमा स्विचार्ड बनाएको छ। प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँमा निर्माण सकिएको प्रवर्द्धक कम्पनीले जनाएको छ।

प्रभावित क्षेत्रका बासिन्दाले १७ लाख तीन हजार ५१२ कित्ता सेयर लगानी गरेका छन्। प्रवर्द्धकहरुले नेपालमा हालसम्मकै सस्तो लागतमा आयोजना निर्माण गरेको बताएका छन्। स्वदेशी लगानीमा निजी क्षेत्रले नेपालमा बनाएको मध्य ठूलो आयोजना हो। २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको थियो।

म्रिस्तिखोलामा भाटभटेनी समूह, नबिल, लक्ष्मी, सिद्धार्थ, एस डेभलपमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र जलविद्युत् विकास कम्पनीको लगानी छ। दुई मेगावाट क्षमताको तातोपानी र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना यसअघि नै सञ्चालन भएको नारच्याङमा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड, छ मेगावाटको रेलेखोला निर्माणाधीन अवस्थामा छन्। कालीगण्डकी र मिस्ट्रीखोलामाथि दुई वटा बेलिब्रिज बनाएर नारच्याङलाई सडक सञ्जालमा जोडेको म्रिस्तीखोलाले बनाएको सडकलगायत पूर्वाधारबाट स्थानीयवासीलाई सुविधा पुगेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए।

विद्युत् विकास विभागबाट २०६४ मा जनेरेसन लाइसेन्स पाएको म्रिस्तीखोलाको निर्माण प्रसरणलाइन अभाव, भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट प्रभावित बनेको थियो। सुरु गरेको पाँच वर्षमा निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत् आयोजनाले म्याग्दीका अन्य आयोजनामा लगानी भित्र्याइ विद्युत् विकासलाई गति दिन सकारात्मक सन्देश प्रवाह गराउन सफल भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

१२ मेगावाट क्षमताको म्रिस्तीखोला क्यासकेड आयोजना निर्माणका लागि विद्युत् विकास विभागबाट माउन्टेन इनर्जी नेपालले नै अध्ययनको अनुमति लिएको छ। ४२ मेगावाटको आयोजनाको विद्युत गृहबाट निस्किएको पानी सोझै सुरुङमा छिराउने गरी अर्को (क्यासकेड) आयोजनाको परिकल्पना गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  २२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
महासंघ अध्यक्ष ढकालले भने– नयाँ सरकारलाई अत्यधिक नियमनले बिग्रिएको लगानी वातावरण सुधार्ने अवसर छ ढकालले पैसा लगानी गर्ने मुख्य दुई निकाय सरकार र निजी क्षेत्र रहेको बताउँदै सरकारले लगानीका लागि पैसा मुख्यतया राजस्वबाटै ल्याउने र र... सोमबार, वैशाख २१, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, वैशाख २१, २०८३
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५... सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
विश्वकप लिग टु सिरिज : सिरिजको अन्तिम खेलमा नेपाल र ओमान भिड्दै मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा मंगलबार, वैशाख २२, २०८३
कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै मंगलबार, वैशाख २२, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्