काठमाडौं- ओपो रिसर्च इन्स्टिच्युटले आधिकारिक रूपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई-क्यूब इन्टेलिजेन्स नेटवर्किङ’ सार्वजनिक गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तीकरणमा कसरी तेवा पुर्याउनसक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिला नमूनाका रुपमा यो ह्वाइट पेपरले अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको कम्पनीको दाबी छ।
सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरूमाथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि-रिसर्च (पूर्वशोध) टोलीको गठन गरेको छ।
‘सिक्सजीले एआईसँग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्नसक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रूपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ। सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरू एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुने छन्। तिनले विभिन्न प्रयोग चरणहरूमार्फत् एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरूका लागि डेटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालाई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ,’ ओपोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्वचालित सवारीहरूमा सिक्सजी सञ्जालले सवारीको अवस्थिति र वातावरण (समय र मौसम)का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै उच्चतम सञ्चार सम्बन्धको छनोट गर्न सक्ने कम्पनीले जनाएको छ। अन्य सवारी साधन तथा उपकरणका अनुभवको अधारमा सवारीले तत्सम् एआई अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन्। यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाउ पुग्ने कम्पनीको विश्वास छ।
‘प्राविधिक विकास अग्रगामी हुनुपर्दछ। मोबाइल सञ्चार प्रविधि दशक लामो अवधिमा विकसित हुन्छन् र सन् २०३५ देखि व्यावसायिक उपयोगितामा आउने सञ्चार प्रविधिको आउँदो पीडिको मानकीकरण सन् २०२५ मा सुरू हुने आशा गरिएको छ,’ ओपोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्यांगले भने, ‘सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्स्ले ठूलो परिमाणमा मानव संख्यालाई पछि पार्ने ओपोको अनुमान छ। तसर्थ, आउँदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभइ हरेक प्रकारका इन्टेलिजेन्स र तिनका विभिन्न अन्तरक्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने देखिन्छ । यही उद्देश्यका साथ हामीले आफ्ना सुरुआती प्राविधिक अध्ययन तथा प्रणालीगत डिजाइन अघि बढाएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।