• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अकल्पनीय विपत्तिबाट जोगिने हो भने हरित अभियान सुरु गरिहालौं

गिरिराजमणि पोखरेल शुक्रबार, साउन १५, २०७८  २२:३८
1140x725

अघिल्लो पटक संसद बैठकमा धेरैजना माननिय (सांसद्)ले मेलम्ची र मनाङमा बाढी तथा पहिरोले पुर्‍याएको क्षतिबारे कुरा उठाउनुभएको थियो। मनाङ र मेलम्चीमा हामीले ठूलो विपत् झेल्नु पर्‍यो र यसबाट हामी मर्माहित भएका छौं। त्यहाँका प्रभावित समुदायलाई राहत र व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले उचित पहल गर्दैछ भनेर हामी आशा गरौं। यस वर्षको मनसून कायमै रहेको हुनाले यसबाट हामीले सिक्नु पर्ने पाठ धेरै महत्वपूर्ण छ। 

नेपालको भू–बनोट र यसमा भएका अध्ययनबाट हामी के सिक्न सक्छौं भने सामान्यतया मनसुन बंगालको खाडीमा उत्पन्न हुन्छ र पूर्वी नेपालबाट प्रवेश गर्दै महाभारत शृंखलामा वर्षा गर्दै पश्चिमतर्फ बढ्दछ। यसै क्रममा फैलिने वर्षाले पहाड, हिमाल र तराईंको भू–भागलाई सिञ्चित गर्दछ। पूर्वको श्रीअन्तु डाँडादेखि सिन्धुलीगढी, फुलचोकी, दामन, लुम्ले, रामारोशन (अछाम), खप्तड,  लिंग्दा, उग्रतारा, व्यास (दार्चुला) जस्ता महाभारत शृंखलामा २००० देखि ३००० मिटरको उचाइमा रहेका अग्ला पहाडको मूख्य भूमिका मनसुनका बादललाई छेक्ने र मनसुनी वर्षाको वितरण पहाडी क्षेत्रबाट सुरु गर्ने देखिन्छ। 

तर, यस वर्ष विभिन्न कारणले मनसुनी बादल सिधै हिमाली भेगमा पुगेर अत्यधिक वर्षा गराएको तथ्यांकले देखाउँछ।त्यसको सबैभन्दा ठूलो असर लाङटाङ हिमश्रृङ्खलाको हेलम्बु र अन्नपूर्ण हिमश्रृङ्खलाको मनाङ क्षेत्रमा परेको छ।

नेपालमा यस वर्ष देखिएको बाढी पहिरो सामान्य प्रकारको पक्कै हैन। यस वर्षको मनसुनमा सामान्य भन्दा धेरै पानी पर्छ भन्ने अनुमान सरकारी निकायले पहिल्यै गरिसकेको थियो। तर, क्षति यति बिकराल भयो कि हामी कल्पना पनि गर्न सक्दैनौं। हाम्रा कुनै पनि क्रियाकलाप त्यसबाट बच्ने र क्षति कम गर्नेतर्फ उन्मुख थिएनन्। भएका नीति नियमहरूको पनि पूर्ण रुपले पालना नहुँदा विपत्‌को क्षति अत्यधिक बढेको स्पस्ट देखिन्छ।

जलवायु परिवर्तन अब सामान्य विज्ञान मात्रै रहेन। विश्वभर बिकराल समस्या देखिएको छ। क्यानडा र अमेरिकामा भएको अत्यधिक तापक्रम, जर्मनी, बेल्जियम र छिमेकी राष्ट्र चीन र नेपालको मनाङ तथा हेलम्बुमा गएको बाढीमा धेरै कुरा मेल खाएको छ। १००-५०० वर्षमा नहुने वर्षा यसवर्ष भएको तथ्यांकले देखाउँछ।

कार्बन उत्सर्जनबाट पीडित भएको देशको नाताले जलवायु परिवर्तनको सन्दर्भमा विश्वस्तरमा उठेका बहस, भएका सम्झौता र अभिसन्धिहरू र तिनीहरूको कार्यन्वयनका लागि सञ्चालन गरिएका आन्दोलन, अभियान र क्रान्तिहरूप्रति हामीले पनि ऐक्यबद्धता जनाउनु जरुरी छ। अर्कोतिर विश्वमा भएको समस्यासँगै नेपालको सन्दर्भमा हाम्रा बुझाइहरूलाई पुनर्विचार र परिस्कृत गर्नु पनि आवश्यक भइसकेको छ।

हेलम्बुको भ्रेमाथाङमा गएको पहिरो, मेलम्ची नदीमा पहिरोले थुनिएको बाँध, नदीको कटान तथा मेलम्ची बजारमा देखिएको लेदो र त्यसले पुर्‍याएको अपुरणीय क्षतिमा केही गम्भीर समस्याहरू देखिएको छ। 

