• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

चलचित्र क्षेत्र अझै डेढ वर्ष प्रभावित हुने, फिल्म हल भत्काएर सपिङ मल बन्दै

64x64
रासस सोमबार, साउन ११, २०७८  १०:४५
1140x725

काठमाडौं- कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये चलचित्र क्षेत्र पनि एक हो। लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्‍गो लागेको छैन।

दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ। सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन। चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित बिस्तारै चलचित्र क्षेत्र पनि खोल्नुपर्ने बताउँदै आएका छन्।

नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो। नेपाल चलचित्र सङ्‍घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो।

पहिलो: चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन? दोस्रो: सङ्‍कटमा रहेको चलचित्र क्षेत्र झन सङ्‍कटको चपेटा पर्‍यो। तेस्रो- अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ। हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यिनै हुन्।

यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ। किनभने सङ्‍कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्‍कटको अवस्थामा पुगेको छ। यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्‍घ र नेपाल चलचित्र सङ्‍घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ।

कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै। अझै कति समय गुमाउनुपर्ने हो, निधो छैन। कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु-२’ ले प्रदर्शन स्थगन गरेको थियो।

यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत-३’, ‘चपली हाइट-३’, ‘लप्पन छप्पन-२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन्।

कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ। नेपाल चलचित्र सङ्‍घका अनुसार तीन करोड रुपैयाँ लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुनसक्छ कि सक्दैन त्यो दोस्रो कुरा हो। पहिलो कुरा त हलसम्म दर्शक आउँछन् कि आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् कि हुँदैन भन्ने नै हो,’ चलचित्र सङ्‍घका अध्यक्ष मधुसुदन प्रधानले भने।

सङ्‍घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन्। ३३ प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्नसक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन।

‘त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन,’ उनले भने।

नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ। नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा। कोभिडको दोस्रो र तेस्रो लहर पुनः सुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ।

विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्‍कटले नराम्रोसँग थलिएका छन्। त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्‍न जस्तै भएको छ।

विश्व बक्स अफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका। हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ। हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन्। चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सधैँका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ।

कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्‍घले जनाएको छ। देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए। नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ। देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन्।

राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ। जमलको विश्वज्योति र चाबहिलको गोपीकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ।

ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ। दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ।

राजधानीबाहिरका ‘सिङ्‍गल थियटर’ लगातार बन्द भइरहेका छन्। कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ। कतिपय हल गोदाममा परिणत भएको छ। यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ। समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनरुत्थानका लागि पहल गर्नुपर्दछ।

अन्यथा चलचित्र क्षेत्र थप सङ्‍कटमा प्रवेश गर्नेछ। यसले चलचित्रमात्र नभइ विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ।

चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै दुई अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्‍क भने छैन। वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्‍घ संस्थाबाट निकालिएको छ।

अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ। नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ। कलाकार घरमै आराम गरिरहेका छन्। कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ। हलवाला र निर्माता ब्याजको मारमा परेका छन्। जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन। दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन्।

प्रदर्शन सुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुङ्‍गो लागेको छैन। नेपाल चलचित्र सङ्‍घका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ।

अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन्। दर्शक नै नआई हल खुल्न सक्दैन। कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ। सामान्य भएकै अवस्थामा खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ। यसकारण पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीको धारणा रहेको छ।

यस्तै निर्माता सङ्‍घका अध्यक्ष आकाश अधिकारीले पनि अरु क्षेत्र खुले पनि चलचित्र क्षेत्र खुलिहाल्न कठिन रहेको बताए। उनका अनुसार सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिनेछ।

‘यसो गर्दा तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने भने होइन। केही रूपमा कामको सुरुआत गर्न सकिन्छ भन्ने हो। यसले सबैलाई आत्मबल प्रदान गर्छ। यसरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेको तुलनामा फर्कनसक्छ भन्ने हो,’ अधिकारीले भने।

यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ। स्वास्थ्य मन्त्रालयसँग तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

‘एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो। स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो। त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि सुरु हुन्थ्यो। यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो,’ उनले भने।

चलचित्र निर्माण नहुँदा निर्माणमा सहभागी सबै चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव त पर्ने नै भयो। योसँगै वितरण र प्रदर्शन पनि हुन सक्दैन। चलचित्र निर्माणका लागि प्रदर्शन अपरिहार्य छ। जबसम्म चलचित्र प्रदर्शन हुन सक्दैन तबसम्म निर्माण हुन सक्दैन। चलचित्र निर्माण र प्रदर्शन हुन नसक्दा चलचित्र क्षेत्र शून्य अवस्थामा रहन्छ। अहिलेको अवस्था यही नै हो।

चलचित्र क्षेत्र कहिले खुल्छ र कसरी खुल्छ भने विषयमा चलचित्रकर्मीमा नै अन्योल छ। चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थासँग पनि भावी रणनीति छैन। न त चलचित्र विकास बोर्डले नै यसबारे प्रस्ट पार्न सकेको छ।

यस्तो अवस्थामा चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय त लाग्ने नै छ तर अबका दिनमा चलचित्र क्षेत्रले विश्वास कायम गर्न सक्छ कि सक्दैन, दर्शकलाई रिझाउन सक्छ कि सक्दैन भन्ने पनि मुख्य विषय बनेको छ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालल... मंगलबार, माघ २०, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्