• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास प्रकरण :  मुख्य विचौलिया सुवेदीसहित ३२ जना अझै फरार 

को–को छुटे धरौटीमा ?
64x64
दुर्गा दुलाल बुधबार, साउन ६, २०७८  ०९:२९
1140x725

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गामा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार असार ३० गते एक्कासी विशेष अदालत हाजिर भए। एक वर्षदेखि फरार रहेका उनी नेपाली काग्रेसको नेतृत्वमा सरकार बनेसँगै अदालतमा उपस्थित भएको टिप्पणी समेत भयो।  

करिब ४ घन्टा बयान दिँदै गच्छदार सोही दिन १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। उनी अदालत उपस्थित हुने १३३ औं प्रतिवादी हुन्। उनीभन्दा अघि १३२ जना प्रतिवादी अदालतमा हाजिर भए। तीमध्ये ३ जनाको हकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भयो भने ७५ जना प्रतिवादीसँग धरौटी माग गर्ने आदेश भयो। यसरी धरौटी माग हुनेमा गच्छादारदेखि भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङसम्म थिए। अदालतले ५४ जनालाई खोजेको समयमा उपस्थित हुने गरी साधारण तारेखमा रिहा गर्ने आदेश गर्‍यो। विशेषले धरौटी नलिइ रिहा गरेका उच्च तहका व्यक्तिमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी हुन्।  

ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११० जनालाई आरोपीका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो। अख्तियारले चार पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेविरुद्ध पनि मुद्दा दायर भएको थियो।  

१० जनाको मृत्यु 
अदालतमा मुद्दा दायर भएकामध्ये हालसम्म १३३ जना उपस्थित भइसकेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए। उपस्थित भएकामध्ये केहीलाई धरौटी माग गरिएको थियो भने केही पुर्पक्षका लागि जेल चलान भएका छन्।  

हालै मुख्य अभियुक्त, नेपाली कांग्रेसका उपसभापति गच्छदार अदालतमा उपस्थित हुँदै धरौटीमा रिहा भए।

अर्का मुख्य अभियुक्त रामकुमार सुवेदी भने अझै पनि फरार छन्। सुवेदीसहित ३२ जना भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्। 

सुवेदी, हाटक शम्शेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रुपेश शम्शेर राणा, हिमान्द्री शम्शेर जबरा अहिलेसम्म उपस्थित भएका छैनन्। उनीहरूको घर दैलोमै म्याद तामेली (टाँस) गरिए पनि म्याद गुजारेर बसेको विशेष अदालतले जनाएको छ।  

कान्छा महर्जन, मन्ती गोर्खाली, बद्रीलक्ष्मी श्रेष्ठको हकमा भने आफैंले र एकाघरका जहानले म्याद तामेली बुझे पनि उनीहरू समेत उपस्थित नभएको अदालतले जनाएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

पुष्पराज उपाध्याय, अर्जुनप्रसाद भण्डारी, रुक्म शम्शेर जबरा, हर्ष महर्जन, कैलाशचन्द्र गोयल, चमेली श्रेष्ठ, देवनारायण महर्जन, प्रमोद शेरचन, प्रतिमा वैद्य प्रधान, रामनाथ घिमिरे, निर्मला देवी गोयल, देवनारायण महर्जन, तीर्थमाया महर्जन, इन्दु शर्मा, अनिता देवी कंसाकार, मचाबाबु प्रजापति, कनक हर्बल, पन्चनारायण महर्जन, लक्ष्मी ढाकाल, रजनी पनेरु, मचानानी महर्जन, रेना गुरुङको हकमा बेपत्ते तामेली टाँस गरिएको थियो। उनीहरु पनि उपस्थित भएका छैनन्। यसरी अदालत उपस्थित नभएकाहरुको हकमा सार्वजनिक सूचना जारी गर्ने कि फेरि म्याद तामेली गर्ने विषयमा अदालतले कुनै निर्णय लिएको छैन। इजलासमा पेसी चढाएर प्रक्रिया भने अघि बढाउने तयारी अदालतले गरेको छ। 

ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका १० जनाको भने मृत्यु भइसकेको छ। मुकुन्दप्रसाद आचार्य, जगतप्रसाद पुडासैनी, युक्तप्रसाद श्रेष्ठ, परशुराम पोखरेल, तुलसी पोखरेल, हेमन शम्शेर जबरा, सुनिता राणा, शैलजा राणा, मिठुदेवी चापागाईं र सुष्मा बज्राचार्यको मृत्यु भइसकेको छ। उनीहरुको हकमा जग्गा सरकारको नाममा ल्याउनुपर्ने भएकाले अख्तियारले प्रतिवादी बनाएको थियो ।  

हाजिर नभए के हुन्छ ? 
ललिता निवास प्रकरणमा २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर भएको  थियो। मुद्दा दायर भएको १५ महिनासम्म पनि प्रतिवादीहरु अदालत उपस्थित भइरहेका छन्।  प्रतिवादीहरु धेरै भएकाले म्याद तामेलीमा लामो समय लाग्दा अदालतको सुनुवाइ प्रक्रियामा पनि ढिलाइ भइरहेको छ। सवै प्रतिवादीको स्थायी ठेगानामा म्याद तामेली गरेको, तर केही तामेल हुन नसकेको र केहीको हकमा वेपत्ते तामेली समेत अदालतले गरेको थियो। यसरी तामेली गर्दा समय लाग्न गएको र यही अवधिमा कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहर चलेपछि विशेष अदालतमा थुनछेक बयान र सुनुवाइ हुन पाएन। अब केही आरोपित र जग्गाका लागि विपक्षी बनाइएका प्रतिवादीहरु अदालत उपस्थित हुन बाँकी रहेकाले छिटै प्रक्रिया अघि बढाएर सुनुवाइलाई निरन्तरता दिने तयारी गरिएको छ। 

अदालतमा उपस्थित नभएका प्रतिवादीहरुको हकमा पेसी चढाएर निर्णय गरिनेछ। सुनुवाइका क्रममा इजलासले फेरि म्याद जारी गर्ने वा सार्वजनिक सूचना जारी गर्नेमध्ये एउटा आदेश गर्ने छ। इजलासले पुनः म्याद जारी गर्ने भनेमा एक पटक फेरि उनीहरुको ठेगानामा म्याद पठाइनेछ। तर, इजलासले सार्वजनिक सूचना प्रकाशन गर्ने आदेश गरेमा यो प्रक्रिया अघि बढ्नेछ।

अदालतमा उपस्थित नभएका प्रतिवादीहरुको हकमा उपस्थितिका लागि समय तोकेर सार्वजनिक सञ्चार माध्यममार्फत सूचना जारी गरिनेछ। यस्तो सूचनामा ३५ दिनको समय अवधि दिने परम्परा रहँदै आएको छ। उक्त अवधिभित्र अदालतमा उपस्थित नभएमा मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। अदालतले उपस्थित नहुनेहरुको हकमा एकतर्फी सुुनुवाइबाटै निर्णय लिनेछ। उनीहरुको हकमा ठहर भएमा सर्वाेच्चमा सहभागी हुनेछन्। तर, विशेष अदालतबाट एकतर्फी सुुनुवाइ भएको जिकिर गर्न पाउने छैनन्। 

अध्यक्षसहित चार न्यायाधीशको सरुवा 
अदालतमा मुद्दा विचाराधीन रहेको समयमै अदालतका अध्यक्षसहित चार न्यायाधीशको सरुवा भएको छ। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीलाई इलाम, न्यायाधीश बालेन्द्र रुपाखेतीलाई उच्च अदालत पाटन, शान्ति सिंह थापालाई राजविराज उच्च अदालतमा र चन्द्रबहादुर सारुलाई सुर्खेत उच्च अदालतमा सरुवा गरिएको छ।

उनीहरुको सरुवापछि ६ जना न्यायाधीशको कोटा भएको विशेषमा २ जना मात्र बाँकी रहेका छन्। अब विशेषमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेय छन्। नयाँ अध्यक्ष र न्यायाधीशहरुको सरुवा तथा नियुक्ति नभएकाले मुद्दा सुनुवाइको प्रक्रिया केही प्रभावित हुने देखिएको छ। 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्