हाम्रा विकास निर्माणका कार्यहरू कम मूल्यमा गर्नुपर्ने बाध्यताका कारण अधिक जोखिम भएका क्षेत्रमा बन्छन्। सडक, पुल, भवनहरू बनाउँदा आगामी सय वर्ष सुरक्षित गर्नेभन्दा बढी ध्यान कम मूल्यमा जमिन उपलब्ध गराउनेमा केन्द्रित हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

फलस्वरुप हाम्रा अधिकांश विकास निर्माण र पूर्वाधारहरू नदीको अत्यधिक जोखिम क्षेत्रमा निर्माण हुने गर्दछन्। मुख्यत: सडक र पुलको निर्माणसँगै धेरै साना सहरहरू नदीको बगर क्षेत्रमै बनेको देखिन्छ। जस्तो कि, दोलालघाट, बेनी जस्ता वस्तिहरूमा हरेक वर्ष नदीको त्रास समाचार बन्दै गर्दा कसरी सुरक्षित मान्न सकिन्छ? यी उदाहरण मात्रै हुन्।

नदीहरूको व्यवस्थापनमा लाग्नुपर्ने हाम्रा स्रोत तथा साधन नदीजन्य पदार्थको उत्खननमा बढी प्रयोग हुन्छ। नदीको तटीय क्षेत्रको सुरक्षा गर्न नसक्दा वर्षेनी कृषि योग्य जमिनहरू बगर बनेको देखिन्छ। नेपालको भू-बनोट नै सम्बेदनशील छ, हामीले यसलाई बुझ्न धेरै ढिला भैसकेको देखिन्छ।

हामीले बुझ्नै पर्ने कुरा के छ भने नदीको धारमा हामी जति बलमिच्याईं गर्छौं उति नदीले आफ्नो शक्ति प्रदर्शन गर्दछ। नदीलाई आवश्यक बगर र  हरित क्षेत्र छोड्न नसक्दा जनताका धेरै घरहरू र खेतीयोग्य जमिनहरू आज बगर बनेका छन्। राष्ट्रिय गौरवको परियोजना मेलम्ची खानेपानी बाढी पहिरोको चपेटामा परेको छ। त्यस्तै हाम्रा राजमार्गहरू, जलविद्युत आयोजनाहरू र त्यहाँ भएका पूर्वाधारहरू लाई कसरी जोखिम कम गर्न सकिन्छ? पुनर्विचार गर्नुपर्ने भएको छ।

हाम्रा विशाल परियोजनाहरू निकै असुरक्षित भएका छन्। विभिन्न देशमा भएका विपदका घटनाको आलोकमा पनि हाम्रो विकास प्रक्रियालाई हेर्नुपर्ने आवस्यकता छ।

Xtrem

Xtrem

बाढीपहिरोबाट पीडित भएका जनताहरू राहत मात्रै लिन विवश भएका छन्। हामी  प्रतिनिधिहरूले बुझ्नै पर्ने भएको छ कि जलवायु परिवर्तन र विपदका घडीमा विकास र अर्थतन्त्रमुखी नीति मात्रै पर्याप्त हुन सक्दैन, वातावरण र प्रकृतिमुखी नीति तथा पूर्वधार निर्माणमा गम्भीर रुपले लाग्न आवस्यक छ। 

अब म चुरे क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले चुरेको कोणबाट पनि बिषय राख्न चाहन्छु। अध्यताहरू भन्छन्, चुरे निकै जोखिममा छ, स्मरण रहोस्, चुरे पानीको भण्डार हो र तराई-मधेश अन्नको भण्डार हो। त्यसैले चुरे रहे मात्रै मधेस-तराईले उत्पादनको भूमिका निर्वाह गर्नसक्छ। 

चुरे क्षेत्र हिमाली क्षेत्रको सबैभन्दा कम्जोर पहाडी क्षेत्र हो र यो सम्बेदनशील छ। यसलाई जोगाउनु प्रमुख मुद्दा हो, यसको उत्खनन र दोहन रोक्ने हो। त्यहाँ भएको वातावरणीय ह्रासको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरुभूमिकरण गरिरहेको देखिन्छ। चुरेको जोखिमलाई आकलन गर्न नसके आउने दशकमा यसको अवस्था भयावह हुनसक्छ।

तराईको भविष्य जोखिममा पार्ने र चुरेको स्वरुपलाई विकृत गर्ने नीति आउनु आफैंमा दुखद् छ। चुरेमा रहेका नदीहरूको स्वरुप अन्य क्षेत्रको भन्दा फरक छ। हरेक वर्ष यस क्षेत्रमा हुने भू-क्षय र नदी कटानले गरिब जनता आश्रित भूमिहरूको नास गरेको छ। चुरे क्षेत्रको जोखिम हामीले समयमै आकलन गर्न सकेनौं भन्ने प्रष्ट देखिन्छ।

चुरेका नदीहरू तथा अन्य नदी तटीय क्षेत्रहरूको सुरक्षा गर्नसके मात्रै जनताको सुरक्षा गर्न सकिन्छ। यसका लागि हामीले दृष्टिकोणको प्रस्टतासहित एउटा व्यापक हरित अभियान सञ्चालन गर्नुपर्ने आवस्यकता देखेका छौं।

हाम्रो सन्दर्भमा, हरित अभियान भन्नाले वातावारणीय संरक्षण, समुदाय परिचालन र आर्थिक विकासबीचको सही सन्तुलन नै हो। अहिलेसम्म प्राप्त भएको ज्ञानलाई टेक्दै, अझै बृहत बहस र छलफल गरेर बुझाइलाई समृद्द बनाउनु र त्यसकै आधारमा नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरि संघीय प्रणाली लागु गरिसकेको वर्तमान परिवेशमा चुरेलाई रक्षा गरि तराई-मधेसको मरुभूमिकरण हुने प्रक्रियामाथि हस्तक्षेप गर्नु यतिखेरको सर्वोपरि जिम्मेवारी हो ।

यसको व्यवस्थापकीय जिम्मा संघीय सरकारले लिएर सम्भव छैन। स्थानीय सरकार, समुदाय तथा प्रदेश सरकारलाई नै जिम्मेवार बनाउने गरि अघि बढ्नुपर्छ। उनीहरूले वातावरण तथा परिस्थितिय प्रणालीलाई पुन:र्स्थापित गर्ने क्रियाकलापहरू केन्द्रमा राख्नुपर्छ।


यस सन्दर्भमा हामीले सञ्चालन गर्ने हरित अभियानको १० मुख्य कार्यक्रमहरू :

१.    बृहत् वृक्षारोपण : बिरुवा नर्सरी, घाँस क्षेत्र तथा नदी किनारमा ग्रीन बेल्ट निर्माण 

२.    समुदायको जीविकोपार्जनमुखी संरक्षणका लागि खुला क्षेत्रमा फलफूलको बिरुवा लगाउने 

३.    एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार नदीको व्यवस्थापन गर्ने

४.    पारिस्थितिक प्रणालीको पुनर्स्थापना गर्न उत्खनन तथा क्षयिकरण भएका क्षेत्रहरूमा पुनर्भरण कार्यक्रम गर्ने 

५.    पारिस्थितिक प्रणालीमा आधारित कृषि समुदाय स्तरमा विस्तार गर्ने

६.    जलवायु परिवर्तनको असर न्युनिकरण गर्न र विपत् न्यूनीकरण गर्न प्राकृतिक प्रविधिहरूको प्रयोग गर्ने

७.    संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण गर्ने

८.    वातावरणीय समस्याको अनुसन्धान गर्न नास्ट र विश्वविद्यालयहरूको संयोजनमा ज्ञान केन्द्रको स्थापना गर्ने 

९.    हरियाली शहर कार्यक्रम गरि सुरक्षित सहरहरू निर्माण गर्ने 

१०.    स्थानीय सरकारको अगुवाइमा यस अभियानलाई दिगो बनाउने 

यी १० वटा बुँदाहरूले छुट्टाछुट्टै कार्यक्रम तथा कार्य योजनाको माग गर्दछ। हरित अभियानका यी क्रियाकलाप जो कसैले आफ्नो-आफ्नो क्षेत्रबाट प्रारम्भ गर्न सक्छौं, जसले समुदायलाई सुरक्षित गर्न मद्दत गर्दछ। यस सन्दर्भमा भएका सफल अभ्यासहरूबाट पनि धेरै सिक्न सक्छौं।

हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वस्थ सम्बन्धलाई पुन:र्स्थापित गराउने पहल हो र यसले समुदायले भोगिरहेका विभिन्न समस्याहरूलाई क्रमागत रूपमा निर्मूल पार्न सहयोग गर्नेछ। वातावरणीय समस्याहरूको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट मात्रै पहल गरेर सम्भव हुँदैन र यसलाई हरेक क्षेत्रले उत्तिकै प्राथमिकताका साथ अवलम्बन गर्नुपर्दछ।

सरकारी निकायबाट प्राकृतिक स्रोतको उत्खननलाई प्रोत्साहन गर्ने नीति निर्माण हुँदा समुदायले आफ्नो वातावरणको संरक्षण गर्न गरेको योगदानको अवमूल्यन हुन्छ। त्यस्तै, निजी क्षेत्रले अप्राकृतिक दोहन गर्दा त्यहाँ बसोबास गर्ने समुदायहरूले विभिन्न विपत्हरूको सामना गर्नुपरेको छ। प्राकृतिक स्रोतमा आश्रित समुदायले भोगेका जलवायु परिवर्तनको विकराल समस्यालाई कुनै एक पक्षले मात्रै समाधान गर्न सम्भव छैन। यसको लागि तिनै तहका सरकारी, गैह्रसरकारी, निजी, नागरिक समाज, स्थानीय समुदाय, विद्यालयहरू सबैले एकिकृत अभियान सञ्चालन गर्नुपर्छ।

दृष्टिकोणको प्रस्टतासहित हरित अभियान सञ्चालन गर्न ढिला भैसकेको छ। आ-आफ्नो वरिपरि यसलाई तत्काल सुचारु गर्नुपर्छ।

(पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य पोखरेलले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  २२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्